Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- एमसिए–नेपालद्वारा सीमापार प्रसारण लाइनको नेपालतर्फको १८ किमि खण्डको निर्माण सम्पन्न
- ७७ लाख ५० हजारमै घर र जग्गामा २५ प्रतिशतसम्म छुट अफरसहित ‘सिजी प्रोपर्टिज नवौँ नेपाल जग्गा तथा आवास एक्स्पो’ हुँदै
- जव गृहमन्त्री जेनजी स्मारक पार्क उद्दघाटन नगरी फर्किए, भएको के हो ?
- प्रम शाहद्वारा तीनै सुरक्षा निकायका प्रमुहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै
- रसुवा बाढीले निम्त्याएको भौतिक क्षति र आवश्यकता मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्रीको निर्देशन
- एनडब्लुइडिसीका ठेकेदार कम्पनीहरूले यसै साता राहत प्याकेज घोषणा गर्ने
- नुवाकोटको तादी नदीमा एक्रो ब्रिज ढुवानी गरी पुल निर्माणको काम तीव्र
- सुरुङभित्र उद्धारका लागि नेपाललाई स्विट्जरल्यान्डको अत्याधुनिक ड्रोन
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: राजधानीकै सडकमा ठाउँठाउँमा भएका खाल्डाबारे समाचार सार्वजनिक भएपछि सरकारले जिम्मेवारी पूरा नगर्ने सम्बन्धीत कार्यलयका प्रमुखलाई मन्त्रिपरिषद कार्यालयमा हाजिर हुन निर्देशन जारी गरेको छ । आजको नयाँ पत्रिकामा यो समाचार छापिएको छ । सडकमै रहेको खाल्डोमा परेर किर्तिपुरमा साइकलयात्री श्यामसुन्दर श्रेष्ठको मृत्यु हुँदासमेत केही दिनसम्म वास्ता नगरेको सरकारले बुधबार नयाँ पत्रिकाको पहिलो पृष्ठमा ‘इमानमै खाल्डो’ शीर्षकमा विस्तृत समाचार आएपछि शुक्रबारका लागि सम्बन्धीत कार्यालयका प्रमुखलाई बैठकमा बोलाएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सहरी विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र महानगरपालिकालाई छलफलमा बोलाएको कार्यालयका सचिव केदारबहादुर अधिकारीले बताए ।
काठमाडौँ: मंसिर अन्तिमसम्म मेलम्चीको सुरुङ परीक्षण गर्ने तयार भइरहेको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । मेलम्चीदेखि काठमाडौंको सुन्दरीजलसम्म कुल २७।५८४ किलोमिटर सुरुङमध्ये ५ किलोमिटर सुरुङ मात्र ढलान हुन बाँकी छ । बाँकी ढलानको कामले गति लिएकाले मंसिरको अन्तिमसम्म सुरुङ परीक्षण गर्ने तयारी भइरहेको आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेलले बताए । ‘मन्त्रालयले त हामीलाई २० मंसिरभित्रै जनताको घरमा पानी छाड्ने गरी काम गर्न भनेको छ,’ उनले भने, ‘मंसिर अन्तिमसम्म सुरुङको परीक्षण सक्छौँ होला ।’ सुरुङभित्र जडान गर्नुपर्ने गेट र गियरवालहरू चीन र भारतबाट आइसकेकाले सुरुङ ढलान सक्नेबित्तिकै उपकरण जडानको काम पनि सम्पन्न हुने उनले दाबी गरे । उपभोक्ताको धारामा पानी भने…
