Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
- यस्ता छन् आगामी बजेटको प्राथमिकता (पूर्ण पाठ)
- शोधनान्तर स्थिति सात खर्ब ३१ अर्बले बचतमा, नौ महिनामा साढे १६ खर्ब बढी विप्रेषण भित्रियो
- सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
- सरकारको नीति तथा कार्यक्रम: सीमारहित अर्थतन्त्र र तौलरहित व्यापार
- संघीय संसद्को बजेट अधिवेशन आजदेखि, नीति तथा कार्यक्रम पनि आजै प्रस्तुत हुने
- टर्किस एयरलाइन्समा आगलागीपछि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल खुल्यो
- इस्तानबुलबाट आएको टर्किस एयरको जहाजमा आगलागी, सबै यात्रु सुरक्षित
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ : आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले ‘इमाजिन नेपाल’ नामक संस्थाले यस वर्ष काठमाडौँदेखि रारा तालसम्मको गन्तव्य तयार गरेको छ । उक्त संस्थाले स्थानीय जनजीवनका विभिन्न संस्कृति, सम्पदा, वन्यजन्तुका साथै पर्यटकीय स्थलबारे खोज अनुसन्धान गरी वृत्तचित्र निर्माण गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा त्यसको प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ । सन् २०१६ मा स्थापित संस्थाले यसअघि मनाङ र लोमान्थाङको भ्रमण गरी ‘इमाजिन नेपाल मनाङ’ र ‘इमाजिन नेपाल लोमान्थाङ’ नामक वृत्तचित्र निर्माण गरेको थियो । ‘इमाजिन नेपाल मनाङ’को वृत्तचित्र करीब पाँच लाखले अवलोकन गरेपछि त्यहाँ पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुगेको आयोजकले जनाएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा…
बेत्रावती:दशैँ पर्वका अवसरमा नुवाकोटको बेलकोटगढी नगरपालिका बेलकोटगढीमा १३८ परिवारले आज सामूहिकरुपमा घटस्थापना गरी जमरा राखेका छन् । बेलकोटगढी नगरपालिका– १० स्थित नीरञ्जना भगवति मन्दिरमा बडादशैँका लागि ब्राह्मण र दलित समुदायले एकैसाथ सामूहिक जमरा राखेका हुन् । पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा विसं १८०१ मा नुवाकोटमाथि विजयी हासिल गरेपश्चात् शुरु भएको सामूहिक जमरा राख्ने परम्पराअन्तर्गत नीरञ्जना मन्दिरमा यो वर्ष पनि निरन्तरता दिइएको मन्दिरका पुरोहित नारायणप्रसाद पौडेलले जानकारी दिए । “ब्राह्मण, क्षेत्री र दलित समुदायका परिवारले घटस्थापनाको शुभ साइतमा एकै स्थानमा जमरा राखेका छौँ”, पुजारी पौडेलले भने, “यसको पूजाआरधना र जल पनि आलोपालोरुपमा चढाउने गरिएको छ ।” नुवाकोट, रसुवा र धादिङका नौ…
