Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- राष्ट्रसंघीय सम्मेलनमा मन्त्री श्रेष्ठको आह्वान : जलवायु तथा भू-विपद्को सामना गर्न क्षेत्रीय सहकार्य र प्रविधि उपयोग गरौं
- सीमापार विद्युत् व्यापारका लागि निजी क्षेत्रलाई आशयपत्र (LoI), ऊर्जा व्यापारमा नयाँ अध्यायको सुरुवात
- विद्युत् व्यापार आशयपत्रको इप्पानद्वारा स्वागत, अनुमतिपत्रको सुनिश्चितता गर्न माग
- एनपीएलमा साविक विजेता लुम्बिनीको शानदार सुरुवात, सुदूरपश्चिम ७ विकेटले पराजित
- ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित
- एनपीएल आजदेखि सुरु हुँदै, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
- असोजमा झण्डै ६ अर्ब रुपैयाँको विद्युत निर्यात, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु
- दशैंमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरण तयारी अवस्थामा
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: केही दिनदेखि लगातार परिरहेको वर्षाका कारण जोमसोम–कागबेनी सडकखण्डमा पहिरोसँगै सडक भासिएर अवरुद्ध भएकाे छ। वर्षाका कारण जोमसोम–कागबेनी सडकखण्डको पिचरोड भासिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालले जानकारी दिए। जोमसोम बसपार्कदेखि एक किलोमिटरको दूरीमा सडक भासिएर भत्किएको र सोही स्थानमा माथिबाट लेदोसमेत आइरहेको उनले बताए। उनका अनुसार सोही सडकखण्डमा पर्ने पाण्डाखोलामा समेत पहिरो गएको छ। माथिबाट लेदोसहितको पहिरो आइरहेकाले सडक अवरुद्ध हुँदा कागबेनी, मुक्तिनाथ र माथिल्लो मुस्ताङ यात्रा गर्न नसकिने अवस्था रहेको बस्यालले बताए। मुख्य गरी दुई स्थानमा अवरोधसँगै सडकखण्डको अन्य धेरै स्थानमा माथिबाट साना–साना ढुंगाहरू खस्ने, लेदोसहितको माटो आउने क्रम जारी रहेकाले सो खण्डमा यात्रा नगर्न प्रहरीले…
काठमाडौँ:सरकारले नेपाल वायुसेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट चयन गर्ने भएको छ। खुला प्रतिस्पर्धाबाट उम्मेदवार छनोट गरी सिफारिस गर्न पर्यटन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा समिति गठन गरिएको छ। प्रधानमन्त्री सुशीला कार्कीले विभागीय मन्त्रीको हैसियतमा शुक्रबार समिति गठनको निर्णय गरेकी हुन्। समितिको विज्ञ सदस्यमा क्याप्टेन कुलबहादुर लिम्बूलाई चयन गरिएको छ। मन्त्रालयका योजना तथा प्रशासन महाशाखा प्रमुख एवं सहसचिवले सदस्यसचिवको काम गर्नेछन्। समितिले एक महिनाभित्र खुला प्रतिस्पर्धाबाट योग्य उम्मेदवार छनोट गरी सिफारिस गर्नुपर्नेछ। खुला प्रतिस्पर्धाबाट नयाँ महाप्रबन्धक नियुक्त नभएसम्मका लागि निगमकै वरिष्ठतम् कर्मचारी उपमहानिर्देशक जनकराज कालाखेतीले निमित्त महाप्रबन्धक भई काम गर्नेछन्। यसैगरी निगमको सञ्चालक समिति अध्यक्षको काम अर्को व्यवस्था नभएसम्म उपाध्यक्ष विक्रम…
काठमाडौं: नेपाल उद्योग परिसंघले डेडिकेटेड र ट्रंकलाइन विद्युत महसुलका विषयमा उद्योगी र नेपाल विद्युत प्राधिकरणबीच उत्पन्न परिस्थित प्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । वर्षौदेखि गिजोलिएको डेडिकेटेड र ट्रंकलाइन सम्बन्धी विवाद समाधान गर्न परिसंघले तत्कालीन सरकारलाई एक उच्चस्तरीय आयोग बनाउन सुझाव दिएको थियो । निजी क्षेत्रसमेतको सुझावका आधारमा सर्वोच्च अदालतका पूर्व न्यायाधिश गिरीशचन्द्र लालको अध्यक्षतामा डेडिकेटेड फिडर तथा ट्रंकलाइनको विद्युत महसुल विवाद समाधानका लागि जाँचबुझ आयोग गठन भएको थियो । सो आयोगले प्रतिवेदन सरकारलाई दिइसकेको र सरकारले समेत उक्त प्रतिवेदन सार्वजनिक समेत गरिसकेको छ । लामो समयदेखि यो विवाद समाधान हुन नसक्दा यसले राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा राम्रो सन्देश प्रवाह…
काठमाडौँ: नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य बढेको छ । यो साता लागेसँगै लगातार ओरालो लागेको सुनको मूल्य आज साताको अन्तिम कारोबारको दिन एकै दिन २ हजार ७०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला २ लाख ३९ हजार रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला २ लाख ३६ हजार ३०० रुपैयाँका कारोबार भएको थियो । त्यसैगरी, आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । शुक्रबार चाँदीको मूल्य तोलामा ८० रुपैयाँले बढेको हो । शुक्रबार चाँदी प्रतितोला ३ हजार ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला २ हजार ९८० रुपैयाँमा…
