Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारविरुद्ध दायर गरेको रिट खारेज भएको छ । मंगलबार न्यायाधीशहरू कुमार रेग्मी, अब्दुल अजिज मुसलमान र नहकुल सुवेदीको पूर्ण इजलासले रिट खारेज हुने फैसला गरेको हो । सर्वोच्चले रिट खारेज गरेसँगै कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीले निरन्तरता पाउने भएका छन् । कार्कीले २०८१ जेठ २५ गते मुख्यमन्त्री नियुक्त भएका हिक्मत कार्कीविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए । केदार कार्कीले आफू संविधानको धारा १६८को उपधारा ५ अनुसारको अन्तिम विकल्पको सरकार भएकाले हटाउन नमिल्ने जिकीर गरेका थिए ।:

Read More

काठमाडौँ: भक्तपुरमा २ करोड रुपैयाँ लुटपाट भएको घटनामा पीडितकै मामाको समेत संलग्नता रहेको खुलेको छ। आफ्नै मामाको योजनामा दुई करोड रुपैयाँ लुटपाट भएको अनुसन्धानका क्रममा खुलेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ। मंगलबार चार जनालाई पक्राउ गरेर सार्वजनिक गर्दै प्रहरीले घटना बारे जानकारी दिएको हो। २०८१ असार ४ गते दिउँसो १ बजे भक्तपुरको सूर्यविनायक नगरपालिका ४ दधिकोटस्थित डिल्लीबहादुर राउतको घरमा लुटपाट भएको थियो। ३ जना लुटेराको समूह प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को प्रहरी हौँ भन्दै घरमा प्रवेश गरेका थिए। परिवारका सदस्यलाई नियन्त्रणमा लिएर उनीहरूले दराजमा रहेको दुई करोड रुपैयाँ चोरी तथा लुटपाट गरेर फरार भएका थिए। सोही…

Read More

काठमाडौँ: प्रतिनिधि सभाबाट विनियोजन विधेयक, २०८१ पारित भएको छ। सभाको मंगलबारको बैठकमा अर्थमन्त्री वर्षमान पुनले ‘विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी राखेको प्रस्ताव बहुमतले पारित गरेको हो। सरकारले गत जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि रु १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट प्रस्तुत गरेको थियो। प्रतिनिधिसभमा गत जेठ २९ गतेदेखि विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालय, कार्यालय तथा निकायमाथिको छलफल सुरु भएको थियो। विनियोजन विधेयकमाथि विभिन्न मन्त्रालयका विनियोजित शीर्षकमाथि सांसदले उठाएका जिज्ञासाको प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रालयका मन्त्रीले जवाफ दिएका थिए।

Read More

काठमाडौँ: माइतीघर मण्डलास्थित राष्ट्रिय झण्डा राखेको पोलबाट आत्महत्याको प्रयास गरेकी आरती रावल गिरीलाई प्रहरीले उद्धार गरेको छ। मंगलबार दिउँसो उनी माइतीघर मण्डलामा रहेको झण्डा राखिएको पोलमा आत्महत्या गर्ने भन्दै उक्लिएकी थिइन्। उनलाई त्यहाँबाट प्रहरीले उद्धार गरिसकेको काठमाडौँ परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए। एसपी अधिकारीका अनुसार, अहिले उनको वीर अस्पतालमा उपचार भइरहेको छ। आफ्नै पूर्वश्रीमान्‌बाट बलात्कारमा परेको भनदै उनले सहमतिबिना शारीरिक सम्बन्ध राखेको भनी मुद्दा दायर गरेकी थिइन्। सो मुद्दामा गत जेठ २८ गते बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो। सोही मुद्दामा दोषी ठहर निलम्बित न्यायाधीश भुवन गिरीविरुद्ध ७ वर्ष कैद सजाय हुने फैसला भएको थियो। उनले गत माघ…

Read More

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक वर्ष २०८१/८२ को बजेट तुलनात्मक रुपमा सन्तुलित, समन्यायिक र नतिजामूलक रहेको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका निकायका विनियोजन शीर्षकमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले तीव्रतर विकासमार्फत आर्थिक, सामाजिक, भौगोलिक विषमतालाई अन्त्य गरी सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्ने लक्ष्य बजेटले लिएका स्पष्ट पारे। ‘सोहीअनुरुप स्रोत र साधनबाट वञ्चित र मानव विकास सूचकांकमा पछाडि परेका कर्णाली, मधेस र सुदूरपश्चिमलगायत क्षेत्रमा प्रदेशको विशिष्टताका आधारमा रुपान्तरणकारी, ठूला, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना अघि सार्दै आवश्यक बजेट विनियोजन गरिएको छु, उनले भने, ुप्रदेशगत विनियोजनको तथ्यांक हेर्दा…

