Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: तनहुँ हाइड्रोपावर लिमिटेडले १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत् आयोजनाको मुख्य निर्माणको निर्माण कम्पनीसँग आज ठेक्का सम्झौता गरेको छ । आयोजनाको नदी फर्काउने, बाँधलगायत पहिलो चरणको संरचना निर्माणका लागि न्यूनतम मूल्य प्रस्ताव गर्ने इटालेली कम्पनी सिएमसीसँग आज यहाँ सम्झौता भएको हो । तनहुँ हाड्रोपावर लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक प्रदीपकुमार थिके र सिएमसीका तर्फबाट आधिकारिक प्रतिनिधि सालभाटोर कास्कियरले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सिएमसीसँग २० अर्ब ६४ करोड ५२ लाख रुपैयाँमा खरिद सम्झौता भएको हो । आयोजनाको सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत दोस्रो प्याकेजका कामका लागि चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेशन लिमिटेडसँग सम्झौता…

Read More

जाकार्ता:इन्डोनेसियामा आएको भूकम्प र त्यसपछिको सुनामीबाट प्रभावित मध्ये एक लाख ९१ हजार जनालाई तत्काल सहयोगको आवश्यकता रहेको पाइएको छ । संयुक्त राष्ट्रसंघले उनीहरूलाई अत्यावश्यक मानवीय सहायता तत्काल आवश्यक परेको अनुमान गरेको हो । इन्डोनेसियाको सुलावेसी क्षेत्रमा आएको भूकम्प र सुनामीका कारण त्यो भन्दा बढी प्रभावित भएको राष्ट्रसंघले सोमबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । राष्ट्रसंघीय अधिकारीहरूले मानवीय सहायताका लागि विश्वभरबाट समन्वयकारी कामहरू भइरहेको बताएका छन् । प्रभावित मध्ये ४६ हजार जना बालबालिका रहेका छन् भने अरु १४ हजार जना वृद्धवृद्धा रहेका छन् । उनीहरूले इन्डोनेसियाका ग्रामिण क्षेत्रमा पनि उद्धार तथा राहतका लागि सरकारलाई सहयोग गर्न पनि आह्वान गरेका छन् ।…

Read More

काठमाडौँ : नेपाल बङ्गलादेशमा जारी एसिसी यू–१९ एशिया कप क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ । आज अफगानिस्तानसँग तीन विकेटले पराजित हुँदै नेपाल एक खेलअगावै प्रतियोगिताबाट बाहिरिएको हो । टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले १३१ रन मात्र बनाएको थियो । १३२ रनको सामान्य लक्ष्य अफगानिस्तानले ३७ ओभर ३ बलमा सात विकेट गुमाएर पूरा ग¥यो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३८ ओभर ३ बलमा अलआउट हुँदै १३१ रन बनाएको थियो । नेपालका लागि रोहितकुमार पौडेलले ४९ रन जोडे पनि टोलीको उच्च स्कोर बन्न सकेन । नेपालका लागि राशिद खानले २९ तथा कप्तान आरिफ शेखले २० रन जोडे…

Read More

काठमाडौँ :सार्वजनिक यातायातमा सरकारले तोकेभन्दा बढी भाडा लिए टेलिफोनमार्फत् सवारी साधनको नम्बरसहित जानकारी गराउन यातायात व्यवस्था विभागले आह्वान गरेको छ । सरकारले पटक–पटक तोक्ने गरेको भाडादर सवारी साधनका चालकले अझै लागू गराउँन खोज्दैनन् । विभागले गत असोज ७ गते सार्वजनिक यातायातमा १० प्रतिशत भाडा बढाएको थियो । भाडा बढाएपछि चार किमिसम्मको भाडा १४ रुपैयाँ तोकिएको छ । पाँच किमिसम्म १६ रुपैयाँ, छ किमिसम्म १७ रुपैयाँ, आठ किमिसम्म १८ रुपैयाँ, १९ किमिसम्म २६ रुपैयाँ र १९ किमिभन्दामाथि २७ रुपैयाँ भाडा निर्धारण गरिएको छ । विभागले उपत्यका र स्थानीय ‘रुट’ मा यो भाडादर निर्धारण गरी लागू गरेको प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए…

Read More

काठमाडौँ :अन्तर्राष्ट्रिय समुदायले नेपालको पुनः निर्माणमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । संयुक्त राष्ट्रसङ्घ महासभाको सन्दर्भमा न्यूयोर्कस्थित राष्ट्रसङ्घ भवनमा आयोजित पुनः निर्माण सम्बन्धी कार्यक्रममा भाग लिएर स्वदेश फर्कनु भएका राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले यस्तो जानकारी दिएका हुन् । चुनौती र जटिलताबीच पुनः निर्माण र पुनः स्थापनाका पक्षमा नेपालले गरेको प्रगतिको अन्तर्राष्ट्रिय समुदायले प्रशंसा गरी निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको उनले जानकारी दिए । संयुक्त राष्ट्रसङ्घ, युरोपेली महासङ्घ र विश्व बैङ्कद्वारा संयुक्त रुमपा आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले नेपालको पुनः निर्माण तथा पुनः स्थापनाको अवस्था र आगामी कार्ययोजना प्रस्तुत गरे । संविधानको व्यवस्थाअनुसार…

