Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, भोटेकोसी बाढीबाट करिब ४०० ट्रक तथा कन्टेनर हराएको जानकारी
- सुस्त पुँजी बजार उकास्न सरकारको २१ बुँदे योजना, यस्ता छन् व्यवस्था
- बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा
- एमसिए–नेपालद्वारा सीमापार प्रसारण लाइनको नेपालतर्फको १८ किमि खण्डको निर्माण सम्पन्न
- ७७ लाख ५० हजारमै घर र जग्गामा २५ प्रतिशतसम्म छुट अफरसहित ‘सिजी प्रोपर्टिज नवौँ नेपाल जग्गा तथा आवास एक्स्पो’ हुँदै
- जव गृहमन्त्री जेनजी स्मारक पार्क उद्दघाटन नगरी फर्किए, भएको के हो ?
- प्रम शाहद्वारा तीनै सुरक्षा निकायका प्रमुहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै
- रसुवा बाढीले निम्त्याएको भौतिक क्षति र आवश्यकता मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्रीको निर्देशन
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
जनकपुरधाम : छठ पर्वअन्तर्गत बर्तालुले आज यहाँ अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरी पूजार्चना गरेका छन् । बर्तालुहरू यहाँका इतिहास वर्णित गङ्गासागर, अरगजालगायतका पोखरीमा अघ्र्य सामग्री लिई सूर्यलाई पूजा अर्चना गरेका हुन् । अघ्र्य सामग्रीमा ठकुवा, कसार, केरा, उखु, मेवा–मिष्ठान, गेडागुडी, कन्दमूल र विभिन्न वनस्पति राख्ने परम्परा रहेको छ । यस पर्वमा भुसवा र कृषिजन्य अन्नको पीठोबाट बनाइएका परिकारहरूसँगै केराको घरी, माटोको हात्ती, सूप, कनसुपती, कलशसहितको घैँटो आदि सामग्रीको स्वच्छता र पवित्रतापूर्वक व्यवस्था गरिन्छ र साँझतिर अस्ताउँदो सूर्यको नमन गर्दै अघ्र्य दिइन्छ । छठ पर्व नै यस्तो पर्व हो जसमा अस्ताउँदो सूर्यलाई पनि पूजा गर्ने परम्परा छ । यो पर्व वर्षभरमा…
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न मन्त्रालयको कामको प्रगति विवरण अनलाइनमार्फत अनुगमन गरिरहेका छन् । उनले आफ्नै कार्यालयमा बसेर मन्त्रालयका काम कारवाहीबारे नियमित अनुगमन गरिरहनुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले जानकारी दिए । प्रधानमन्त्री कार्यालयले विकास गरेको सफ्टवेयरमा सबै मन्त्रालयका सचिवले आफ्नो मन्त्रालयको कार्ययोजनाको कार्यप्रगति विवरण राख्ने गर्छन् । ती विवरण प्रधानमन्त्री ओलीले अनलाइनमार्फत अनुगमन गर्छन । ‘‘सबै मन्त्रालयका सचिवले प्रत्येक महीनाको ७ गतेभित्र अघिल्लो महिनाको कार्यप्रगति विवरण सफ्टवेयरमा राख्नुहुन्छ’’, उनले भने, ‘‘सफ्टवेयरमा राखिएको विवरणलाई प्रधानमन्त्रीले अनुगमन गरिरहनुभएको छ ।’’ मन्त्रालयका कामकारवाही ढिलासुस्ती भएको महसुस गरेपछि प्रधानमन्त्री आफँैले अनुगमन शुरु गरेका हुन् । गत असोजमा सोसम्बन्धी सफ्टवेयरको विकास…