काठमाडौँ: निजी क्षेत्रको निर्जीवन बिमा कम्पनी प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले बेलायतको युनाइटेड रजिस्टर सिस्टम्स लिमिटेडबाट आइएसओ ९००१ः२०१५ प्रमाणपत्र प्राप्त गरेको छ । कम्पनीले विगतका वर्षको ग्राहक सन्तुष्टि, प्रिमियम संकलन, दाबी भुक्तानी, उत्कृष्टता र गुणस्तर व्यवस्थापन मूल्यांकनको आधारमा उक्त प्रमाण प्राप्त गरेको कम्पनीले जनाएको छ । प्रुडेन्सियल १६ वर्षदेखि नेपालमा निर्जीवन बिमा सेवा प्रदान गर्दै आएको कम्पनी हो । यसले कर्पोरेटसहित ४६ वटा शाखा कार्यालयमार्फत मेचीदेखि महाकालीसम्म निर्जीवन बिमा सेवा प्रदान गरिरहेको छ । चुक्ता पुँजी ३२ करोड ४० लाख रुपैयाँ रहेको यो कम्पनीले सवारी, समुद्री कार्गो, मेडिकल र स्वास्थ्य, माइक्रो, ज्वेलरी ब्लक, अग्नि लगायत बिमा सेवा प्रदान गर्दै आएको छ ।…
काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार पाँच वर्षसम्म चल्न कुनै व्यवधान नरहेको बताएका छन् । उनले विकास, सुशासन र स्थिरताका लागि अझ प्रभावकारी रुपमा कसरी काम गर्न सकिन्छ भन्नेमा पार्टी नेतृत्वबीच गम्भीर छलफल भइरहेको जानकारी दिए । पाथीभारा सद्भावनादूत परिचयपत्र वितरण तथा चाडपर्वका अवसरमा आज आयोजित चियापान कार्यक्रममा अध्यक्ष दाहालले सरकारले यसबीचमा छिमेकीसँगको सम्बन्धमा सुधारका साथै विभिन्न सकारात्मक काम गरेको तर सोचे जति तीव्ररुपमा काम गर्न नसकेको भनी उठेको प्रश्नमाथि आफूहरुको ध्यानाकर्षण भएको स्पष्ट गरे । आज बिहान मात्रै आफू र प्रधानमन्त्री एवं पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीबीच सरकार सञ्चालन र पार्टीका विषयमा गम्भीर…
काठमाडौँ: साझा यातायात र अनलाइनबाट बस टिकट काट्ने सुविधा प्रदान गर्दै आएको बससेवा डटकमबीच अनलाइन टिकटिङ सम्झौता भएको छ । सम्झौतासँगै अबदेखि यात्रुहरूले साझा यातायातका टिकट अनलाइनबाटै काट्न सक्ने कम्पनीले जनाएको छ । अनलाइन टिकटिङ सम्बन्धि सम्झौतापत्रमा साझा यातायातका तर्फबाट कार्यकारी सञ्चालक भूषण तुलाधर र दियालो टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत पि.आर. खनालले हस्ताक्षर गरे । साझा यातायातले दियालो टेक्नोलोजिजले प्रवद्धन गरेको बससेवा डटकमसँगको सहकार्यमा काठमाडौ उपत्यका बाहिर सञ्चालन हुने आफ्ना सुविधा सम्पन्न डिलक्स् बसहरूमा अनलाइनबाट टिकट काट्न सकिने प्रबन्ध मिलाएको हो । हाल साझा यातायातका बसहरू काठमाडौदेखि रूपन्देहीको भैरहवा र काठमाडौदेखि बाग्लुङका लागि छुट्दै आएका छन् । भैरहवा र बाग्लुंगका…
काठमाडौँ: कारोवार अन्तिम समयमा आएर नेप्सेमा सामान्य सुधार आएको छ । शेयर बजार परिसूचक (नेप्से) शुन्य दशमलब ४० अंकले बढेर एक हजार २१८ दशमलब ३३ अंकमा पुगेर बजार बन्द भएको छ । मंगलबार नेप्से २ दशमलब ५९ अंकले घटेको थियो भने आइतबार १३ दशमलब ०१ अंकले घटेको नेप्से सोमबार ६ दशमलब १६ अंकले बढेको थियो । नेप्सेमा सामान्य सूधार आएपनि कारोवार रकम घट्दा शेयर बजारका लगानीकर्ताहरु निराश भएका छन् । आजको कारोवारमा बाणिज्य बैंक तथा उत्पादन मूलक समूह बहेको सबै समूहको परिसूचक घटेको छ । सबै भन्दा बढी निर्जिवन बीमा ५ दशमलब ०९ अंक र जीबन बीमा समूहको परिसूचक १…
