Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

रुकुम: रुकुम घटनामा संलग्न रहेको आरोप लागेका २३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न रुकुम जिल्ला अदालतले आदेश दिएको छ । न्यायाधीश विद्याराज पौडेलको इजलाशले रुकुमको सोती घटनामा संलग्न रहेको आरोप लागेका वडाध्यक्षसहित २३ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । अदालतले एक जनालाई एक लाख धरौटीमा रिहा गर्न र तीन जनालाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । अदालतले थुनामा पठाएकाहरुमा वडाध्यक्ष डम्मरबहादुर मल्लसहित डिल्लीबहादुर मल्ल ठकुरी, प्रेमवहादुर मल्ल ठकुरी, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपवहादुर मल्ल, परिवर्तित नाम ५४ रुकुम पश्चिम ३६(१) र परिवर्तित नाम ५४ रुकुम पश्चिम ३६ (३) रहेका छन् । त्यस्तै तिलक चन्द, हर्कबहादुर…

Read More

काठमाडौँ: प्रहरीले काठमाडौँमै विभिन्न सामाजिक संजाल प्रयोग गरी नेपाल सरकारका केहि उच्चपदस्थ कर्मचारीसहित सर्वसाधारणको समेत करोडौं ठगी धन्दा चलाउँदै आएका सात जनालाई पक्राउ गरेको छ। प्रहरीमा पीडितहरु ठगिएको गुनासो आइसकेपछि मात्रै प्रहरील उक्त घटना थाहा पाएको हो । गुनासोकै आधारमा अनुसन्धान थाल्दा गोरोहले सामाजिक संजाल भाईबर, व्हाट्स याप र इमो जस्ता संजालबाट झन्डै सयौंलाई लामो समयदेखि करोडौं ठगेको पत्ता लागेको हो। प्रहरी अपराध महाशाखाले उनीहरुलाई अनलाइनको माध्यमबाट प्राय मानिसहरुलाई तपाईंलाई ४० लाखसम्मको लोटरी (चिट्ठा) परेको छ भन्दै रकम ठग्दै आएको, महाशाखाका एसपी ईश्वर कार्कीले जानकारी दिए। प्रहरीले उनीहरुलाई केहि नगदसहित पक्राउ गरेको हो। प्रहरी उपरीक्षक कार्कीका…

Read More

काठमाडौँ: प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेताहरुले पार्टीभित्र बहुमतको नाममा गुटको राजनीति गरेको आरोप लगाएका छन् । बुधबारबाट सुरु भएको पार्टीको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले सहमतिका आधारमा पार्टी चलाउनुको सट्टा गुटको राजनीति भएको बताए । उनको निशाना दाहाल–नेपाल समूहतिर थियो । ‘सहमतिका आधारमा पार्टी चलाउन छाडेर गुट बनाएर बहुमतको खेती गरेर हुन्छ ? पार्टी बिग्रेको कारण त्यही हो,’ ओलीको भनाई उद्धृत गर्दै एक स्थायी समिति सदस्यले भने । नेकपाभित्र पछिल्लो केही समययता विभिन्न मुद्दामा राजनीतिक धुव्रीकरण र बहुमत अल्पमतको खेल हुँदै आएको छ ।…

Read More

काठमाडौं: काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि १६ अर्ब ४२ करोड ७३ लाख २६ हजार रुपैयाँको बजेट ल्याएको छ । बुधबार महानगरकि उपमेयर हरिप्रभा खड्गीले प्रस्तुत गरेको बजेटमा अन्तरिक स्रोतबाट ६ अर्ब ७६ करोड ६५ लाख आम्दानी हुने प्रक्षेपण गरिएको छ । जुन कुल आम्दानीको ४१ प्रतिशत हुने बजेटमा उल्लेख छ । त्यसैगरी बाह्य स्रोततर्फ निसर्त अनुदानबाट १ अर्ब ४२ करोड ४८ लाख ९५ हजार, ससर्त अनुदानबाट २ अर्ब ५७ करोड ५१ लाख ४७९० रुपैयाँ, सामाजिक सुरक्षा भत्तावापत १ अर्ब २० करोड, जग्गा एकीकरणबाट ९६ करोड ८ लाख २६ हजारसहित ६ अर्ब १६ करोड ८ लाख २६ हजार…

Read More

चितवन: पू्र्वी चितवनको राप्ती नगरपालिका–११ का वडाध्यक्ष हितबहादुर योञ्जन तामाङको निधन भएको छ । उहाँको ४९ वर्षको उमेरमा मकवानपुरको भिमफेदीमा निधन भएको कान्छा छोरा हरि तामाङले जानकारी दिनुभयो । लामो समय देखि अल्सरको उपचार गर्दै आउनुभएका तामाङको पछिल्लो समय कलेजोले काम गर्न छाडेको थियो । समस्या जटिल भएपछि उहाँलाई अस्पतालले घरमा नै आराम गर्न भनी पठाएको नगरपालिका प्रमुख प्रभा बरालले जानकारी दिनुभयो । उहाँका अनुसार तामाङको निधन आज दिउँसो ४ बजे भएको हो । उहाँलाई केही दिनअघि आयुर्वेदिक उपचारका लागि मकवानपुरको भीमफेदी लगिएको थियो । उपचारका क्रममा तामाङको निधन भएको हो । नगरसभा सकिने समयमा उहाँको निधन…

