Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

पाँचथर: नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ओली नेतृत्वको सरकार कुहिरामा हराएको कागजस्तो भएको आरोप लगाएका छन्। ताप्लेजुङको पाथीभरा देवीको दर्शन गर्न जाँदै गर्दा पाँचथरमा सञ्चारकर्मीसँगको भेटमा उनले आफूहरु विपक्षमा रहे पनि शालीनतापूर्वक सरकारलाई सच्चिन आग्रह गरिरहेको बताए । उनले संसद्मा सामान्य अवरोध नगरेर तोजफोड गर्दा, चक्काजाम गर्दा र नेपाल बन्द गर्दा मात्र प्रतिपक्षको भूमिका नहुने बताए । अर्को फरक प्रसङ्गमा काङ्ग्रेसले हरेक निर्वाचनमा एउटा निर्वाचन हार्ने र अर्को निर्वाचन जित्ने गरेको समेत बताए । उनले नेपाली काङ्ग्रेसले आफ्नो बाटो परिवर्तन नगरेकाले विचारको हिसाबले जितेको पार्टी भएको बताए ।

Read More

काठमाडौँ: यातायात व्यवस्था विभागले एक वर्षदेखि स्मार्ट लाइसेन्सको प्रतीक्षा गरिरहेकालाई छिटो सेवा उपलब्ध गराउने उद्देश्यले निजी कम्पनीलाई छाप्ने जिम्मेवारी दिएको छ । मालिका इन्कर्पोरेट लिमिटेडलाई ट्रायल परीक्षा उत्तीर्ण गरी प्रतीक्षा सूचीमा बसेका सेवाग्राहीलाई चालक अनुमति पत्र दिने उद्देश्यले विभागले यो सम्झौता गरेको हो । पाँच लाख बढी सेवाग्राहीले हाल परीक्षा उत्तीर्ण गरी अनुमति पत्र लिन प्रतीक्षा सूचीमा बसेको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले राससलाई जानकारी दिनुभयो । लिमिटेडले ४५ दिनमा पाँचदेखि छ लाख स्मार्ट कार्ड लाइसेन्स छापी सक्ने गरी सम्झौता भएको हो । कार्ड छापेवापत कम्पनीले एउटा बराबर रु १५ पाउँछ । कार्ड, विद्युत्लगायत भौतिक साधन भने विभागले नै उपलब्ध गराउने…

Read More

ललितपुर: साझा यातायातले आजदेखि विद्युतीय बस सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुल्चोकस्थित साझा यातायातको परिसरबाट सिंहदरबारसम्म बस चढेर शुभारम्भ गरेका हुन्। सो अवसरमा प्रधानमन्त्री ओलीले आफ्नै मुलुकमा उत्पादन भएको जलविद्युत्ले वातावरण र जनस्वास्थ्यलाई सकारात्मक असर गर्ने बताउनुभयो । विद्युतीय बसले ऊर्जाको किफायत गर्नेमा उहाँको जोड छ । उहाँले भन्नुभयो, “हाम्रो देशमा आफ्नो पेट्रलियम पदार्थ नहुँदा विद्युतीय बस सञ्चालनमा जोड दिन खाँचो छ ।” उपत्यकामा मात्र हजारौँ गाडी र आठ लाख बढी मोटरसाइकल गुडिरहेको उहाँले बताउनुभयो । आगामी दिनमा विद्युतीय सवारीको प्रबद्र्धन गर्दै जाने उहाँको भनाइ थियो । नेपाल विद्युत् प्राधिकरणले २० ठाउँमा चार्जिङ स्टेशन स्थापना गर्ने उहाँले…

