पाँचथर: नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ओली नेतृत्वको सरकार कुहिरामा हराएको कागजस्तो भएको आरोप लगाएका छन्।
ताप्लेजुङको पाथीभरा देवीको दर्शन गर्न जाँदै गर्दा पाँचथरमा सञ्चारकर्मीसँगको भेटमा उनले आफूहरु विपक्षमा रहे पनि शालीनतापूर्वक सरकारलाई सच्चिन आग्रह गरिरहेको बताए ।
उनले संसद्मा सामान्य अवरोध नगरेर तोजफोड गर्दा, चक्काजाम गर्दा र नेपाल बन्द गर्दा मात्र प्रतिपक्षको भूमिका नहुने बताए । अर्को फरक प्रसङ्गमा काङ्ग्रेसले हरेक निर्वाचनमा एउटा निर्वाचन हार्ने र अर्को निर्वाचन जित्ने गरेको समेत बताए ।
उनले नेपाली काङ्ग्रेसले आफ्नो बाटो परिवर्तन नगरेकाले विचारको हिसाबले जितेको पार्टी भएको बताए ।