Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: आर्थिक वर्ष २०७४/७५ मा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १९.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो निक्षेप १४ प्रतिशतले बढेको थियो । २०७४ असारमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ति, बचत र मुद्दतीको अंश क्रमशः ९.३ प्रतिशत, ३४.५ प्रतिशत र ४४.८ प्रतिशत रहेको छ । समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २२.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो कर्जा १८.२ प्रतिशतले बढेको थियो । निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह २२.३ प्रतिशतले, विकास बैंकहरुको २५.६ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह १६.१ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।…

Read More

कञ्चनपुर: कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै बिहीबार पनि यहाँ प्रदर्शन जारी रहेको छ । भीमदत्तनगर बजार, भाँसी, सुडा, लालपुर, सिसैया, दैजी, चम्फापुरलगायत क्षेत्रमा प्रदर्शनकारीले सडक र बजार क्षेत्रका ठाउँ ठाउँमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । भीमदत्तनगर र बेदकोट नगरपालिका क्षेत्रका विद्यालय र बजार प्रदर्शनकारीले बन्द गराएका छन् । स्वस्फूर्तरुपमा ठूलो सङ्ख्यामा विद्यालयका विद्यार्थीसमेत सडकमा उत्रिएका छन् । जिल्ला सदरमुकाम भीमदत्तनगरबाट सञ्चालन हुने यातायात सेवासमेत पूर्णरुपमा ठप्प रहेको छ । अप्रिय घटना हुन नदिन ठाउँठाउँमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मीलाई खटाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । बेदकोट नगरपालिका, भीमदत्तनगरपालिका र जिल्ला प्रशासन कार्यालयअगाडि…

Read More

काठमाडौँ: स्वास्थ्य सेवामा ग्राहकको पहुच सहज र सर्वसुलभ बनाउने लक्ष्यका साथ आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले नगद रहित अन्तरंग सेवा स्वास्थ्य बीमा योजना अगाडि ल्याएको छ । उक्त सेवालाई प्रदेशिक तहमा समेत विस्तार गर्ने उदेश्य सहित यस आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेशनल मेडिकल कलेज वीरगंज, पर्सा विच आपसी समझदारी पत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुलाई बीमालेखको सीमा सम्म नेशनल मेडिकल कलेज वीरगंज, पर्साबाट नगद रहित अन्तरंग सेवा प्राप्त हुनेछ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक पवन थापा र नेशनल मेडिकल कलेज वीरगंज, पर्साका तर्फबाट निर्देशक…

Read More

काठमाडौँ: इण्डोनेसियाको जकार्तामा जारी १८ औँ एशियाली खेलकूदको आजसम्म आइपुग्दा केही राष्ट्रिय कीर्तिमानबाहेक नेपाली खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेका छैनन् । भारोत्तोलनमा कमलबहादुर अधिकारीले एक र सञ्जु चौधरीले तीनवटा राष्ट्रिय कीर्तिमान बनाउनुबाहेक अन्य स्पष्र्धामा नेपालको प्रदर्शन पहिलो र दोस्रो चरणबाटै समाप्त भएको छ । महिला ५३ केजी तौल समूहमा सञ्जुले स्न्याचमा ७२ र क्लिन एण्ड जर्कमा ८६ केजी गरी कूल १५८ केजी तौल बहन गर्दै तीन राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । सञ्जुले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानसमेत भङ्ग गरेकी हुन् । अधिकारीले पुरुष ६९ केजीको स्न्याच, क्लिन एन्ड र कूलमा गरी आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरेका हुन् । कमलले…

Read More

काठमाडौँ : नेपाल विद्यार्थी सङ्घले त्रिभुवन विश्वविद्यालयमा आर्थिक घोटाला तथा नीतिगत भ्रष्टाचार भएको भन्दै छानबिन गर्न माग गरेको छ । नेविसङ्घ त्रिभुवन विश्वविद्यालय समितिले युएसएआइडीमार्फत मानवशास्त्र सङ्कायका आएको रकम प्राध्यापकहरुले आर्थिक तथा नीतिगत भ्रष्टाचार गरेको भन्दै छानबिन गर्न माग गरेको हो । उक्त समितिका सभापति हरि आचार्यले बुधबार आयोजित पत्रकारसम्मेलनमा विदेशी अनुदानबाट आएको करोडौँ रुपैयाँ अनुसन्धानमा खर्च नगरेर त्रिविका कर्मचारीले आफ्नो खल्तीमा हाल्ने गरेको आरोप लगाए । “त्रिविका सम्पूर्ण विभाग विद्यार्थीको हित र पक्षमा बन्न सक्नुपर्छ, अध्ययन अनुसन्धानमा विभागहरु क्रियाशील हुनुपर्छ, त्रिविको लोगो र छापसमेत दुरुपयोग गरी वार्षिक लाखौँ रकम बुझ्ने काम भएको छ,” उनले भने ।

