Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- जव गृहमन्त्री जेनजी स्मारक पार्क उद्दघाटन नगरी फर्किए, भएको के हो ?
- प्रम शाहद्वारा तीनै सुरक्षा निकायका प्रमुहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै
- रसुवा बाढीले निम्त्याएको भौतिक क्षति र आवश्यकता मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्रीको निर्देशन
- एनडब्लुइडिसीका ठेकेदार कम्पनीहरूले यसै साता राहत प्याकेज घोषणा गर्ने
- नुवाकोटको तादी नदीमा एक्रो ब्रिज ढुवानी गरी पुल निर्माणको काम तीव्र
- सुरुङभित्र उद्धारका लागि नेपाललाई स्विट्जरल्यान्डको अत्याधुनिक ड्रोन
- पुराना नेता र म मा यहि फरक छ: अरु कुर्सीमा बसेर फाइल समात्छन्, म फिल्डमै पुग्ने हो: सुदन गुरुङ
- त्रिशूली ३ ‘ए’को सुरुङको पावरहाउसमा उद्धार गर्न सेनाले थप्यो जनशक्ति
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: छिमेकी मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग त्यहाँको ‘फेडेरेसन अफ इन्डिया च्याम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्री’ (फिक्की) को प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ। प्रधानमन्त्री दाहाल बसेको होटल ताजमा आज भएको उक्त भेटमा नेपालमा लगानीको सम्भावना एवं लगानीका क्षेत्रका विषयमा प्रधानमन्त्री दाहाल र फिक्कीका पदाधिकारीले छलफल गरेका हुन्। सो अवसरमा प्रधानमन्त्री दाहालले नेपाल भारतीय लगानीकर्ताका लागि उपयुक्त देश भएको उल्लेख गर्दै पर्यटन, ऊर्जा, कृषिलगायतका क्षेत्रमा लगानी गर्न आग्रह गरे। उनले काठमाडौंमा सम्पन्न तेस्रो लगानी सम्मेलनका क्रममा नेपालले कानूनी संरचनालाई व्यापक सुधार गरेर लगानीका लागि उपयुक्त वातावरण सिर्जना गरेको बताए। ‘लगानी सम्मेलनका क्रममा हामीले विभिन्न कानून अध्यादेशबाट संशोधन गरेका…
काठमाडौँ: मुलुकबाट वैदेशिक रोजगारीका लागि विदेशीने जमात बढ्दै जाँदा मासिक औसत १ खर्ब १९ अर्ब ८६ करोडका दरले विप्रेषण (रेमिट्यान्स) आप्रवाह भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको दश महीना अवधि अर्थात बैशाख मसान्तसम्ममा विप्रेषण आप्रवाह ११ खर्ब ९८ अर्ब ६० करोड रुपैयाँ पुगेको हो । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १९.२ प्रतिशतले धेरै हो । अघिल्लो वर्षको सोही अवधिमा रुपैयाँ विप्रेषण नेपाल भित्रिएको थियो । सो अवधिमा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले बढेको थियो । २०८० बैशाख मसान्तसम्म मुलुकले १०खर्ब ०५ अर्ब १८ करोड रुपेयाँ रेमिट्यान्स भित्र्याएको थियो । गत चैतसम्म १० खर्ब ८२ अर्ब ६२…
