Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

जनकपुरधाम: प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रधानमन्त्रीत्वकालमा सबै भन्दा बढी विकास प्रदेश नं २ मा नै हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रदेश नं २ को आज प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा यस प्रदेशमा समृद्धिका हरेक उपायहरुलाई अबलम्बन गर्ने बताए । उनले यस प्रदेशमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, पूर्व–पश्चिम रेल्वे, फास्ट ट्र्याक निर्माण, औद्योगिकग्राम स्थापना, धार्मिकस्थलको संरक्षण र विकास, मेडिकल कलेज र विश्व विद्यालयको स्थापना, सिँचाइका पूर्वाधारहरुको विकास, कल कारखानाको स्थापना, जनता आवास योजना, तराईमा प्रत्येक वर्ष हुने आगलागीबाट बचाउनको लागि टिनको छाना निर्माण लगायतका विकास निर्माणका योजना विस्तारको गृहकार्य अगाडि बढाइएको जानकारी दिए । प्रधानमन्त्री ओलीले…

Read More

विराटनगर: नेपाली काङ्ग्रेसका महामन्त्री डा शशांक कोइरालाले सङ्घीयतालाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभएको छ । विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले सङ्घीयताको अभ्यास पहिलो भएकाले केही नमिलेको जस्तो देखिए पनि संविधानमै व्यवस्था भएकाले यसको सफल कार्यान्वयनका लागि सबैलाई आग्रह गरे । उनले जनतालाई मारमा पर्ने गरी वृद्धि गरिएको कर घटाउनुपर्ने बताउँदै नेपाली काङ्ग्रेसले जितेको स्थानीय तहमा कर वृद्धि गर्न नदिने जानकारी दिए । महामन्त्री कोइरालाले पार्टीको महासमिति भेला यस वर्षभित्र सम्पन्न गर्ने बताए । उनले जनमत सङ्ग्रह गरी हिन्दू राष्ट्रको मुद्दाको छिनोफानो गर्नुपर्ने विचार व्यक्त गरे ।

Read More

काठमाडौँ: सरकारले ‘जनजनमा शेयर घरघरमा बिजुली’को नारालाई रणनीतिक महत्वका साथ कार्यान्वयन गर्ने भएको छ । सो नारालाई कार्यान्वयनका लागि आर्कषक र प्रतिफल दिने आयोजनाको समेत खोजी गरिरहेको छ । रसुवामा चिलिमे जलविद्युत् आयोजनाको निर्माण पछि सो जिल्लाका स्थानीयवासीको आर्थिक तथा सामाजिकस्तर उठेको तथ्यलाई मनन गर्दै सरकारले सबै नेपाली नागरिकलाई जलविद्युत् आयोजनाको शेयर दिने लक्ष्य राखेको हो । पछिल्लो जनगणनाअनुसार नेपालमा ५६ लाख घरधुरी रहेका छन् । यद्यपि त्यसमा केही वृद्धिसमेत भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नागरिकलाई आकर्षक प्रतिफल दिने गरी जलविद्युत् आयोजनाको चयन भइरहेको र केही समयभित्रै कार्यक्रमकै रुपमा घोषणा गरिने जनाएको छ । आर्थिकरुपमा नै लगानी…

Read More

चितवन : सुनका गरगहना खरीद बिक्रीमा निश्चित मापदण्ड नहुँदा उपभोक्ता ठगिएका छन् । गरगहनामा लिइने ज्याला र जर्तीको मापदण्ड निश्चित नहुँदा सर्वसाधारण मारमा परेका हुन् । सुनचाँदी व्यवसायीले साना गहनामा ६० प्रतिशतसम्म जर्ती लिने गरेको स्वीकारेका छन् । ठूला गहनामा समेत २० प्रतिशतसम्म जर्ती लिने गरेको पाइन्छ । नारायणगढस्थित एक बैंकका प्रबन्धकले नाम उल्लेख नगर्ने सर्तमा आफूले श्रीमतीलाई सुनको हार किन्न खोज्दा २० प्रतिशत जर्ती मागेको बताए । नेपाल सुनचाँदी व्यवसायी सङ्घ चितवनका अध्यक्ष जीवनज्योति सदाशंकरले सुन खरीद बिक्रीसम्बन्धी सरकारी मापदण्ड आफूले पनि नपाएको बताए । सङ्घले बनाएको मापदण्डका आधारमा आवश्यकताअनुसार व्यवसायीले ज्याला र जर्ती लिने गरेको उहाँले बताउनुभयो ।…

Read More

काठमाडौँ: काठमाडौँमा तरकारीको आपूर्ति घट्दा मूल्य आकासिएको छ । देशभर वर्षा भएसंगै तरकारीको उत्पादन कम हुँदा तरकारीको आपूर्ति घटेको कारणले मूल्य बढेको ब्यापारीहरु बताउछन् । पछिल्लो १५ दिनमा कालिमाटी फलफुल तथा तरकारी बजारमा हरियो तरकारीको आपूर्तिमा ५० प्रतिशत भन्दा बढीले कमि आएको कालिमाटी फलफुल तथा तरकारी बजारका थोक बिक्रेता भगवान चन्द्र उप्रेतीले बताए । उनले भने- ‘ देशभर निरन्तर वर्षा हुँदा तरकारीको उत्पादनमा कमि आउनुको साथै उत्पादित तरकारी समेत बिग्रन जाँदा काठमाडौँमा तरकारीको आपूर्तिमा कमि आएको हो’। आपूर्तिमा कमि आएपनि तरकारीको मूल्य बढ्न थालेको बताउदै उनले भने- ‘माग अनुसार आपूर्ति नहुँदा तरकारीको मूल्य बढ्नु स्वभाविक हो ।’ आजभोलि भारत लगायत…

