Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
- यस्ता छन् आगामी बजेटको प्राथमिकता (पूर्ण पाठ)
- शोधनान्तर स्थिति सात खर्ब ३१ अर्बले बचतमा, नौ महिनामा साढे १६ खर्ब बढी विप्रेषण भित्रियो
- सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
- सरकारको नीति तथा कार्यक्रम: सीमारहित अर्थतन्त्र र तौलरहित व्यापार
- संघीय संसद्को बजेट अधिवेशन आजदेखि, नीति तथा कार्यक्रम पनि आजै प्रस्तुत हुने
- टर्किस एयरलाइन्समा आगलागीपछि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल खुल्यो
- इस्तानबुलबाट आएको टर्किस एयरको जहाजमा आगलागी, सबै यात्रु सुरक्षित
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले गोरखाको लाप्राकमा गैरआवासीय नेपाली संघ (एनआरएनए)ले बनाइरहेको एकीकृत नमूना वस्तीको पुनर्निर्माण शीघ्र सम्पन्न गर्न आग्रह गरेका छन् । लाप्राकमा निर्माण भइरहेको एकीकृत नमूना बस्तीको पुनर्निर्माणको अवस्था बारे एनआरएनएका पदाधिकारीसँग छलफल गर्दै सीइओ ज्ञवालीले यस्तो आग्रह गरेका हुन् । लाप्राकको एकीकृत बस्ती सम्पन्न हुँदा भूकम्प प्रभावित अन्य क्षेत्रमा पनि सकरात्मक सन्देश जाने भएकोले बस्ती पुनर्निर्माण शीघ्र सम्पन्न गर्न उनले आग्रह गरे । उनले बाँकी कार्यको निश्चित समयरेखा निर्माण गरी काम गर्न र त्यहाँ आर्य आर्जनको पनि योजना बनाउन पनि सुझाव दिए । उनले भने, “प्राधिकरणले पुनर्निर्माणका क्रममा एकीकृत नमूना बस्तीलाई प्रोत्साहन गर्ने नीति…
काठमाडौँ: कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले छ वटा स्टलको सम्झौता खारेज गरेको छ। आफ्नो नाममा स्टल भाडामा लिई भादी मूल्यमा अरुलाई भदा लगाएको गुनासो पश्चात ती स्टलको अध्ययन गर्न गठित समितिले उनीहरुसंग स्पस्टीकरण सोधेको थियो । ‘रातो सूची’ मा राखेको ९८ मध्ये ६ वटा स्टलले कुनै जवाफ नपठाएपछि समितिले खारेज गर्ने निर्णय गरेको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता एबम समितिका अध्यक्ष तेजबहादुर सुबेदीले भने, बैठकले ६ वटा स्टललै खारेज गर्ने निर्णय गरेको छ।’ समितिका कार्यकारी निर्देशक तेजेन्द्र प्रसाद पौडेलका लानुसर मोहम्मद जुमैद, इस्रराफिल कवारी, पुरुषोत्तम राई, पार्वती श्रेष्ठ, राम बहादुर खड्का र बिष्णु बहादुर बस्नेतसंग…
काठमाडौँ: गाडी सानो होस् वा ठूलो चालकले सवारी चालक अनुमतिपत्र (लाइसेन्स), गाडीधनी पुर्जालगायत कागजपत्र साथमा राख्नुपर्ने नियम छ । गाडीको अवस्था चुस्त हुनुपर्छ । ट्राफिक नियम पालना गरी चलाउनुपर्छ । नियम पालना नगरे कारबाही भोग्नुपर्छ । अचेल छडे जाँच गर्न जुनसुकै समय र ठाउँमा प्रहरी बस्छ। त्यसरी बस्ने टोलीले भेटे कारबाही स्वरूप जरिवाना तिर्नुपर्छ। पूर्व-पश्चिम राजमार्गअन्तर्गत रत्ननगरमा मंगलबार दिउँसो ट्राफिक नियम पालना भए/नभएको चेक गर्न प्रहरीले छडे जाँच थाल्यो। ट्राफिक नियम पालना नगर्ने चालकहरू एकपछि अर्को भेटिए। तर, योपटक प्रहरीले कारबाहीका लागि जरिवाना तिर्न भन्दै रसिद काटेन। नियम मिच्नेहरूले चकलेट पाए। अनि ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक वेदप्रसाद गौतमको हातबाट…