Read More

कैलाली: सुदूरपश्चिम प्रदेशको प्रमुख शहर धनगढीमा पछिल्लो समय निजी लगानीमा अत्याधुनिक सेवा सुविधासहितका अस्पताल खुल्ने क्रम बढ्दै गएको छ । धनगढी उपमहानगरपालिका–३ चटकपुरमा अघिल्लो महीनादेखि रु १० करोड बढीको लगानीमा २५ श्ययाको सुविधायुक्त ‘माया मेट्रो’ अस्पताल सञ्चालनमा आएको छ । अस्पतालमा २४ घण्टा आकस्मिक तथा ट्रमा सेवा, बहिरङ्ग तथा अन्तरङ्ग सेवा, अत्याधुनिक प्रयोगशाला, अत्याधुनिक डिजिटल भिडियो एक्स–रे तथा सिटीस्क्यान सेवा रहेको छ । त्यस्तै वातानुकूलीत क्याबिन, दूरबिन तथा बिना दूरबिन शल्य चिकित्सकीय सेवा, चौबिसै घण्टा फार्मेसीलगायतको सेवा रहेको अस्पतालका अध्यक्ष धीरेन्द्र साउँदले जानकारी दिए। निजी क्षेत्रकै लगानीमा गत असारदेखि धनगढी– ५ मा ‘निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा आएको छ…

Read More

कपिलवस्तु: कपिलवस्तुको कृष्णनगरमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सोमबार साँझ ५ बजेदेखि लगाएको कफ्र्यु हटाएको छ । आज बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्मका लागि कफ्र्यु हटाएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । स्थानीय हिन्दु समुदाय र मुस्लिम समुदायबीच विवाद बढेपछि जिल्ला प्रशासन कार्यालयले कफ्र्यु लगाएको थियो । कफ्र्यु हटेपछि भारतीय सीमावर्ती कृष्णनगरको जनजीवन सामान्य बन्दै गएको छ । शनिबारदेखि बढेको विवाद आजदेखि सामान्य बनेको हो । कडा सुरक्षाका बीच दुर्गा पूजाको मूर्ति विसर्जन गरिएको थियो । प्रशासनले कफ्र्यु कृष्णनगर बजारको दक्षिण क्षेत्र नेपाल भारत दशगजा, उत्तरतर्फ कृष्णनगर–१ शिवानगरको बढाया पोखरी क्षेत्र, पूर्व सेमरा गाउँ र पश्चिम सिर्सिहवा चोकसम्म कफ्र्यु…

Read More

काठमाडौँ: अन्तर्राष्ट्रिय क्रिकेटमा एकपछि अर्को सफलता प्राप्त गर्दै आएका नेपाली राष्ट्रिय टोलीका युवा खेलाडी सन्दीप लामिछानेले अष्ट्रेलियन लिग खेल्ने भएका छन् । अघिल्लो महीना मलेसियामा सम्पन्न आइसिसी विश्वकप टी–२० एशिया क्षेत्र छनोट ‘बी’को खेल सकिएलगत्तै मलेसियाबाट अष्ट्रेलिया गएका सन्दीप अष्ट्रेलियाको उच्च डिभिजनको क्रिकेट लिगमा आबद्ध भएका हुन् । सन्दीपले अष्ट्रेलियाको मेलबर्न स्टार्स क्लबबाट ‘बिग बास’ लिग खेल्ने भएका हुन् । क्रिकेटसम्बन्धी बेवसाइट क्रिक इन्फो डटकमका अनुसार सन्दीपले मेलबर्न स्टार्स क्लबसँग सम्झौता गरेका छन् । हालै अफगानिस्तान प्रिमियर लिग खेलेका सन्दीप आगामी पुस ४ गतेदेखि शुरु हुने बिग बास लिगमा अनुबन्धित भएका हुन् । यसअघि सन्दीपले माइकल क्लार्कको क्लब वेष्ट्रन डिस्ट्रिक…