काठमाडौँ : स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान)ले जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने अवस्थामा पनि महत्वपूर्ण प्रसारण लाइनको काम अगाडि नबढेकामा चिन्ता व्यक्त गरेको छ । इपानले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रसारण लाइनको अभावमा आगामी केही समयभित्रैदेखि महत्वपूर्ण आयोजनाका विद्युत् खेर जाने अवस्था आएको र निर्माणाधिन प्रसारण लाइनमा समस्या यथावत् रहेको बताएको छ । इपान अध्यक्ष शैलेन्द्र गुरागार्इँले प्रसारण लाइन निर्माणमा रहेको वन क्षेत्रको जग्गा प्राप्ति, रुख कटानलगायतका विषयमा सरकारले प्रभावकारी निर्णय गर्न नसकेको र यथास्थितिमै रहेकामा आफूहरुको ध्यानकर्षण भएको बताए । हाल देशभर विभिन्न ४५ आयोजना निर्माणको क्रममा रहेको भए पनि पछिल्ला दिनमा कुनै पनि आयोजनामा प्रगति भएको छैन…
काठमाडौं: नेपालमै पहिलो पटक मानिस हिडने बाटो छेउको पेटी तथा खुला कम्पाउण्डहरुमा छाप्ने पानी सोस्ने ब्लकको उत्पादन हुने भएको छ । गोर्खा इको प्यानल अन्तगर्तको गोर्खा प्रिकाष्ट एण्ड विण्डोरले भक्तपुरमै पहिलो पटक यस्तो व्लकको उत्पादन थाल्न लागेको हो । हाल पेटी तथा खुला कम्पाण्डहरुमा प्रयोग भइराखेका व्लकहरुले व्लकहरुले पानी सोस्ने क्षमता राख्दैनन् । तिनीहरुको कापबाट निश्चित मात्रामा मात्रै पानी सोसेर जमिनमुनि जाने गर्दछन् । तर उत्पादन गर्न लागिएको यो व्लकले आकाशे पानीलाई पूरै सहतबाटै आफैंले पानी सोसेर सिधै जमिनमुनि पठाउने क्षमता राख्दछ । उत्पादन हुन लागेको यो व्लकमा विशेष प्रविधि अपनाई आकासे पानी सोसेर सिधै जमिनमुनि जानसक्ने गरी बनाइनेछ ।…
काठमाडौँ : ओलम्पिक महिला फुटबलको एशियन छनोटमा अपराजित रहँदै नेपाल दोस्रो स्थानमा पुग्न सफल भएको छ । आज भएको बङ्गलादेशसँगको तेस्रो खेलमा नेपाल र बङ्गलादेशको खेल एक÷एक गोलको बराबरीमा सकिएसँगै नेपाल दोस्रो चरणमा पुगेको हो । समूहको शीर्ष दुई टोली र तेस्रो हुने उत्कृष्ट दुई टोली अर्को चरणमा पुग्ने प्रावधान छ । यसका अनुसार नेपाल समूह विजेता वा उपविजेता नबने पनि उत्कृष्ट दुई घोषित हुँदै दोस्रो चरणमा पुगेको हो । म्यान्माको याङ्गोनस्थित थुनुवा रङ्गशालामा नेपालले १७औँ मिनेटमा कप्तान निरु थापाको गोलमा अग्रता लिएको हो तर दोस्रो हाफको ‘इन्ज्युरी’ समयमा नेपालले गोल खाएपछि लगातार तेस्रो खेल बराबरीमा चित्त बुझाउनुप¥यो । इन्ज्युरी…
विराटनगर: विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०७५÷७६ को चालू तीन महीनामा कूल १० अर्ब पाँच करोड २८ लाख ३४ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले नौ अर्ब ३५ करोड ७० लाख २२ हजार रुपैयाँ राजश्व सङ्कलन गर्ने लक्ष्य लिएकामा ६९ करोड ५८ लाख १२ हजार रुपैयाँ राजश्व सङ्कलन भएको भन्सार प्रमुख निमांस अधिकारीले जानकारी दिए । सङ्कलित राजश्वमा भन्सार महशुल चार अर्ब १३ करोड ५८ लाख ५० हजार रुपैयाँ, मूल्य अभिवृद्धि कर पाँच अर्ब २२ करोड ३८ लाख ३९ हजार रुपैयाँ र अन्तःशुल्क ६९ करोड ३१ लाख ४५ हजार रुपैयाँ छन् । चालू आवको साउन, भदौ…
