काठमाडौँ: नागरिक लगानी कोषका अध्यक्ष डा.रामचन्द्र भट्टराईले शुक्रबार पदबहाली गरेका छन् ।
कोष संचालक डा.रामशरण खरेलले डा भट्टराईलाई पद तथा गोपनियताको शपथ गराएका हुन् । डा.भट्टराईलाई २१ असोजको मन्त्रिपरिषदको बैठकले कोष अध्यक्षमा नियुक्त गरेको थियो ।
‘इन्भाइरोमेन्ट इकोनोमिक्स’ मा बिद्याबारिधि गरेका भट्टराईले हाल त्रिभुवन बिश्वबिद्यालय अन्र्तगत पाटन बहुमुखी क्याम्पसमा सुक्ष्म र बृहत अर्थशास्त्रको अध्यापन गराउदै आउए छन् ।
खोटाङ लामिडाडाँमा जन्मनुभएका भट्टराईसंग राष्ट्रिय बाणिज्य बैकको संचालक, राष्ट्रिय योजना आयोगमा सल्लाहकार, अर्थमन्त्रालयमा बरिष्ठ आर्थिक सल्लाहकारको रुपमा लामो समय काम गरिसक्नु भएको अनुभव छ । यो सँगै उहाँसंग नेपाल राष्ट्र बैक, न्याय सेवा तथा कृषि क्षेत्रमा काम गरेको पनि अनुभव रहेको छ ।