काभ्रे: मण्डनदेउपुर नगरपालिका ६ भांगेटारमा भएको सवारी दुर्घटनामा नेपाल प्रहरीका बाहालवाला नायव महानिरीक्षक (डीआईजी) सुशीलकुमार भण्डारीको मृत्युपछि नयाँ विषयको रहस्योद्घाटन भयो, उनको अवैध लगानी । एक महिनाको बिदा स्वीकृत गराएर विदेश जाने तयारीमा रहेका उनी अघिल्लो दिन आफ्ना व्यवसायीक साझेदार सँग नयाँ व्यवसायमा लगानी गर्न काभ्रेको मण्डनदेउपुर पुगेका थिए । तर त्यहीँ उनको जीवनको अन्त्य भयो । काभ्रे प्रहरीलाई सुइँको समेत नदिई पुगेका उनी दुर्घटनामा पर्दासमेत प्रहरीलाई डीआईजी हुन् भन्ने जानकारी भएन । आजको कान्तिपुरले पृष्ठ २ मा समाचार छापेको छ । डीआईजी भण्डारीसहित ३ जनाको ज्यान जाने गरी भएको दुर्घटना शंकास्पद भएको भन्दै प्रहरीले अनुसन्धान थालेको छ । काभ्रेका…
काठमाडौँ: महानगरीय अपराध महाशाखाले नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न तीनै जनालाई जेल चलान गरेको छ । विसं २०७४ असोज २३ गते दिउँसो बानेश्वरमा गोली हानी हत्या गरेको आरोपमा महाशाखाको टोलीले यही कात्तिक १२ गते पक्राउ गरेका झापाका लोप्साङ भन्ने सोम तामाङ, काठमाडौँका रोशन बुढाथोकी र उदयपुरका अम्बरबहादुर रानालाई आज डिल्लीबजार कारागार चलान गरेको हो । महाशाखाका प्रमुख धीरजप्रताप सिंहले पक्राउ परेका तीनै जनालाई काठमाडौँ जिल्ला अदालतमा पेश गरेकामा अदालतको आदेशअनुसार कारागार चलान गरिएको जानकारी दिए । सोमबार महाशाखाको टोलीले झापाको सीमावर्ती क्षेत्रबाट राना, लोप्साङ र बुढाथोकीलाई पक्राउ गरेको थियो । उनीहरु निर्माण व्यवसायी महासङ्घका अध्यक्ष गौचन…
काठमाडौँ : नयाँ शक्ति पार्टी नेपालले नेपाली काङ्ग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लगायत पार्टीबाट जनता निरास बनेको दाबी गर्दै वैकल्पिक राजनीतिको खोजीमा बलियो क्रान्तिकारी–लोकतान्त्रिक पार्टी निर्माणको बलियो आधार बनेको बताएको छ । आजदेखि शुरु भएको सो पार्टीको १५औँ सङ्घीय परिषद्को बैठकमा संयोजक डा बाबुराम भट्टराईले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा नयाँ शक्तिले समावेशिता, समानुपातिकता र सहभागितामार्फत लोकतन्त्रलाई अझ ठोस, जीवन्त र मूर्तरुपमा विकास गरी आर्थिक क्रान्तिमार्फत नेपालको समृद्धीकरणको युगलाई नेतृत्व गर्ने दाबी गरिएको छ । सत्ता राजनीतिको असफलता चौतर्फीरुपमा उजागर हुन थालेको औँल्याउँदै प्रतिवेदनमा नयाँ शक्ति पार्टी नेपालले रोजेको मार्ग ठीक छ भन्ने कुरा दिनप्रतिदिन पुष्टि हुँदै गएको उल्लेख गरिएको छ…
काठमाडौँ : नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । समितिको आज बसेको बैठकले यही कात्तिक २३ गते बिहान ११ बजेर ५५ मिनेटमा भाइटीकाको साइत उत्तम हुने निर्णय गरेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । यस वर्ष यमपञ्चक अर्थात् तिहार कात्तिक १९ गतेदेखि शुरु हुँदैछ । कात्तिक १९ गते कार्तिक कृष्ण त्रयोदशीका दिन काग तिहार तथा आयुर्वेदका प्रवत्र्तक धनवन्तरि जयन्ती र यसै दिन भाण्ड त्रयोदशी पर्व पनि मनाइन्छ । कात्तिक २० गते कुकुर तिहार र नरक चतुर्दशी मनाइन्छ । काग र कुकुरलाई यमदूतका रुपमा मानिने गरिएको छ । कात्तिक २१ गते कार्तिक कृष्ण…
