Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: तराई द्रुतमार्गमा अग्ला पुल निर्माण गर्न नेपाली सेनाले प्रारम्भिक चरणमा ६ वटा कम्पनी छनोट गरेको छ। सेनाले द्रुतमार्गमा निर्माण हुने ९९ वटा पुलमध्ये ६२ वटा अग्ला पुल बनाउन इन्जिनियरिङ प्रोकुमेन्ट कन्स्ट्रक्सन (ईपीसी) मोडलमा काम गर्ने गरी कम्पनी छनोट गरेको आजकोअन्नपूर्ण पोष्टमा समाचार छ । सेनाका प्रवक्ता गोकुल भण्डारीका अनुसार पाँच चिनियाँ र एक टर्किस कम्पनी प्रारम्भिक चरणमा छनोट भएको जानकारी दिए। सेनाले अग्ला पुल बनाउन २०७४ चैतमा ग्लोबल टेन्डर आह्वान गरेको थियो। १५ वटा कम्पनीले पुल बनाउन इच्छा जाहेर गर्दै आवेदन गरेका थिए। नौ कम्पनी सेनाको मूल्यांकनमा बाहिरिए। प्रवक्ताका अनुसार टर्किस कम्पनी डोगुस इन्साट भे टिकारेट एएस एन्ड माक्योल…

Read More

काठमाडौँ: ३८ क्वीन्टल सुन तस्करी तथा सनम शाक्य हत्या मुद्दाका एक मुख्य अभियुक्त बेनु श्रेष्ठलाई नेपाल प्रहरीले संयुक्त अरब इमिरेट्सबाट पक्रेर नेपाल ल्याएको छ । श्रेष्ठलाई आइतबार नेपाल ल्याइएको नयाँ पत्रिकामा समाचार छ । अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) मा रेड नोटिस जारी गरेका श्रेष्ठलाई लामो प्रयासपछि पक्राउ गरेर ल्याउन प्रहरी सफल भएको हो । श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय मोरङमा पठाउने तयारी गरिएको छ । श्रेष्ठ दुबईमा बसेर सुन र हुन्डीको कारोबार संलग्न व्यक्ति हुन् । उनले त्यहाँबाट नेपाल सुन पठाउने काम गर्थे । रेड नोटिस जारी गरेपछि युएईको प्रहरीले उनलाई पक्राउ गरेर तारेखमा छाडेको थियो । दुई देशबच सुपुर्दगी…

Read More

काठमाडौँ: भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि ऐतिहासिक रानीपोखरी पुनः निर्माण हुने विषय फेरि अन्योलमा परेको छ । भूकम्प गइसकेपछि दोस्रो पटक पुनः निर्माण गर्नका लागि काठमाडौँ महानगरपालिकाले बोलपत्र आह्वान गरी निर्माण कार्य अघि बढाउने तयारी गरेको थियो । कामपाको मागअनुरुपको बोलपत्र र आशयपत्र पेश गरेका दुवै निर्माण कम्पनीको मागअनुरुपको आशयपत्र नभएकाले पोखरी पुनः निर्माणको काम अन्योल भएको हो । नगरप्रमुख विद्यासुन्दर शाक्यले रासससँग कुरा गर्दै भन्नुभयो, “निर्माणको इच्छा राख्ने दुवै कम्पनीले पेश गरेका कागजात अपुग छ, त्यसैले निर्माणको जिम्मा दिनका लागि मापदण्ड पूरा गरेको हुनुपर्छ, आवश्यकताअनुरुपको हुनका लागि अर्को बोलपत्र माग गर्नुपर्छ त्यसको लागि समय लाग्छ ।” यसअघि काठमाडौँ…

Read More

धनुषा: प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र बुझाउन गएका सिके राउतका तीन जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रवेशद्वारबाट सञ्जय यादव, विश्वनाथ चौधरी र अमरदीप यादवलाई धनुषा प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ परेका तीन जना रौतहटको गौरबाट पक्राउ परेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतको रिहाइको माग गर्दै मुख्यमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाउन गएका थिए । कार्यालयको प्रवेशद्वारमै सुरक्षाकर्मीले के काम विशेषको बारेमा ज्ञापनपत्र बुझाउन आएको सोधेपछि उनीहरुले आफूहरु सिके राउतको समर्थक रहेको बताएपछि तत्कालै पक्राउ गरेको प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताए।

Read More

भक्तपुर: भक्तपुर नगरपालिकाले तौमढीदेखि नासमनासम्मका खाद्य पसलको अनुगमनका क्रममा भेटिएका म्याद गुज्रेका सामान जफत गरी नष्ट गरिएको छ । नगरपालिकाले आज अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा भएको अनुगमनमा हरिप्रसाद खाइतुको चिया पसल र नारायण मिठाइ भण्डारमा किचेन फोहोर भएको, विद्युत्को तार अलपत्र राखेको, ग्यास सिलिण्डर आगो नजिक राखेको, मिठाइ सामानहरुमा धुलो, झिङ्गा भन्किएको, मूल्य सूची नराखेको र पसल नवीकरण नगरेको पाइएको वरिष्ठ अनुगमन निरीक्षक रामकृष्ण प्रजापतिले बताए । टोलीले देव तेल पसललाई तीन दिनभित्र दर्ता गर्न निर्देशन दिएको छ । त्यस्तै रामचन्द्र शाखको खुद्रा व्यवसाय पसलमा पसल नवीकरण गर्न निर्देशन दिएको छ ।…