काठमाडौँ: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले रसिया लगेर काम लगाइदिन्छु भन्दै गठी गर्ने तीनलाई आज पक्राउ गरेको छ । रसियाको अर्गानिक कृषि फर्ममा कामदार चाहिने भनेर प्रतिमहिना रु एक हजार अमेरिकी डलर तलब पाइन्छ भन्दै पेश्कीस्वरुप प्रतिव्यक्ति रु एक लाखदेखि दुई लाख लिई ठगी गरेको सूचनाका आधारमा ब्यूरोले तीन जनालाई पक्राउ गरेको हो । हालसम्म ३९ पीडितबाट रु ४५ लाख ११ हजार बढी रकम लिएको उजुरी प्राप्त भएको र थप जाहेरी आउने क्रम जारी रहेको ब्यूरोले जनाएको छ । पक्राउ पर्नेमा नुवाकोटका राजु तामाङ, ललितपुरका ज्ञानगोविन्द वैध र सिन्धुपाल्चोकका जगतबहादुर श्रेष्ठ छन् । उनीहरुले ४०–४५ व्यक्तिसँग रकम र राहदानी सङ्कलन…
काठमाडौँ: नेपाली राष्ट्रिय फुटबल टोलीका युवा स्ट्राइकर विमल घर्तीमगर ‘ए’ डिभिजन लिगमा डेब्यु गर्दैछन् । भारत, बेल्जियम र नेदरल्याण्डसमा समेत व्यावसायिक फुटबल खेलिसकेका विमल ‘ए’ डिभिजन लिगमा आज डेब्यु गर्न लागेका हुन् । अन्तिम समयमा च्यासल युथ क्लबमा अनुबन्धित भएका विमलले सोही क्लबबाट कप्तानको भूमिकासहित आज ‘ए’ डिभिजन लिगमा डेब्यु गर्ने क्लबले जनाएको छ । विमललाई लिन अन्य क्लबले प्रयास गरे पनि अन्तिममा विमल च्यासल गएका थिए । च्यासल युथ क्लबले आज लिगको पहिलो खेलमा मछिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।“राष्ट्रिय फुटबल टोलीका स्टार विमलले कप्तानको जिम्मेवारीसहित शीर्ष डिभिजनको लिगमा डेब्यु गर्ने तय भएको छ”–क्लबका मुख्य प्रशिक्षक राजुकाजी शाक्यले भन्नुभयो ।…
काठमाडौँ : आइसिसी विश्व टी–२० एशिया छनोट समूह ‘बी’ मा नेपालले लगातार पाँचौँ जित निकालेको छ । आज मलेसियाको राजधानी क्वालालम्पुरस्थित वायुमस ओभल क्रिकेट मैदानमा भएको खेलमा चीनलाई १० विकेटले पराजित गर्दै लगातार पाँचाँै जित निकालेको हो । टस हारेर पहिले ब्याटिङ गरेको चीनले १३ ओभरमा पूरै विकेट गुमाउँदै २६ रन मात्र जोड्न सक्यो । चीनका होङ जियाङ यानले ११ रनबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कको रन बनाउन सकेनन् । चीनका सातजना ब्याट्सम्यान शून्य रनमै आउट भए । चीनलाई २६ रनमै सीमित गर्ने क्रममा नेपालका सन्दीप लामिछाने, वसन्त रेग्मी र ललित राजवंशीले तीन÷तीन विकेट लिए । चीनले दिएको २७ रनको लक्ष्य…
गोरखा: गोरखा कालिका मन्दिरको दशैँ घरमा आज विधिपूर्वक जमरा राखिएको छ । बिहान ७ बजेर १५ मिनेट तीन घडी ११ पलामा जौको जमरा राखिएको हो । परम्पराअनुसार बिहान सबेरै (बिहानअनुसार नाडीको रौं देखिने बेला) भुकभुके उज्यालोमा देवी भगवतीको सवारी गराएपछि कालिका मन्दिर र गोरखनाथ गुफामा जमरा राखिएको गोरखकाली मन्दिरका मूल पुजारी प्रदीप योगीले बताए । कालिका भगवती मन्दिरमा चार पाथी र गोरखनाथ गुफामा एक पाथी जौको जमरा राखिएको गोरखा दरबार हेरचाह अड्डाका सूचना अधिकारी रामेश्वर कट्टेलले बताए । यसअघि मूल दरबारको कैलाश कोठाबाट भित्री बाटो हुँदै देवी भगवतीका सवारी गराउने प्रचलन रहँदै आएको भए पनि भूकम्पले मूल दरबारमा पूर्ण क्षति…