Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

मस्को: रुसका राष्ट्रपति भ्लादिमिरि पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच अर्को वर्ष शिखर बैठक गर्ने तयारी भएको छ । रुसको राष्ट्रपति कार्यालयका अधिकारीहरूले बुधबार दिएको जानकारी अनुसार अमेरिकाको वासिङटनमा शिखर बैठक गर्ने गरी तयारी भएको हो । “म निर्धक्क भन्न सक्छु कि त्यसका लागि हामी तयार छौं,” रुसको राष्ट्रपति कार्यालयका प्रवक्ता डिमित्री पेस्कोभले पत्रकारहरूसँग भने । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले अमेरिका र रुसबीच शिखर बैठक हुने सम्भावना रहेको बताएको केही समयपछि पेस्कोभको यस्तो भनाइ आएको हो । उनले यो विषय छलफलका लागि अझ बढ्दै जाने र अहिलेसम्म कुनै ठोस निर्णय भइनसकेको पनि स्पष्ट पारे । तर सम्भावित शिखर…

Read More

वालिङ: असिनापानीले स्याङ्जामा दुई करोड रुपैयाँ बढीको सुन्तला नष्ट भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ सुन्तला सुपरजोनले सङ्कलन गरेको क्षति विवरणअनुसार जिल्लाको पुतलीबजार नगरपालिकाका वडा नं १०, ११, १३ र १४ एवं भीरकोट नगरपालिकाको १ नं वडामा गरी कूल ५०९ मेट्रिकटन सुन्तला नष्ट भएको हो । “गत असोज २१ गते विशेषगरी पुतलीबजार नगरपालिकाका विभिन्न भेगमा ठूलो असिनापानी आयो र हामीले यस कार्यालयबाट एक हप्ताको समयमा सम्बन्धित क्षेत्रमा पुगेर क्षतिको विवरण सङ्कलन ग¥यौँ” बरिष्ठ कृषि अधिकृत मदनकुमार श्रेष्ठले भने, “असिनापानीले सुन्तलाबालीमा ठूलो क्षति पु¥याएको छ ।” असिनापानीले सबैभन्दा धेरै पुतलीबजार नपा १० मा २१४, ११ नं वडामा…

Read More

सुरुङ्गा:अपराध नियन्त्रणका लागि १२ बुँदे प्रतिबद्धता जाहेर गर्दै झापाका १५ स्थानीय तहले आगामी माघ १ गतेदेखि झापालाई मदिरा नियन्त्रित जिल्ला घोषणा गर्ने तयारी गरेका छन् । जसका लागि जिल्लाका सात नगरपालिका र आठ गाउँपालिकाका जनप्रतिनिधिले बुधबार १२ बुँदे प्रतिबद्धता जाहेर गरेका हुन् । जिल्ला प्रहरी कार्यालय र जिल्ला सरकारी वकिलको कार्यालय झापाले बुधबार यहाँ आयोजना गरेको ‘झापामा अपराधको स्थिति, कारणहरू र निराकरणमा सरोकारवाला निकायको भूमिका’ विषयक कार्यक्रममा सहभागी स्थानीय तहका जनप्रतिनिधिले प्रतिबद्धतामा हस्ताक्षर गर्दै झापालाई मदिरा नियन्त्रित जिल्ला घोषणा गर्ने तयारी गरेका हुन् । १२ बुँदे घोषणापत्रमा विद्यमान कानून कार्यान्वयन कडाइका साथ लागू गर्ने, मदिरा बिक्री केन्द्रको सङ्ख्या नियन्त्रण गर्ने…

Read More

भरतपुर : ‘मध्यरातमा एकान्तमा लगेर खाना खान गाडी रोक्यो’, काठमाडौंबाट दाङ हिँडेका यात्रु कमल नेपालीले भने, ‘खाऊँ भने थालमा किरा, नखाऊँ भने पेटमा भोकका किरा।’ चितवनको इच्छाकामना गाउँपालिका ४ लेवाटारमा सोमबार राति १२ बजे खाना खाँदै गर्दा थालमै किरा भेटिएको उनले सुनाए। उनले होटल सञ्चालकलाई यसबारे जानकारी गराउँदा पनि वास्ता नगरेको बताए। राजमार्गका होटलले चरम लापरवाही गरेका कारण यात्रुहरू अस्वस्थ खाना खान बाध्य भएका हुन्। राजधानी भित्रिँदा र बाहिरिँदा लामो यात्रा गर्नेहरू सबैभन्दा ठूलो समस्यामा पर्ने गरेका छन्। तराईलाई राजधानी काठमाडौं जोड्ने मुख्य सडक मुग्लिन–नारायणगढ आसपासका होटलले दूषित र फोहोर खाना खुवाउने गरेको पाइएको छ। लामो यात्राका बसले लेवाटार, कुरिनघाट,…

Read More

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टीको निमन्त्रणामा भारतीय कम्युनिस्ट पार्टी (माक्सवादी) का महासचिव सीताराम यचुरी बिहीबार काठमाडौँ आउँदै हुनुहुन्छ । यहाँ रहँदा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल लगायतसँग भेट्नुहुनेछ । साथै, पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा आयोजित विचार गोष्ठीलाई समेत सम्बोधन गर्नुहुने सो पार्टीले जनाएको छ ।

