काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी अस्पतालले भन्दा निजी अस्पतालले दिने सेवा राम्रो हुन्छ भन्ने आम जनमानसमा भ्रम रहेको उल्लेख गर्दै स्वास्थ्य क्षेत्रमा गम्भीर भएर सेवा दिन चिकित्सकलाई आग्रह गरेका छन्।
ओलीले आज भक्तपुरको दुवाकोटमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पतालले आजदेखि बहिरङ्ग स्वास्थ्य सेवा (ओपिडी) सेवा शुरुआत र नयाँ शल्य क्रिया भवनको शिलान्यास समारोहमा बोल्दै प्रधानमन्त्रीले सो कुरा ब्यक्त गरेका हुन्।
उनले भने, “देब्रे घुँडा र दाहिने घुँडा छुट्याउन नै नसक्ने, एउटा खुट्टा बिरामी छ अर्काेको उपचार गर्ने ? यो तहको चिकित्सा सेवाले कहाँ पु¥याउँछ ? यस प्रकारको हेलचेक्र्याईं दोहोरिन भएन, चिकित्सक र सिङ्गो चिकित्सा क्षेत्र गम्भीर बन्नुप¥यो ।”
वीर अस्पतालले अत्याधुनिक शल्यक्रिया भवन छुट्टै निर्माण गर्दैछ । अस्पताल हाताभित्र रहेको सो भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले विसं २०७४ फागुन २५ गते सो भवनको शिलान्यास गरेका थिए।
नौ तलाको अत्याधुनिक सो भवनभित्र १५ वटा चिकित्सा विज्ञानका अत्याधुनिक शल्यक्रिया (अपरेश थिएटर) रहनेछन् । यसैगरी पोस्ट अपरेटिभ, ४० श्ययाको सर्जिकल अति सघन कक्ष र पुस्तकालय रहनेछन् । साथै ज्येष्ठ नागरिक तथा अपाङ्ग तथा बिरामी कुरुवा मैत्री भवन बन्नेछ । नेपाल सरकारको रु तीन अर्ब ८५ करोडको लागतमा सो भवन विसं २०७७ भित्र निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ । तर भवनको निर्माण कार्य अति सुस्त गतिमा रहेको देखिन्छ ।
विसं १९४७ मा १५ श्ययाबाट सेवा दिन शुरु गरेको वीर अस्पतालको हालको क्षमता ४५० श्ययाको रहेको छ । अर्काेतर्फ न्याम्सले छिट्टै ६५० श्ययाको मेडिकल भवन निर्माण कार्य शुरु हुने तथा सय श्ययाको विशिष्ट प्रकारको विशेषज्ञ मेडिकल भवन जापान सरकारको आर्थिक सहयोगमा शुरु भइसकेको जनाएको छ ।
वीर अस्पतालले सो स्थानमा एक हजारदेखि एक हजार ५०० सम्मको श्ययाको अस्पताल, नर्सिङ, औषधि पसल, चिकित्सा शिक्षाका लागि कलेज, आवास गृहलगायत पूर्वाधार तयार गर्दैछ । साथै सरकारीस्तरमा पहिलो पटक हेलिप्याडको सुविधासमेत रहने निर्देशक प्राडा बस्नेतले जानकारी दिनुभयो । मन्त्रालयले आगामी पाँच वर्षभित्रमा भौतिक संरचनाका काम सम्पन्न गर्ने अति महत्वकाङ्क्षी योजना बनाएको छ ।