Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: रसुवाको स्याफ्रुबेसी उडेको एयर डाइनेस्टीको हेलिकप्टर दिउँसो २ बजेपछि सम्पर्कविहीन भएको खुलेको छ। त्रिभुवन विमानस्थल टावरका अनुसार २ बजेसम्म हेलिकप्टर सम्पर्कमै रहेको थियो। त्यसपछि टावरसँगको सम्पर्क टुटेको थियो।

Read More

काठमाडौँ : मंगलबार नेप्से सूचक १४५ अंकले घटेर करेक्सनमा गएको सेयरबजार आज १०८ अंकको वृद्धिसहित हरियो बनेको छ। लामो समय बढेको बजारले मंगलबार करेक्सन लिँदा राताम्मे बनेको बजार बुधबार पुन बढेको हो। बुधबार नेप्से १०८.३५ अंकले बढेर २७५९.७६ अंकमा आइपुगेको हो। मंगलबार घटेका कम्पनीहरुको मूल्य बुधबार सर्किट लेभलमै बढेका हुन्। बुधबार फाइनान्स, जलविद्युत्, होटल व्यापार तथा अन्य समूहमा रहेका कम्पनीको मूल्यमा उछाल देखिएको हो। करेक्सनपछिको बजारमा लगानीकर्ताले १७ अर्ब ९५ करोड रुपैयाँको कारोबार गर्दा बोटलर्स नेपाल (बालाजु), गुडविल फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, नेपाल रिइन्स्योरेन्स, मैलुङ खोला जलविद्युत्, डोल्टी पावर कम्पनी, सिटी होटल र हिमालयन रि इन्स्योरेन्स कम्पनीको सेयरमूल्यमा १०…

Read More

काठमाडौं । बंगलादेशमा अन्तरिम सरकारको प्रमुख मुहम्मद युनुस बनेपछि त्यहाँका अवस्था पहिलेजस्तो भयावह नरहेको त्यहाँ रहेका नेपाली विद्यार्थीले जनाएका छन । एक महिना अघिदेखि सुरु भएको कोटा विरोधी आन्दोलन हिंसात्मक बन्दै गएसँगै प्रधानमन्त्री शेख हसिना राजीनामा दिएर भारततिर लागेकी छन् । त्यसपति युनुस आजमात्रै सरकार प्रमुख बनेका हुन । उनले सरकारको बागडोर सम्हालेलगत्तै स्थिती सामान्य बन्दै गएको त्यहाँ रहेका नेपाली विद्यार्थीहरुले बताएका छन । बंगलादेशस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीहरूलाई यसअघि नै सुरक्षित रहन आग्रह गरेको थियो । हाल बंगलादेशमा करिब ४०० जना नेपाली विद्यार्थी छन् । उनीहरू सुरक्षित रहेको समेत दूतावासले जनाएको छ । दूतावासले उनीहरूलाई सम्पर्क गरेर सुरक्षित…

Read More

काठमाडौं । बंगलादेशको अन्तरिम सरकारको प्रमुख मुहम्मद युनुस बनेका छन् । उनले मंगलबार मात्रै अन्तरिम सरकारको नेतृत्व गर्न तयार रहेको बताएका थिए । मंगलबार नै राष्ट्रपति भवनमा भएको एक बैठकले नोबेल पुरस्कार विजेता युनुसलाई नै अन्तरिम सरकारको प्रमुख चुनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । सो बैठकमा आरक्षण आन्दोलनको नेतृत्व गरेका विद्यार्थीका प्रतिनिधि र सेनाका प्रमुख समेत सहभागी थिए । मुहम्मद युनुस गरिबी विरुद्ध लडेका कारण विश्वप्रसिद्ध नोबेल शान्ति पुरस्कारबाट सम्मानित भएका थिए । ‘गरिबहरुको बैंक’बाट चिनिएका युनुसलाई आन्दोलनकर्ता विद्यार्थीहरुले अन्तरिम सरकारको प्रमुखको रुपमा प्रस्ताव गरेका थिए । उनी पूर्वप्रधानमन्त्री शेख हसिनाको कट्टर विरोधी हुन् । किनकि उनलाई शेख हसिनाले गरिबहरुको…

Read More

काठमाडौँ: सर्वोच्च अदालतले पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाविरुद्धको रिटमा आज निर्णय सुनाउँदै छ। सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार निर्णय सुनाउन लागेको हो। काभ्रेका अर्जुन लामाको हत्या आरोपमा मुद्दा चलाउन माग राखी दायर भएको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजालसले बहस सुनिसकेर यसअघि नै निर्णय सुनाउने दिन तोकिसकेको थियो। असार १२ गते निर्णय सुनाउने भनिएकामा प्रधानन्यायाधीशपछिका वरिष्ठतम् न्यायाधीश प्रकाशमान सिंह राउत अनुपस्थित भएका थिए। उनी अदालतको निरीक्षण गर्न भन्दै बाग्लुङ पुगेका थिए। उक्त निर्णय सुनाउने तिथि पनि न्यायाधीश राउत सम्मिलित इजलासले नै तोकेको थियो। गत जेठ २३ गते प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार…

