Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको पार्किन्सस रोगको सफल शल्यक्रियापछि उनको स्वास्थ्यमा सुधार आएको छ । अन्नपूर्ण न्यूरो अस्पतालले सोमबार जारी गरेको विज्ञप्तिमा श्रेष्ठको बिहीबार सो रोगको शल्यक्रिया गरिएको उल्लेख छ । शल्यक्रिया डा रेशा श्रेष्ठ र डा वसन्त पन्तले गरेका थिए। कलाकार श्रेष्ठमा नौ वर्षदेखि सो रोगको लक्षण देखा परेपछि चार वर्षदेखि दिमागको दाहिनेतर्फको भागमा बढी समस्या भएकोले देब्रेपट्टीको भागमा शल्यक्रिया गरिएको हो । दिमागको दाँहिने भागमा समस्या देखिएमा देव्रेपट्टी शल्यक्रिया गर्नुपर्ने हुन्छ । उक्त शल्यक्रिया सो अस्पतालमा पहिलो पटक गरिएको हो । कलाकार श्रेष्ठको शल्यक्रियापछि सो सेवालाई नियमित रुपमा सञ्चालन गर्ने अस्पतालले जनाएको छ । कलाकार श्रेष्ठको देवे्रपट्टी…

Read More

काठमाडौँ: उतारचढावकाबीच मंगलबार पूँजी बजारमा सामान्य वृद्धि भएको छ । शेयर बजार परिसूचक (नेप्से) दुई दशमलब ४१ अंकले बढेर एक हजार २५८ दशमलब ८१ अंकमा पुगेर बजार बन्द भएको छ । सोमबार नेप्से शुन्य दशमलब १३ अंकले घटेको थियो । आजको कारोबारमा बाणिज्य बैंक, होटल र बित्त समूहको परिसूचक बाहेक सबै समुहको परिसूचकमा वृद्धि भएको छ । निर्जीवन बीमा समूहको परिसूचक ७३ दशमलब ९५ अंक, जलबिधुत ४२ दशमलब १२ अंक र जीवन बीमा १९ दशमलब ६१ अंकले बढेको छ । त्यसैगरी, लघुवित्त ९ दशमलब ४५ अंकले, उत्पादन ८ दशमलब १२ अंक, अन्य २ दशमलब ४२ अंक र विकास बैंक १…

Read More

लेनडाँडा, मकवानपुर, २ असोज (रासस) ः उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले काठमाडौँ–तराई– मधेश द्रुतमार्ग (फाष्ट ट्रयाक) हाम्रो विकासको आधारशीला भएकाले सयमसीमाभित्रै पूरा गर्न सम्पूर्ण कार्ययोजना बनाएर काम गर्न निर्देशन दिएका छन्। उक्त द्रुतमार्गको निरीक्षण र कार्यप्रगतिको जानकारीपछि मकवानपुरको लेनडाँडामा आयोजित कार्यक्रममा उनले नेपाली सेनाको मात्रै नभएर सिङ्गो मुलुकको नेतृत्वको परीक्षा भएकाले चार वर्षभित्रै आयोजना पूरा गर्ने ढङ्गबाट काम गर्न निर्देशन दिए । नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरको उक्त राष्ट्रिय गौरवको आयोजना काठमाडाँै उपत्यकालाई तराईसँग राष्ट्रिय सडक सञ्जालमा जोड्ने सबैभन्दा छोटो ७६ किमी दूरीको राजमार्ग हो । उक्त द्रुतमार्गको प्रारम्भिक लागत अनुमान रु एक खर्ब ११ अर्ब रहने अनुमान गरिएको राष्ट्रिय…

Read More

काठमाडौं: आजबाट सन् २०१८/१९ को ६४ औं सिजनको रुपमा च्याम्पियन्स लिगका खेलहरु औपचारिक रुपमा सुरु हुँदैछ। खेल हरेक वर्ष युरोपेली फुटबल संघ (युईएफए) ले आयोजन गर्दै आएको छ। गत सालको विजेता रियल मड्रिडको खेल भने विहिबार १२:४५ बजे छ भने आजमात्रै ८ वटा खेलहरु हुनेछन् । आजको पहिलो खेल वार्सिलोना र नेदरल्यान्ड्सको पीएसभी, दोश्रो गेम इन्टरमिलान र टोटनह्यामबीच १०:४० बजे सुरु हुनेछन भने १२:४५ बजे पीएसजी र लिभरपुल, मोनाको र येथ्लेटिको मड्रिड, क्लबब्रग, गालातासरे र लोकोमोटिभ, रेड स्टार बेल्ग्रा र नापोली, साल्के र पोर्टो, येजेक्स र एक एथेन्स, र सख्तर डोनेट र होफेनहेमकबीचका खेलहरु हुनेछन्। खेल होम एण्ड अवेका आधारमा…

