Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नागरिक लगानी कोषका अध्यक्ष डा.रामचन्द्र भट्टराईले शुक्रबार पदबहाली गरेका छन् । कोष संचालक डा.रामशरण खरेलले डा भट्टराईलाई पद तथा गोपनियताको शपथ गराएका हुन् । डा.भट्टराईलाई २१ असोजको मन्त्रिपरिषदको बैठकले कोष अध्यक्षमा नियुक्त गरेको थियो । ‘इन्भाइरोमेन्ट इकोनोमिक्स’ मा बिद्याबारिधि गरेका भट्टराईले हाल त्रिभुवन बिश्वबिद्यालय अन्र्तगत पाटन बहुमुखी क्याम्पसमा सुक्ष्म र बृहत अर्थशास्त्रको अध्यापन गराउदै आउए छन् । खोटाङ लामिडाडाँमा जन्मनुभएका भट्टराईसंग राष्ट्रिय बाणिज्य बैकको संचालक, राष्ट्रिय योजना आयोगमा सल्लाहकार, अर्थमन्त्रालयमा बरिष्ठ आर्थिक सल्लाहकारको रुपमा लामो समय काम गरिसक्नु भएको अनुभव छ । यो सँगै उहाँसंग नेपाल राष्ट्र बैक, न्याय सेवा तथा कृषि क्षेत्रमा काम गरेको पनि अनुभव रहेको छ…

Read More

भक्तपुर: युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले सरकार देशको गाउँ÷गाउँमा रङ्गशाला निर्माणको तयारीमा लागेको बताएका छन् । नेपाल खेलकूद महासङ्घ भक्तपुरले आज मध्यपुरथिमिको निकोसेरामा आयोजना गरेको प्रथम निकोसेरा जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिताको उद्घाटन कार्यक्रममा उनले खेलकूदको विकासमा सरकार लागिरहेको बताएका हुन् । मन्त्री विश्वकर्माले भने,“सरकार गाउँ÷गाउँमा रङ्गशाला निर्माणको तयारीमा जुटेको छ, देशका सबै गाउँपालिका र नगरपालिकामा खेलकूद रङ्गशाला र सातै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला बनाइनेछ ।” भक्तपुरमा अन्तर्राट्रियस्तरको रङ्गशाला निर्माणका लागि सरकारले काम अगाडि बढाएको बताउँदै उनले विवाद निम्त्याएर यो अवसरलाई भक्तपुरका बासिन्दाले गुमाउन नहुने बताए । मन्त्री विश्वकर्माले खेलकूदमा लागेर अब खेलाडिले पछुताउनुपर्ने दिन गएको दाबी गर्दै भने, “वर्तमान सरकारले स्वर्णपदक विजेता…

Read More

सिन्धुली: बिपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–५ रिठ्ठे भिरबाट आज यात्रुबस सुनकोशीमा खसेको छ । सडकबाट सुनकोशी नदीमा बस खस्दा एक जनाको मृत्यु भएको र सात जनाको जीवितै उद्धार गरिएको छ । अहिले उद्धार कार्य जारी रहेको छ । सिन्धुलीको मरिण गाउँपालिकाबाट काठमाडाँैतर्फ जाँदै गरेको सुपर वासुकी यातायातको ना ६ ख ९१२ नं को बस सुनकोशीमा खसेको हो । घटनाको थप विवरण आउन बाँकी रहेको छ । सुनकोशी नदीबाट स्थानीयवासी, प्रहरीको प्रयासमा सात जनालाई उद्धार गरी उपचारका लागि धुलीखेलतर्फ पठाइएको र नदीबाट एउटा शव निकालिएको स्थानीयवासी मीन श्रेष्ठले जानकारी दिए । सिन्धुलीको मरिण गाउँपालिकाबाट काठमाडाँैतर्फ जाँदै गरेको सो बसमा आठजना सवार…