पोखरा: माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचित नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटाले ‘फ्लोर क्रस’ गर्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको पक्षमा मतदान गरेका छन् । गण्डकीमा माओवादीबाट जितेका सांसदको ‘फ्लोर क्रस’, मुख्यमन्त्री पाण्डेले पाए बहुमत उनले सोमबार मुख्यमन्त्री पाण्डेले संसदमा प्रस्तुत गरेको विश्वासको मतको पक्षमा मतदान गरेका हुन् । उनीसँगै कांग्रेसका २७, राप्रपाका २, स्वतन्त्र सांसद राजीव गुरूङ (दीपक मनाङे) गरी ३१ सांसदले पक्षमा मतदान गरका छन् । ६० सदस्यीय संसदमा बहुमत सांसदले मतदान गरेपछि मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाएका छन् । एमालेका २२ र माओवादीका ६ सांसदले विपक्षमा मतदान गरेका छन् । माओवादीले विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको…
काठमाडौँ: सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्न माग गरिएको रिटमा मिसिल झिकाउने आदेश गरेको छ। न्यायाधीशद्वय मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले सोमबारको सुनुवाइमा आवश्यक मिसिलहरू प्राप्त नभएकाले उक्त मिसिलहरू मगाउने आदेश गरेको हो । यससँगै लामिछानेविरुद्धको मुद्दा लम्बिने भएको छ । अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिटमा सर्वोच्चले यसअघि पोखरा प्रहरी कार्यालयमा पेस भएको जाहेरी पेस गर्न भनेको थियो । तर आजको सुनुवाइका क्रममा सरकारी पक्षले केही पनि पेस नगरेपछि मिसिलहरू मगाउने बारे बहस भएको थियो । सर्वोच्चले गृहमन्त्री लामिछाने विरुद्ध दर्ता भएका वा पेस भएका उजुरी,अभियोग पत्र र अन्य मिसिलहरू पेस गर्न आदेश गरेको हो । सर्वोच्चले…
काठमाडौँ: यस वर्षको मनसुन प्रणाली कोशी प्रदेशको पूर्वी भू-भागमा आजदेखि भित्रिएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । यस वर्षको मनसुन सरदर मिति भन्दा तीन दिन छिटो भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वी भूभागहरूबाट मनसुन भित्रिएपनि पश्चिमी भूभागमा अत्यधिक गर्मी छ। काठमाडौंमै आइतबार र सोमबार अत्यधिक गर्मी छ। पश्चिम तराईका भूभागहरूमा तातो हावा नै चलेको छ। पश्चिम तराईका भूभागहरूमा अझै केही दिन तातो हावा चल्ने सम्भावना रहेको मौसमविद अधिकारीले बताए। पूर्वी नेपालबाट प्रवेश गरेको मनसुन देशभर फैलन कम्तिमा पाँच दिन लाग्छ। तर पश्चिमी भूभागहरूमा अहिलेको मौसम हेर्दा मनसुन देशभर फैलन केही बढी समय लाग्न…
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले आफ्नो व्यक्तिगत लाभ र प्रायोजन हत्याउने उद्देश्य सहित संघभित्रका केही सदस्यहरू लागिरहेको आरोप लगाएका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै खड्काले यसबारे कानुनी उपचार खोजिने चेतावनी समेत दिएका हुन् । खड्काले लेखेका छन्, ‘कयौँ चुनौती र कठिनाइहरूलाई चिर्दै नेपाल क्रिकेटको दिगो विकास र विस्तारतर्फ नेपाल क्रिकेट संघ चलिरहेको समय आफैँमा महत्त्वपूर्ण रहेको छ । यद्यपि यी सबैका बिच, संघका अध्यक्ष, सचिव लगायत सिङ्गो संस्था र समग्र नेपाली क्रिकेटलाई नै बदनाम गराउँदै आफ्नो व्यक्तिगत लाभ र प्रायोजन हत्याउने उद्देश्य सहित यसै संघ भित्रका केही सदस्यहरूले हरसम्भव प्रयास गरिरहनु भएको कार्य…
