Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: प्रतिनिधिसभा विकास तथा प्रविधि समितिको सभापतिमा कल्याणीकुमारी खड्का निर्विरोध निर्वाचित भएकी छिन् । समितिको आजको बैठकले उनलाई सर्वसम्मतरुपमा सभापतिमा निर्विरोध चयन गरेको हो । खड्काको उम्मेदवारीमा सांसद गणेशकुमार पहाडी प्रस्तावक र समर्थकमा इन्दुकुमारी शर्मा रहनुभएको थियो । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटासहित समितिका सदस्यहरुले सरकार र समाजलाई स्पष्ट मार्गनिर्देश गर्ने समितिको सभापतिमा चयन हुनुभएकामा श्रीमती खड्कालाई बधाई तथा शुभकामना व्यक्त गर्दै कार्यकाल सफलताको लागि कामना गरे । त्यसैबीच राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा शशी श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ । सांसद कृष्णगोपाल श्रेष्ठ प्रस्तावक र रेखा शर्मा समर्थक रहेको श्रेष्ठलाई निर्वाचित गरियोस् भन्ने सूचनालाई बैठकले सर्वसम्मतरुपमा अनुमोदन…

Read More

काठमाडौँ: काठमाडौँ-मधेश/तराई द्रूतमार्ग (एक्सप्रेस वे) को निर्माण जिम्मा पाएको नेपाली सेनाले जग्गा अधिग्रहणको बाँकी काम मुख्य चुनौती रहेको जनाएको छ। परियोजना निर्माणका लागि सरकारले ललितपुर जिल्लाको जग्गा मुआव्जा सम्बन्धमा सैंबु, खोकना,बुङ्गमती तथा डुकुछाप इलाकामा अधिग्रहणभित्र पर्ने कुल क्षेत्रफल ९१२.५ रोपनी मध्ये हाल १०२.७५ रोपनी सरकारी जग्गा परेको र अझै २९३.७५ रोपनी जग्गाको पुर्जा नै प्राप्त हुन बाँकी रहेको सेनाले जनाएको छ। कूल क्षेत्रफल मध्ये हालसम्म ३६७.२७ रोपनीको मुआब्जा स्थानीयले बुझेसकेका छन् भने पुर्जा प्राप्त भई १४८.७५ रोपनीको मुआब्जा बुझ्न बाँकी रहेको सेनाले जनाएको छ। “जग्गा अधिग्रहणको मुख्य चुनौतीको रुपमा ललितपुरस्थित बुङ्गमती क्षेत्रमा रहेको छ त्यो काम सेनाले त्यहाँका स्थानीयहरुसँग मुआब्जा…

Read More

काठमाडौं: काठमाडौँको मुख्य जात्रा मध्येको एक इन्द्रजात्रा पर्व शुक्रबारबाट विधिवत रुपमा सुरु भएको छ। काठमाडौंको हनुमानढोकामा बिहान ७ बजेर ४५ मिनेटको शुभसाइतमा लिंगो ठड्याएपछि इन्द्रजात्रा विधिवत रुपमा शुरु भएको हो । लिंगो ठड्याएको दिनदेखि आठ दिनसम्म विभिन्न नाच, गान, रथयात्रा गरी यो जात्रा सम्पन्न गरिन्छ । इन्द्रजात्रा पर्वको अवसरमा आइतबार सरकारले काठमाडौं उपत्यकामा सार्बजनिक विदा दिएको छ । सो रुख (इन्द्रधोज) भक्तपुर र काभ्रेको सीमानामा पर्ने नालाको जंगलबाट मन्दिरमा छाडिएको बोकाकोले जुन रुख छुन्छ सोहि रुख काटेर ल्याउने परम्परा रहेको छ।

Read More

काठमाडौं: सुरक्षा कारण देखाउँदै देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबार प्रवेश गर्ने पश्चिम उत्तरको दुई नम्बर गेट सर्वसाधारणको लागि बन्द गरिएको छ । सर्वसाधारणका लागि पनि सञ्चालनमा रहेको दुई नम्बर (नेपाली सेना) को गेट निजामती कर्मचारीले मात्र प्रवेश पाउने गरी बन्द गरिएको समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ । सुरक्षाकर्मी र कार्यालय समयमा निजामती कर्मचारीले मात्र प्रयोग गर्ने गरी पश्चिम उत्तरतर्फको गेट बन्द गरिएको गृह मन्त्रालयका सूचना अधिकारी एकदेव अधिकारीले बताए । उनले सिंहदरबारभित्र प्रवेश गर्न सहज बनाउनका लागि अध्ययन भइरहेको जानकारी दिए ।

Read More

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिएको भन्दै यातायात व्यवसायीले दसैंका लागि अग्रिम टिकट बुकिङ नखोल्ने भएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले शुक्रबार (असोज ५) देखि खोल्ने भनिएकोमा अग्रिम टिकट बुकिङ नखुलाउने स्पष्ट पारेको छ । महासंको बिहीबार साँझ बसेको बैठकले सरकारले हालै मात्र बढाएको इन्धनको मूल्यवृद्धि फिर्ता नलिएकाले अग्रिम बुकिङ गर्न नसक्ने निर्णय गरेको समाचार आजको कारोबारमा छापिएको छ । व्यवसायीसँग अग्रिम टिकट बुकिङ खोल्ने सहमति भए पनि त्यसविपरीत सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएकाले आफूहरुले बुकिङ खोल्न नसक्ने दुई दिनअघि नै जानकारी गराइसकेको नेपाल यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले बताए । सरकार र व्यवसायीबीच यसअघि बढेको…

