Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- जव गृहमन्त्री जेनजी स्मारक पार्क उद्दघाटन नगरी फर्किए, भएको के हो ?
- प्रम शाहद्वारा तीनै सुरक्षा निकायका प्रमुहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै
- रसुवा बाढीले निम्त्याएको भौतिक क्षति र आवश्यकता मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्रीको निर्देशन
- एनडब्लुइडिसीका ठेकेदार कम्पनीहरूले यसै साता राहत प्याकेज घोषणा गर्ने
- नुवाकोटको तादी नदीमा एक्रो ब्रिज ढुवानी गरी पुल निर्माणको काम तीव्र
- सुरुङभित्र उद्धारका लागि नेपाललाई स्विट्जरल्यान्डको अत्याधुनिक ड्रोन
- पुराना नेता र म मा यहि फरक छ: अरु कुर्सीमा बसेर फाइल समात्छन्, म फिल्डमै पुग्ने हो: सुदन गुरुङ
- त्रिशूली ३ ‘ए’को सुरुङको पावरहाउसमा उद्धार गर्न सेनाले थप्यो जनशक्ति
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ : वैदेशिक रोजगार विभागले शनिबार पनि श्रम स्वीकृतिका लागि कार्यालय खुला गर्ने भएको छ । वैदेशिक रोजगारीमा जाने सेवाग्राहीको चाप अत्यधिक रहेको भन्दै विभागले सार्वजनिक बिदाका दिनसमेत श्रम स्वीकृति जारी गर्न लागेको हो । शनिबार बिहान १० देखि अपराह्न ३ बजेसम्म ताहचलस्थित वैदेशिक रोजगार कार्यालयमा आउने सेवाग्राहीलाई श्रम स्वीकृति प्रदान गरिने विभागले जनाएको हो । उक्त कार्यालयले विभिन्न देशमा काम गर्न जाने नेपाली कामदारका लागि श्रम स्वीकृति प्रदान गर्दै आएको छ ।
काठमाडौँ: विद्युतीय माध्यमबाट हुने कारोवारलाई सुरक्षित, भरपर्दो र विश्वासनीय बनाउने उद्देश्यले सरकारले ‘विद्युतीय हस्ताक्षर’ लाई तीव्रता दिन थालेकोे छ । सरकारी तथा निजी कार्यालयमासमेत विद्युतीय हस्ताक्षरलाई अगाडि बढाउनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रमाणीकरण नियन्त्रणको कार्यालयले बैंकिङ क्षेत्रका सरोकारवालासँग छलफलसमेत गरेको छ । विद्युतीय हस्ताक्षरले मान्यता प्राप्त कागजात पठाउने÷प्राप्त गर्ने व्यक्तिको पहिचान हुने तथा पठाएको व्यक्तिले पठाएको होइन वा पठाएको छैन भनी नकार्न नसक्ने र कागजात पठाएको÷प्राप्त भएको विषयवस्तुको अखण्डता कायम राख्नेछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नेपाल नागरिक उड्डयन प्राधिकरण, आन्तरिक राजस्व विभाग, वैदेशिक रोजगार विभाग, निजामती किताबखाना, कर्मचारी सञ्चयकोष, लोकसेवा आयोग र उद्योग विभागलगायत १२ वटा कार्यालयमा…
भद्रपुर: एक दशक अघि भारतवाट अवैध रुपमा नेपाल भित्र्याउदै गर्दा वरामद गरीएको करोडौँ मूल्य बराबरको रक्तचन्दन डिभिजन वन कार्यालय झापाको कोठामा थन्काइएको छ । सरकारी निती स्पष्ट नहुँदा प्रष्ट कानूनको अभावमा लिलाम प्रकृया अगाडी वढ्न नसकेका कारण वरामद गरीएको १९ हजार ८ सय ३२।२७ किलो रक्तचन्दन कोठा भित्रै थन्किएको हो । प्रहरीले विभिन्न मितिमा भारतवाट ल्याउदै गरेको अवस्थामा पक्राउ गरी वन कार्यालयमा वुझाउने गरेको हुँदा त्यसको संरक्षण गर्ने जिम्मा वन कार्यालयले पाएको थियो । रक्तचन्दनको कारोबार मुलुक भित्र नहुने भएको हुँदा यसको वजारभाउ कति हो भन्ने यक्किन नभएपनि करीब एक करोड ५२ लाख हुन आउने विज्ञहरुले अनुमान गरेका छन् ।,…
