Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: धितोपत्र बजारमा विभिन्न पाँच कम्पनीको एक करोड ७० लाख तीन हजार ८३ कित्ता शेयर सूचीकृत भएको छ । ती शेयरको मूल्य रु एक अर्ब ७० करोड बराबरको रहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार सिटिजन बैँक इन्टरनेशनलको चार लाख ६३ हजार ८२६ कित्ता शेयर थप सार्वजनिक निस्काशन, सूर्य लाइफ इन्स्योरेन्सको २८ लाख ८७ हजार ५०० हकप्रद शेयर सूचीकृत भएको छ । यस्तै कुमारी बैँक लिमिटेडको एक करोड १९ लाख ३८ हजार ९९१ कित्ता हकप्रद शेयर तथा युनाइटेड फाइनान्स कम्पनीको १२ लाख ७८ हजार १३९ कित्ता बोनस शेयर र मञ्जुश्री फाइनान्स लिमिटेडको चार लाख ३४ हजार ६२७ कित्ता बोनस शेयर…

Read More

काठमाडौँ: सर्वोच्च अदालतले थाइल्याण्ड जान लागेका तत्कालीन माओवादीका बालसेना लेनिन विष्टलाई फर्काउनुका कारणसहित लिखित जवाफ पेश गर्न गृहमन्त्रालयका नामका आदेश जारी गरेको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले आज विष्टलाई विदेश जानबाट रोक्नुका कारणबारे लिखित जवाफ पेश गर्न आदेश जारी गरेको हो । गृहमन्त्रालय र विमानस्थल अध्यागमन विभागलगायतलाई विपक्षी बनाई शुक्रबार विष्टले थाइल्याण्डमा हुन लागेको कार्यक्रममा जाँदा आफूलाई कानूनविपरीत जानबाट रोक लगाएको भन्दै यही भदौ १५ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । विदेश जाने क्रममा विष्टलाई यही भदौ ८ गते विमानस्थलबाटै फर्काइएको थियो । विष्टमाथि पूर्व बाललडाकू सङ्गठनको पैसा हिनामिना गर्नुका साथै अरुको नाममा आएको पत्रमा…

Read More

काठमाडौँ: सर्वोच्च अदातले विदेशमा बस्ने सबै नागरिकलाई आउँदो निर्वाचनदेखि सहज र सरलरुपमा मतदानमा सहभागी हुने व्यवस्था मिलाउन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ । सपना मल्ल प्रधान र पुरुषोत्तम भण्डारीको संयुुक्त इजलासले दिएको निर्देशनात्मक आदेशको आज पूर्ण पाठ जारी गर्दै विदेशमा बस्ने सबै नेपाली नागरिकलाई आगामी निर्वाचनदेखि सहभागी गराउने आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, ‘विदेशमा रहेका नागरिकहरुलाई मतदानमा भाग लिन सक्ने अवस्थाको सिजृना गर्ने प्रयोजनार्थ विदेशमा रहेका नागरिकको वास्तविक लगत सङ्कलन गर्न दर्ता प्रक्रिया अविलम्ब शुरु गरी आउँदो निर्वाचनसम्ममा विदेशमा रहेका नेपाली नागरिकले मतदानमा सहभागी हुन सक्ने वातावरण मिलाउनु ।’ अधिवक्ता प्रेमचन्द्र राईले सर्वोच्च अदालतमा दायर…

Read More

काठमाडौँ: स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादवले फौजदारी संहिताका केही बुँदाप्रति असन्तुष्टि जनाउँदै हडतालमा उत्रिएका चिकित्सकलाई विरोधका कार्यक्रम स्थगित गरी वार्तामा आउन आग्रह गरेका छन् । आज यहाँ आयोजित साक्षात्कारमा उहाँले आफ्नो असहमतिका कुरा वार्ताको टेबुलमा बसेर समाधान गर्न सकिने बताउँदै उपचारका लागि आएका बिरामीलाई अलपत्र नपार्न तथा नियमित सेवा प्रदान गर्न अनुरोध गर्नुभयो । स्वास्थ्यकर्मीको मागमा सहजीकरण गर्न मन्त्रालय तयार रहेको बताउँदै राज्यमन्त्री यादवले जनस्वास्थ्य सेवा सम्बन्धमा बनेको विधेयक संसद्मा दर्ता भइसकेको र त्यसले स्वास्थ्यकर्मीको माग सम्बोधन हुने बताए । सांसद कृष्णभक्त पोखरेलले कसैको ज्यान लिने वा अङ्गभङ्ग गर्ने नियतले काम गर्ने चिकित्सकलाई मात्र लक्षित गरी यो कानून आएको स्पष्ट…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसलाइ राष्ट्रको साझा चाडका रुपमा मनाउनुपर्ने बताउनुभएको छ । गृह मन्त्रालयमा आज संविधान दिवस मूल समारोह समितिले आयोजना गरेको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले लामो सङ्घर्ष र बलिदानबाट ल्याइएको राष्ट्रको सबैभन्दा ठूलो पर्व संविधान दिवसलाई महोत्सवका रुपमा मनाइनुपर्नेमा जोड दिनुभयो । “संविधान दिवसलाई हाम्रा चाड, उत्सव र दिवसमध्ये राष्ट्रको साझा दिवसका रुपमा मनाइनुपर्छ किनकि हाम्रो सङ्घर्ष र बलिदानको सम्मानको खातिर प्राप्त उपलब्धिलाई संस्थागत गर्दै भविष्यको बाटो सुनिश्चित गर्ने काम संविधानले गर्छ, त्यसैले दिवसलाई तदअनुसार नै राष्ट्रिय साझा दिवसका रुपमा मनाइनुपर्छ”, प्रधानमन्त्रीले भन्नुभयो । संविधान दिवसलाई सरकारी कर्मकाण्डीका रुपमा मात्रै सीमित गर्न नहुने बरु यसलाई…