Read More

काठमाडौँ: नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई अदालतले छाड्न आदेश दिए अर्को मुद्दा नलगाउने निर्णयमा सरकार पुगेको छ । नेकपासँग वार्ताको वातावरण बनाउने तयारीमा रहेको सरकारले यस्तो रणनीति बनाएको हो । पक्राउ परेका नेकपाका अन्य नेता–कार्यकर्ताको हकमा पनि यही नीति अपनाउन सरकार तयार भएको छ । सरकारद्वारा गठित राजनीतिक वार्ता टोली र गृहमन्त्री रामबहादुर थापा बादलबीच बिहीबार गृह मन्त्रालयमा भएको छलफलमा अबदेखि अदालतले रिहाको आदेश दिएपछि नेकपाका कुनै पनि नेता–कार्यकर्तालाई अर्को घटनासँग सम्बन्धित मुद्दा लगाएर पक्राउ नगर्ने समझदारी भएको हो । ‘गृहमन्त्रीज्यूलाई हामीले नेकपा वार्ताका लागि तयार रहेको, तर पहिले पक्राउ परेका आफ्ना नेता–कार्यकर्ता रिहा…

Read More

काठमाडौँ: दुई महिना हुन लाग्दा पनि कञ्चनपुरकी बालिका निर्मला पन्तको बालत्कारपछि हत्या घटनाको अनुसन्धान शुन्यमै छ । अनुसन्धान लाम्बिँदै जाँदा घटना झन् रहस्यमय बन्दै गएको छ । प्रहरीले सुरुवाती अनुसन्धानमा लापबाही गर्दा कतिपय प्रमाण नष्ट भएका छन् । जसकारण अनुसन्धान डिएनए र पोस्टमार्टमा रिपोर्टमा भर पर्नुपरेको छ । निर्मलाको पोस्टमार्टमा रिपोर्टमा बलात्कारपछि नै हत्या गरिएको उल्लेख छ । सेती अञ्चल अस्पतालमा भएको पोस्टमार्टममा मृत्युको कारण घाँटी अठ्याएर भन्ने उल्लेख छ । बालत्कारपछि आफ्नो पहिचना खुल्ने डरले बलात्कारीले घँटी अठ्याएर हत्या गरेको हुन सक्ने प्रहरी अधिकारीहरु बताउँछन् । पोस्टमार्टमा रिपोर्टमा शरीरका अन्य भागमा चोटपटक देखिन्न । रिपोर्ट अनुसार १० साउनमा साँझ…

Read More

काठमाडौँ: सरकारले वेदेशिक भ्रमणमा नियन्त्रण गरेको बताईरहँदा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य सरकारी खर्चमा श्रीमती लिएर अमेरिका गएका छन् । महानगरमा सुधारका काम नगरेको भन्दै आलोचना खेप्दै आएका शाक्य सडकभर फोहोर डंगुर छाडेर पत्नी सुचितासहित अमेरिका लागेका हुन् । उनको भ्रमण टोलीमा ९ सदस्य छन् । १० दिने भ्रमणतालिका छ । सरकारी पदमा रहेका व्यक्तिको आवश्यक विदेश भ्रमण रोक्न कडाई गरेको बताउँदै आए पनि सरकारले सामान्य अवलोकन भ्रमणमा मेयरलाई श्रीमतीसहित लिएर जान भने स्वीकृति दिएको छ ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

Read More

खोटाङ: दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कमा रामनाथ एकीकृत नमूना बस्ती निर्माण गरिने भएकोे छ । स्थानीयवासी शारदाप्रसाद ढकालले निःशुल्क उपलब्ध गराएको साँढे सात रोपनी जग्गामा बिहीबार नगरप्रमुख दीपनारायण रिजालले उक्त बस्तीको भवन शिलान्यास गरिएको हो । बीस घर भूकम्पपीडित र चार घर अन्य गरी २४ परिवारका लागि नगरपालिकाको पहलमा निर्माण गर्न लागिएको सो बस्ती देशकै नमूना बनाइने उनले बताए । भूकम्पपीडितले पाउने प्रतिघर रु तीन लाखको दरले रु ६० लाख र बाँकी रकम पुनःनिर्माण प्राधिकरण तथा नगरपालिकाले लगानी गर्ने जनाइएको छ । नगरपालिकाले घडेरी सम्याउन, नक्सा निर्माण तथा पास गर्न र प्राविधिक सहयोगसमेत गर्ने जनाइएको छ । सामुदायिक भवनसमेत निर्माण…

Read More

काठमाडौँ: नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान अनिल गुरुङलाई थ्री स्टार क्लब ललितपुरले क्लबमा अनुबन्ध गरेको छ । यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ए डिभिजन प्रतियोगिताका लागि थ्रीस्टरले अनिललाई आज क्लबमा भित्र्याएको क्लबका महासचिव सञ्जिव शिल्पकारले राससलाई जानकारी दिए। “अनिललाई यो सिजनका लागि हामीले क्लबमा अनुबन्ध गरेका छौँ, सम्झौता रकमबारे दुवै पक्षको सहमतिअनुसार सार्वजनिक गर्दैनौँ”, उनले भने। पछिल्लो समय लक्ष्मी हुन्डाई मनाङ–मस्याङ्दी क्लबका कप्तानसमेत रहेका अनिलले एक सातायताबाट थ्री स्टारबाट प्रशिक्षण गरिरहेका थिए । थ्री स्टारले क्लबको जर्सीसहित आफ्नो अफिसियल फेसबुक पेजमार्फत अनिलको तस्वीर राख्दै भनेको छ, “अनिल गुरुङलाई थ्री स्टार क्लबमा स्वागत छ ।” अनिलले अन्तर्राष्ट्रिय फूटबल…

Read More