Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: सरकारले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको परिवारलाई १० रुपैयाँ राहत दिने निर्णय गरेको छ । पन्तको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै भएको आन्दोलनका क्रममा प्रहरीको गोलीबाट मारिएका सन्नी खुनाको परिवारलाई पनि १० लाख राहत दिइने निर्णय भएको सरकारका प्रवक्ता तथा सूचना तथा संचार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बताए। शनिबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले गृह मन्त्रालयको प्रस्तावमा दुबै परिवारलाई राहत दिने निर्णय गरेको हो । खुनालाई सहिद घोषणा गरेको छ । घाइतेहरुको निःशुल्क उपचार गर्ने र अंगभंग भएकालाई आर्थिक सहायता दिइनेछ । साथै निर्मला हत्याबारे छानविन गर्न सहसचिवको नेतृत्वमा बनेको समितिलाई नै गोलीकाण्डबारे पनि अनुसन्धान गर्ने जिम्मेवारी दिएको…

Read More

काठमाडौँ :प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीको महासमिति बैठक आगामी मङ्सिर ५ देखि ९ गतेसम्म काठमाडौँमा गर्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आज सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले सो निर्णय गरेको पार्टी कार्यालयले जनाएको छ । बैठकले पार्टी सभापति देउवाको संयोजकत्वमा पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्य रहने गरी महासमिति बैठकको मूल तयारी समितिसमेत गठन गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । महासमिति बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रस्ताव तयार गर्न उपसभापति एवं केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिको संयोजकत्वमा राजनीतिक प्रस्ताव तयारी समिति गठन गरिएको छ । महासमिति बैठकमा…

Read More

काठमाडौँ: रौतहटको गौर नगरपालिका ४ लालबकैया नदीमा डुंगा पल्टिँदा कम्तिमा ३५ जना मानिस बेपत्ता भएका छन्। तिकुलिया घाटस्थित नदीमा शनिबार साँझ डुंगा पल्टिँदा बेपत्ता भएकाहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। बन्जराबाट तिकुलिया आउँदै गरेका यात्रु डुंगा पल्टिएपछि हराइरहेका हुन्। घटनास्थलमा पुगेका प्रहरीका अनुसार बेपत्ताहरुको खोजी भइरहेको छ। रात परेकोले खोजीमा कठीनाइ भएको उनले बताए। डुंगामा सबार मध्ये ५ जना पौडेर निस्किन सफल भएको जानकारी आएपनि तिनीहरुको अवस्था थाहा नभएको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ।

Read More

काठमाडौ :प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुर घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याउन सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् । घटनाका विषयमा प्रधानमन्त्री ओली र नेपाल कम्युनिष्ट पार्टी (नकेपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ध्यानाकर्षण गर्न आएका नेकपाका तर्फबाट कैलाली र कञ्चनपुरका सांसद तथा नेतासँग कुरा गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा घटनाका दोषीलाई कारवाही गर्न, पीडित परिवारलाई क्षतिपूर्ति दिन र शान्ति सुरक्षाको अवस्थालाई सामान्य बनाउन माग गर्दै नेकपाका स्थायी समिति सदस्य भीमबहादुर रावल, लेखराज भट्टलगायतले आज ध्यानाकर्षण गराउनु भएको छ । प्रधानमन्त्री ओलीले घटनालाई सरकारले गम्भीररुपमा लिएकाले छानबिन समिति गठन गरेर काम अघि बढाएको उल्लेख गरे…

Read More

कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ बर्षिया बालिका निर्मला पन्त हत्याकाण्डपछि उत्पन्न परिस्थिति साम्य पार्न लगाईएको कर्फ्यूले महेन्द्रनगर बजार सुनसान भएको छ। स्थानीय प्रशासनले परिस्थिति साम्य पार्नका लागि श’क्रबार रातीदेखि कफ्यर्’ आदेश जारी गरेपछि महेन्द्रनगर स’नसान बनेको हो . बिहीबार र श’क्रबार घटेको घटनालाई लिएर स्थिति साम्य पार्नका लागि स्थानीय प्रशासन ऐन २)२८ को दफा ६ (क) बमोजिम कफ्यर्’ आदेश जारी गरिएको थियो। जिल्ला प्रशासन कार्यालयकञ्चनपुरले जारी गरेको सूचना अन’सार पूर्वी भीमदत्त नगरपालिका १८ भाँसी चोक ह’ँदै कारागार, मदन भण्डारी स्मृति प्राविको नहर पछाडी, पश्चिम भीमदत्त नगरपालिका ६ ऐठप’र त्रिप’रा य’वा क्लब बनगाउँ कार्यालयदेखि भीनपा ४ निङ्गलाशैनी माविको पछाडीको नहरसम्म,…

