Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- जव गृहमन्त्री जेनजी स्मारक पार्क उद्दघाटन नगरी फर्किए, भएको के हो ?
- प्रम शाहद्वारा तीनै सुरक्षा निकायका प्रमुहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै
- रसुवा बाढीले निम्त्याएको भौतिक क्षति र आवश्यकता मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्रीको निर्देशन
- एनडब्लुइडिसीका ठेकेदार कम्पनीहरूले यसै साता राहत प्याकेज घोषणा गर्ने
- नुवाकोटको तादी नदीमा एक्रो ब्रिज ढुवानी गरी पुल निर्माणको काम तीव्र
- सुरुङभित्र उद्धारका लागि नेपाललाई स्विट्जरल्यान्डको अत्याधुनिक ड्रोन
- पुराना नेता र म मा यहि फरक छ: अरु कुर्सीमा बसेर फाइल समात्छन्, म फिल्डमै पुग्ने हो: सुदन गुरुङ
- त्रिशूली ३ ‘ए’को सुरुङको पावरहाउसमा उद्धार गर्न सेनाले थप्यो जनशक्ति
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको हो भन्नेमा सरकार दृढ र स्पष्ट रहेको बताएका छन् । सोमबार प्रतिनिधि सभामा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा उनले यस्तो बताएका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दिपक सिंहले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको नक्सामा समेटिएको तर, नेपालले भोग गर्न नपाएको भन्दै प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्री ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापनी नेपालको हो भन्नेमा सरकार दृढ र स्पष्ट रहेको बताएका हुन् । ‘सुगौली सन्धि १८१६ बमोजिम लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायत काली अर्थात्, महाकाली नदी पूर्वका सबै भूभाग नेपालको हो भन्ने कुराका सरकार दृढ र स्पष्ट रहेको छ’…
काठमाडौँ:नेपालमा अपराध गरी फरार रहेका ४६ जनाविरूद्ध एक वर्षमा रेड नोटिस जारी भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा मात्रै ४६ जनाविरूद्ध रेड नोटिस जारी भएको हो। नेपालको इन्टरपोलको शाखाको अनुरोधमा इन्टरपोलले ४६ जनाविरूद्ध रेड नोटिस जारी गरेको हो। यो तथ्यांक यसअघिका चार आर्थिक वर्षको तुलनामै सबैभन्दा धेरै हो। आर्थिक वर्ष २०७६/७७ मा एक जना, आर्थिक वर्ष २०७७/७८ मा १० जना, आर्थिक वर्ष २०७८/७९ मा १२ जना र २०७९/८० मा ११ जनाविरूद्ध रेड नोटिस जारी भएको थियो। चार वर्षमा कुल ३४ जनाविरूद्ध रेड नोटिस जारी हुँदा २०८०/८१ एकै वर्षमा ४६ जनाविरूद्ध रेड नोटिस जारी भएको हो। रेडनोटिससँग…
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गरेका छन् । आइतबार बसेको संघीय संसद् अन्तरगत प्रतिनिधि सभाको बैठकमा गरिएको मत विभाजनमा ओलीले विश्वासको मत प्राप्त गरेका हुन् ।कूल २६३ मत रहेकोमा प्रधानमन्त्री ओलीले १८८ मत प्राप्त गरे । यो वर्तमान संसद्को दुई तिहाइ मत हो । उनको विपक्षमा ७४ मत परेको थियो । १ सांसद तटस्थ बसे । ओलीलाई एमालेसहित, कांग्रेस, जसपा, जसपा नेपाल, जनमत, लोसपा नेपाल, नागरिक उन्मुक्तिसहितका दलले विश्वासको मत दिए भने माओवादी, रास्वपा, राप्रपा, एकीकृत समाजवादीसहितका दलले विपक्षमा मतदान गरे । नेकपा एमालेका अध्यक्ष समेत रहेका ओली नेपाली कांग्रेसको सहयोगमा असार ३० गते प्रधानमन्त्री पदमा नियुक्त…
काठमाडौं : जनता समाजवादीका सांसद विरेन्द्र महतोले विचौलिया र भ्रष्टाचारले जरा गाडेको बताएका छन् । हालै मात्र आफूले ५ हजार रुपैयाँ घुस दिनु परेको उनले संसद्मै सुनाए । विश्वासको मत लिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा राखेको प्रस्तावमाथि भएको छलफलमा भाग लिँदै जसपाका सांसद महतोले निजामती कर्मचारीको तलब निकै कम भएको बताए । तलब कम भएका कारण उनीहरूले घुस खाने गरेको भन्दै उनले भने, ‘म भूपू मन्त्री, मैले नै हिजो शिक्षा मन्त्रालयको सानोठिमीमा ५ हजार घुस दिएर आएको छु ।’ उनका अनुसार छोराको सर्टिफिकेट इक्युभ्यालेन्ट गर्नुपर्ने थियो । ११ बजे गएको छोरालाई त्यो मिलेन भनेर ३ बजेसम्म काम नगरिदिएको…
