Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय शोक, भदौ २२ मा झण्डा आधा झुकाइने
- सामान्य अंकले बढ्यो नेप्से, ३ अर्ब ४६ करोडको कारोबार
- बाढीको नवौँ दिन प्रधानसेनापतिद्वारा प्रभावित क्षेत्रको स्थलगत निरीक्षण
- कृष्णभीरको पहिरो पन्छाउने काम तीव्र
- चेम्बरद्वारा अत्यावश्यक सामग्री ढुवानीमा सहजीकरण गर्न सहजीकरण डेस्क स्थापना
- ऊर्जा क्षेत्रका निकायबाट विपद् उद्धार कोषमा थप २ करोड १२ लाख सहयोग
- प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधि सभालाई सम्बोधन गर्दै
- ग्लोबल आइएमई बैंकको १० प्रतिशत लाभांश प्रस्ताव
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: प्रधानमन्त्री ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बङ्गालको खाडीका देशहरूको प्रयास (बिमस्टेक)को चाँैथो शिखर सम्मेलन तयारीलगायतका विषयमा सम्बोधन गर्नेछन् । आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तयारी भएको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । उनले यसबीचमा संसद्मा सांसदले उठाउनुभएका समसामयिक विषयको पनि जवाफ दिनेछन् । यही भदौ १४ र १५ गते काठमाडौँमा बिमस्टेकको शिखर सम्मेलन हुँदैछ । ।
काठमाडौँ :पुरानो बसपार्कबाट खुलामञ्चमा सारिएको बसपार्क चार दिनका लागि बन्द गरिएको छ । वर्षात्को पानी र अत्यधिक सवारीसाधन आवागमनका कारण भत्किएको खुलामञ्च मर्मत सम्भार गर्नुपर्ने भएकाले आजदेखि चार दिनका लागि बन्द गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार पन्तले जानकारी दिए । अरनिको राजमार्ग हुँदै खुलामञ्च आउने सवारीसाधनलाई कोटेश्वर, सातदोबाटो, कलङ्की हुँदै नयाँ बसपार्क जाने व्यवस्था मिलाइएको उनले बताए । यसैगरी चावहिल, बौद्ध, साँखु, थानकोट, कीर्तिपुर, दक्षिणकालीलगायतका ठाँउबाट आउने सवारीसाधनलाई रत्नापार्कमा यात्रु ओराल्ने तथा बसाउने व्यवस्था मिलाइएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बङ्गालको खाडीका देशहरूको प्रयास (बिमस्टेक) सम्मेलनका क्रममा सवारीसाधनको आगमनलाई सहज बनाउन…
काठमाडौं: समयमै काम नसक्ने एक ठेकेदारलाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कारवाहीको कुरा गरेनन् , बरु सरकाले छान्दै रकम निकाशा नगरेकोले पुल अलपत्र परेको हुन सक्ने भन्दै घुमाउरो शैलीमा सोमबार उनकै बचाउ गरे । ती ठेकेदार हरिनारायण रौनियार हुन् जो राउतकै पार्टी संघीय समाजवादी फोरमबाट पर्साको निर्वाचन क्षेत्र ३ बाट प्रत्यक्षतर्फ प्रतिनिधित्व गर्ने सांसद हुन् । ठेकेदारबाट राजनीतिमा छिरेका रौनियारको पप्पु कन्स्ट्रक्सनले तराई-मधेशमा अनेकौं सडक र पुल निर्माणका काम अलपत्र छाडेको छ । राजनीतिको आडमै ठेक्का पाउने र निर्माणमा ढिलाई गर्दा धनुषा, सिरहा, सर्लाही, रौतहट र पर्सामा निर्माणाधीन पुल र सडक बन्न सकेका छैनन् । त्यस्ता ठेकेदारलाई कारवाहीको दायरामा…
काठमाडौं: कोशी उच्च बाँध बनाउन भारतीय पक्षले सिँचाइ जलविद्युत र पानीजहाज सञ्चालनको प्रलोभन दिएको भन्दै विज्ञहरुले यसप्रति सचेत रहन आग्रह गरेको समाचार आजको कारोबारको पहिलो पृष्ठमा छापिएको छ । विमस्टेक सम्मेलनका क्रममा नेपाल आउन लागेका भारतीय उच्च अधिकारीहरुबाट उच्च बाँध निर्माणका लागि प्रतक्ष्य वा अप्रतक्ष्य रुपमा दबाब आउन सक्ने र यसप्रति नेपाली पक्ष सुझबुझका साथ प्रस्तुत हुन वुघिजीवीहरुले सुझाव दिएका हुन् । भदौ १४ र १५ गते काठमाडौंमा हुन लागेको बिमस्टेकको चौथो शिखर सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज, विदेश सचिव विजय केशव गोख्ले सहितका उच्च अधिकारी काठमाडौं आउँदैछन् । ‘नेपालको हितमा नरहेको कोशी उच्च बाँध…
काठमाडौँ: निर्मला पन्त पढ्न गएर बेपत्ता भएको रोशनी बम र बबिता बमको घरबाट अनुसन्धन गर्नुपर्छ भनेर प्रहरीलाई कसैे भनिराख्नुपर्ने विषय होईन । तर तत्कालीन प्रहरी उपरीक्षक डिल्ली विष्टको टोली मात्र होईन केन्द्रीय अनुसन्धान ब्युरो सिआईबी का प्रहरी उपरीक्षक अंकुर जोशीको टोलीले पनि निर्मलाका आफन्त र स्थानीयको आग्रहअनुसार घरबाट अनुसन्धान गर्ने चासो दिएनन् । साउन ११ गतेदेखि स्थानीयको प्रदर्शनको चुरो यही कुरामा थियो ।, बम दिदीबहिनीलाई पक्राउ गरेर अनुसन्धान नगरेकाले प्रहरीको दोषी बचाउने शंकास्पद भुमिका देखेर हामीले आन्दोलन गरेका हौँ, स्थानीय उर्मिला शाहीले भनिन् । एक महिना लामोे आन्दोलन चर्केर एकजनाको मृत्यु र धेरै घाईते हुने अवस्था पुग्दासम्म प्रहरी उपरीक्षक विष्ट…