भक्तपुर: भक्तपुरमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गर्न शुक्रबार प्राविधिकसहितको टोलीले सम्भावित क्षेत्रको अनुगमन गरेको छ । सरकारले भक्तपुरमा ५० हजार दर्शक क्षमता रहेको अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गर्न भकारी मूलको जग्गा छनोट गरेपनि पनि स्थानीयवासीले विरोध गरेपछि त्यस क्षेत्रको विकल्पमा सूर्यविनायक नगरपालिका वडा नं ८ र ९ स्थित सिपाडोलको जग्गामा सम्भाव्यता अध्ययन गरेको हो । प्रतिनिधिसभाका सदस्य, पूर्वउद्योगमन्त्री एवं नेकपाका केन्द्रीय सदस्य महेश बस्नेतको विशेष पहलमा सरकारले करीब एक हजार ५०० रोपनी क्षेत्रफलमा रङ्गशाला निर्माण गर्न सूर्यविनायक नगरपालिकाको वडा ९स्थित नंखेल र १०स्थित चित्तपोल तथा चाँगुनारायण नगरपालिकाको वडा नं ८ र ९स्थित ताथलीमा रङ्गशालाका लागि जग्गा उपयुक्त हुने ठह¥याएको थियो । स्थानीयवासीले…
काठमाडौँ: संघिय संसदमा विचाराधीन नागरिकतासम्बन्धि विधेयकमा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रमा बसोवास गर्ने गैरआवासीय नेपाली नागरिकलाई समेत ‘गैरआवासीय नेपाली नागरिकता’ दिनुपर्ने संशोधन प्रस्ताव परेको छ। सांसदहरु प्रमोद शाह र एकवाल मियाँले राज्यव्यवस्था समितिमा दर्ता गरेको उक्त प्रस्ताव पारित भए भारतमा ठुलो संख्यामा रहेका नेपाली मूलका भारतीयले समेत त्यस्तो नागरिकता दावी गर्न सक्ने र त्यसले मुलुकमा संकट ल्याउन सक्ने चिन्ता सरकारी अधिकारीहरु प्रकट गर्छन। सार्क राष्ट्रभित्र भारत पनि पर्छ र भारतमा नेपाली मूल्कका लाखौँ मानिस बसोबास गरिरहेका छन्, तिनले भारतीय नागरिकताका साथै नेपालमा पनि गैरआवासीय नेपाली नागरिकताको सुविधा पाए भने यहाँको आर्थिक, सामाजिक र राजनीतिक सबै क्षेत्रमा ठुलो उठापुथल…
काठमाडौँ: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक, कर्मचारी र विश्वबिद्यालयका प्राध्यापकलाई सामाजिक संजाल र मोबाइल फोन प्रयोगमा अंकुश लगाएको छ। मन्त्रिस्तरीय निर्णयबाट स्वीकृत ‘सामाजिक संजाल र मोबाइल फोन संचालन तथा प्रयोगसम्बन्धी मार्गनिर्देशन २०७५’ मार्फत मन्त्रालयले फेसबुक, ट्विटर, इमो, भाइबरजस्ता सामाजिक संजाल आफूखुसी प्रयोग गर्न रोक लगाएको हो । कार्तिक १३ गते स्वीकृत ६ बुंदे मार्गनिर्देशन तत्काल लागुन हुने भनिएको छ, जसमा कार्यालयको खर्चमा भ्रमण गर्ने व्यक्तिले व्यक्तिगत रुपमा खिचिएको धार्मिक स्थल, बाटो, तालतलैया वा भ्रमण गरिएका स्थानको तस्बिरसमेत सामाजिक संजालमा राखन नपाइने उल्लेख छ। त्यस्तै, कुन पनि कार्यालय संचालन भइरहेको अवस्थामा सहभागीले मोबाइल फोन प्रयोग गरी अनावश्यक फोटो खिच्न नपाइने…