काठमाडौँ: नेपाल विद्युत् प्राधिकरणले लक्ष्मीपूजाका दिनमा हुने विद्युतभार व्यवस्थापन गरेको छ । नेपालीको दोस्रो ठूलो चाड तिहारलाई ध्यान दिँदै एक हप्ताअघिदेखि नै विद्युत्भारको व्यवस्थापन गरिएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । विद्युत् उपभोगमा कुनै पनि समस्या नआउने भन्दै उनले ढुक्कसँग विद्युत् उपयोग गरी तिहार मनाउन सकिने बताए । बत्तीको चाड तिहारमा तीन वर्षअघि विद्युत्भार कटौती हुँदा तिहार खल्लो भएको थियो । विसं २०७३ को लक्ष्मीपूजाकै दिन प्राधिकरणले काठमाडौँ उपत्यकाबाट विद्युत्भार कटौती अन्त्यको घोषणा गरेको थियो । अहिले देशभर नै विद्युत्भार कटौती छैन । लक्ष्मीपूजाका दिन विद्युत् खपत बढ्ने भएकाले आवश्यक व्यवस्थापन गरिएको उल्लेख गर्दै प्राधिकरणका प्रवक्ता…
काठमाडौँ: पूँजी बजारमा आज गिरावट आएको छ । मंगलबार सामान्य सुधार भएको शेयर बजार आज पुन: घट्दा लगानीकर्ताहरु निराश भएका छ । नेप्से परिसूचक घटेसंगै कारोवार रकममा पनि उल्लेख्य गिरावट आएको छ । आज शेयर बजार परिसूचक नेप्से २ दशमलब ९० अंकले घटेर एक हजार २२१ दशमलब ४६ अंकमा पुगेको छ । सोमबार १० दशमलब ५६ अंकले घटेको नेप्से सोमबार ७ दशमलब ४३ अंकले बढेको थियो । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत शुन्य दशमलब ६५ अंकले घटेर २५९ दशमलब ७८ अंकमा कायम भएको छ । आजको कारोबारमा निर्जीवन बीमा उत्पादन र अन्य बाहेक सबै समूहको परिसूचक…
काठमाडौँ : उखु किसानको भुक्तानी नदिएको आरोपमा प्रहरीले काठमाडौँको त्रिपुरेश्वरबाट आज उद्योगी राकेश अग्रवाललाई पक्राउ गरेको छ । अग्रवाल इन्दिरा सुगर मिल एण्ड एग्रो प्रालि नवलपरासी तथा अन्नपूर्ण सुगर मिल प्रालि सर्लाहीको सञ्चालक हुन् । इन्दिरा सुगर मिल एण्ड एग्रो प्रालि नवलपरासीले आठ करोड ५८ लाख ९६ हजार ४८१ रुपैयाँ तथा अन्नपूर्ण सुगर मिल प्रालि सर्लाहीले ३८ करोड ६८ लाख रुपैयाँ किसानको बक्यौता तिर्न बाँकी रहेको जनाइएको छ । कृषि मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आग्रहमा मङ्गलबार मात्रै गृहमन्त्रालयले पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएपछि उद्योगी अग्रवाललाई आज पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रमुख वसन्त लामाले जानकारी…
काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले निर्यात सम्भावना भएका कृषि उपजमा नेपाल र कतारबीच सहकार्य गरेर अघि बढ्नुुपर्ने धारणा राखेकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको चारदिने राजकीय भ्रमणका क्रममा निजी क्षेत्रको नेतृत्व गर्दै कतार पुगेकी राणाले अहिले धेर थोर निर्यात हुँदै आइरहेको कृषि उपजलाई अझ बढवा दिन नेपाल र कतार सरकार मिलेर अघि बढ्नुपर्ने बताइन् । राजकीय भ्रमणमा रहेकी राष्ट्रपति भण्डारीसमक्ष कृषि र खाद्य सुरक्षा क्षेत्रमा सहकार्य सम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । त्यसैगरी राणाले समझदारीमा उल्लेख भएको माछा, पशुपालन र कृषिमा सहकार्य गर्न सरकारले पहल गर्नुपर्ने बताइन् । नेपालबाट निर्यात सम्भावना रहेका अलैंची र अदुवाजस्ता…