Read More

काठमाडौँ: नेपाल चेम्बर अफ कमर्सले स्थानीय कर सम्बन्धि पुनराबलोकन गर्न नेपाल सरकारले गठन गरेको समितिलाई १५ बुँदे सुझाब पेश गरेको छ । चेम्बरले समितिलाई घरजग्गाको मूल्यांकन वैज्ञानिक ढंगले यथार्थपरक गरिनु पर्ने, घर बहाल करको दर घटाई ५५ कायम गरी दायरा वृद्धि गर्नु पर्ने र पर्किङ्ग व्यवस्थित ढंगले गरेर मात्रशुल्क उठाउनु पर्ने सुझाब पेश गरेको छ । त्यसैगरी, प्रचलित कानुनले कर उठाउन नपाउने गरी बन्देज गरेको क्षेत्रमा विभिन्न शिर्षकमा शुल्क उठाउने गरिएकोले सो कार्य बन्द गर्नु पर्ने, कर वृद्धि गर्दा साविकमा भएको कर भन्दा अधिकतम १०–१५५ भन्दा बढि वृद्धि गर्न नहुने, कर निर्धारण गर्दा सरोकारवालासंगअनिवार्य रुपमाछलफल गरिनु पर्नेे, सरकारले निःशुल्क भनेको…

Read More

काठमाडौं: गएराती चितवन, कैलाली, सिरहा र सप्तरीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । चितवन ईच्छाकामना गाउँपालिका(३ स्थित वा ७६ प ६८८० नम्बरको मोटरसाइकल गएराति अनियन्त्रित भई सडकबाट अंदाजी २ सय मिटर तल चुमखोलामा खसेर दुर्घटना हुँदा चालक नुवाकोट ककनी बस्ने २० वर्षीय रावल लामा गम्भीर घाइते भएकोले उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुरतर्फ लैजाने क्रममा मृत्यु भएको छ । कैलाली गोदावरी नगरपालिका(४ वुढितोलास्थित राजमार्गमा से १ त ८९२२ नम्बरको ट्याक्टर सोमबार अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरमा लेवर काम गर्ने सोही नगरपालिका-२ बस्ने ३३ वर्षीय कविराज जोशीको घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको…

Read More

काठमाडौं: प्रहरीले २१ वर्षीया महिलालाई जवरजस्ती करणी गरेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा नुवाकोट रालुकादेवी गाउँपालिका-९ घर भई कलंकी बस्ने ३९ वर्षीय अर्जुन लामा, काठमाडौं नागार्जुन नगरपालिका-८ मजुवा बस्ने ३३ वर्षीय सूर्य राना र भिमढुङ्गा नर्सरीमा होटल संचालन गर्ने ४० वर्षीय रामकृष्ण नगरकोटी रहेका छन् । नागार्जुन नगरपालिका-७ हसनटार बस्ने २१ वर्षीया महिलालाई उनीहरुले ललाई फकाई नगरकोटीले संचालन गरेको होटलमा जवरजस्ती करणी गरेको बताइएको छ । ती महिला सोमबार स्यूचाटारबाट हराएकी भन्ने खबर प्राप्त भएपछि महानगरीय प्रहरी बृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा नगरकोटीको होटलमा उनलाई फेला पारेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान…

Read More

काठमाडौं: सिद्धार्थ क्यापिटलको वार्षिक साधारण सभा यहि असोज २५ गते बस्ने गरी तय भएको छ। कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ३० प्रतिशत नगद लाभांश दिने प्रस्ताव सभामा पेश हुनेछ। यस्तै, आर्थिक वर्षको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतमा पनि छलफल हुने कम्पनीले जनाएको छ । सिद्धार्थले लेखापरीक्षक नियुक्त र पारिश्रमिक निर्धारण गर्ने विषयमा पनि छलफल गर्नेछ। साधारण सभा होटल शंकर, लाजिम्पाट काठमाडौंमा दिउँसो ३ बजेबाट सुरु हुनेछ।

Read More

दमौली :प्रहरीले लागूऔषधसहित सोमबार तीन युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा परासी नगरपालिका–६ पोखरापानीका २८ वर्षीय राजु सहनी भन्ने रघुन्द मल्ल, सोही ठाउँका २८ वर्षीय राम वसन्त सहनी र व्याँस नगरपालिका–४ शितलचोकका २० वर्षीय अनिल तामाङ रहेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। तीनै जनालाई व्याँस नगरपालिका–१२ घाँसीकुवामा लागूऔषध बिक्रीका लागि ल्याउँदै गरेको अवस्थामा पक्राउ गरिएको हो । प्रहरीले उनीहरुको साथबाट डाइजेपाम १०० थान, नुफिन १०० थान र फेनरागन १०० थान बरामद गरेको छ ।

Read More

थिम्पु, भुटान: भुटानको सत्ताधारी दल तथा वर्तमान प्रधानमन्त्री छिरिङ्ग थोब्गेको दल पिपुल्स डेमोक्रेटिक पार्टी (पीडीपी) लाई आइतबार सम्पन्न प्रारम्भिक चरणमा अनपेक्षित झड्का लागेको छ । नतिजा अनुसार प्रधानमन्त्री थोब्गेको दल पीडीपीले १८८० मतका साथ तेस्रो स्थानमा आएको छ भने ड्रुक न्यामरूप छोप्पा (डीएनटी) ले दुइ हजार ४३२ ल्याई दोस्रो र ड्रुक फुएन्सुम छोक्पा (डीपीटी) ले चार हजार २० मत ल्याई प्रथम स्थान ल्याउन सफल भएका छन् । नतिजाले सत्ताधारी दल पीडीपीले आगामी अक्टोबरमा हुने दोस्रो चरणमा भाग लिन पाउने छैन । प्रधानमन्त्री थोब्गेले ट्वीटरमा एक सन्देश लेख्दै जनताले प्रारम्भिक चरणमा दिएको मतदान आफ्नो दललाई स्वीकार्य भएको बताउनुभएको छ । उनले…

Read More