Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं : नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले दर्ज्यानी चिन्ह लगाएका छन् । गृह मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रमका बीच गृह सचिव महेश्वर न्यौपानेले उनलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । सरकारले मंगलबार अपरान्ह वरिष्ठताका आधारमा थापालाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । गृहको कार्यक्रम सकिएपछि उनलाई प्रहरी प्रधान कार्यालयमा स्वागत गर्न समारोह राखिएको छ । बिहीबारैबाट थापाले महानिरीक्षकको कार्यभार सम्हाल्नेछन् ।

Read More

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । बुधबार साँझ राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शीतलनिवास पुगेका हुन् । त्यस क्रममा प्रधानमन्त्री र राष्ट्रपतिबीच एक घण्टा भेटवार्ता भएको उच्च सुरक्षा स्रोतले जनाएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद चर्किरहेका बेला प्रधानमन्त्री ओली राष्टपतिलाई भेट्न शीतलनिवास पुगेका हुन् । बुधबार प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा झण्डै २ घण्टा वार्ता भएको थियो । बुधबारको ओली प्रचण्ड वार्ता यसअघिका वार्ताकै निरन्तरता भएको बताइएपनि यसबारे नेताहरुले मुख खोलेका छैनन् । आइतबार यता दैनिक भएका भेटवार्ता अघिल्ला दिनकै निरन्तरता भएको दुवै…

Read More

मेलम्ची: (रासस) : गएरातिदेखिको अविरल वर्षाले बाह्रबिसेदेखि तातोपानी क्षेत्रका विभिन्न ठाउँमा क्षति पु¥याएकोे छ । उद्धारका लागि निस्किएको नेपाली सेना र नेपाल प्रहरी पनि जम्बुसम्म पुग्न नसकेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो । अविरल वर्षाका कारण बाह्रबिसे नगरपालिका जम्बुको ठाडोखोलामा आएको बाढीले बाह्रबिसे नगरपालिकाका १५ घर बगाएको र केही व्यक्ति सम्पर्कविहीन भएका छन् । बाह्रबिसे नगरपालिका उपप्रमुख सुशीला पाख्रिनले बताएअनुसार वर्षाले कति क्षति भयो भन्ने यकिन हुनसकेको छैन । बाह्रबिसेको खोर्सानीवारीभन्दा माथितिर जान नसकिएको र टेलिफोन अवरुद्ध भएको पाख्रिनले बताउनुभयो । “खोला सडकमाथि बगिरहेको छ, उद्धारका लागि जानसक्ने अवस्था छैन”, उहाँले भन्नुभयो । निरन्तर पानी…

Read More

काठमाडौं: उद्योगी व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले बैंकहरुलाई बुझाउनुपर्ने साँवा र ब्याज भुक्तानीको समयावधि बढाउन माग गरेका छन्। बैंक तथा वित्तीय संस्थाहरूबाट कर्जा लिई उद्योग व्यवसाय सञ्चालन गरिरहेका साना ठूला सबै तहका उद्योगी व्यवसायीहरू गम्भीर संकटमा परेको भन्दै महासंघले समयावधि बढाउन माग गरेको हो। महासंघले विज्ञप्ति जारी गर्दै उद्यमी व्यवसायीलाई असार मसान्तभित्र कर्जा तथा व्याज चुक्ता गर्न बैंक तथा वित्तीय संस्थाहरूको बारम्बारको ताकेताबाट अर्थतन्त्रलाई बलियो बनाउन अहोरात्र खट्ने उद्योग व्यवसाय क्षेत्र थप प्रताडित भएको जनाएकाे छ। ‘कैयन उद्यमी व्यवसायीहरु पेशा व्यवसायबाटै पलायन हुने डरलाग्दो परिस्थिति निर्माण भैरहेको छ’ महासंघले विज्ञप्तिमा भनेको छ, ‘इतिहासमै अत्यन्त कम मात्र देखापर्ने…

Read More

काठमाडौं: आज (बिहीबार) देखि तीन दिनसम्म वर्षाको मात्रा निकै बढ्ने मौसमविद्ले अनुमान गरेका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले  बिहीबार बिहान दिएको जानकारीअनुसार दक्षिण भारतीय क्षेत्रमा रहेको मनसुनको न्यून चापीय रेखा उत्तर अर्थात् नेपालतर्फ नजिकिएकाले कम्तीमा अबका तीन दिन लगातार वर्षा हुने सम्भावना देखिएको हो। ‘पानी त पहिलादेखि नै परिरहेकै छ, तर अबका दुई–तीन दिन मनसुन सक्रिय हुने देखिएको छ,’ मौसमविद् पौडेलले भने, ‘जसले गर्दा वर्षा अझ बढ्ने र कतिपय स्थानमा दुई–तीनसम्मै नउघ्रिएर झरी परिरहने सम्भावनासमेत छ।’ तर कतिपय सञ्चारमाध्यमले भनेजस्तो यो वर्षकै बढी वर्षा हुने भन्ने कुराचाहिँ सत्य नभएको पनि उनले बताए। ‘वर्षा अलि बढ्छ भन्न खोजिएको हो,’…