कास्की: पोखरा प्रिमियर लिग(पिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा हुलास काठमाडौँ रोयल्स र एक्पर्ट धनगढी ब्लुज विजयी भएका छन् । बुटवल ब्लास्टर्सलाई ३७ रनले पराजित गरेको काठमाडौँ छ अङ्कसहित अङ्क तालीकाको शीर्षस्थानमा पुग्न सफल भएको छ । टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौँले अविजित नरेश बुढाएरको अर्धशतकीय योगदानको मद्दतले २० ओभरमा चार विकेट गुमाउँदै १७२ रनको योगफल तयार ग¥यो । २८ बल सामना गरेका बुढायरले पाँच छक्का र तीन चौका प्रहार गर्दै ५८ रन बनाएका थिए । यसअघि लगातार दुई हार भोगेको बुटवलको जितका लागि १७३ रनको लक्ष्य पछ्याउने क्रममा निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १३५ रन मात्र जोड्न सक्यो…
काठमाडौँ: सङ्घीय मामिला सामान्य प्रशासन मन्त्रालय र आन्दोलनरत अस्थायी, करार तथा ज्यालादारी कर्मचारीबीच सहमति भएको छ । सिंहदरबारमा आज भएको छलफलमा सरकारले यसअघि गरेको सहमति कार्यान्वयन गर्ने मौखिक सहमति भएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए । सहमति पछि सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता भएको अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक सङ्घका अध्यक्ष भुपाल रसाइलीले जानकारी दिए । प्रवक्ता अधिकारीले गत भदौ ३ गतेको मन्त्रिपरिषद्को बैठकअनुसार मन्त्रालय, विभाग, आयोगलगायत सबै तहमा कार्यरत अस्थायी, करार कर्मचारीलाई नहटाउने र लामो अवधि काम गरेका कर्मचारीलाई एकमुष्ठ रकम दिन सरकारसँग पहल गर्ने सहमति भएको बताए। अस्थायी, करार र ज्यालादारी कर्मचारीको व्यवस्थापन मन्त्रालयको…
काठमाडौँ: लोकसेवा आयोगले २०५९ सालमा कर्मचारीको अवकाशको उमेरको हदबन्दी ५८ वर्षबाट ६० वर्ष राख्नुपर्ने भनी सरकारलाई दिएको सुझावमा अहिले पनि अलमल देखिन्छ । साठी वर्ष बनाउँदा निवृत्तिभरणमा आर्थिक व्ययभार नबढ्ने तथा औसत आयु पनि बढेका र अनुभवी कर्मचारी पनि रहने भएकाले दुई वर्ष बढाउन सुझाव दिइएको थियो । सो सुझाव दिएको अहिले १५ वर्ष पूरा भइसकेको छ । अहिले नेपालीको औसत आयु साढे ७१ वर्ष पुगेको छ । औसत आयु बढेसँगै कर्मचारीको निवृत्तिभरणको पनि उमेर बढाउनुपर्ने भनिएको छ । नेपालीको औसत उमेर बढेकाले पनि ५८ वर्षबाट ६० वर्षे बनाउन उपयुक्त हुने सुझाव त्यतिबेला दिइएको आयोगका सचिव महेन्द्रमान गुरुङले जानकारी दिनुभयो…
काठमाडौँ: छातीमा सङ्क्रमण भएपछि विगत पांच दिनदेखि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्ण स्वास्थ्यलाभ भएकाले चिकित्सकको सल्लाह अनुसार शुक्रबार साँझ सरकारी निवास फिर्ता भएका छन् । छातीको सङ्क्रमण, ज्वरो र खोकी नियन्त्रणमा नआएपछि सोमबार महाराजगञ्जस्थित त्रिवि, चिकित्साशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा भर्ना हुनुभएका प्रधानमन्त्री ओलीको आज बिहानको परीक्षणका प्रतिवेदन अध्ययनपछि स्वास्थ्यस्थिति सामान्य देखिएको पाइएको थियो । सेण्टरका कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठले आज बिहान १० बजे जारी गर्नुभएको प्रेस विज्ञप्तिमा प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थिति सामान्य भएको उल्लेख गरिएको थियो । प्रधानमन्त्री ओलीको उपचारमा मुटुरोग विशेषज्ञ डा अरुण सायमीको संयोजकत्वमा डा दिव्यासिंह शाह तथा छातीरोग…