Read More

बेत्रावती: नुवाकोटको समुन्द्रटारबाट त्रिशूलीतर्फ आइरहेको बस सूर्यगढी गाउँपालिका–५ गणेशस्थानमा आज बिहान दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ । मृतकमध्ये एक महिला र एक वृद्ध रहेका छन् । उनीहरुको शव पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए । बा १ ख ६३५६ नंको बस दुर्घटनामा हुँदा बसमा सवार यात्रीमध्ये १५ भन्दाबढी घाइते भएका छन् । गम्भीर घाइते पाँच जनालाई उपचारका लागि काठमाडौँ लगिएको छ । बाँकी घाइतेलाई जिल्ला अस्पताल त्रिशूली पठाइएको छ । गणेशस्थानको छेरी खोलामा आइपुग्दा बस अनियन्त्रित भएर १५० मिटर तल खसेको प्रहरीले जनाएको छ । बसमा ५०…

Read More

हुम्ला: नेपालीको ठूलो चाड बडादशँै लागेसँगै जिल्ला सदरमुकाम सिमकोटमा रहेको एक मात्र राष्ट्रिय वाणिज्य बैंकमा खुद्रा पैसाको अभाव भएको छ । यस वर्ष दशैँमा राष्ट्र बैंकले पैसा नपठाउँदा खुद्रा पैसाको अभाव देखिएको हो । दशैँको घटस्थापना शुरु भएपछि ग्राहक नयाँ नोटको खोजीमा बैंकमा लिन आए पनि बैंकसँग पर्याप्त मात्रामा नोट नहुँदा दिन नसकिएको वाणिज्य बैंक सिमकोट शाखाका निमित्त प्रबन्धक मानबहादुर शाहीले बताए । नयाँ नोटका लागि लागि राष्ट्र बैंकसँग माग गरिएको भए पनि हालसम्म नपठाएकाले समस्या भएको बैंककै कर्मचारी भक्त बोहराको भनाइ छ । बैंकको सिमकोट शाखासँग रु २० का नोट केही मात्रामा भएको र नयाँ पैसा साट्न आउने ग्राहकलाई…

Read More

काठमाडौँ: नेपाल खाद्य संस्थानले दशैंका लागि खसीबोका र च्याङ्ग्राको विक्री शुक्रवारबाट शुरु गरेको छ । संस्थानले आज बिहानदेखि आफ्नो थापाथली कर्यलयाबाट खसीबोका र च्याङ्ग्राको विक्री शुरु बारेको संस्थानका प्रवक्ता शंकर सापकोटाले बताए । उनले भने बिहिवार साँझ सम्म ३०० हाराहारीमा खसीबोका र ६०० को हाराहारीमा च्याङ्ग्रा काठमाडौँ आइसकेको बताए । संस्थानले जिउँदो खसीबोका प्रतिकिलो पाँच सय रुपैयाँ र च्याङ्ग्रा सात सय रुपैयाँ किलोमा बिक्रि गरेको बताउदै उनले भने सरकारको नीति अनुसार प्रतिकिलो १० रुपैयाँ छुटमा बिक्रि गरेको छ । ‘खसीबोका प्रतिकिलो ५१० रुपैयाँ र च्याङ्ग्रा ७१० रुपैयाँ मूल्य तोकेको थियो,‘ सापकोटाले भने, ‘किलोमा १० रुपैयाँ छुट दिएर बेच्ने भएकाले खसीबोका…

Read More

काठमाडौँ : दशैँ नजिकिएसँगै उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाका विभिन्न नाकाबाट दैनिक एक लाखभन्दा बढी यात्रु बाहिरिने गरेका छन् । उपत्यकाको थानकोट, जगाती, दक्षिणकाली र बालाजु नाका हुँदै यात्रु बाहिरिने गरेका छन् । महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार लम्सालका अनुसार असोज २३ गते घटस्थापनाका दिन एक लाख ३० हजार, असोज २४ गते एक लाख ४४ हजार र असोज २५ गते एक लाख १० हजार यात्रु बाहिरिएका छन् । “दशैँ लागेसँगै नीजि सवारी साधनदेखि सार्वजनिक सवारीसाधनमा यात्रु बाहिरिने गरेका छन्”, उनले भने । असोज २३ गते १२ हजार ६५५, असोज…