Read More

काठमाडौं: बुधबार थप ६ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमितको कुल संख्या १० हजार ७ सय २८ पुगेको छ । २४ घण्टायता डिस्चार्ज हुनेको संख्या १ सय १४ रहेको छ । नेपालमा कोरोना भाइरस संक्रमण निको भएर घर फर्किनेको संख्या २ हजार ३ सय ३८ जना रहेका छन् ।

Read More

काठमाडौँ: नेपालको ऊर्जा क्षेत्रको वित्तीय अवस्था सुधार र कोभिड १९ को संकटपछिको पुनः उत्थानका लागि विश्व बैंकले १० करोड अमेरिकी डलर (करिब १२ अर्ब रुपैयाँ) ऋण सहयोग गरेको छ। विकास नीति ऋणअन्तर्गतको दोस्रो किस्ता बापत सरकारले उक्त ऋण लिएको हो। उक्त ऋण सम्बन्धि सम्झौतामा नेपाल सरकार र विश्व बैंकबीच बुधबार सम्झौता छ । सम्झौता पत्रमा नेपाल सरकारको तर्फबाट अर्थ सचिव शिशिर कुमार ढुंगानना र नेपालका लागि विश्व बैंकका कन्ट्री म्यानेजर फरिस हदद जर्भोसले हस्ताक्षर गरेका हुन। मन्त्रिपरिषदको असार २ गते बसेकोे बैठकले ऋण स्वीकार गर्ने निर्णय गरेको थियो। विश्व बैंकलेनेपालको ऊर्जा क्षेत्रको आर्थिक सम्भावना उजागर गर्न संस्थागत, नियमनकारी र प्रमुख…

Read More

काठमाडौं: ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ४ अर्ब ७९ करोड १५ लाख ६२ हजार ५ सय १५ रुपैयाँको बजेट विनियोजन गरेको छ । बुधबार महानगरमा मेयर चिरीबाबु महर्जनले बजेट सार्वजनिक गरेका हुन् । महानगरले कारोनाका कारण क्षति पुगेको अर्थतन्त्रलाई उकास्न विशेष नीति लिएको जनाएको छ । कारोना संक्रमण फैलिन नदिन गरिएको लकडाउन अवधिको विभिन्न करमा १० प्रतिशत छुट दिने मेयर महर्जनले बताए । बजेटमा करसम्बन्धी नयाँ कार्यक्रमहरू पनि समावेश भएका छन् । विद्युतीय माध्यमबाट कर तिर्न सकिने र निःशुल्क रुपमा कर चुक्ताको प्रमाण पत्र उपलब्ध गराउने महानगरको नीति छ । यसैगरी महानगरले सम्पत्ति करमा कडा रुपमा प्रस्तुत हुने नीति…

Read More

काठमाडौँ: प्रमुख प्रतिपक्षी दल कांग्रेसको भ्रातृ संगठन नेविसंघका कार्यकर्ताले बुधबार त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाको कुर्सी जलाएका छन् । विभिन्न माग लिएर उपकुलपति कार्यालय पुगेका विद्यार्थीलाई अपमान गर्न खोजेपछि आक्रोशित विद्यार्थीले उपकुलपतिको कुुर्सी कार्यकक्षबाहिर ल्याएर आगो लगाएको नेविसंघ त्रिवि इकाईका एक पदाधिकारीले बताए । त्रिविका प्रवक्ता सूर्य अधिकारीले नेविसंघको झण्डा बोकेर आएका केही युवाले कुर्सीमा आगजनी गरेको पुष्टि गरे । ती पदाधिकारीका अनुसार नेविसंघले रजिष्ट्रार, रेक्टरको कार्यकक्षमा समेत तालाबन्दी गरेका छन् । इकाईले केही दिनअघि अनलाइन कक्षा प्रभावकारी बनाउन, इन्टरनेटमा सहुलियत दिन र राजनीतिक भागबण्डाको आधारमा नियुक्ति नगर्न पदाधिकारीको ध्यानाकर्षण गराएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको दबाबमा उपकुलपति…

Read More

काठमाडौँ: सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक भर्खर सकिएको छ । बुधबार बिहान साढे ११ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले बैठकलाई सम्बोधन गरेका थिए । बैठकले छलफलका लागि सात एजेण्डा पनि तय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । ‘आज एजेण्डा तय गर्ने र अध्यक्षद्वयले धारणा राख्‍ने काम भयो । अब अर्को बैठकमा असार १२ गते बस्ने र सबै सदस्यहरुले खुलस्त आफ्ना धारणा राख्ने सहमति पछि बैठक सकियो,’ श्रेष्ठले भने । बैठकमा वर्तमान परिस्थिति र स्थायी कमिटीको बैठकका सम्बन्धमा अध्यक्षद्वयको मन्तव्य, कोभिड १९ रोकथाम, नियन्त्रण र उपचारबारे छलफल, सीमा समस्या र…

Read More