Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ : नेपाल प्रहरीले कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्याबारे छानबिन गर्न प्रहरी नायब महानिरीक्षक धीरु बस्न्यातको संयोजकत्वमा अधिकारसम्पन्न समिति गठन गरेको छ । पन्तको हत्याबारे प्रहरीको भूमिका सम्बन्धमा जनमानसमा आवाज उठिरहेका बेला प्रहरीबारे नै छानबिन गर्न प्रहरी प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक बस्न्यातको नेतृत्वमा गठन गरेको समितिका सदस्यमा प्रहरी वरिष्ठ उपरीक्षकद्वय उत्तमराज सुवेदी र नीरजबहादुर शाही तथा विभिन्न क्षेत्रका व्यक्ति रहेको प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले बताए । प्रहरी वरिष्ठ उपरीक्षक क्षेत्रीले यसअघि प्रहरी वरिष्ठ उपरीक्षक सुवेदीको संयोजकत्वमा बनाइएको समितिलाई अधिकारसम्पन्न बनाएर प्रहरी नायब महानिरीक्षकलाई संयोजक बनाइएको बताए । प्रहरी नायब महानिरीक्षक बस्न्यातको नेतृत्वमा बनेको समितिले शनिबार मात्र गृह…

Read More

काठमाडौँ: प्रदेश नं. ३ का मूख्यमन्त्री डोरमणी पौडेलले प्रदेश सरकारले उद्योग–व्यवसायमैत्री नीति र ऐन ल्याउन आवश्यक गृहकार्य सहित योजना तर्जुमा गरिरहेकोले निजी क्षेत्र हतोत्साही हुनु पर्ने कुनै कारण नभएको बताएका छन् । नेपाल उद्योग परिसंघले प्रदेश सरकार नीति तथा योजना आयोगसँगको सहकार्यमा आयोजित प्रदेश नं. ३ को समृद्धिको मार्गचित्र विषयको अन्तरक्रिया कार्यक्रममा मूख्यमन्त्री पौडेलले उक्त कुरा व्यक्त गरेका हुन् । उक्त अवसरमा उनले केन्द्र सरकार र स्थानीय सरकारको लामो प्रशासनि अनुभव भएको तर प्रदेश सरकार नयाँ भएको र जनशक्ति, नीति र स्रोतसाधन र अनुभव पनि कम रहेकोले प्रदेश सरकार आजसम्म अन्यौलपूर्ण अवस्था छ तापनि अब छोटो समयमै आफ्नो संस्थागत स्वरुपसँगै…

Read More

काठमाडौँ: अर्थमन्त्री डा. युवराज खतिवडाले कर्मचारी सञ्चयकोष सामाजिक सुरक्षण कोष समेत रहेको कारण सामाजिक सुरक्षाका कार्यक्रमलाई नयाँ ढंगले अगाडि बढाउनुपर्ने बताएका छन् कर्मचारी सञ्चयकोषको ५७ औ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले कोषमा रहेको लगानी योग्य रकमलाई एक वर्षभन्दा वढी अवधिको निक्षेपमा लगानी गरी पूजी बजारको प्रमुख खेलाडीको रुपमा रहनु पर्ने बताए । उनले नेपाल सरकारको नीति अनुसार कर्मचारी आवसको लागि काम गर्न कोषलाई आग्रह गरे । यसैगरी सोही कार्यक्रममा बोल्दै नेपाल सरकारका राजश्व सचिव तथा कोष सञ्चालक समितिका अध्यक्ष शिशिर कुमार ढुंगानाले कोषलाई सुदृढ सामाजिक सुरक्षण संयन्त्रको रुपमा विकास गर्दै लैजाने नीति रहेको बताए । उनले कोषमा रहेको रकमको दीर्घकालिन ब्यवस्थापन…

Read More

काठमाडौँ: साताको पहिलो दिन आइतबार पूँजी बजारमा उत्शाहजनक सूधार आएको छ । शेयर बजार परिसूचक (नेप्से) ११ दशमलब ६९ अंकले बढेर एक हजार २५६ दशमलब ५३ अंकमा पुगेको बजार बन्द भएको छ । नेप्से संगै कारोबारमा उलेख्य वृद्धि हुँदा लगानीकर्ता उत्साहित भएका छन् । आजको कारोबारमा सबै समूहको परिसूचकमा सुधार आएको छ । जीबन बीमा र उत्पादन मूलक समूहको परिसूचकमा सबै भन्दा बढी क्रमश ४८ दशमलब ५ अंक र २६ दशमलब ५१ अंकले बढेको छ । त्यसैगरी, बाणिज्य बैंक १३ दशमलब ७१ अंक, विकास बैंक २० दशमलब ८९ अंक, निर्जिवन बीमा २० दशमलब १८ अंक र लघुवित्त समूहको परिसूचक ८…

Read More

काठमाडौं :युनिलिभरले लाभांश घोषणा गरेर पनि लामो समयसम्म जानकारी नगराएको भन्दै कम्पनी व्यवस्थापनसँग नेपाल स्टक एक्सचेन्जले २४ घण्टे स्पष्टीकरण सोधेको छ । नेप्सेले युनिलिभर नेपाल लिमिटेडको सेयर सूचीकरण स्थगन गरेको छ । यस निर्णयसँगै कम्पनीको सेयर कारोबार समेत रोक्का भएको छ । युनिलिभर नेपाल लिमिटेडले भदौ १२ गते सञ्चालक समितिको बैठक बसेर सेयरधनीलाई ७०० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो । तर यो निर्णय भदौ २८ गतेमात्र नेप्सेमा जानकारी गराइएको थियो । सेयर मूल्यमा प्रभाव पार्ने यस्ता संवेदनशील सूचनाहरु तत्काल जानकारी गराउनुपर्ने कानुनी प्रावधानको बर्खिलाप गरी कम्पनीले निकै ढिलो गरेर मात्र जानकारी गराएकाले सेयर सूचीकरण नै स्थगन गरी…

