Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

पोखरा: वालिङ.नगरपालिका–१३ सिख्रेका पाँच वर्षीय प्रिन्स नेपालीको अम्बा खाने क्रममा घाँटीमा अड्किएर मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार प्रकाश नेपालीका छोरा प्रिन्सको आफ्नै घरमा रहेको अम्बा खाने क्रममा मृत्यु भएको हो । अम्बा घाँटीमा अड्किएपछि उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौँ: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले अल्पविकसित एवम् भूपरिवेष्टित देशलाई विकासका गतिविधि सञ्चालन तथा दिगो विकासका लक्ष्य हासिल गर्न अतिरिक्त स्रोत परिचालन अपरिहार्य भएको बताए छन् । ‘अल्पविकसित भूपरिवेष्टित मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी प्रवद्र्धन’ विषयक बैठकलाई बिहीबार जेनेभामा सम्बोधन गर्दै मन्त्री यादवले अल्पविकसित देशको दर्जाबाट स्तरोन्नति हुनसमेत नेपाललगायत अल्पविकसित एवम् भूपरिवेष्टित राष्ट्रलाई थप स्रोतसाधन आवश्यक पर्ने बताए । जेनेभास्थित संयुक्त राष्ट्रसङ्घीय कार्यालय तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनका लागि नेपाली नियोगका अनुसार मन्त्री यादवले स्रोतको अभाव परिपूर्ति तथा आर्थिक रुपान्तरणको प्रक्रियालाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न प्रत्यक्ष वैदेशिक लगानीको अहम् भूमिका हुने बताए । वैदेशिक लगानीका निम्ति उपयुक्त वातावरण बनाउन तथा बाह्य लगानी…

Read More

कास्की : पर्यटकीय शहर पोखरामा आजदेखि शुरु भएको पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट प्रतियोगितामा पोखरा पल्टनले विजयी शुरुआत गरेको छ । सर्वाधिक पुरस्कार राशि भएको प्रतियोगिताको उद्घाटन खेलमा पोखरा पल्टन विराटनगर टाईटन्स माथि ५८ रनले विजयी भएको हो । टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा विराटनगरमाथि तीन विकेटको क्षतिमा १९७ को चुनौती पेस ग¥यो । पोखराका लागि उसका सबै ब्याट्सम्यानले आक्रामक ब्याटिङ गर्दै फराकिलो रनको लक्ष्य दिएका थिए । खेलमा १९८ रनको लक्ष्य पाएको विराटनगरले आठ विकेटको क्षतिमा १३९ रनमा चित्त बुझायो । पोखरा पल्टनका लागि ओपनरको रुपमा मैदानमा आएका कुशल भुर्तेलले ३८ र आसिफ सेखले ५२…

Read More

काठमाडौँ : सरकारले समृद्ध नेपाल र सुखी नेपाली बनाउने लक्ष्य लिएसँगै थप ५१ जिल्लामा गरीब पहिचान गर्ने भएको छ । गरीब घरपरिवारको पहिचान गरेर परिचयपत्र वितरण गर्ने र व्यावसायिक परियोजनामार्फत उनीहरुलाई सामाजिक सशक्तीकरण गर्ने उद्देश्य राखिएको छ । जनताको जीवनस्तरमा सुधार ल्याई सरकारले मुलुकमा गरीबी निवारण गर्ने लक्ष्य रहेको उक्त कार्यक्रम दुई वर्षभित्र सम्पन्न गरिने भूमि व्यवस्था तथ सहकारी मन्त्रालयका सचिव गोपीनाथ मैनालीले जानकारी दिए । चालू आवमा ६३ करोड रुपैयाँ विनियोजन गरिएको छ भने आगामी वर्षमा आवश्यकताअनुसार लगानी वृद्धि गरिने छ । यसअघि सर्भेक्षण गरिएका देशका २६ जिल्लाबाहेकका स्थानमा सर्भेक्षण गर्न लागिएको हो । गरीब घरपरिवारको पहिचानका लागि जनसङ्ख्या,…

Read More

ललितपुर: साझा यातायातले २० नयाँ बस भित्र्याउने भएको छ । काठमाडौँ उपत्यकाका लागि नयाँ शहरी बस भित्र्याउन लागिएको साझाका व्यवस्थापक महेन्द्रराज पाण्डेयले बताए । उपत्यकामा विभिन्न सडकमा साझाका बसको माग भएकाले नयाँ बस ल्याउन लागिएको हो । काठमाडौँ महानगरपालिकाको पाँच करोड र ललितपुर महानगरपालिकाको एक करोड रुपैयाँ लगानीमा बस भित्र्याउन लागिएको हो । व्यवस्थापक पाण्डेयले भने, “नयाँ बस पनि यसअघि साझाले भित्र्याएको जस्तै आधुनिक र सुविधा सम्पन्न हुनेछन् ।”यसअघि जस्तै भारतीय कम्पनी अशोक लेल्याण्डको बस दुई महीनाभित्र काठमाडौँ भित्र्याउने लक्ष्य छ । बस आएपछि दर्ता भएर सडक निर्धारण हुने बताइएको छ । देशभर सञ्चालित विभिन्न यातायात सेवा प्रदायकमध्ये साझा यातायातमा…