Read More

पोखरा : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले आयोगको कामकारवाहीमा राजनीतिक गन्ध आउन नदिने बताएका छन् । सुशासनका लागि नागरिक समाज कास्कीद्वारा बिहीबार आयोजित अन्तरक्रियामा उनले भ्रष्टाचार गर्ने जोकोहीलाई नछाडिने बताएका हुन् । आयोगको काममा सरकारी र राजनीतिक दबाब नरहेको स्पष्ट पार्दै उनले अख्तियार आफ्नो क्षेत्राधिकारअनुरुप भ्रष्टाचार नियन्त्रणमा निरन्तर लाग्ने उल्लेख गरे । ठेक्का लिएपछि लामो समयसम्म आफ्नो नियन्त्रणमा लिने र काम नगर्ने प्रवृत्ति बढेकामा जोड दिँदै उनले त्यस्तालाई अनुसन्धानको दायरामा ल्याउने बताए । राष्ट्रिय गौरवका आयोजनालाई निरन्तर अनुगमन गर्ने बताउँदै उनले ती योजनामा हुने भ्रष्टाचार नियन्त्रण गर्न आयोग लाग्ने उल्लेख गरे । अख्तियारमा वार्षिक २० हजारको हाराहारीमा…

Read More

हुम्ला: हातहातमा मोबाइलले देशभर ल्यान्डलाइनको प्रयोग त कम हुँदै गएको छ । अझ इन्टरनेटले त एउटै घरका वल्लोपल्लो कोठामा संवाद हुन थालेको छ । तर, हुम्लाको नाम्खा गाउँपालिकास्थित लिमी गाउँका बासिन्दाले भने टेलिफोन गर्न पनि पालो कुर्ने गरेका छन् । लिमीमा नेपाल टेलिकमको एउटा भिस्याट फोन छ । त्यसकै भरमा सबैले खबर आदानप्रदान गरिरहेको स्थानीय कोलाप्साङ तामाङले बताए । यहाँ ९० भन्दा बढी परिवार बस्छन् । उनीहरू सबैले दिउँसो पालो कुरेर भिस्याटबाटै फोन गर्दै आएको कोलाप्साङले बताए । मध्यपश्चिमाञ्चल लक्षित गरी सञ्चालनमा आएको हेलो नेपालले दुई वर्षअघि लिमीको हल्जी गाउँमा टावर राखेको थियो । तर, फोन सञ्चालन गरिएन । अहिले पनि टावर बन्द अवस्थामै रहेको छ । ‘कहिलेकाहीँ दिउँसो…

Read More

विराटनगर: के तपार्इं मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने गर्नुहुन्छ ? छ भने अब मोरङ प्रहरीले लिने ट्राफिक परीक्षा दिन तयार हुनुहोस् । जिल्ला प्रहरी कार्यालय, मोरङ र जिल्ला ट्राफिक प्रहरीले मापसे गरी सवारी साधन सञ्चालनका कारण हुने दुर्घटना नियन्त्रण गर्न यो नयाँ अभियान सञ्चालन गरेको हो । मापसे गरी सवारी साधन सञ्चालन गर्दा चेकजाँचमा पक्राउ पर्दा प्रहरीले सवारी चालक अनुमतिपत्र लिन्छ र चिट (पूर्जी) दिन्छ । त्यही चिटकोे नम्बरको आधारमा ट्राफिकसम्बन्धी परीक्षा दिनुपर्ने हुन्छ । विभिन्न मूल र शाखा सडकलगायत अन्य स्थानमा गत मङ्गलबारसम्ममा आकस्मिक चेकजाँचका क्रममा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ८८ चालकलाई २४…

Read More