Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ । पशुपति कोटिहोमका मुख्य आयोजक विजयकृष्ण मूर्तिलाई पक्राउ गर्न खोज्दा कोटिहोम स्थल तनावग्रस्त बनेको छ । शुक्रबार राति कोटिहोम स्थलमा प्रहरी पुगेपछि समर्थकले नाराबाजी र हुल हुज्जत गरेका थिए । प्रहरीले पक्राउ गर्न खोजेपछि विजयकृष्ण समर्थकबिचबाट बोल्दै आफू गिरफ्तार भएमा आन्दोलन गर्न आदेश दिएका थिए । लगत्तै उनका समर्थक र सहयोगीले प्रहरी र सरकारविरुद्ध नाराबाजी गरेका थिए । समर्थकले निरन्तर हुल हुज्जत गरेपछि प्रहरी फर्किन बाध्य भएको थियो । त्यस लगत्तै रिपोटिङको लागि कोटिहोम पुगेको पत्रकार श्याम सुन्दर पुडासैनीमाथि पनि विजयकृष्णका समर्थकले हातपात गरेका थिए ।

Read More

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको उत्तरतर्फ तथा पश्चिम तर्फ सरदर स्थानको आसपास रहेको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ भने बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूर पश्चिम प्रदेशका एक वा दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको । आज दिउँसो देशभर साधरणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। आज राति देशभर आंशिक देखि साधरणतया बदली रहने छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको…

Read More

काठमाडौं: अर्थ मन्त्रालयले १०० दिनको कार्ययोजना तयार पारेको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको निर्देशनमा १०० दिनमा गरिने ३० वटा मुख्य क्रियाकलाप/कार्यक्रम र त्यसबाट प्राप्त हुने अपेक्षित उपलब्धी समेत उल्लेख गरेर कार्ययोजना तयार पारिएको हो । अर्थ मन्त्रालयले तयार पारेको पहिलो कार्ययोजनामा मुलुकको समग्र अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय आर्थिक सुरधार सुझाव आयोग गठन गर्ने रहेको छ । यो आयोगले आर्थिक सुधारका क्षेत्रहरुको पहिचान गर्नेछ । जसले अर्थतन्त्र सुधारको लागि नीतिगत/कानुनी मार्ग पहिचान हुने उल्लेख छ । मन्त्रालयले वित्तीय क्षेत्र विकास रणनीति तयार पार्ने कार्ययोजना बनाएको छ । वित्तीय क्षेत्रको स्थायित्व र सुधारका क्षेत्र पहिचान गर्नेछ । नयाँ बीमा नियमावली,…

Read More

सोलुखुम्बु: सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे भन्ने ठाउँमा आएको बाढीको कारण १४ वटाभन्दा बढी घर बगाएको छ। सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी (सीडीओ) देवी पाण्डे (खत्री) ले दिएको जानकारी अनुसार, विद्यालय १, क्लिनिक १, व्यक्तिगत घर ७ र होटल ७ वटा पूर्ण रुपमा क्षति भएको छ। अन्य ७ वटा घरहरू जोखिममा रहेको जानकारी आएको उनले बताइन्। ‘अहिले नदीको सतह केही घटेको खबर आएको छ,’ उनले भनिन्, ‘हेलिकप्टर पठाउनका लागि पनि प्रयास गर्दैछौँ। तर, मौसम अत्यन्तै प्रतिकुल बन्दै गइरहेको छ।’ उनका अनुसार, नेपाली सेनाको टोली घटनास्थलमा पुगेर उद्धार थालिसकेको छ भने नेपाल प्रहरी र सशस्त्रको टोली पनि पुग्दैछ। शुक्रबार दिउँसो पौने २…