काठमाडौँ: के तपाई बेरोजगार हुनुहुन्छ ? सीप भए पनि काम नपाएर दिनभर कतै बरालिनुभएको छ ? त्यसो भए पनि चिन्ता नमान्नुहोस् । सरकारले तपाईँलाई बेरोजगार भत्ता दिनेछ । संविधानको धारा ३३ मा ‘रोजगारीको हक’सम्वन्धी व्यवस्था छ । यो मौलिक हक हो, संविधानमा ३१ प्रकारका मौलिक हक उल्लेख छन् । यस धाराको उपधारा (१) मा भनिएको छ– ‘प्रत्येक नागरिकलाई रोजगारीको हक हुनेछ । रोजगारीको सर्त, अवस्था र वेरोजगार सहायता संघीय कानूनबमोजिम हुनेछ । यस्तै उपधारा (२) मा लेखिएको छ– ‘प्रत्येक नागरिकलाई रोजगारीको छनौट गर्न पाउने हक हुनेछ ।’ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयार पारेको यो विधेयक प्रतिनिधिसभाको विधेयक शाखामा…
काठमाडौँ: बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विम्स्टेक ) को चौँथो शिखर सम्मेलनको पुर्व सन्ध्यामा काठमाडौं झकिझकाउ भएको छ । पाहुनाको स्वागतार्थ काठमाडौं र ललितपुर महानगरपालिकाद्वारा ५७ वटा स्वागतद्धार बनाइएको छ । यस्तै विभिन्न सरकारी निकाय, बैक, संस्थान, उद्योग वाणिज्य महासंघ लगायतका निकायले पनि स्वागतद्धार बनाएका छन् । कामपाले त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थल, नारायणहिटी दरबार, त्रिपुरेश्वर कान्तिपथ, कलंकी र सोल्टीमोडमा स्वागत द्धार बनाएको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले विभिन्न सरकारी, बैक, संस्थान लगायतका निकायलाई पत्र पठाई स्वागत द्धार बनाउन आग्रह गरेको थियो । राजधानीको सबै फ्ल्याग पोलमा नेपाल सहित ७ वटै राष्ट्रका झण्डा राखिएको छ ।…
धनगढी: कैलालीमा आर्थिक वर्ष २०७४÷७५ मा दर्ता भएका ९०३ नयाँ उद्योगमा रु एक अर्ब ३८ करोड लगानीको प्रस्ताव गरिएको छ । दर्ता भएकामध्ये साना उद्योगमा रु एक अर्ब पाँच करोड र लघु उद्योगमा रु ३३ करोड लगानीको प्रस्ताव गरिएको छ । साना उद्योगको स्थिर पूँजी रु ६८ करोड र चालू पूँजी रु ३७ करोड रहेकामा लघु उद्योगको स्थिर पूँजी रु २१ करोड र चालू पूँजी रु १२ करोड रहेको छ । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख दीलीप चन्दका अनुसार गत आवमा सेवामूलक ३२९, उत्पादन मूलक १९२, कृषि सम्बन्धी २९६, पर्यटन सम्बन्धी नौ तथा लघु ७७ नयाँ उद्योग दर्ता भएका…
हेटौँडा: प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले पोष्टबहादुर बोगटी भीमफेदी—कुलेखानी सुरुङ मार्ग निर्माण गर्ने बताएका छन् । उनले सन् २०१२ मा उक्त सुरुङमार्ग चार वर्षभित्र निर्माण गर्ने भनी नेपाल पूर्वाधार विकास कम्पनीले सरकारसंँग सम्झौता गरे पनि हालसम्म कुनै काम नगरेकाले अब प्रदेश सरकारले नै निर्माण अगाडि बढाउने स्पष्ट पारे । मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार गर्न रु पाँच करोड बजेट छुट्याइसकेको जानकारी दिँदै प्रदेश गौरवको आयोजनाको परियोजनाअन्तर्गत राखेर अति महत्वका साथका साथ निर्माण अगाडि बढाइने बताए । पूर्वाधार विकास कम्पनीले नेपाल सरकारसँंग २०२२ सम्म समय थप गरे तापनि अब उक्त कम्पनीले केही काम…
काठमाडौँ: चौंथो विम्स्टेक सम्मेलनलाई मध्यनजर गर्दै सरकारले सम्पूर्ण निजी तथा सामुदायिक बिद्यालयहरुलाई काठमाडौँ उपत्यकाभर विदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ । यसबारे सरकारले सार्वजनिक रुपमा नभने पनि गृहले मातहतका मन्त्रलाय अर्थात शिक्षा मन्त्रालयलाई सम्पूर्ण बिद्यालयहरुमा यस बारेको निर्णय परिपत्र गर्न निर्देशन भैसकेको गृह प्रवक्ता तथा सह सचिव रामकृष्ण सुबेदीले जानकारी दिए । सम्मेलनको मुख्य दिन भदौ १४ र १५ गते सम्पूर्ण निजी तथा सामुदायिक बिद्यालयहरु बन्द रहने प्राय निश्चित छ, सुवेदीले भने । यसो गर्नुका कारण सडकमा गुड्ने सवारीको चाप न्यूनीकरण हो भन्नु नै हो, सुवेदीले भने । तर त्यस दिन सार्वजनिक विदाको हकमा भने अहिलेसम्म निर्णय नभएको उनले…