Read More

सोलुखुम्बु: खुम्बु पासङल्हामु गाउँपालिका–४ मा लेक लागेर आज एक विदेशी नागरिकको ज्यान गएको छ । सगरमाथा आधार शिविरबाट फर्कने क्रममा लेक लागेर अस्ट्रेलियन नागरिक पोटरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिनुभयो । लेक लागेर बिरामी भएका ७० वर्षीय अस्ट्रेलियन नागरिक पोटरको उपचारका लागि लैजाने प्रयास हुँदाहुँदै ज्यान गएको प्रहरीले जनाएको छ । कानूनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि काठमाडौँ लगिएको छ ।

Read More

नवलपरासी: पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–११ अरुणखोलामा आइतबार बिहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भएका सोलुखुम्बुका ३० वर्षीय गणेश बस्नेतको उपचारको क्रममा मृत्यु भएपछि हालसम्म दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या सात पुगेको प्रहरीले जनाएको छ । यसअगावै मृत्यु हुनेमा नेपाली सेनामा कार्यरत गुल्मी हस्तचौर गाउँपालिका–२ बस्ने ३५ वर्षीय तिलक विष्ट, जिल्ला मोरङ सुन्दरहरैचा–१२ बस्ने ११ वर्षीय सुहन कार्की, भोजपुर हतुवागढी–६ बस्ने २७ वर्षीय रामजीत राई, सुनसरी घर भई जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीमा कार्यरत ३२ वर्षीय अब्दुल अन्सारी र भारत विहार बस्ने विद्यानन्द यादव रहेका थिए । दुर्घटनामा घाइते भएका…

Read More

काठमाडौँ: नेपालको राजनीतिक अस्थिरता र पेशागत नैराश्यताका कारण दर्शाउँदै संयुक्तराज्य अमेरिका पुगेर उतैको स्थायी आवास अनुमतिपत्र (ग्रिनकार्ड) लिने नेपाली कलाकारको सङ्ख्या ५०० नाघेको छ । उचित वातावरण भएमा आफूहरु स्वदेश फर्कन तयार हुने जनाए पनि उनीहरु उतै रमाउन थालेका छन् । ‘नेपाली अमेरिकन कलाकार सङ्घ’ का अध्यक्ष सुमन बुढामगरका अनुसार हालसम्म ५०२ जना नेपाली कलाकारले अमेरिकाको स्थायी आवास अनुमतिपत्र लिइसकेका छन् । सङ्घले यसबारे सङ्कलित विवरणसहितको पुस्तक प्रकाशनको तयारीपनि गरेको छ । तीमध्ये कतिपयले अन्य कामसहित कलाकारितालाई पनि निरन्तरता दिएका छन् भने कतिपय पेशाबाट पलायन भएका छन् । ‘सेलिब्रेटी’ कलाकारलाई त्यहाँको सरकारले ‘एक्स्ट्रा अर्डिनरी आर्टिष्ट’ को मान्यतासमेत दिने भएकाले उनीहरु…

Read More

सोलुखुम्बु: तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा माउण्टेन एयरको हेलिकप्टरमा क्षति भएको छ । विमानस्थलमा अवतरण गरिएको उक्त हेलिकप्टरको आफ्नै पङ्खाले पुच्छरमा लाग्दा क्षति भएको सोलुखुम्बुका प्रजिअ नरेन्द्रकुमार रानाले जानकारी दिए । काठमाडौँबाट लुक्ला आएको अर्को हेलिकप्टरको कारणले उक्त हेलिकप्टरमा सामान्य क्षति भएको बताइएको छ । आज बिहान ११ः४५ बजेको समयमा अवतरण गरिएको हेलिकप्टर नजीकै अर्को हेलिकप्टरसमेत अवतरण गराउने क्रममा उक्त घटना भएको प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए। अवतरण गरी राखिएको उक्त हेलीको आफ्नै पङ्खाले पुच्छरमा लाग्दा पछाडिको भागमा सामान्य क्षति पुगेको छ । क्षति पुगेको उक्त हेलिकप्टरलार्ई काठमाडाँैबाट प्राविधिकको टोली आई मर्मत गरेपछि पुनः काठमाडौँ लगिने नेपाल नागरिक उड्डयन…

Read More