Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःनिर्माणको कामलाई द्रुतगतिमा अघि बढाउन निर्देशन दिएका छन् । प्राधिकरणको निर्देशक समितिको १३औँ बैठकलाई आज सिंहदरबारमा सम्बोधन गर्दै समितिका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले ऐन नियमले कुनै प्रकारका ढिलाइ भए त्यसलाई फुकाएर भूकम्पपीडितलाई यथाशक्य चाँडो घरबासको व्यवस्था मिलाउनुपर्ने बताए । प्रधानमन्त्री सचिवालयका अनुसार प्राधिकरण निश्चित समयका लागि भएकाले यसले पनि समयभित्रै काम सम्पन्न गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । “पुनःनिर्माण प्राधिकरण घामजुन रहेसम्मका लागि स्थापना गरिएको होइन”, प्रधानमन्त्री ओलीले भने, “त्यसकारण यसले यथाशक्य चाँडो पुनःनिर्माणको काम सम्पन्न गर्नुपर्दछ ।” प्रधानमन्त्री ओलीले सरकारको अनुदान नपाई घर निर्माण गरेका पीडितलाई पनि अनुदान रकम उपलब्ध गराउन प्राधिकरणलाई निर्देशन…

Read More

काठमाडौँ: सरकारले सहुलियत कर्जाका लागि व्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले निजामती सेवा पुरस्कार सम्बन्धमा समेत निणर्य गरेको युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले जानकारी दिए । त्यसैगरी बैठकले नेपालको ऊर्जा क्षमता तथा नवीकरणीय ऊर्जा प्रवद्र्धन दोस्रो चरणको कार्यक्रमका लागि जर्मन सरकारबाट प्राप्त हुने ३१ मिलियम युरो (करीब चार अर्ब नौ करोड रुपैयाँ) अनुदान सहायता रकम स्वीकृत गर्ने निणर्य गरेको छ । सो रकम लेखनाथ–दमौलीको २२० केमी प्रसारण लाइन आयोजना कार्यान्वयनमा उपयोग गरिने पनि निणर्य गरिएको छ । “आजको मन्त्रिपरिषद्को बैठकले मुक्त हलिया पुनःस्थापना समस्या समाधान समिति र मुक्त…

Read More

काठमाडौँ: महानगरीय ट्राफिक प्रहरी महाशाखाले बढी भाडा लिने ७१ ट्याक्सीलाई नियन्त्रणमा लिएको छ । महाशाखाले आज विशेष अभियान सञ्चालन गरी उपत्यकामा भनेको स्थानमा जान नमान्ने, राज्यद्वारा तोकिएकोभन्दा बढी भाडा लिने, मिटरमा जान नमान्ने र मिटर बिगार्ने ७१ ट्याक्सीलाई नियन्त्रणमा लिएको हो । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले बढी भाडा लिई यात्रुलाई दुःख दिने ट्याक्सीका चालकलाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । “महाशाखामा ट्याक्सीले यात्रुलाई ठगेको गुनासो धेरै परेपछि विशेष अभियान सञ्चालन गरेका हौँ”, उनले भने । उनले यात्रु ठग्ने ट्याक्सीलाई कारवाहीका लागि निरन्तर अभियान सञ्चालन गर्ने बताए । महाशाखाले विशेष अभियान सञ्चालनका लागि ८० ट्राफिक प्रहरी खटाएको छ…

Read More

भीमदत्तनगर, २१ भदौ (रासस) ः राष्ट्रिय मानवअधिकार आयोगले कञ्चनपुरको भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणमा प्रहरीको शुरुआती अनुसन्धान प्रक्रियामा व्यापक त्रुटि भएको ठहर गरेको छ । भीमदत्तनगरमा आज आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता मोहना अन्सारीले जुन प्रक्रियाबाट प्रहरी÷प्रशासनले अनुसन्धान गर्नुपर्ने हो त्यो नभएको आयोगको ठहर रहेको बताउनुभयो । “जिम्मेवार व्यक्तिबाट अनुसन्धानमा गम्भीरता देखिएन”, प्रवक्ता अन्सारीले भन्नुभयो, “घटनाको प्रमाण सङ्कलनमा पनि त्रुटि देखिन्छ ।” घटनापछि आयोगको टोली कञ्चनपुरमै रहेर घटना र उत्पन्न स्थितिको अनुसन्धान र अनुगमनमा रहेको आयोगले जनाएको छ । यहाँ आएको आयोगको टोलीले आजै पीडित परिवारका सदस्य, घटनामा अनुसन्धानका लागि नियन्त्रणमा लिइएका व्यक्तिलगायतसित भेट…

Read More

ढांका: बङगलादेश सरकारले नेपालबाट ९ हजार मेगावाट बिजुलीखरिद गर्ने भएको छ । उर्जा,जलस्रोत तथा सिंचाईमन्त्रीबर्षमानपुनबङगलादेश भ्रमणमा रहेका बेलाबङगलादेशले यस्तो योजना सार्वजनिक गरेको हो । उसले २०४० भित्र ९ हजार मेगावाट नेपालबाट विजुलीखरिद गर्ने योजना अघि सारेको हो । बङगलादेशको पावर,उर्जा र मिनरल रिसोर्स मन्त्रालयअन्र्तगतको पावर डिभिजनले सार्वजनिक गरेको योजनामा नेपालबाट २०४० भित्र ९ हजार मेगावाट विजुलीआयातगर्ने उल्लेख छ । ढांकामा विहिवारबाट सुरु भएको पावर एण्ड इनर्जी विक सम्मेलनको उद्घाटन समारोहमाबोल्दै बङगलादेशकीप्रधानमन्त्री शेख हसिनाले नेपालबाट विजुलीआयातगर्ने योजना अघि बढेको भन्दै छिट्टै त्यसले मुर्त रुपमापाउने दाबीगर्नुभयो । उहाले भन्नुभयो ‘नेपाल र भुटानबाट विजुलीआयातगर्ने हाम्रो कोशिस जारी छ,नेपालसंग यसैलाई मद्दत पुग्ने गरी हामीले…