काठमाडौँ:राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा २ अनुसार नयाँ सरकार गठनका लागि गरेको आह्वान र प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई गरेको नियुक्ति संविधान विपरित भएको भन्दै सर्वोच्च अदालतमा परेको रिट संवैधानिक इजलासमा पठाउने आदेश भएको छ। आइतबार न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले उक्त रिटमा गम्भीर संवैधानिक व्याख्याको प्रश्न भएकाले संवैधानिक इजलासमा पठाउने आदेश गरेको हो। ‘प्रस्तुत रिटमा उठाइएको विषयवस्तु गम्भीर संवैधानिक व्याख्याको प्रश्न सन्निहीत रहेको र त्यसको निरूपण संवैधानिक इजलासबाट हुनुपर्ने देखिँदा सम्माननीय प्रधानन्यायाधीश समक्ष पेश गर्नु,’ आदेशमा भनिएको छ। सर्वोच्च अदालतका अरू इजलासमा गोलाप्रथाबाट पेशी तोकिने भएपनि संवैधानिक इजलासको पेशी तथा इजलास भने प्रधानन्यायाधीशले तोक्ने नियम छ। राष्ट्रपतिले…
काठमाडौँ । नयाँ सरकार बन्नुअघि कांग्रेस र एमालेबिच भएको ७ बुँदे सहमति सार्वजनिक भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद्लाई सम्बोधन गर्दै ७ बुँदे सहमति सार्वजनिक गरेका हुन् । गत असार १७ गते मध्यराति दुई दलबिच सहमति जुटेर ७ बुँदे सहमति भएपनि हालसम्म सार्वजनिक भएको थिएन । यस्ता छन् सहमतिका ७ बुँदा १. आम जनताको चाहना बमोजिम राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न, राष्ट्रको विकास अभियानलाई तीव्रता दिन, राजनीतिक स्थिरताका लागि अन्य राजनीतिक दललाई समेत सहभागी गराइ संविधानको धारा ७६ (२) अन्तरगत राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने । २. राष्ट्रिय सहमतिको सरकारले संविधान प्रारम्भ भएपश्चात्…
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २०८३ असार मसान्तसम्म प्रधानमन्त्री बन्ने भएका छन् । आइतबार संसद्लाई सम्बोधन गर्दै ओलीले कांग्रेससँग आफू २ वर्षसम्म प्रधानमन्त्री बन्ने सहमति भएको जानकारी दिएका हुन् । असार १७ मा कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमति सार्वजनिक गर्दै ओलीले आफू २ वर्षसम्म प्रधानमन्त्री बन्ने सहमति बनेको र त्यसपछि चुनावसम्म देउवा प्रधानमन्त्री बन्ने बताए । ‘राष्ट्रिय सहमतिको सरकारको नेतृत्व सरकार गठन भएको मितिले २ वर्षसम्म नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले र त्यसपछि २०८४ मंसिरमा हुने आम निर्वाचनसम्म नेपाली कांग्रेसका सभापति माननीय श्री शेरबहादुर देउवाले गर्ने’, ओलीले भने । असार १७ को सहमति कार्यान्वयन…
प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि जहाँ जहाँ संविधान बाधक बनेको छ त्यहाँ संशोधन भएरै छाड्ने दाबी गरेका छन्। आइतबार प्रतिनिधि सभामा विश्वासको मत माग्दै एमाले अध्यक्ष समेत रहेका ओलीले राष्ट्रिय सहमितमै संविधान संशोधन हुने पनि बताए। ‘मलाई आशा छ, यस मामिलामा सिंगो देश एक हुनेछ। यसमा राष्ट्रिय सहमति हुनेछ,’ ओलीले भने। संविधान असंशोधनीय विषय नभएको, संविधान देश र जनताको हितको लागि साधनका रुपमा अर्थ लगाए। ‘संविधान असंशोधनीय विषय होइन। संविधान देश र जनताको हितको लागि साधन हो, साध्य होइन। आवश्यकताले संविधान, ऐन(कानुनमा संशोधन र परिमार्जन हुन्छ,’ ओलीले भने। साथै, उनले आफू सधैँ अघि बढ्ने मान्छे भएको सुनाउँदै यात्रामा ब्याक…
काठमाडौँ: नारायणगढ-मुग्लिन सडक अन्तर्गत चितवनको भरतपुर महानगरपालिका-२९ सिमलतालमा भेलबाढीमा परी त्रिशूलीमा खसेको बस र यात्रुको खोजीका लागि भारतीय उद्धार टोली खटिएको छ। उद्धारमा सहयोगका लागि नेपालले अनुरोध गरेपछि भारतबाट १२ जनाको उद्धार टोली सिमलताल आएका हुन्। उनीहरू गएराति साढे १२ बजे नेपालका लागि प्रस्थान गरेको र शनिबारदेखि सिमलतालमा बेपत्ता बस र यात्रुको खोजीमा खटिने गृहमन्त्रलायको विपद् महाशाखा प्रमुख भीष्मकुमार भूसालले जानकारी दिए। असार २८ गते सिमलतालस्थित सिँदुरे खोलाको भेलबाढीमा परी त्रिशूलीमा खसेको दुइटा बस अझै फेला परेको छैन। दुई बसमा सवार ६५ यात्रुमध्ये तीन जना हामफालेर जोगिएका थिए। नदीमा बेपत्ता ६२ मध्ये अहिलेसम्म २३ यात्रुको शव भेटिएको छ। ३९ जना…
काठमाडौँ : सरकारले जीटूजी (सरकार–सरकार) बाट चिनी आयात गर्न नसकेपछि आयात गर्ने जिम्मा निजी कम्पनीलाई दिएको छ । गत वर्ष नै चाडबाडमा हुने अभाव रोक्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनलाई १०/१० हजार टन आयातको जिम्मा दिएको थियो । गत वर्षको तिहार र छठकै लागि जीटूजीबाट आयात गर्ने भनिए पनि अन्ततः खाद्य र साल्टले चिनी ल्याउन सकेनन् । त्यही भएर मन्त्रालयले निजी क्षेत्रका लागि चिनी आयातको आवेदन खुलाएको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा राजु चौधरीले लेख्नु भएको हो । मन्त्रालयले ०८१ जेठ ३० मा उद्योग विभागलाई पत्र पठाएर निजीका लागि प्रक्रिया बढाउन भनेको थियो ।…