Read More

काठमाडौँ: बडा दशैँमा घर जाने यात्रुसँग बढी भाडा असुल्ने ५०० सार्वजनिक यातायातलाई कारबाही गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । दशैँको ‘अग्रिम टिक बुकिङ’देखि नै यातायात व्यवस्था विभागले चार वटा अनुगमन समूह बनाएर उपत्यकाका विभिन्न स्थानमा स्थलगत निरीक्षण गरेको थियो । त्यसक्रममा हालसम्म ५०० सवारीलाई कारबाहीको दायरामा ल्याइएको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए। उपत्यका बाहिर जाने सवारीको चलानीमा उल्लेख गरिएको भाडादर र विभागले तोकेको दरमा फरक परेपछि यी सवारीलाई कारबाही गरिएको उहाँले बताउनुभयो । बढी भाडा लिने सवारीलाई रु एक हजारदेखि रु पाँच हजारसम्म जरिवाना गरिएको छ । विशेषगरी साना माइक्रो, हायस र टाटा सुमोले तोकेभन्दा बढी भाडा लिएको…

Read More

काठमाडौँ: नेपाली सेनाले आगामी विजयादशमीका दिन सर्वसाधारण यात्रुलाई सुविधा दिने उद्देश्यले काठमाडौँ उपत्यकाभित्र आठ मार्गमा निःशुल्क बस चलाउने भएको छ । दशैँका बेला सार्वजनिक सवारी साधन न्यून मात्र चल्ने भएकाले सैनिक तथा गैरसैनिक व्यक्तिको आवागमनमा सुविधा पु¥याउने उद्देश्यले ती मार्गमा बस चलाउने निर्णय भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । तीस सिट क्षमताका ती बस आठ मार्गमा बिहान ०६ः३० देखि ११ बजेसम्म तथा अपराह्न ३ बजेदेखि भद्रकालीबाट निःशुल्क रुपमा चढ्न पाइनेछ । पहिलो मार्ग भद्रकाली– माइतीघर– बानेश्वर– कोटेश्वर– एकान्तकुना– बल्खु– कीर्तिपुर– कलङ्की– कालीमाटी– त्रिपुरेश्वर– रत्नपार्क तथा दोस्रो मार्ग भद्रकाली– जमल– लैनचौर– नारायणगोपाल चोक– बूढानीलकण्ठ– बालाजु चोक– सोह्रखुट्टे– कान्तिपथ–…

Read More

काठमाडौँ: साताको कारोवारको पहिलो दिन पूँजी बजारमा दोहोरो अंकले सुधार आएको छ । शेयर बजार परिसूचक (नेप्से) १४ दशमलब १४ अंकले बढेर एक हजार २४२ दशमलब ४३ अंकमा पुगेर बजार बन्द भएको छ । नेप्से बढे पनि कारोवार रकममा भने कमि आएको छ । आजको कारोवारमा जलबिधुत र उत्पादन मूलक बाहेक सबै समूहको परिसूचक बढेको छ । सबै भन्दा बढी जीबन बीमा समूहको परिसूचक ५७ दशमलब ४९ अंकले बढेको छ भने होटल ५५ दशमलब ३४ अंक, बाणिज्य बैंक १७ दशमलब ३७ अंक र विकास बैंक १८ दशमलब १५ अंकले बह्देको छ । नेपाल स्टक एक्सचेन्जमा १५८ कम्पनीहरुको कारोवार भएको छ…

Read More

काठमाडौँ: टाेखा नगरपालिकाका कार्यकारी अधिकृत कृष्णप्रसाद सुवेदीलार्इ घुस रकमसहित रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरूपयाेग अनुसन्धान अायाेगकाे टाेलीले सुवेदीलाई एक लाख रूपैयाँ रकम सहित नियन्त्रणमा लिएकाे हाे। अधिकृत सुवेदीले उपभाेक्ता समुह मार्फत निर्माण भएकाे बाटाेकाे भुक्तानी दिनका लागि घुस मागेकाे अायाेगले जनाएकाे छ। अायाेगका प्रवक्ता सहसचिव रामेश्वर दंगालका अनुसार उपभाेक्ता समुह मार्फत सम्पन्न भएकाे निर्माण कार्यकाे भुक्तानी दिन सुवेदीले अानकानी गर्दै अाएकाे थिए। ‘काम सम्पन्न गरेकाे भुक्तानी दिन घुस मागेका थिए। रंगेहात पक्राउ गरेर कारवाही थालेका छाैं,’ सहसचिव दंगालले भने।

Read More

काठमाडौँ: लामो बाटोमा जाने यात्रुले साझा यातायातको सेवाबारे सूचना पाउन र टिकट काट्न काउन्टरसम्म धाउन नपरोस् भन्ने उद्देश्यले अनलाइनबाटै टिकट काट्न सकिने व्यवस्था शुरु भएको छ। अनलाइनबाट टिकट लिन साझा यातायात र बस सेवा डटकमबीच अनलाइन टिकटिङ सम्झौता भएको साझा यातायातले जनाएको छ । यात्रुहरूले अबदेखि साझा यातायात डटकम डट एनपी, बससेवा डटकम, इसेवा डटकम डट एनपीबाट सहजै टिकट काट्न सक्नेछन् । ई –सेवा ‘एकाउन्ट’ भएका यात्रुले सहजै आफ्नो मोबाइल तथा इन्टरनेटबाट टिकट काट्न सक्नेछन् भने नभएका ग्राहकले नजिकैका ई –सेवा अङ्कित साइबर कम्यूनिकेशनबाट टिकट लिन सक्नेछन् । यसैगरी यात्रुले अधिकांश बैंकका मोबाइल बैंकिङ तथा इन्टरनेट बैकिङ तथा अन्य विभिन्न…

Read More