Read More

काठमाडौँ: रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घका महासचिव यास सी चारदिने भ्रमणका क्रममा सोमबार नेपाल आउँदै छन् । महासङ्घमा विश्वका १९० देशका राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटी आबद्ध छन् । नेपालमा विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि महासङ्घले अन्तर्राष्ट्रिय क्षेत्रबाट मानवीय सहायता एवं सेवा जुटाउन आह्वान गरेको थियो । आह्वानसँगै महासचिव सीवले नेपाल भ्रमण गरी भूकम्पछिको रेडक्रसकर्मीले गरेका खोज, उद्धार तथा राहत तथा पुनःस्थापनाका बारेमा जानकारी लिएका थिए । नेपाल रेडक्रस सोसाइटीको निमन्त्रणामा आउन लाग्नुभएका सीले विशेष गरी विसं २०७२ का वैशाख महिनाको विनाशकारी भूकम्पछि सोसाइटीले गरेका मानवीय सेवा एवं अन्य विविध कार्यक्रमको बारेमा जानकारी लिनेछन् । प्रधानमन्त्री केपी…

Read More

काठमाडौँ: साताको पहिलो दिन आइतबार पूँजी बजारमा सुधार आएको छ । सेयर बजार परिसूचक (नेप्से) ८ दशमलब ५९ अंकले बढेर एक हजार १९० दशमलब २८ अंकमा पुगेको छ । नेप्सेसंगै कारोबार रकममा सुधार आउदा पूँजी बजारका लगानीकर्ता उत्साहित भएका छन् । आजको कारोबारमा उत्पादन, जीवन बीमा र अन्य समूह बाहेक सबै समूहको परिसूचकमा सुधार आएको छ । सबैभन्दा बढी होटल समूहको परिसूचक ३२ दशमलब ११ अंक, निर्जीवन बीमा २९ दशमलब ४३ अंक र विकास बैंक समूहको परिसूचक १३ दशमलब ५२ अंकले बढेको छ । त्यसैगरी, बाणिज्य बैंक समूहको परिसूचकमा ११ दशमलब १४ अंकको,लघुवित्त १० दशमलब १४ अंकको र जलबिधुत ५…

Read More

काठमाडौँ: कुनै समय बैङ्क तथा वित्तीय संस्थाको शेयर खरिद गर्नुलाई ठूलो प्रतिष्ठाको विषय मानिन्थ्यो । सर्वसाधारण घण्टौँ लाइन लागेर भएपनि शेयर खरिद गर्न आतुर हुन्थे । पछिल्लो समय निरन्तर ओरालो लागेको शेयर बजारका कारण ‘क’ वर्गका बैङ्क तथा वित्तीय संस्थाको शेयरसमेत घटेको छ । यसबाट पूराना लगानीकर्तालाई समस्यामा पारेको भएपनि नयाँ लगानीकर्तालाई भने अवसर प्रदान गरेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार नौ बैङ्क तथा वित्तीय संस्थाको शेयर आधारभूत मूल्यकै हाराहारीमा रहेको छ । शेयर बजारमा लगानी गर्न चाहने नयाँ लगानीकर्ताका लागि यो सुखद समय भएपनि कारोवार गरिरहेका लगानीकर्तालाई भने बजार घटेका कारण समस्या भएको छ । घट्दो बजारका कारण ठूला…

Read More

काठमाडौँ : डलरसामू नेपाली रुपैयाँ दिनप्रतिदिन कमजोर हुँदै गएको छ । केन्द्रीय बैंकले आइतबारका लागि प्रति अमेरिकन डलरको बिक्री दर ११३.८९ पैयाँ र खरीद दर ११३.२९ रुपैयाँ तोकेको छ जुन नेपाली रुपैयाँ डलरसामू हालसम्मकै कम हो । बिगत केहि महिनादेखि रुपैयाँ डलरसँग अबमुल्यन हुँदैजाँदा आयातमा आधारित नेपाली अर्थतन्त्रमा ठुलो असरपर्न गर्न थालेको छ । अमेरिकी अर्थतन्त्र सवल हुँदैै गएपछि डलरको मूल्य आकाशिएको हो । डलर सामू भारतीय मुद्रा कमजोर भएपछि नेपाली रुपैयाँको भाउ सस्तिन पुगेको हो । अमेरिकामा बजेटरि घाटा बढी हुँदै जाँदा लगानी बढाउनु पर्ने हुँदा डलरको माग बढीरहेको छ जसलेगर्दा डलर मजबुत भएको छ जुन आउने दिनमा अझै…

Read More

विराटनगर :प्रदेश नं १ मा एक घरले कम्तीमा पाँच थान बिरुवा रोप्नुपर्ने भएको छ । प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीश कुसियतले शनिबार लेटाङ नगरपालिकामा ‘एक घर पाँच वृक्षरोपण अभियान’ शुभारम्भ गर्दै वातावरण स्वच्छ राख्न र आम्दानी बढाउनका लागि आ–आफ्नो घर जग्गामा बिरुवा रोप्नुपर्नेमा जोड दिए । अहिले पनि हामी वन पैदावरमा आत्मनिर्भर हुननसकेका कारण विदेशबाट अर्बौ रकम बराबरको काठ आयात भइरहको जानकारी दिँदै उनले स्वदेशको रकम विदेश जान नदिन रुखका बिरुवा रोप्ने कार्यलाई अभियानको रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए । प्रदेश सभासद् उपेन्द्र घिमिरे र उद्योग, पर्यटन,वन तथा वातावरण मन्त्रालयका सचिव बद्रिराज ढङ्गानाले वनको महत्वबारे…

Read More