काठमाडौँ: मध्यभोटेकोशी जलविद्युत् कम्पनीले बुधबारदेखि एक अर्ब ४४ करोड रुपैयाँ बराबरको १४ करोड ४० लाख कित्ता सीमित साधारण शेयर(आइपिओ) बिक्री गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा रु १०० अङ्कित दरका एक करोड ४४ लाख कित्ता साधारण शेयर बिक्रीका लागि नेपाल धितोपत्र बोर्डबाट गत असोज २९ गते स्वीकृति लिएको थियो । कर्मचारी सञ्चयकोषमा रकम सञ्चित गर्ने सञ्चयकर्ताका लागि एक करोड १७ लाख कित्ता, संस्थापक सङ्गठित संस्थाका कर्मचारीका लागि २१ लाख कित्ता र ऋणदाता संस्थाका कर्मचारीका लागि छ लाख कित्ता शेयर बिक्री गर्न लागेको हो । कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको निर्माण गरिरहेको छ । कम्पनीको…
हुम्ला: हिल्सा सिमिकोट हुँदै जमुनाहासम्म सडक र रेलको अध्ययनका लागि चिनियाँ टोलीसहित कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही हुम्लाको सिमिकोट पुगेका छन् । हुम्लाको उत्तरी चीनको तिब्बतको ताक्लाकोट हुँदै नेपागञ्ज जमुनाहसम्म सडक र रेलको सम्भाव्यता अध्ययनका लागि आज एक विशेष टोली हुम्ला पुगेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलगायतका चिनियाँ प्रतिनिधिका प्राविधिक टोली आज बिहान काठमाडौँ हँुदै सिमिकोट हिल्सा पुगेका छन् । नेपालकै उत्तरी नाका मध्य छोटो मार्ग भएकाले उत्तरदेखि दक्षिण दुई देशबीच जोड्ने मुख्य अन्तर्राष्ट्रिय राजमार्गका रुपमा लिएकाले चिनियाँ सरकारको प्रतिनिधि टोलीसहित कर्णाली प्रदेशका मुख्यमन्त्रीलगायत अन्य मन्त्री हुम्ला पुगेको जिल्ला प्रशासन कार्यालय हुम्लाले जानकारी दिएको छ । केही महीना…
चितवन: नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद्मा विपक्षी दलको नेताको भूमिका पार्टी सभापतिले निर्वाह गर्न नसकेको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन चितवनले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टी सभापतिले जुन किसिमको विचार संसद्मा दिनुपथ्र्यो त्यो भएन भने । वरिष्ठ नेता पौडेलले भने, “विचारले आक्रामकरुपमा प्रस्तुत हुनुपथ्र्यो तर त्यस्तो भएन ।” आफूलाई पदको भन्दा पनि पार्टीप्रति बढी चिन्ता भएको उनले बताए । वरिष्ठ नेता पौडेलले भने, “पार्टी निर्वाचनमा के कारणले हा¥यो, अब यसलाई कसरी उठाएर लैजाने, पार्टीलाई सुधार्नेतिर मेरो चिन्ता छ, पदमा को बस्ने भन्ने चिन्ता छैन ।” वरिष्ठ नेता पौडेलले सोमबार सुजाता निवासमा खाना खान…
काठमाडौँ: सङ्घीय संरचना र समृद्ध नेपालको परिकल्पना अनुकूल विद्यालय शिक्षाको नयाँ पाठ्यक्रमको प्रारुप आउँदो शैक्षिकसत्रदेखि नमूना परीक्षणका रुपमा लागू हुने भएको छ । समाजवाद उन्मुख सामाजिक न्यायमा आधारित समृद्ध राष्ट्र निर्माणका लागि सक्षम नागरिक विकासको दूरदृष्टिसहित पाठ्यघण्टा (क्रेडिट आवर) सहितको नयाँ पाठ्यक्रमको प्रारुप कार्यान्वयन गर्न पाठ्यक्रम विकास केन्द्रले तयारी शुरु गरेको हो ।व्यावसायिक शिक्षाको धारलाई प्राथमिकता दिइएको सो प्रारुप शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा रहेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्बाट पारित भएको थियो । केन्द्रका महानिर्देशक डा लेखनाथ पौडेलले नयाँ प्रारुपअनुसार पाठ्यक्रम तयार गर्न विज्ञको सूची ((रोष्टर) तयार गर्न आह्वान गरिएको र आउँदो शैक्षिकसत्रदेखि कक्षा १…