Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय शोक, भदौ २२ मा झण्डा आधा झुकाइने
- सामान्य अंकले बढ्यो नेप्से, ३ अर्ब ४६ करोडको कारोबार
- बाढीको नवौँ दिन प्रधानसेनापतिद्वारा प्रभावित क्षेत्रको स्थलगत निरीक्षण
- कृष्णभीरको पहिरो पन्छाउने काम तीव्र
- चेम्बरद्वारा अत्यावश्यक सामग्री ढुवानीमा सहजीकरण गर्न सहजीकरण डेस्क स्थापना
- ऊर्जा क्षेत्रका निकायबाट विपद् उद्धार कोषमा थप २ करोड १२ लाख सहयोग
- प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधि सभालाई सम्बोधन गर्दै
- ग्लोबल आइएमई बैंकको १० प्रतिशत लाभांश प्रस्ताव
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
रसुवा: गोसाईँकुण्ड जाँदा लेक लागेर बिरामी परेका आठ यात्रुलाई नेपाली सेनाले बोकेर उद्धार गरेको छ । गोसार्इँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जिव डीएमका अनुसार लाङ्टाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना कालीजङ्ग गणले उद्धार गरेको हो । लेक लागेर यात्रुहरु विरामी परेपछि आपत्कालीन अवस्था पार गर्न चिकित्सकको सुझावमा बोकेर बेँसीतर्फ ल्याएको र केही यात्रुलाई लौरी विनायकदेखि धुञ्चेसम्म नै सेनाले बोकेर पु¥याएको बताइएको छ । नेपाली सेनाको मेडिकल समूहले चोलाङ पाटी र चन्दनबारीमा स्थापना गरेको स्वास्थ्य शिविरबाट चार हजार १८४ जनालाई उपचार सेवा प्रदान गरेको छ । २० वर्षदेखि गोसार्इँकु्ण्डमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको हिमालय उद्धार सङ्घले ६० जना गम्भीरखालका…
पर्वत: गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले प्रदेश सरकारले सङ्घीयता कार्यान्वयन भएपछि पनि धेरै अधिकार सिंहदरवारमै रहेको बताएका छन्। भू तथा जलाधार व्यवस्थापन कार्यालयको आज पर्वतमा उद्घाटन गर्दै उनले भने, ‘‘सङ्घीय सरकारले अहिले पनि काम गर्ने स्पष्ट वातावरण बनाउने कुरामा अवरोध गरिरहेको छ ।’’ सङ्घीय सरकारले प्रदेशमा कर्मचारी व्यवस्थापन गर्न नसकेका कारण काम गर्न समस्या भएको समेत मन्त्री लम्सालले बताए । उनले भने , ‘‘जनतालाई केही भएन भनेर निराश बनाउने काम भैरहेको छ, ‘अब कामले गति लिन्छ । हामी मनोबल उठाउने काम गर्छौ ।’’ कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर विश्वकर्मा पौडेलले स्थानीय…
विराटनगर: श्रीकृष्ण जन्माअष्टमीको भोलिपल्ट विराटनगरमा निकालिँदै आएको ऐतिहासिक राधाकृष्ण रथयात्राको सम्पूर्ण तयारी पूरा भएको छ । विगत वर्ष झैँ यस वर्ष पनि भव्य र धुमधामका साथ निकालिने रथयात्रा व्यवस्थापन समितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ । रथ यात्रा भव्यतापूर्ण सम्पन्न गर्न विभिन्न १९ वटा उपसमिति निर्माण गरेको समितिका अध्यक्ष बाबुराजा ओझाले जानकारी दिए । अध्यक्ष ओझाले विराटनगरस्थित राधाकृष्ण मन्दिरबाट यही भदौ ं१८ गते निकालिने रथयात्राले शहरको विभिन्न भाग हँुदैे सात किलोमिटर परिक्रमा गरी पुनः मन्दिर परिसरमा आएर रथयात्रा विसर्जन हुनेछ । रथयात्रा सञ्चालनका लागि मुख्य मार्गको ४३ स्थानमा विश्रामस्थल तय गरिएको छ । रथयात्रा समारोह समितिका अनुसार भदौ…
काठमाडौँ: बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सम्मेलनमा नेपाल आउने पाहुनालाई आवश्यक सुरक्षासहित आवास स्थलसम्म पु¥याउन आज पूर्वअभ्यास गरिएको छ । यही भदौ १४ र १५ गते काठमाडौँमा हुने सम्मेलनमा भाग लिन आउने विदेशी विशिष्ट तथा अति विशिष्ट पाहुनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि पाहुना बस्ने होटल, सम्मेलनस्थलदेखि उनीहरु जाने स्थानसम्म पूर्वअभ्यास गरिएको हो । नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको समन्वयमा उक्त पूर्वअभ्यास भएको थियो । सम्मेलनमा नेपाल, भारत, बङ्गलादेश, थाइल्याण्ड, श्रीलङ्का, म्यान्मा, भुटानका राष्ट्रप्रमुख तथा सरकार प्रमुख सहभागी हुनेछन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक मनोज नेउपानेले…