काठमाडौँ:सरकारले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ को अनुसूची २ मा हेरफेर गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए। उनका अनुसार पदाधिकारी तथा सदस्यको सचिवालयको दरबन्दी घटाइएको हो। बिहीबार बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले गृह मन्त्रालयको सिफारिसमा मंसिर ८ देखि ११ गतेसम्म मोरक्कोमा हुने ९३ औँ इन्टरपोल महासभामा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीलाई स्वीकृति दिने निर्णय भएको पनि बताए। उनकाअनुसार बैठकले राष्ट्रिय सभा सदस्यको रिक्त पद पूर्तिका लागि २०८२ माघ ११ गते आइतबारका…
काठमाडौँ:आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत कप्तान रोहितकुमार पौडेलको शतकका बावजुद नेपालले युएईसँग पराजय भोगेको छ। बिहीबार घरेलु टोली युएईले नेपाललाई ५ विकेटले पराजित गरेको हो। नेपालले दिएको २३४ रनको लक्ष्य युएईले ४३.३ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो। युएईका लागि ओपनिङ जोडीले उत्कृष्ट ब्याटिङ गर्यो। ओपनर आलिशन सराफुले २६ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ४५ जोड्दा नेपाल सुरूमै दबाबमा पर्यो। अर्का ओपनर आर्यन्स शर्माले ९८ रन बनाएपछि नेपालले हार टार्न सकेन। शर्माले ९८ बल खेलेर १० चौका र ३ छक्का प्रहार गरे। बलिङमा नेपालका लागि सन्दीप लामिछानेले २ विकेट लिए भने करण केसी र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट…
काठमाडौं: नेपाल विद्युत प्राधिकरणले २८३ मेगावाट विद्युत निर्यात अनुमति नविकरणका लागि स्वीकृति पाएको छ । भारतको विद्युत मन्त्रालयअन्तर्गत रहेको केन्द्रीय विद्युत प्राधिकरणले बुधबार नेपालका विभिन्न आठ जलविद्युत आयोजनाबाट उत्पादित २८३ मेगावाट विद्युत निर्यात लागि दिएको स्वीकृतिलाई नविकरण गरिदिएको छ । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिश्पर्धी दरमा र द्धिपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ । भारतको प्रसारण संरचनाको प्रयोग गरी बंगलादेशमा पनि विद्युत् निर्यात भइरहेको छ । भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिश्पर्धी दरमा विद्युत बिक्री गर्न स्वीकृत पाएका ४ आयोजनाको नविकरण…
काठमाडौँ: काठमाडौं उपत्यकासहित देशका मध्यदेखि पूर्वी भूभागसम्म बिहानैदेखि वर्षा भइरहेको छ। काठमाडौंमा बिहीबार बिहान छिटपुट वर्षा भए पनि अहिले मध्यम वर्षा भइरहेको छ। पछिल्लो २४ घन्टामा उदयपुरगढी केन्द्रमा ४५.२, मुर्कुची बजारमा ४३.८, कमला रिभर केन्द्रमा ३९, गोलबजारमा ३७.४, तुर्केघाटमा ३६.८, धनकुटाको त्रिवेणीमा ३६.४, तुम्लिङटासमा ३२.४ मिलिमिटर वर्षा भएको छ। वर्षा गण्डकी, बागमती, कोशी, र मधेसका अधिकांश जिल्लामा भइरहेको छ। मौसमसम्बन्धी जानकार उज्ज्वल उपाध्यायले काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा बिहानीबार बिहान ४ बजेदेखि वर्षा भइरहेको बताएका छन्। अहिले भइरहेको वर्षा बंगालको खाडीमा विकास भएको मोन्था चक्रवातको असर भन्दा पनि पश्चिमी वायुकै गतिविधिले भएको उनको भनाइ छ। ‘बाहिरिन बाँकी रहेको यस वर्षा…
बुटवल । सहकारी ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सचालक छविलाल जोशीको मुद्दाको सुनुवाइ आज हुँदैछ । उच्च अदालत तुल्सीपुर बुटवल इजलासका न्यायाधीश ओमप्रकाश अर्याल र तेजनारायण पौडेलको इजलासमा उनीहरुको मुद्दाको सुनुवाइ हुन लागेको हो । यसअघि लामिछानेको मुद्दामा न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रकाश अर्यालको इजलासले एकै प्रकृतिका मुद्दा भएकाले छवि समेतको दुवै मुद्दा एकैसाथ राख्न आदेश गरेको थियो । बिगोवमोजिमको रकम बुझाइ थुनाबाहिरै बसेर मुद्दा लड्न लामिछानेले माग गरेकामा उच्च अदालतले रविसँगै छविलाल जोशीको पनि फाइल पेस गर्न आदेश दिएको थियो । यसअघि लामिछानेको मुद्दामा उच्च अदालत बुटवलले…
काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले कसैको दबाब वा प्रभावमा गृहमन्त्री ओम प्रकाश अर्याललाई हटाउने निर्णय नहुने जनाएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले गृहमन्त्री अर्याललाई हटाउन प्रधानमन्त्रीलाई दबाब दिएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्रीको सचिवालयले कसैको दबाब वा प्रभावमा निर्णय नहुने जनाएको हो । प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले जारी गरेको प्रेस नोटमा लेखिएको छ, ‘कसैलाई कुनै मन्त्री बनाउने वा हटाउने विषय विशुद्ध सम्मानीय प्रधानमन्त्रीज्यूको अधिकार क्षेत्रको विषय हो । कसैको दबाब वा प्रभावमा यस्तो निर्णय हुन पनि सक्दैन ।’ विज्ञप्तिमा गृहमन्त्री अर्याल असामान्य परिस्थितिमा राष्ट्रको गम्भीर जिम्मेवारी वहन गर्दै आगामी निर्वाचनका लागि आवश्यक वातावरण निर्माण गर्ने, शान्ति–सुरक्षा…