काठमाडौँ: सरकारले पुर्वमुख्यसचिव डा. सोमलाल सुवेदीलाई दिने भनेको पदक अन्तिम समयमा खोसेको छ । उनले केही दिनअघि एसियाली विकास बैङ्क एडीबीको वैकल्पिक कार्यकारी निर्देशकबाट सरकारले आफुलाई फिर्ता गर्नुको कारणसहितको विचार अभिब्यक्त गरेका थिए । सरकारले सोही आधारमा पुर्वाग्राही भएर आफुले पाएको पदक खोसेको डा. सुवेदीले बताए । राज्यले निरन्तर प्रतिशोध लिँदै जाँदा थ्रेट महसुस भयो, अब सुरक्षा माग्नुपर्ने अवस्था आयो, उनले भने, उनी एक बर्षअघि मुख्यसचिव छाडेर एडीबी गएका थिए ।, आजकोअन्नपुर्ण पोष्टमा यो खबर छ ।
काठमाडौँ : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना प्रविधि विभागसँगको सहकार्यमा स्थानीय तहलाई निःशुल्क रुपमा मोबाइल एप्स उपलब्ध गराउने भएको छ । स्थानीय तहका सम्पूर्ण सूचना तथा जानकारी जनस्तरमा छिटो र छरितो ढङ्गले सम्प्रेषण गर्न, विभिन्न सुविधासम्बन्धी जानकारी प्रदान गर्न र गुनासो तथा समस्याको उचित व्यवस्थापन गर्न विभागले मोबाइल एप्स निर्माण गरेको हो । विभागले धुलिखेल नगरपालिकाको अनुरोधमा मोबाइल एप्स निर्माण गरेको थियो । उक्त एप्स सूचना सम्प्रेषणमा प्रभावकारी देखिएको भन्दै मन्त्रालयले अन्य स्थानीय तहलाई पनि प्रयोगका लागि अनुरोध गरेको हो । एप्समा स्थानीय तहको सङ्क्षिप्त परिचय र तथ्याङ्क, भौगर्भिक सूचना प्रणाली (जीआईएस), जनप्रतिनिधिको तस्वीरसहितको सम्पर्क विवरण, सबै वडाहरुको…
काठमाडौँ :महानगरीय प्रहरी परिसर काठमाडौँले नक्कली सुनलाई सक्कली सुन भनी बेचबिखन गर्न हिँडिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङका अभिषेक तामाङ, राज तामाङ र राजकुमार तामाङ तथा नुवाकोटका राम तामाङ, जितेन तामाङ र वीरेन्द्र तामाङ रहेको छ । दुई किलोग्राम नक्कली सुनलाई सक्कली भन्दै हिँडिरहेको अवस्थामा चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट उनीहरुलाई आइतबार पक्राउ गरी आज सार्वजनिक गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामदत्त जोशीले जानकारी दिए । यस बारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रेडपाण्डाको छालासहित पक्राउ यसैगरी परिसरले दुर्लभ वन्यजन्तु रेड पाण्डाको छालासहित दुईजनालाई पक्राउ गरेको छ । पाँच थान रेडपाण्डाको…