Read More

काठमाडौँ: बङ्गलादेशमा जारी साफ च्याम्पियनसिपअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा भूटानमाथि शानदार जित हात पारेको छ । बङ्गलादेशको राजधानी ढाकास्थित बङ्गबन्धु रङ्गशालामा भर्खरै सम्पन्न खेलमा नेपालले भूटानलाई ४–० गोलले पराजित ग¥यो । नेपालले खेलको २१औँ मिनेटमा अनन्त तामाङको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफमा १–० को अग्रता बनाएको नेपालले दोस्रो हाफमा थप तीन गोल गर्दै ४–० को जित निकालेको हो । त्यसैगरी ७१औँ मिनेटमा सुनिल बलले दोस्रो गोल गरेका थिए । भुटानी खेलाडी निमा वाङ्दीले निराजन खड्कालाई डि एरियामा फाउल गरेपछि नेपालले पेनाल्टी पाएको थियो । विमल घर्तीमगरले पेनाल्टी सदुपयोग गर्न नसके पनि रिवाउण्डमा आएको बललाई सुनील बलले गोलमा परिणत…

Read More

काठमाडौं: काठमाडौँ प्रहरी परिसरले विहिबार स्वयम्भु र नागार्जुन नगरपालिकास्थित रानीबन इलाकामा निर्माण सामग्री तथा ठेक्का पट्टामा आफ्नो दरो पकड बनाइराखेका सुक बहादुर तामाङ अर्थात बाघे लामालाई पक्राउ गरेको छ । उनलाई गुन्डागर्दीमा संलग्न भएको आरोपमा काठमाडौंको स्वयम्भूबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यहाँका सर्वसाधारणलाई धम्की दिएर रकम असुली गरेको आरोपमा उनलाई पक्राउ गरिएको परिसरले बताएको हो । उनी पटक पटक सोहि मुद्दामा पक्राउ पर्ने र आरोप प्रमाणित हुन नसक्दा पुनः रिहा हुने गरेका छन् । बाघे लामा बिशेष गारी आफ्नो निर्माण सामग्रीको ठुलो कारोबार गर्दै आइरहेका छन् भने उनको सामान अधिकांश स्वयम्भु र रानीबन इलाकामा बिक्ने पर्ने गरी सिन्डिकेटजस्तै…

Read More

काठमाडौँ: साताको अन्तिम दिन आज पूँजी बजारमा गिरावट आएको छ । निरन्तर चार दिनदेखि बढेको शेयर बजार परिसूचक (नेप्से) बिहिबार घटेर बजार बन्द भएको हो । आज नेप्से ४ दशमलब ३६ घटेर एक हजार २२९ दशमलब ७७ अंकमा पुगेको छ । नेप्से घटेपनि कारोबार रकम भने बढेको छ । आइतबार नेप्से ८ दशमलब ५९ अंकले, सोमबार १५ दशमलब ९८ अंकले, मंगलबार ३ दशमलब दशमलब ९८ अंकले र बुधबार २३ दशमलब ८९ अंकले बढेको थियो । सबैभन्दा बढी निर्जिवन बीमा समूहको परिसूचक ८४ दशमलब ०७ अंकले घटेको छ । त्यसैगरी, लघुवित्त १५ दशमलब ०८ अंक, जलबिधुत १५ दशमलब ९६ अंक, विकास…

Read More

काठमाडौँ: राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति पुगेका निजी आवास पुनःनिर्माणको कामको जिम्मा स्थानीय तहलाई दिने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज सिंहदरबारमा बसेको प्राधिकरण निर्देशक समितिको बैठकले सो निर्णय गरेको हो । बैठकले कामको प्रमाणीकरण र निरीक्षण भने प्राधिकरणकै जिल्ला तहका कार्यालयबाट गरिने निर्णय गरेको छ । स्थानीय तहका जनप्रतिनिधिको बहाली भइसकेको सन्दर्भमा पुनर्निर्माणको कामलाई स्थानीय तहबाटै अघि बढाउने निर्णय भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिए । बैठकले भूमिहीन सुकुम्वासी परिवारलाई पनि घर निर्माणका लागि अनुदान उपलब्ध गराउने निर्णय गरेको छ । भूमिहीन लाभग्राहीका लागि (जसको घर छैन) उनीहरुका लागि…

Read More

बाँके: बाँकेको डुडुवा गाउँपालिका–२ बेतहनीकी २६ वर्षीया अन्नु बर्माको मृत्यु रहस्यमय बन्दै गएको छ । बर्माको एक साताअघि घर नजिकैको नालीमा शव भेटिएको थियो । दाइजोका विषयमा घरायसी विवाद बढेपछि सासू, देवर र अर्का एकजना छिमेकी मिलेर हत्या गरेको माइती पक्षको आरोप छ । माइती पक्षले हत्यामा संलग्न रहेको भन्दै सासू धनदेही कुर्मी, देवर वीरेन्द्रकुमार बर्मा र छिमेकी हरिहरप्रसाद तेलीको नाममा किटानी जाहेरीसमेत दिएका छन् । मृतकको नालीमा डुबेर मृत्यु भएको भनिए पनि शरीरका विभिन्न भागमा गहिरो चोट लागेकोले हत्या नै भएको माइती पक्षको दाबी छ । मृतककी भाउजू विन्दुकुमारी बर्माले भनिन्, “शरीरमा हिलो पनि लागेको छैन, घरभित्र रगत लत्पतिएको…

Read More