Read More

काठमाडौँ : एमालेले बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप जारी गरेको छ। प्रतिनिधि सभाको आजको बैठकमा आगामी आर्थिक वर्षको बजेट पारित गर्ने कार्यसूची छ। बैठक बिहान ११ बजे बस्दैछ। बैठक सुरु हुनुअघि संसद्मा अनिवार्य उपस्थिति भएर बजेटको पक्षमा मतदान गर्न एमाले प्रमुख सचेतक महेश बर्तौलाले ह्विप जारी गरेका हुन्। ‘आज बस्ने प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ को बजेटलाई निर्णायार्थ पेश गर्ने कार्यसूची रहेकोले बैठकमा अनिवार्य उपस्थित भई बजेटको पक्षमा मतदान गर्न सांसदहरूलाई ह्विप जारी गरिएको जानकारी गराएका छाैँ,’ बर्तौलाले भने। गएको जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको लागि १८ खर्ब ६० अर्बको बजेट प्रस्तुत गरेको थियो। विगत केही…

Read More

अफगानिस्तान पहिलो पटक सेमिफाइनलमा काठमाडौं: टी-२० विश्वकप २०२४ को सुपर-८ मा बंगलादेशलाई पराजित गर्दै अफगानिस्तान सेमिफाइनलमा प्रवेश गरेको छ । अफानिस्तान सेमिफाइनल पुगेसँगै अष्ट्रेलिया सुपर-८ बाटै बाहिरिएको छ । ११६ रनको लक्ष्य पछ्याएको बंगलादेश १७.५ ओभरमा १०५ रनमा अलआउट भएपछि अफगानिस्तान ८ रनले विजयी भएको हो । बंगलादेशका ओपनर लिटन दासले ५०, तौहिद हृदोयले १४ र सौम्य सरकारले १० रन बनाए । अन्य चलेनन् । अफगानिस्तानको जितका लागि कप्तान राशिद खान र नवीन उल हकले ४/४ र फजलहक फारुकी र गुलबदिन नाबी एक/एक विकेट लिए । यसअघि सेन्ट भिन्सेन्टको किङटाउनमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले ५ विकेटको क्षतिमा ११५ रन…

Read More

वीरगञ्ज (पर्सा),: नेपाल आयल निगमले आगामी भदौ मसान्तभित्रै पेट्रोल, मट्टितेललगायत पेट्रोलियम पदार्थ पनि पाइप लाइनबाट ल्याउने गरी पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ । निगमले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणको ७५ प्रतिशत काम सकिएसँगै बाँकी रहेको काम पनि आगामी तीन महिनाभित्र सम्पन्न गरेर पेट्रोल–मट्टितेल पनि पाइप लाइनबाटै ल्याउने तयारीमा जुटेको छ । नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख बिनितमणि उपाध्यायले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणअन्तर्गतका मुख्य ट्याङ्क निर्माण सकिएकाले अन्य प्राविधिक कामलाई तीन महिनाभित्रै सम्पन्न गरेर पेट्रोल–मट्टितेल पाइप लाइनबाट ल्याइने बताउनुभयो । “दोस्रो चरणअन्तर्गतका ठूला पूर्वाधार निर्माणका सबैजसो काम सकिएका छन्”, उहाँले भन्नुभयो, “परियोजनाको दोस्रो…

Read More

काठमाडौँ: ६ वटै महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेट ल्याएका छन् । आर्थिक कार्यविधि तथा विनियोजन विधेयक अनुसार असार १० गतेभित्र सबै स्थानीय तहले आर्थिक वर्षको बजेट अनिवार्य ल्याउनुपर्ने प्रावधान छ । सोही अनुसार सोमबार स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट ल्याएका हुन् । ६ महानगरमध्ये काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, भरतपुर महानगरपालिका, पोखरा महानगरपालिका र विराटनगर महानगरपालिकाले सोमबार आगामी आर्थिक वर्षको बजेट ल्याए भने वीरगन्ज महानगरपालिकाले गत शनिबार नै बजेट सार्वजनिक गरिसकेको छ । ६ वटा महानगरपालिले आगामी आर्थिक वर्षका लागि कुल ५३ अर्ब ६४ करोड रुपैयाँको बजेट ल्याएको छ । यो चालु आर्थिक वर्षको विनियोजित बजेटको तुलनामा २.३० प्रतिशतले बढी…

Read More

काठमाडौँ: नागर्जुन नगरपालिका मेयर मोहन बहादुर बस्नेतले आफु पुराना समयकै मोहन बहादुर बस्नेत भएर निस्कनु पर्ने हो कि आफुलाई जनताको वास्तविक जनप्रतिनिधि भएर काम गर्न दिने भनेर प्रतिप्रश्न गरेका छन्। सोमबार नगरपालिकाको ९ औं नगरसभा तथा आर्थिक वर्ष २०८१/८२ को बजेट तथा नीति तथा कार्यक्रममा बोल्दै मेयर बस्नेतले आफुलाई मेयर भएदेखि केहि तप्का र समुहले विभिन्न बहानामा काम गर्न नदिन र असफल देखाउन ५२ वटाभन्दा बढी मुद्दा दिने तर ठोस प्रमाण र आधार नभई जनतासामु आफुलाई असफल देखाउन अनेक दुष्प्रचार गर्दै केहि समूह हिडिरहेको बताएका हुन्। टी-२० विश्वकप खेल हेरेर यसै साता नेपाल फर्किए लगतै नगरको पहिलो कार्यक्रममा बोल्दै, आफु…

Read More