काठमाडौं: भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले आउँदो पाँच वर्षभित्र कुल ग्राहस्थ उत्पादनमा सहकारीको योगदान दोब्बर बनाइने उद्घोष गरेकी छिन् । नेपाल सहकारी पत्रकार समाजको आठौं वार्षिक साधारणसभा तथा स्थापना दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री अर्यालले कुल ग्राहस्थ उत्पादनमा सहकारीको ४ दशमलव ५ प्रतिशत योगदानलाई आउँदो पाँच वर्षभित्र १० प्रतिशत बढाइने बताईन । सहकारीलाई राष्ट्रिय उत्पादनमा सामेल गराउन आवश्यक भइसकेको उनको भनाइ थियो । सहकारीमार्फत हिमाल, पहाड, तराईमा पाइलट प्रोजेक्ट सञ्चालन गर्नुपर्ने उहाँको भनाई थियो । ‘सयौं विगाह जग्गा लिजमा लिएर सहकारीमार्फत सामूहिक खेति गरेर उत्पादन बढाउन सकिन्छ’ उनले भनिन् । राष्ट्रिय उत्पादनमा सहकारीको बलियो…
काठमाडौँ: महालक्ष्मी विकास बैंकले आफ्ना सरोकारवालालाई स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने हेतुले ब्लु क्रस अस्पतालसँग एक सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार बैंकका ग्राहक, कर्मचारी, कर्मचारीका परिवार लगायत बैंकका संस्थापक÷सेयरधनीहरुले ब्लु क्रस अस्पतालमा उपचार गराउँदा सेवाशुल्कमा छुट पाउनु हुनेछ । बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र अस्पतालका सदस्य सचिव रजत श्रेष्ठ उक्त पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार यस किसिमको सहकार्यबाट बैंकका ग्राहक वर्गले उपचार खर्चमा १० प्रतिशत छुट पाउने छन् । यसका साथै बैंकका कर्मचारी तथा कर्मचारीका परिवारले अस्पतालको सेवाशुल्कमा क्रमशः १२ प्रतिशत र १० प्रतिशत छुट प्राप्त गर्न सक्नु हुनेछ । बैंकले आफ्ना संस्थापक÷सेयरधनीहरुका…
चितवन: प्रहरीले आज अवैध रुपमा राखिएको दुई किलो ७६ ग्राम सुन र चार किलो चाँदी बरामद गरेको छ । नारायणगढस्थित पुतलीबजारमा रहेको न्यू गणेश सुनचाँदी पसलबाट सो परिमाणको सुन र चाँदी बरामद गरिएको हो । नेपाल प्रहरी ३ नं प्रदेश कार्यालय र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले प्राप्त सूचनाका आधारमा पसल सञ्चालक भारत घर भएका राजेन्द्र शिवाजी पटेललाई सो परिमाणको सुन चाँदीसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ । जिल्लाका सुनचाँदी व्यवसायीले राष्ट्र बैंकले पर्याप्त सुन नदिएको भन्दै आन्दोलन गरिरहेको बेला अवैध सुन चाँदी बरामद भएको हो ।
काठमाडौँ: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) का कर्मचारीलाई निजी संस्थाहरुको शेयरधनी नबन्न निर्देशन दिएय्का छन् । भक्तपुरस्थित परिषद्को आज अवलोकनका क्रममा मन्त्री पोखरेलले सिटिइभिटीलाई कर्मचारी सेवानिवृत्त हुँदा आफ्ना वा आफन्तका नाममा सिटिइभिटीअन्तर्गतका निजी संस्थाका मालिक बन्ने गरेको आम जनताको आरोप हटाउने गरी काम गर्न निर्देशन दिए । उनले ९५ जना सामुदायिक विद्यालयलमा प्राविधिक शिक्षाको सम्बन्धन दिने निर्णय कार्यान्वयन गर्न पनि आग्रह गरे । सिटिईभिटीमा ९३२ कर्मचारी छन् । त्यसमध्ये सयभन्दा धेरै उपसचिव र २० भन्दा बढी सहसचिव स्तरका जनशक्ति छन् । मन्त्री पोखरेलले कर्मचारी दरबन्दीका विषयमा पनि प्रश्न उठाएका थिए ।