Read More

काठमाडौँ: पूँजी बजारमा सोमबार पनि दोहोरो अंकको गिरावट आएको छ । सेयर बजार परिसूचक (नेप्से) १८ दशमलब ०४ अंकले घटेर एक हजार २३८ दशमलब ६७ अंकमा पुगेर बजार बन्द भएको छ । आइतबार नेप्से १० दशमलब ४७ अंकले घटेको थियो । आजको कारोवारमा उत्पादन मूलक समूह बाहेक अन्य सबै समूहको परिसूचक घटेको छ । निर्जीवन बीमा समूहको परिसूचक ७१ दशमलब ७३ अंक र जीवन बीमा समूहको परिसूच ७८ दशमलब ५६ अंकले घटेको छ भने बाणिज्य बैंक १९ दशमलब ८५ अंक, विकास बैंक २९ दशमलब ७३ अंक र जलबिधुत ८ दशमलब ९१ अंकले घटेको छ । त्यसैगरी, होटल १८ दशमलब २६…

Read More

वीरगञ्ज: नेपालीको महान चाड दशैं, तिहार तथा छठलाई लक्षित गरी पर्सा प्रहरीले नेपाल भारतको सीमा क्षेत्रमा विशेष निगरानीसहित सुरक्षा व्यवस्थामा कडाइ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले भारतीय सीमा क्षेत्रसँग जोडिएको जिल्लाको इनर्वा सिर्सिया, अलौँ, जानकी टोल, भिस्वालगायतका सीमा नाकाका सुरक्षाकर्मीलाई अवाञ्छनीय गतिविधि तथा शङ्कास्पद व्यक्तिमाथि विशेष निगरानी राख्न प्रहरीलाई निर्देशन दिएको पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रेवती ढकालले बताए। चाडपर्वको बेला भिडभाड हुने स्थल, आर्थिक कारोबार हुने बैँक, वित्तीय संस्था जस्ता ठाउँमा प्रहरीले विशेष निगरानी राखेको छ । साथै धार्मिकस्थल, भिडभाड हुने ठाउँमा पाकेटमार तथा अन्य अपराध हुनसक्ने सम्भावनालाई दृष्टिगत गरी सुरक्षा व्यवस्था कडा पारिएको बताइएको छ ।

Read More

काठमाडौँ :बङ्गलादेशमा जारी एसिसी यु–१९ एशिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा नेपालले अफगानिस्तानलाई १३२ रनको लक्ष्य दिएको छ । बङ्गलादेशस्थित क्रिरा शिख मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३८ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १३१ रन मात्र जोड्यो । नेपालका लागि रोहितकुमार पौडेलले सर्वाधिक ४९ रनको योगदान दिए । यस्तै नेपालका राशिद खानले २९, कप्तान आसिफ शेखले २० तथा ऋत गौतमले १० रन जोड्नेबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् । नेपाललाई १३१ रनमा समेट्ने क्रममा अफगानिस्तानका अजमातुल्लाह ओमरजाईले ४ विकेट लिए भने कैस अहमद र अब्दुल रहमानले दुई दुई विकेट झारे । समूह ‘ए’ मा…

Read More

भक्तपुर : भक्तपुर र काभ्रेको सिमानामा पर्ने अन्तर्राष्ट्रिय पर्यटकीयस्थल नगरकोट जाने बाह्य देशका पर्यटकले अब दोहोरो कर तिर्नुपर्ने भएको छ । भक्तपुरको चाँगुनारायण र काभ्रेको मण्डन देउपुर नगरपालिकाबीच समन्वय नहँुदा दुवै नगरपालिकाले आ–आफ्नो नगरका तर्फबाट पर्यटन शुल्क उठाउने भएपछि दोहोरो कर तिर्नुपर्ने भएको हो । भक्तपुरको चाँगुनारायण नगरपालिकाले आव ०७४÷०७५ मा ५१ लाख रुपैयाँमा नगरकोट जाने पयर्टकसँग प्रवेश शुल्क उठाउन ठेक्कामा दिएपछि दुई नगरपालिकाबीच पर्यटन शुल्कका विषयमा विवाद हुँदै आएको थियो । चाँगुनारायण नगरपालिकाले आव २०७५÷०७६ को लागि रुतीन करोड २५ लाख रुपैयाँमा ठेक्का दिएपछि चाँगुनारायण नगरपालिका–६ तेलकोट र वडा नम्बर ८ को कलमसीमा बसेर पर्यटकसँग शुल्क लिँदै आएका छन्…

Read More

विराटनगर: विराटनगरलाई प्रदेश नं १ को स्थायी राजधानी कायम गर्नका लागि दबाब दिन सङ्गठित अभियान आजदेखि शुरु भएको छ । विराटनगरलगायत तीन जिल्लामा प्रशासनिक केन्द्र राख्ने चर्चा चलैसँगै सरोकारवाला एक ढिक्का भएर एकै स्थानमा केन्द्र राख्नुपर्ने दबाबको पहल शुरु गरिएको छ । उद्योग सङ्गठन मोरङ र मोरङ व्यापार सङ्घद्वारा संयुक्तरुपमा आइतबार यहाँ आयोजित अन्तक्र्रिया एवम् सुझाव सङ्कलन कार्यक्रमका सहभागी सरोकारवालाले सबै किसिमले विराटनगर नै प्रदेश नं १ को स्थायी राजधानीका लागि उपयुक्त भएको निष्कर्ष निकालेका छन् । सहभागीले ऐतिहासिक, राजनीतिक र भौतिक संरचनालगायत सबै आधारमा स्थायी राजधानीका लागि विराटनगरको विकल्प नभएको बताए । नेपाली काङ्ग्रेस प्रदेशसभाका प्रमुख सचेतक केदार कार्कीले…

Read More