Read More

काठमाडौँ: कल्याणकारी योजनाका नाममा नेपाली सेनाले नाफामुलक व्यापार व्यवसायमा लगानी बढाउन लागेको छ । नाफामुलक व्यापार व्यवसायमा सक्रिय बन्दै गएको आरोप खेपिरहेको सेनाले कल्याणकारी कोषम रकम व्यापारी प्रयोजनमा विस्तार गर्न लागेको हो । राष्ट्रिय सुरक्षाको प्रमुख अंग सेनाले सैनिक कल्याणकारी कार्यक्रमअन्तर्गत जगा प्लटिङ-हाउजिङ निर्माण, सपिङ कम्प्लेक्स, इन्धनको ढुवनी आपुर्ति तथा विक्रीवितरण जलविधुत आयोजनामा कर्जा प्रवाह तयारी पोशाक उत्पादनमा कर्जा प्रवाह तयारी पोशाक उतपादनलगायतमा लगानी विस्तार गर्न लागिएको जनाएको छ । कोषसँग चलअचल गरी ४१ अर्ब २९ करोड ८२ लाख ४६ हजार रुपैयाँको सम्पत्ति छ ।, आजको कारोवर दैनिकमा यो खबर छ ।

Read More

काठमाडौँ: राज्यका सबै निकायले सामाजिक सञ्जालहरु भाईवर, फेसबुक, र ट्वीटर अनिवार्य रुपमा सञ्चालन गर्नुपर्ने भएको छ । सरकारी निकायले सामाजिक सञ्चाल प्रयोग गर्ने कार्यविधि, २०७५ जारी गर्दै सरकारले यस्तो व्यवस्था गर्न लागेको हो । सामाजिक सञ्जालका माध्यमबाट जनगुनासा तत्काल सम्बोधन गर्न र जनतासँग सरकारी नियको सम्बन्ध मजबुत बनाउन भन्दै यस्तो कार्यविधि ल्याइएको हो । सरकारले आफ्नो छुट्टै सामाजिक सञ्जानल पनि बनाएर प्रयोगमा ल्याउन सक्ने त्यसमा उल्लेख छ । विधुतीय कारोवार ऐन, २०६३ को दफा ६९ को अधिकार प्रयोग गरी ल्याइएको कार्यविधिअनुसार अब सबै सरकारी निकायले फेसबुक पेज, ट्वीटर एकाउन्ट र भाइर अनिवार्य रुपमा सञ्चालन गर्नुपर्ने छ ।, आजको कान्तिपुर दैनिकले…

Read More

काठमाडौं: सरकारले कालिमाटी फलफूल तथा तरकारी बजार समितिअन्तर्गत सञ्चालित ९८ स्टलको सम्झौता खारेज गर्ने भएको समाचार आजको कान्तिपुरले पहिलो पृष्ठमा छापेको छ । कान्तिपुरमा छापिएको समाचारमा सरकारबाट २० हजारमा भाडामा लिइ अन्यलाई १ लाख रुपैयाँसम्ममा भाडामा लगाएको भेटिएपछि सम्झौता खारेज गर्न लागिएको उल्लेख छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव युवकध्वज जीसीलाई कोड गर्दै कान्तिपुरले यो समाचार लेखेको छ । ‘सरकारबाट सटर भाडामा लिएर ५ गुणा भन्दा बढीमा अन्य व्यापारीलाई दिइएको पाइएको छ । अब बिचौलियाको सिन्डिकेट अन्त्य गर्छौं ।’ पत्रपत्रिकाबाट

Read More

काठमाडौँ: महालक्ष्मी विकास बैंकले काठमाडौं महानगरपालिका वडा नं १०, मध्यबानेश्वरमा आफ्नो शाखा खोलेको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले आज एक कार्यक्रमका बीच उक्त शाखाको समुद्घाटन गरेका छन् । बैँकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले बैँकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आएको जानकारी दिँदै आगामी दिनमा बैंकले अझै उत्कृष्ट सेवा दिने तथा बैँकिङ्ग सेवामा नेपाली जनताको पहुँच बढाउन बैँकले शाखा विस्तारको क्रमलाई निरन्तर अघि बढाइरहने प्रतिवद्धता गरे । देशका शहरी तथा ग्रामीण क्षेत्रमा विभिन्न स्थानहरुमा ७३ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंकको ग्राहक संख्या ४ लाख ६० हजार भन्दा…

Read More

काठमाडौँ : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) ऊर्जा व्यापार, बौद्ध परिपथ, पर्यटन प्रवद्र्धन र जलवायु परिवर्तनको प्रभाव घटाउनेतर्फ केन्द्रित हुनुपर्नेमा कूटनीतिक क्षेत्रका जानकारले जोड दिएका छन् । परराष्ट्र मन्त्रालयमा पूर्वराजदूत तथा कूटनीतिक सेवाबाट निवृत्त व्यक्ति तथा वरिष्ठ सञ्चारकर्मीसँग आज भएको छलफलमा उनिहरुले सबै सदस्य राष्ट्रलाई सतह, जल र हवाईमार्गबाट जोड्न अपरिहार्य भएको बताए । व्यापार विस्तारका निम्ति त्यसो गर्नु अत्यावश्यक भएको उनिहरुको तर्क थियो । चौथो बिम्स्टेक शिखर सम्मेलन तयारीबारे जानकारी दिँदै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सदस्य देशको चौतर्फी विकासमा सघाउन बिम्स्टेक विकास कोष स्थापना, दुई दशक पार गरेको सङ्गठनको बडापत्र निर्माण, समग्र बिम्स्टेक क्षेत्रलाई शान्ति,…

Read More