Read More

लहान: दुई साताअघि घरबाटै अपहृत सिरहाको गोलबजार नगरपालिका–१० की एकल महिला कारीदेवी यादवको शव आज माटोमुनि गाडिएको अवस्थामा फेला परेको छ । सिरहाको नरहा गाउँपालिका–१ स्थित बाँसघारीमा गाडिएको अवस्थामा ५५ वर्षीय यादवको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए । शव कुहिएर गन्हाउन थालेपछि स्थानीय बासिन्दाले बाँसघारीमा शव गाडिएको हुनसक्ने भन्दै प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय विष्णुपुर र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले शव गाडिएको अवस्थामा निकालेको थियो । प्रहरीले शव निकालेपछि उक्त शव अपहृत कारीदेवीकै भएको निजका आफन्तजनले बताएका छन् । शव परीक्षणका लागि सिरहा जिल्ला अस्पताल पठाइएको…

Read More

काठमाडौँ: गृह मन्त्रालयले एसपी डिल्लीराज विष्टलाई निलम्बन गर्न प्रहरी हेडक्वाटरलाई निर्देशन दिएको छ । साथै डीएसपी ज्ञानबहादुर सेटी र मुद्दा फाँटका इन्स्पेक्टर एकेन्द्र खड्कालाई हेडक्वार्टर बोलाइने भएको छ । गृह मन्त्रालयमा आज बसेको बैठकमा मन्त्री रामबहादुर थापाले अनुसन्धान प्रक्रिया पुरा नहुँदासम्म एसपी विष्टलाई निलम्बन गर्न निर्देशन दिएका गृह मन्त्रालय स्रोतले जानकारी दियो । १३ बर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्यालाई लिएर आन्दोलन हुँदा विष्ट कञ्चनपुरमा थिए । स्थानीयले उनकै छोरा समेत शंकास्पद भएको भन्दै छानविन गर्न माग गरेपछि डीएसपी विष्टले सुनवाई गरेका थिएनन् । आन्दोलन चर्किएपछि गृह मन्त्रालयले विष्टसँगै प्रमुख जिल्ला अधिकारी परिर्वतन गरेको छ । तर, नयाँ नेतृत्व पुगेकै…

Read More

काठमाडौँ: कञ्चनपुरको भीमदत्तनगरको भएको झडप र त्यसमा परी एक जनाको ज्यानक गएको बिषयलाई लिएर अहिले ६:३० बजे संघीय सरकारलेमन्त्रिपरिषद्को बैठक डाकेको छ। आज बस्ने बैठकले साउन ११ गते बलात्कारपछि हत्या गरिएको १३ वर्षीय निर्मला पन्तको बारेमा सरकारले ठोस निर्णय लिने स्रोतले जानकारी दिएको छ। यस्तै सरकारले पन्तलाई जिल्लाबाट शनिबार भएको चार बुंदे सहमति अनुरुप पन्तलाई शहिद घोषणा गर्ने र मृतक परिवारलाई उचित क्षतिपूर्ति प्रदान गर्ने बारे पनि निर्णय लिने स्रोतले बताएको छ ।

Read More

काठमाडौँ :दुई हजार ३५६ मेगावाट क्षमताका करीब १०७ वटा आयोजना निर्माणको चरणमा रहेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणकाअनुसार ती आयोजना निर्माणका विभिन्न चरणमा रहेका छन् । वित्तीय व्यवस्थापन गरी निर्माणमा रहेका ती आयोजनामध्ये अधिकांश आगामी वर्ष निर्माण सम्पन्न गर्ने जानकारीसमेत प्राधिकरणलाई गराएका छन् । प्राधिकरणले ३३ औँ वार्षिकोत्सवको अवसरमा प्रकाशित गरेको विवरणअनुसार राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेका माथिल्लो तामाकोशी जलविद्युत् आयोजना यसै वर्ष सम्पन्न हुने चरणमा छ । सो आयोजना आगामी पुस मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि केही समय पर सर्ने देखिएको छ । यस्तै चिलिमे जलविद्युत् कम्पनीका सहायक कम्पनीले निर्माण गरिरहेको १११ मेगावाट क्षमताको रसुवागढी…

Read More

भीमदत्तनगर: बिगत पाँच दिनदेखि कञ्चनपुरको भीमदत्तनगरमा चर्किएको आन्दोलन आजबाट साम्य हुनेभएको छ । स्थानीय प्रशासनको पहलमा आज बसेको सर्वदलीय बैठकमा सरकार र स्थानीयबीच चार बुँधे सहमति भएपछि स्थानीयले आन्दोलन रोक्ने सहमति भएको त्यहाँबाट हाम्रा स्थानीय समाचारदाता राजेन्द्र अवस्थीले पहिलोक्लिकलाई जानकारी दिए । हिजो भएको झडप परी गोलि लागि मृत्यु भएका सनी खुनालाई शहिद घोषणा गर्नेबारे सरकारलाई सिफारिस गरिने, गोलि चलाउने प्रहरीलाई कारबाही गर्ने, मृतक परिवारलाई क्षतिपूर्ति दिने र अशक्त घाइतेलाई राज्यले आजीवन सहयोग गर्ने सहमति भएको छ । आन्दोलनका कारण स्थिति जटिल बनेपछि प्रशासनले शुक्रबार राति ८ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा (कर्फ्यू) लगाइएको छ । आन्दोलनका कारण विगत पाँच…

Read More