Read More

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल भ्रमणमा आउँदै छन । विदेश सचिवमा नियुक्त भएपछि उनी पहिलो पटक नेपाल आउन लागेका हुन। परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईका अनुसार ‘नयाँ विदेश सचिव आउँदा दक्षिण एसियाको भ्रमण गर्ने प्रचलन’ अनुसार उनी नेपाल आउन लागेका हुन्। उनी चाँडै नेपाल आउने भनिए पनि त्यसको मिति भने अझैं निश्चित भैनसकेको परराष्ट्र मन्त्रालयको भनाइ छ। मिश्री गत असार १४ गते भारतीय विदेश सचिव नियुक्त भएका थिए। विदेश सचिवमा नियुक्त भएपछि पहिलो भ्रमण भने उनले भुटानमा गरेका थिए।

Read More

‘यौनजन्य घटनालाई पनि गम्भीर अपराधमा समेटिएको छ’ काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप (टीआरसी) आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी कार्यदलले तयार पारिएको प्रतिवेदन तीन शीर्ष नेताहरूलाई बुझाइएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाइएको हो। टीआरसी कार्यदलमा कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेका मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा सदस्य छन्। टीआरसीका विवादित विषयमा कार्यदलले यही साउन १७ गते सहमति जुटाएको थियो। जसमा द्वन्द्वकालीन समयमा नियतवश वा स्वेच्छाचारी…

Read More

काठमाडौं: लघुवित्त पीडितहरुको समस्या समाधानका लागि विकल्पसहितको प्रतिवेदन पेश गर्न गठित कार्यदलले प्रतिवेदन बुझाएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा.नीलम ढुङ्गाना तिम्सिनाको संयोजकत्वमा गठित कार्यदलले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा सरकारबाट सम्बोधन हुनुपर्ने, नेपाल राष्ट्र बैंकले गर्नुपर्ने, लघुवित्त वित्तीय संस्थाहरूले गर्नुपर्ने र लघुवित्तीय संस्थाका सदस्यहरुले गर्नुपर्ने कार्यहरुका बारेमा सुझाव दिइएको छ । सरकारले गर्नुपर्ने कार्यहरुमा बचत तथा ऋण सहकारी संस्था तथा लघुवित्त संस्थाबाट लिएको कर्जाका कारण लघुवित्त वित्तीय संस्थाका ऋणीहरुलाई कठिनाइ भएको गुनासो रहेको सन्दर्भमा बचत तथा ऋण सहकारी संस्थाहरुबाट हुने वित्तीय कारोबारलाई व्यवस्थित गर्न आवश्यक व्यवस्था गर्ने उल्लेख छ । यसैगरी नेपाल…

Read More

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड, आईएमई लिमिटेड र जापानिज भाषा शिक्षक संघ नेपाल (जाल्टान) बीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, आईएमई लिमिटेडका प्रमुख सम्बन्ध व्यवस्थापन सुशिल थापा तथा जाल्टानका अध्यक्ष राजेन्द्र केसीले हस्ताक्षर गरेका छन् । उच्च शिक्षाका लागि जापान जान चाहने विद्यार्थीलाई सहज शैक्षिक कर्जा प्रवाह गर्ने सम्बन्धमा त्रिपक्षीय समझदारी भएको हो । समझदारीअनुसार बैंकले जाल्टानबाट सिफारिस भएका विद्यार्थीलाई जापानका विभिन्न विश्वविद्यालयहरूमा उच्च शिक्षाका निमित्त आवश्यक पर्ने शैक्षिक कर्जा प्रवाह गर्नेछ । यसैगरी जापान गए पछि विद्यार्थीले जापानबाट आईएमईबाटै सजिलैसँग नेपालमा पैसा पठाउन सक्नेछन् ।

Read More

काठमाडौं । मंगलबार र बुधबार भारी वर्षा र अति भारी वर्षा हुनसक्ने र यसले ५ वटा प्रदेशका विभिन्न जिल्ला उच्च जोखिममा रहने जल तथा मौसम विज्ञान विभागले प्रक्षेपण गरेको छ । राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज विशेष सूचना जारी गरेर अति भारी वर्षाका कारण विपदका घटना हुनसक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेकाे ५ । ३४ जिल्लामा अति भारी वर्षाका कारण विपद्का घटना बढ्न सक्ने भन्दै सचेत रहन सम्बन्धित सबै सरोकारवालालाई विशेष सूचना जारी गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले रातको समयमा यात्रा गर्दा बाटोमा आउन सक्ने बाढी र पहिरोको आँकलन गर्न कठिन हुने भएकोले सम्भावित क्षति रोक्न…

Read More