Read More

काठमाडौँ: भारतको लखनउमा जारी उन्नाइस वर्षमुनिको एक दिवसीय क्रिकेट सिरिजअन्तर्गत आजको तेस्रो खेलमा नेपालको यू–१९ टोलीले अफगानिस्तानलाई १९० रनको चुनौती दिएको छ । एकाना अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशलामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४९ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १८९ रनको योगफल बनायो । नेपालका लागि पवन सर्राफले ७८ रन जोडे । जम्मा ९६ बल खेलेका उनले एक छक्का र १० चौकाको मद्दतमा ७८ रन बनाएका हुन । त्यसैगरी सन्दीप जोराले २८, रसिद खानले २४, लोकेश बामले १६ तथा भीम सार्कीले १३ रनको योगदान दिए । बलिङतर्फ अफगानिस्तानका मोहम्मद कविरले तीन विकेट लिए भने अबिद मोहमदी र अरिफ…

Read More

काठमाडौँ : उपत्यकामा कतै, चोरी, डकैती, दुर्घटनाजस्ता आपराधिक क्रियाकलाप त भएको छैन ? यदि भएको छ भने तत्काल प्रहरीलाई खबर गर्नुहोस् । घटना भएको पाँचदेखि १० मिनेटमा प्रहरीको टोली घटनास्थलमा पुगेर घटनाको अनुसन्धान गर्ने र दोषीलाई कारवाहीको दायरामा ल्याउने प्रयास थालिएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा यस्ता घटनासम्बन्धी दैनिक दुई हजार बढी फोन आउने गरेको छ । कार्यालयका अनुसार उपत्यकामा हुने झैझगडा, कुटपिट, चोरी, डकैतीजस्ता घटनाबारे जानकारी दिन यस्ता फोन आउने गरेको हो । झण्डै ६० लाख जनसङ्ख्या भएको उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरबाट महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा रहेका २५ वटा फोन लाइनमा यस्ता गुनासा आउने गरेको छ ।…

Read More

काठमाडौँ: आर्थिक वर्ष २०७४/७५ मा तीन हजार ३८७ जना कर्मचारीले सम्पत्ति विवरण बुझाएनन् । निजामती किताबखानामा दर्ता भएका ८८ हजार आठ सय कर्मचारीमध्ये ८५ हजार ४१३ कर्मचारीले मात्र सो आवमा सम्पत्ति विवरण बुझाएको निजामती किताबखानाका प्रवक्ता राजेन्द्र पराजुलीले जानकारी दिए। कर्मचारीलाई आव २०७४/७५ को सम्पत्ति विवरण बुझाउन यही साउन १ गतेदेखि भदौ २९ गतेसम्मको समयसीमा तोकिएको थियो । भ्रष्टाचार निवारण ऐन –२०५९ को दफा ५० अनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले ऐन प्रारम्भ भएको मितिले ६० दिनभित्र र त्यसपछि हरेक आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सा सहितको अद्यावधिक विवरण…

Read More

मनिला/वासिङटन: फिलिपिन्सको उत्तरी क्षेत्र र अमेरिकाको क्यारोलिना क्षेत्रमा आएको आँधीका कारण आइतबारसम्म मृत्यु हुनेको संख्या ३९ पुगेको छ । शक्तिशाली ‘माङ्खुट’ आँधीबाट फिलिपिन्समा मात्रै मृत्यु हुनेको संख्या २८ पुगेको स्थानीय अधिकारीहरुले आइतबार जनाएका छन् । फिलिपिन्सको उत्तरी क्षेत्रमा पर्ने लुजोन आइल्याण्डमा आँधीबाट सबैभन्दा बढी जनधनको क्षति भएको छ । राष्ट्रपतिका राजनीतिक सल्लाहकार फ्रान्सीस टोलेन्टीनोले स्थानीय एक रेडियोलाई दिएको अन्तर्वार्तामा कोर्डिलेरा प्रशासनिक क्षेत्रमा २०, नुएभा भिजाय प्रान्तमा चार जना र इलोकोज क्षेत्रमा एक जनाको मृत्यु भएको जानकारी दिनुभयो । थप अरु केहीको पनि मृत्यु भएको हुन सक्ने उहाँले आशंका गर्नुभयो । मृत्यु भएका मध्ये बागुओ सहरका एउटै परिवारका छजना भएको बताइएको…

Read More

सल्यान : सल्यानमा खोलाले बगाउँदा दुई बालबालिकाको मृत्यु भएको छ । दार्मा गाउँपालिका–६ मलिवाङ्ग निवासी दुर्गा केसीका छोराछोरीलाई स्थानीय मलिवाङ्ग खोलाले शनिबार बेलुका बगाउँदा मृत्यु भएको हो । मृत्यु हुनेमा केसीका २ वर्षीय छोरा मोहन केसी र ६ वर्षीया छोरी रेखा केसी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । रुकुमको नुवाकोटमा रहेको मामाघरमा आमासहित गएका उनीहरु घर फर्कने क्रममा खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिए । खोलाले बगाएर बेपत्ता बनाएका बालबालिकाको इलाका प्रहरी कार्यालय फारुला र स्थानीयवासीले शनिबार रातभरि नै खोजी गरेका थिए । मृतक मोहनको लास शनिबार राति नै फेला परेको…

Read More