Read More

काठमाडौँ : गएराति परेको अविरल वर्षाको कारण आएको बाढीले बाह्रवीसे खोर्सानीबारी नजिकै रहेको साधीखोला पुलको आधा भाग बगाएको छ । पुलको आधा भाग बगाएसँगै बाह्रविसे नगरपालिकाका केही वडा र भोटेकोशी गाउँपालिकासँगको सडक सम्बन्ध टुटेको छ । खोर्सानीबारी नजिकै साधीखोलामाथिको पुलको आधा भाग बगाएको इलाका प्रहरी कार्यालयले जनाएको छ । पुल क्षतिग्रस्त भएपछि मोटरसाइकलबाहेक अन्य सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

Read More

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार गर्ने भनेको प्रदेश नम्बर २ को भ्रमण र प्रदेशसभालाई सम्बोधन गर्ने कुरा प्रदेशका सामाजिक व्यवस्था राज्यमन्त्री सुरेश मण्डलले विरोध जनाएका छन् । मण्डलले सामाजिक सञ्जालमार्फत ओलीको सम्बोधन असान्दर्भिक र अनुपयुक्त रहेको बताएका छन् । ‘प्रधानमन्त्री सम्माननीय केपी शर्मा ओलीज्यूको आज हुने भनिएको प्रदेशसभा –२ को सम्बोधन असान्दर्भिक र अनुपयुक्त छ । यो नेकपा सरकारको संघीयता माथि लगाम लगाउने पहिलो प्रयास हो’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘संघीय सरचनाको बिशेषता अर्थात प्रादेशिक स्वायत्तता बिरुद्धको यो कम्युनिष्ट सर्बसत्तावादको पहिलो एपिसोड हो, जसको म साक्षी बन्न सक्दिन । ’ मधेस आन्दोलन, मधेसी शहिद र मधेसी जनताको भावनालाई…

Read More

काठमाडौँ: यस साता सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । गत सात पाँचैदिन नेप्से घटेर ठुलो घाटा ब्यहोरेका लगानीकर्ताहरुलाई यो साता शुखद रहेको छ । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ४६ दशमलब ३८ अंकले बढेर अन्तिम दिन १ हजार २१० दशमलब ३२ अंकमा पुगेको छ । यससाता होटल समूह बाहेक सबै समूहको परिसूचकमा भारी वृद्धि आएको छ । सबै भन्दा बढी जीवन बीमा र निर्जीवन बीमासमूहको परिसूचकमा क्रमश: ३१० दशमलब ४३ अंक र २२३ दशमलब ८१ अंकले बढेको छ । त्यसैगरी, उत्पादन समूहमा १२७ दशमलब ७३ अंक, विकास बैंक ६५ दशमलब ३८ अंक, लघुवित्त ५२ दशमलब १२ अंक,…

Read More

काठमाडौँ: पाकिस्तानको संसदले आफ्नो मुलुकको नयाँ प्रधानमन्त्रीका रुपमा इमरान खानलाई चयन गरेको छ । टेलिभिजनहरूबाट प्रत्यक्ष प्रसारण भएको निर्वाचनपछि सभामुख असद क्विजेरले भने , “इमरान खानले १७६ मत आफ्नो पक्षमा सुरक्षित गर्नुभएको छ ।” खानलाई प्रधानमन्त्री बन्नका लागि सामान्य बहुमत १७२ मतको आवश्यकता पर्नेमा १७६ मत पाएपछि सरकार बनाउन बाटो खुलेको छ । खानका प्रतिस्पर्धी तथा पाकिस्तान मुस्लीम लिगबाट प्रधानमन्त्रीको उम्मेदवार बनेका शाहबाज शरीफले भने ९६ मत मात्रै प्राप्त गरेको सभामुख क्विसेरले संसदमा घोषणा गरेका थिए। विश्वकप क्रिकेटमा पाकिस्तानलाई विजय बनाएर चर्चित बनेका इमरानले शनिबार पाकिस्तानी प्रधानमन्त्रीको रुपमा सपथग्रहण गर्ने कार्यक्रम रहेको छ । खानले मन्त्रिपरिषद् १५ देखि २० सदस्यीय…

Read More

पर्वत: आफैले अध्यापन गराउने बालिकामाथि अप्राकृतिक मैथुन गर्ने यहाँका एक शिक्षक पुर्पक्षका लागि थुनामा परेका छन् । फलेबास नगरपालिका–६ स्थित माझीगाँउ प्राथमिक विद्यालयका प्रधानाध्यापक खिलप्रसाद पौडेललाई पर्वत जिल्ला अदालतका न्यायाधीश दयराम पोखरेलको इजलासको आदेश पछि शुक्रबार थप अनुसन्धानका लागि कारागार चलान गरिएको हो । थुनामा परेका प्रअ पौडेलले विद्यार्थीलाई मुख मैथुन गराउँदै आएको अभियोग लागेको छ । फलेवास नगरपालिका–६ मा रहेको माझीगाउँ प्राविमा अध्ययनरत सातदेखि बाह्र वर्ष उमेरका तीन बालिका र अर्को एक विद्यालयमा अध्ययनरत सोही उमेर समूहकी अर्की बालिकालाई पटक–पटक फकाएर अप्राकृतिक मैथुन गराएको अभियोगमा साउन ६ गते उनलाई पक्राउ गरिएको थियो प्रअ पौडेलले करीब एक वर्षअघिदेखि आफ्नो यौनाङ्ग…

Read More