काठमाडौँ : डलरसामू नेपाली रुपैयाँ दिनप्रतिदिन कमजोर हुँदै गएको छ । केन्द्रीय बैंकले आइतबारका लागि प्रति अमेरिकन डलरको बिक्री दर ११३.८९ पैयाँ र खरीद दर ११३.२९ रुपैयाँ तोकेको छ जुन नेपाली रुपैयाँ डलरसामू हालसम्मकै कम हो ।
बिगत केहि महिनादेखि रुपैयाँ डलरसँग अबमुल्यन हुँदैजाँदा आयातमा आधारित नेपाली अर्थतन्त्रमा ठुलो असरपर्न गर्न थालेको छ ।
अमेरिकी अर्थतन्त्र सवल हुँदैै गएपछि डलरको मूल्य आकाशिएको हो । डलर सामू भारतीय मुद्रा कमजोर भएपछि नेपाली रुपैयाँको भाउ सस्तिन पुगेको हो ।
अमेरिकामा बजेटरि घाटा बढी हुँदै जाँदा लगानी बढाउनु पर्ने हुँदा डलरको माग बढीरहेको छ जसलेगर्दा डलर मजबुत भएको छ जुन आउने दिनमा अझै बढ्दै जाने संकेत देखिएको हो ।