Read More

काठमाडौँ: चालू आर्थिक वर्ष २०७५/७६ को शुरुवातीदेखि नै नेपालको व्यापार घाटा चुलिंदै गएको छ । चालू आवको तीन महिनामा व्यापार घाटा ३ खर्ब ४९ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । भन्सार विभागको नेपालको वैदेशिक व्यापार तथ्यांक अनुसार समीक्षा अवधिमा सोहि समयकोअघिल्लो वर्षको तुलनामा व्यापार घाटा ४५ दशमलब ९२ प्रतिशतले वृद्धि भएको छ । समीक्षा अवधिमा नेपालबाट २३ अर्ब ७४ करोड रुपैयाँ बराबरको सामान निर्यात भएकोमा ३ खर्ब ७३ अर्ब रुपैयाँ बराबरको सामान आयात भएको छ । समीक्षा अवधिमा अघिल्लो वर्षको तुलनामा आयात ४३ दशमलब ५७ प्रतिशतले र निर्यात १६ दशमलब ०८ प्रतिशतले बृद्दि भएको छ । निर्यातको तुलनामा आयातमा…

Read More

काठमाडौँ: नेपाल दूरसञ्चार प्राधिकरणले २५ हजार यौनजन्य सामग्री उत्पादन र प्रशारण गर्ने बेवसाइट बन्द गरेका छन्। प्राधिकरणले हजारौँ वेवसाइट बन्द गरेसँगै गुगलमा सर्वसाधारणले सर्च गरेको भरमा योनजन्य सामग्री उत्पादन गर्ने बेवसाइडहरु नभेटिने प्रधिकरणका सूचना अधिकारी तथा वरिष्ठ निर्देशक पुरुषोत्तम खनालले जानकारी दिए। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले असोज ५ गते प्राधिकरणलाई यस्ता बेवसाइटलाई बन्द गर्न निर्देशन दिएको थियो। त्यसै अनुरुप प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीसँग अनुरोध गरेर बेवसाइट बन्द गरेको खनालले बताए।

Read More

काठमाडौँ: एनआईसी एशिया बैंकको नयाँ शाखा कार्यालय संखुवासभाको मानेञ्ज्याङ्ग पनि सञ्चालनमा आएको छ। उक्त शाखा कार्यालयको नेपाल राष्ट्र बैँकका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौला बिहीबार एक कार्यक्रमबीच उद्घाटन गरेका हुन्। समारोहमा बोल्दै निर्देशक निरौलाले सम्पूर्ण स्थानीय निकायहरुमा वाणिज्य बैँकहरुको शाखा कार्यालय खोल्ने नेपाल सरकार तथा नेपाल राष्ट्र बैँकको अभियानमा सहभागी भई स्थानीय निकायहरुमा शाखा कार्यालय खोल्ने कार्यमा अग्रणी भूमिका निर्वाह गरेकोमा एनआईसी एशिया बैंकको प्रशंसा गरे। एनआईसी एसियाको मुलुकभर २६४ शाखा कार्यालयहरु, २६० एटिएम, २६ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको…

Read More

दमक: एक्सरे मेसिन चलाउने दक्ष प्राविधिक नहुँदा झापाको गौरीगञ्जस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा नौ वर्षदेखि एउटा मेशिन थन्किएको छ । मेशिन सञ्चालन नहँुदा स्वास्थ्य सेवा लिने सेवाग्राही मारमा परेका छन् । एक्सरे मेशिन सञ्चालन नहुँदा त्यहाँ आउने बिरामी करीब २३ किलोमिटर टाढा दमक गएर सेवा लिन बाध्य छन् । जिल्लाको पश्चिम दक्षिणी ग्रामीण क्षेत्रमा अवस्थित उक्त स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्ने उद्देश्यले विसं २०६६ मा तत्कालीन खजुरगाछी गाउँ विकास समितिको रु दुई लाखबाट एक्सरे मेशिन खरिद गरिएको थियो तर खरिद गरेर ल्याइएको मेशिन केन्द्रको भण्डारणकक्षमा थन्क्याइएपछि अहिले काम नलाग्ने अवस्थामा पुगेको छ । केन्द्रकी इन्चार्ज डा विद्या पोखरेलले मेशिन चलाउने रेडियोग्राफर नहँुदा…

Read More

काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेपाल प्रहरीका एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्टलाई गरिएको कारबाहीले मात्रै राज्यको दायित्व पूरा नहुने तर्क गरेका छन् । उनले प्रहरी अधिकारी बर्खास्त गर्दैमा राज्यको दायित्व पूरा नहुने भन्दै सत्य–तथ्य पत्ता लगाउन सरकारसँग माग समेत गरेका छन्। उनले सो धारणा आफ्नो व्यक्तिगत ट्वीटमार्फत् ब्यक्त गरेका हुन्। सरकारले गरेको कारवाही बिष्ट र भट्टलाई कम भएकाे र यसमा उनको असन्तुष्टि रहको समेत उल्लेख गरेका छन्। जानीबुझी प्रमाण नष्ट गर्नु आपराधिक कर्म भएको भन्दै ‘त्यसबापत मुद्दा र दण्ड गर्नुपर्दैन ?’ भन्ने प्रश्न उनले गरेका छन् । भट्टराईले निर्मला पन्त बलात्कार तथा हत्याबारे…

Read More