Read More

रासस भक्तपुर : आज दिउँसो १ः ४० बजेतिर भक्तपुरको गठ्ठाघरमा रुखको आडमा बसेर ट्राफिक प्रहरीले राडार गनमार्फत सवारीको गति मापन गरिहेको थियो । करिब ६० मिटर पर बसेका ट्राफिक प्रहरीले अचानक ५० किलोमिटर प्रतिघण्टाको गतिभन्दा बढीमा आएको भन्दै बा३९प ८९४४ नम्बरको स्कुटरलाई बीच सडक रोक्न लगाए, स्कुटर रोकियो । सडकमा अचानक स्कुटर रोकिएपछि पछाडिबाट आएको ना६ख २१७३ नम्बरको मालवाहक ट्रकले स्कुटरलाई ठक्कर थियो । तीब्र गतिको ट्रकले स्कुटरलाई ठक्करमात्र दिएन, झण्डै एक सय मिटर परसम्म घिसारेर लग्यो । स्कुटर चालकको शरीर क्षतविक्षत भयो । दुर्घटना हुनेवित्तिकै वरपर मानिस जम्मा भए । त्यो भीड आक्रोशित र एकत्रित भयो । ट्रक चालक…

Read More

काठमाडौँ । सरकारले परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललाई बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लम्साललाई बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गरेको हो । लम्साललाई बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गरिएको एक मन्त्रीले बताए ।

Read More

काठमाडौँ: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले बिहीबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाएको हो । निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट आज पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर २.९६ रुपैयाँले घटेर आएको छ । मूल्य घटेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६२.५० रुपैयाँ र डिजेलको मूल्य १५२.५० रुपैयाँ कायम भएको छ । दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १६४ र डिजेलको मूल्य १५४ रुपैयाँ कायम भएको छ । तेस्रो वर्गअन्तर्गत…

Read More

काठमाडौँ । भक्तपुरको गठ्ठाघरमा ट्रकले ठक्कर दिँदा मृत्यु हुने स्कुटर चालक पुरुष भएको प्रहरीले बताएको छ । मृतक करिब ४०–४५ वर्षीय पुरुष भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजन कार्कीले बताए । स्कुटर चालकको साथमा उत्तम कोइरालाको ब्लुबुक फेला परेको छ । स्कुटर चालक उनी नै हुनसक्ने आकलन गरिएको तर, सनाखत गर्ने प्रयास भइरहेको डीएसपी कार्कीले बताए । ना.६ ख २१७३ नम्बरको भाडाको ट्रकले बा.४९ प ८९४४ नम्बरककाे स्कुटरलाई ठक्कर दिँदा चालकको मृत्यु भएको हो । स्कुटर चालकलाई ट्रकले केही मिटर लछारेको प्रत्यक्षदर्शीहरु बताउँछन् । ट्रक र स्कुटर दुवै काठमाडौँबाट भक्तपुर जाँदै थिए । दुर्घटनामा मृत्यु भएकाको शव पोष्टमार्टमका लागि…

Read More

काठमाडौँ: पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगम सञ्चालक समितिको बिहीबारको बैठकले पेट्रोलमा प्रतिलिटर ५ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो। घटेको मूल्य बिहीबार मध्यरातिदेखि लागू हुनेछ। अब नयाँ मूल्यअनुसार काठमाडौंमा पेट्रोल १६५ रुपैयाँ र डिजेल तथा मट्टितेल १५५ रुपैयाँ प्रतिलिटर भएको छ।उ:

Read More

काठमाडौँ:भक्तपुरको गठ्ठाघरमा ट्रकले स्कुटर चालकलाई ठक्कर दिएपछि प्रहरी र स्थानीय बासिन्दाबीच ढुंगा हानाहान भएको छ। बिहीबार दिउँसो सवा २ बजेतिर कोटेश्वरबाट भक्तपुरतर्फ जाँदै गरेको ट्रकले स्कुटरलाई ठक्कर दिएको थियो। स्कुटरमा सवार व्यक्ति ट्रकमा च्यापिएको प्रहरीको भनाइ छ। बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ ट्रकले ठक्कर दिएको हो। ती व्यक्तिलाई निकाल्न क्रेनको प्रयोग गर्नुपर्ने उनको भनाइ छ। घटनास्थलमा क्रेन पुगिसकेको छ। घटनास्थल अहिले तनावपूर्ण बनेको छ। दुर्घटनापछि मानिसहरू भेला भएर सडक अवरोध गरेका छन्। आक्रोशित भिडले स्कुटर चालकलाई ठक्कर दिने ट्रकको सिसा तोडफोड गरेका छन्।

Read More