काठमाडौँ: जारी आईसीसी टी–२० विश्वकपमा सहभागी हुन पाएपछि सन्दीप लामिछानेले खुसी हुँदै यस अवसरका लागि वातावरण बनाउने सबैलाई धन्यवाद दिएका छन्। अमेरिकाको भिसा नपाउँदा विश्वकप खेल्नबाट वञ्चित भएका सन्दीप वेस्ट इन्डिजमा हुने विश्वकपका खेलमा भने सहभागी हुन पाएका हुन्। उनी शनिबार राति नै वेस्ट इन्डिज पुगिसकेका छन्। यो नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दसहितका पदाधिकारी तथा बलात्कार मुद्दामा सफाइ दिलाउन बहस गर्ने अधिवक्तालगायतको ठूलो प्रयासबाट सम्भव भएको भन्दै सन्दीपले सोमबार बिहान सामाजिक सञ्जालमार्फत सबैलाई धन्यवाद दिएका हुन्। ‘मेरो यात्रा सम्भव बनाउन हाम्रा अध्यक्ष चुतरबदहाुर चन्द सर, सचिव तथा मेरा प्रिय दाइ पारस खड्का, वकिल सरोज के घिमिरे दाइ,…
काठमाडौं: क्रिकेटर सन्दिप लामिछाने विश्वकप क्रिकेटका वेस्टइण्डिजमा हुने खेलहरूमा सहभागी हुने भएका छन् । क्रिकेट एशोसिएसन अफ नेपाल (क्यान)का सचिव पारस खड्काका अनुसार वेस्टइण्डिजमा हुने खेलमा लामिछाने राष्ट्रिय क्रिकेट टोलीमा समावेश भएर खेल्ने छन् । लामिछाने वेष्टइन्डिज पुगिसकेका छन् । आईसीसीको समन्वयमा लामिछानेले वेष्टइण्डिजमा हुने खेल खेल्न लागेको क्यानले जनाएको छ । लामिछानेले प्रतिश जिसीको स्थान लिने छन् । उनले वेष्टइन्डिजमा दक्षिण अफ्रिका र बंगलादेशविरुद्धका खेल खेल्ने छन् । विश्वकप क्रिकेट २०२४ का खेलहरू अमेरिका र वेष्टइण्डिजमा भइरहेका छन् । नेपाली राष्ट्रिय टोलीका अरु सदस्यहरु अमेरिका गएर खेलिरहे पनि सन्दीपलाई अमेरिकाले भिसा दिएको थिएन । यसअघि नेपालले पहिलो खेल अमेरिकाको…
काठमाडौँ: भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । आइतबार बेलुका भएको भेटमा उहाँहरूबीच नेपाल–भारतबीच रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा उहाँहरूबीच विगतमा भएका समझदारी एवं सम्झौताहरूको कार्यान्वयनका बारेमा छलफल भएको थियो । प्रधानमन्त्री प्रचण्ड आइतबार साँझ प्रधानमन्त्री मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुनुभएको थियो । उहाँ आइतबार नै भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो । प्रधानमन्त्री प्रचण्डका साथमा उहाँकी सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी पनि हुनुहुन्छ । प्रधानमन्त्री प्रचण्ड आज…
रुकुम: रुकुम पश्चिमको मुसिकोट नगरपालिका-१ स्थित नेपानेमा बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु तीन जना घाइते भएका छन् । मुसिकोट-१ खलङ्गाबाट बाँफिकोट गाउँपालिका-४ स्थित छिनखेत जाँदै गरेको कर्णाली प्रदेश २००१ च ०४१३ नम्बरको बोलेरो आइतबार बेलुकी दुर्घटना भएको हो । गाडी सडकबाट तल खस्दा बर्दियाको ठाकुरबाबा नगरपालिका-५ कालीगौडीका २७ वर्षीय सौगात बिक, गाडी चालक सुर्खेतको गुर्भाकोट नगरपालिका-८ मेहलकुनाका ३० वर्षीय धर्मेन्द्र श्रेष्ठ र सुर्खेत बराहताल गाउँपालिका-५ बड्डीचौरका १९ वर्षीय जितबहादुर कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रवक्ता प्रहरी निरीक्षक बखत शाहीले जानकारी दिए। प्रहरी निरीक्षक शाहीका अनुसार घटनास्थलबाट उद्धार गरेर जिल्ला अस्पताल…