काठमाडौँ: आगामी विहिबार र शुक्रबारका लागि तयार गरिएको चौंथो बिम्स्टेक सम्मेलनमका लागि ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा जोर बिजोर सवारी चलाउने निर्णय लागु गर्न सरकारबाट निर्देशन भएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । सम्मेलनमको अवधिभर १३, १४ र १५ गते तीन दिन उपत्यकामा सम्पुर्ण निजी र भाडाका सवारी साधनलाई जोर बिजोर प्रणाली अनुसार चलाउने निर्णय यसघि गृहले निर्णय गरेको थियो। नम्बर प्लेटको अन्तिम अंकको अधारमा जोर बिजोर लागु हुनेछ, ट्राफिक प्रहरी प्रवक्ता तथा प्रहरी उपरीक्षक राम कुमार लम्सालले पहिलोक्लिकलाई बताए । ट्राफिक प्रहरी महाशाखाका अनुसार १३ र १५ गते सवारी साधनको नम्बर प्लेटको अन्तिम अंक (१,३,५,७,९) भएका सवारी साधनहरू संचालन गर्न…
काठमाडौं: भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । तस्बिर: विकास श्रेष्ठ एक वर्षभित्र दिवंगत आफन्तका सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना इलाकामा परिक्रमा गराउनाका साथै उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएकामा यतिले…
काठमाडौँ: एकाबिहानै काठमाडौँबाट फोहोर बोकेर गएको ट्रकले एक महिला थाकार दिएपछि महिलाको मृत्यु पछि ओखरपौवामा अहिले तनाव उत्त्पन्न भएको छ । फोहोर बोकेर गएको बा २ ख ६११८ नम्बरको ट्रकले बिहान करिब ५ बजेतिर ककनी गाउँपालिका–१, महालक्ष्मीस्थानका ४९ वर्षीय पदम बलामीलाई ठक्कर दिएपछि स्थानीयले अहिले त्यहाँ कुनै पनि सवारी चल्न दिएका छैनन् । घटनापछि फोहर बोक्ने काम पनि अवरुद्ध भएको छ । स्थानीयले दोषीमाथि कारबाही तथा क्षतिपूर्तिको माग राखेर प्रदर्शन गरेपछि सवारी आवागमन प्रभावित भएको जनाएको छ । स्थानीयको प्रदर्शनपछि अहिले पासाङल्हामु राजमार्ग भएर आवतजावत गर्ने सवारी दुवैतर्फ रोकिएका छन् । घटनाको विरोधमा स्थानीयबासीले सडक अवरुद्ध गरेका कारण फोहोर बिसर्जन…
इनरुवा: सुनसरी सदरमुकाम इनरुवा नगरपालिका–६ मधेशा हलेसी चोक नजिक शनिबार राति एक महिला बलात्कृत भएकी छिन् । शनिबार राति पूर्व पश्चिम राजमार्गको सडकखण्डअन्तर्गत हलेसी चोक नजिक २४ वर्षिया ती महिलाको सामूहिक बलात्कार भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले जानकारी दिनुभयो । घटनाको प्रकृति हेर्दा ती महिलाको सामूहिक बलात्कार भएको उनले पुष्टि गरे । मानसिक सन्तुलन ठीक नभएकी ती महिला अर्धचेत अवस्थामा नग्न फेला परेकी थिइन् । महिलालाई जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी टोलीले उद्धार गरी उपचारका लागि विराटनगर पठाइएको प्रहरी नायब उपरीक्षक फुयाँलले बताए । नग्न अवस्थामा भेटिएकी किशोरीको शरीरमा लगाउने कपडा केही मिटर वर फेला परेको र कपडा…
सुर्खेत: कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जनसेनाले प्रयोग गरेको शिविरलाई युद्ध पर्यटनका रुपमा विकास गर्ने बताएका छन् । तत्कालिन शाही नेपाली सेना र तत्कालिन जनसेना समायोजनपछि हिजो शनिबार पहिलोपटक सुर्खेतको दशरथपुरस्थित ब्यारेक पुगेका मुख्यमन्त्री शाहीले जनसेनाको शिविर संरक्षण गरेर युद्ध पर्यटनका रुपमा विकास गर्नुपर्ने बताए । लडाकुहरु अर्थात् जनसेनाले प्रयोग गरेका संरचनालाई संरक्षण गर्न जरुरी रहेको मुख्यमन्त्री शाहीले बेताए । “यसलाई संरक्षण गर्न जरुरी छ”, उनले भने । आफूले छैटौँ डिभिजनको नेतृत्व गरिरहँदा रसिया, अमेरिकालगायतका देशका विद्यार्थीले लडाकुबारे अनुसन्धान गरेको बताउँदै उनले इतिहासलाई बचाउन लडाकुले प्रयोग गरेका सबै संरचनालाई संरक्षण गर्नुपर्ने बताए । उहाँले भन्नुभयो, “हाम्रो यो शिविरलाई विदेशीबाट समेत…
काठमाडौँ: आर्थिक वर्ष २०७४र७५ मा सरकार प्रमुख र मन्त्रीहरको सुविधामा राज्यकोषको २० करोड रुपैयाँ खर्च भएको छ। प्रधानमन्त्री, मन्त्री र उनीहरुका सचिवालयका कर्मचारीको तलब भत्ता र घुमघाममा मात्र एक वर्षमा राज्यकोषको २० करोड २२ लाख रुपैयाँ सकिएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार विगतका जम्बो सरकारका कारण सुविधामा यति धेरै रकम खर्च भएको दावी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको छ । अहिलेको मन्त्रीहरुले पनि जिल्ला भ्रमण गर्ने क्रम बढाएपछि राज्यकोषको रकम भ्रमणमा धेरै खर्च हुन थालेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ। अहिलेको मन्त्रीहरुको संख्या वितगतका मन्त्रिपरिषदभन्दा थोरै भएकाले समग्र खर्चमा अब कमी आउने प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले दावी गरे।,…