Read More

काठमाडौँ : खानेपानी मन्त्रालयले खानेपानी तथा ढल निकास विभागअन्तर्गतका साविकका कार्यालयबाट आर्थिक वर्ष २०७४/०७५ को थप रकम रकमान्तर भएका कार्यको अनुगमन गर्न सातवटै प्रदेशमा तीन÷तीन सदस्यीय समिति गठन गरी खटाएको छ । मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरको अध्यक्षतामा आज बसेको बैठकले सो निर्णय गर्दै अनुगमन टोलीलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशनसमेत दिइएको छ । मन्त्रालयद्वारा आज जारी गरिएको विज्ञप्तिमा प्रदेश नं १ मा अरुण सिम्खडा, कमलकान्त पौडेल र नरेश रेग्मी, प्रदेश नं २ मा नन्दलाल बञ्जाडे, नारायण पाण्डे र समित यादव, प्रदेश नं ३ मा रमाकान्त दुवाडी, अनोज उपाध्याय र रामचन्द्र दङ्गाल, प्रदेश नं ४ मा चन्द्रबहादुर केसी, महेन्द्र महर्जन र…

Read More

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । आज अपराह्न ३ बजेका लागि बोलाइएको बैठक सचिवालय सदस्यहरुको कार्यव्यस्तताका कारण स्थगित भएको पार्टी केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार बैठक बिहीबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । बैठकमा प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटी तथा जनवर्गीय सङ्गठनका केन्द्रीय कमिटीको एकीकरण, पार्टी, संसद् र सरकार सञ्चालनलगायत विषयमा छलफल हुने कार्यसूची रहेको छ । यस्तै यही कात्तिक १२ र १३ गते हुने पार्टी स्थायी कमिटी बैठकका विषयमा समेत छलफल हुने कार्यसूची रहेको थियो ।

Read More

काठमाडौँ: यही कात्तिक ९ गतेदेखि पोखरामा हुने पोखरा प्रिमियर लिगका लागि चितवन राइनोजले दुई भारतीय खेलाडी भित्र्याएको छ । क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले आयोजना गरेको प्रतियोगिता कात्तिक २० सम्म सञ्चालन हुनेछ । कप्तान पारस खड्का मार्की प्लेयर रहेको टोलीले भारतका सन्नी पटेल र समित पटेललाई टिममा भित्र्याएको हो । दुवै खेलाडीले भारतका स्थानीय प्रतियोगिताका साथै सन्नीले काठमाडौँमासमेत खेलिसकेका छन् । प्रतियोगितामा चितवन राइनोज, विराटनगर टाइटन्स, बुटवल ब्लास्टर्स, पोखरा पल्टन, एक्पर्ट धनगढी ब्लुज र हुलास काठमाडौँ रोयल्स छन् । चितवन राइनोजको टोलीको स्वामित्व युवा व्यवसायी राहुल महरासहितको टोलीले गरेको छ ।

Read More

काठमाडौँ: कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको अनुसन्धानलाई प्रभावित पार्न खोजेका प्रहरी उपरीक्षक दिलीपसिंह विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टको लिखित स्पष्टीकरण आज गृह मन्त्रालयमा बुझाइएको छ । प्रहरी प्रधान कार्यालयले विष्ट र भट्टको स्पष्टीकरण बुझाएको मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए। उनका अनुसार उक्त स्पष्टीकरणमाथि अध्ययन आजदेखि शुरु भएको र कानूनी प्रक्रिया पूरा गरेर त्यसबारे निर्णय लिइनेछ । मन्त्रालयका सहसचिव हरि मैनाली र तत्कालीन प्रहरी नायब महानिरीक्षक धिरु बस्नेतको संयोजकत्वमा गठित समितिले घटनाको स्थलगत अध्ययनपछि सरकारलाई प्रतिवेदन बुझाएको थियो । उनले स्पष्टीकरणमा आफुले पन्त घटनाको अनुसन्धानमा कुनै लापरवाही नगरेको र प्रक्रिया अनुसारै घटना मुचुल्का तयारी गरेको उल्लेख गरेका छन्…

Read More

गुल्मी: गुल्मीमा आज साँझ भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । मृत्युहुनेमा इस्मा गाउँपालिका– २ पालुखाका १४ वर्षीय विमल केसी रहेको छ । इस्मा गाउँपालिका– २ छल्दी पनाहा नजिकै डबल क्याप भएको लु १ च ७३७० नं जिप दुर्घटना हुँदा गम्भीर घाइते भएका केसीको उपचारका लागि तम्घास ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक रोशन खड्काले बताए । दुर्घटनामा परेर इस्मा गाउँपालिका– २ पालुखाका ६५ वर्षीय बेलकुमारी कँुवर, १४ वर्षीय रविन कँुवर, ५२ वर्षीया कमला केसी, ३३ वर्षीया कल्पना राना, ११ वर्षीय विशाल थापा, १४ वर्षीया पवित्रा…

Read More