Read More

काठमाडौं: इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले शानदार जीत हात पारेको छ । बुधबार राति भएको खेलमा सिटीले न्युकासल युनाइटेडलाई ५-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा सिटीलाई जीत दिलाउन गाब्रियल जिसस, रियाद महरेज, रहिम स्ट्रर्लिङ र डेभिड सिल्भाले एक एक गोल गरे । न्युकासलका फेड्रिको फर्नान्डेजले एक आत्मघाती गोल गरेका थिए । जीतसँगै सिटीले ३४ खेलबाट ६९ अंक जोडेको छ । सिटी लिगको दोस्रो स्थानमा रहेको छ । सिटी लिग लिडर तथा च्याम्पियन लिभरपुल भन्दा २३ अंकले पछि रहेको छ । लिभरपुलको ९२ अंक रहेको छ ।

Read More

सिन्धुपल्चोक: गत राति आएको भीषण बाढीले सिन्धुपाल्चोकको बाह्रबिसेमा १८ जना बेपत्ता भएका छन् भने २ शब प्राप्त भएको छ । राति ११ बजेबाट भोटेकोशी र ठाडोखोलामा आएको बाढीले ठूलो क्षति पुगेको बाह्रबिसे नगरपालिकाका कर्मचारी सुनील थापाले जानकारी दिए । बिहान ५ बजेबाट हराएकाहरुको खोजी कार्य थालिएको छ । बाढीले खाटचौर भन्ने स्थानमा अरनिको राजमार्गको पक्की पुल समेत बगाएको छ भने बस्तीमा क्षति पु¥याएको छ । जम्बो भन्ने स्थानमा आएको बाढीले ८ भन्दा बढी घर बगाएको छ । सबैभन्दा बढी सोही स्थानमा मानवीय क्षति भएको हो ।

Read More

काठमाडौं: नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशका विभिन्न ठाउँमा भएका प्रदर्शन रोक्न अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओलीलाई आग्रह गरेका छन्। दुई अध्यक्षबीच आज भएको भेटवार्ताका क्रममा प्रचण्डले कुनै व्यक्ति विशेषका पक्षमा प्रदर्शन गराउनु जायज नभएको भन्दै ओलीलाई यो रोक्न भनेका हुन्। प्रधानमन्त्री केपीशर्मा ओलीको पक्षमा देशका विभिन्न ठाउँमा दैनिकजसो प्रदर्शन हुन थालेको छ। यसअघि प्रचण्डले आजै बिहान महासचिव विष्णु पौडेललाई फोन गरी प्रदर्शन रोक्न भनेका थिए।

Read More

काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा थप २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप २५५ जनाको आरटीपीसीआर रिपोर्ट पोजिटिभ आएको बताए। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ४२३ पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा थप २५३ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ७ हजार ७५२ पुगेको छ। प्रवक्ता गौतमका अनुसार अहिले् देशभरका क्वारेन्टिमा २५ हजार ४० जना रहेका छन्।

Read More

काठमाडौं: न्यून गुणस्तरको रहेको जनाउँदै दुई प्रकारका औषधिको बिक्रीवितरणमा रोक लगाइएको छ । औषधि व्यवस्था विभागले बजार अनुगमनका क्रममा लोमस फर्मास्युटिकल्स प्रालिका न्यून गुणस्तरका दुई औषधिको बिक्रीवितरणमा रोक लगाएको हो । मेट्रो ४०० एमजी (मेट्रोनिन्डाजोल ट्याबलेट) र सेटोफेन (प्यारासिटामोल ट्याबलेट ५०० एमजी) बिक्रीवितरणमा रोक लगाइएको विभागका महानिर्देशक नारायणप्रसाद ढकालले बताए । औषधि ऐन २०३५ को दफा १४ बमोजिम बिक्रीवितरण रोक्का गरी बजारबाट तुरुन्त फिर्ता गर्न र सोको विवरण विभागमा पेश गर्न सम्बन्धित उद्योग तथा आधिकारिक बिक्रीवितरकलाई मङ्गलबार निर्देशन दिइएको बताइएको छ । विभागले उक्त औषधि सिफारिस, बिक्रीवितरण तथा प्रयोगसमेत नगर्न आग्रह गरेको छ ।

Read More