Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं । प्रतिनिधि सभामा विपक्षीको नाराबाजीबिच सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने माथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै कांग्रेसले संसदमा अवरोध जारी राखेकाले नीति तथा कार्यक्रममा छलफल हुन पाएको थिएन । आइतबारको बैठकमा पनि कांग्रेस सांसदहरुले नाराबाजी जारी राखेका थिए । तर नाराबाजीकै बीच नीति तथा कार्यक्रममा छलफल गरी पास गरिएको हो । छलफल अघि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेमकिपाका सांसद प्रेम सुवालले संशोधन प्रस्ताव राखेका थिए तर ती…

Read More

काठमाडौँ: आइतबार बिहानै बूढानीलकण्ठस्थित देउवा निवासमै पुगेर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। दुई शीर्ष नेताबीच खासगरी संसदीय छानबिन समितिको कार्यादेश र क्षेत्राधिकारमा सहमति गर्ने विषयमा छलफल भएको कार्यदलको सदस्यसमेत रहेका कांग्रेसका सहमहामन्त्री जीवन परियारले जानकारी दिए। ‘हामीले राखेको कुरामा प्रधानमन्त्री गम्भीर हुनुहुन्छ’, सांसद परियारले भेटवार्ताबारे जानकारी दिँदै सञ्चारकर्मीसँग भने, ‘प्रधानमन्त्रीज्यूले शीर्ष नेताबीच पुनः छलफल गरेर आजै बेलुका तथा भोलि बिहानसम्म सहमति जुटाउने भन्नुभएको छ।’ खासमा सहमतिका लागि आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री, देउवा र सत्तारुढ एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल गर्ने तय भएको थियो। तर देउवा अस्वस्थ भएकाले सो बैठक नै…

Read More

काठमाडौँ: सडक डिभिजन कार्यालय, काठमाडौँले आफ्नो प्रवेशद्वारमा महानगरपालिककाले फोहोर फालिदिएको घटनालाई लिएर आपत्ति प्रकट गरेको छ। महानगरले कानुनी राज्यको उपहास गरेको सडक डिभिजनको ठहर छ। शनिबार एक विज्ञप्ति जारी गरी डिभिजन कार्यालयले उक्त घटनाले महानगरपालिकाको गरिमा नबढाउने भनिएको छ। ‘काठमाडौँ जिल्लाभित्रका सडक निर्माण तथा मर्मत सम्भारको महत्त्वपूर्ण जिम्मेवारी पाएको यस सडक डिभिजनको गेटमा देशकै ठूलो तथा जिम्मेवार स्थानीय सरकारबाट कानुनी राज्यको उपहास हुने गरी बलमिच्याइँ तथा अराजक शैलीबाट भएको यस किसिमको व्यवहारले महानगरको गरिमा कदापि नबढ्ने विषय छर्लंग छ।’ शनिबार काठमाडौँ महानगरपालिकाले सडक डिभिजन कार्यालयको गेटमा एक ट्रक धुलो खन्याइदिएको थियो। उक्त दृश्य सामाजिक सञ्जालमा सार्वजनिक गरी महानगर प्रमुख बालेन्द्र…

Read More

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच आइतबार बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्ड देउवालाई भेट्न बूढानीलकण्ठस्थित देउवा निवास पुगेका हुन् । देउवाको स्वास्थ्यमा समस्या देखेपछि प्रधानमन्त्री त्यहाँ पुगेको बताइएको छ । पछिल्लो समय सहकारी ठगीको विषयमा छानबिन गर्न संसदीय समिति गठन गर्ने विषयमा सत्तापक्ष र प्रतिपक्षबिच दुरी बढेको अवस्था छ । यही बिच दुई शीर्ष नेताबिचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । समिति गठन गर्ने विषयमा दलहरुबिच सहमति भए पनि त्यसको कार्यादेश (टीओआर) को विषय भने टुंगो लाग्न सकेको छैन । शनिबार कार्यादेश टुङ्ग्याउने जिम्मा पाएको कार्यदलले दलहरु टीओआरमा सहमति नजिक पुगेको जनाएको थियो ।…

Read More

काठमाण्ड: पोलियोविरुद्ध ‘आइपिभी’ खोप अभियान देशभर प्रारम्भ भएको छ । अभियानअन्तर्गत १४ लाख ६२ हजार सात सय १२ बालबालिकालाई खोप लगाइने छ । “सतहत्तर वटै जिल्लामा खोप अभियान प्रारम्भ भएको छ, नियमित खोप कार्यक्रम सञ्चालन भएका खोप केन्द्रमा पनि ‘आइपिभी’ को व्यवस्था गरेका छौँ”, अभियान सुरु भएको जानकारी दिँदै केन्द्रीय खोप अभियानका प्रमुख अभियान गौतमले भने। यही जेठ २६ गतेसम्म सञ्चालन हुने खोप अभियानमा २०७३ देखि २०७५ सम्म नियमित पोलियो खोप लगाउन छुटेका बालबालिकालाई समेटिने उनले बताए । विसं २०७१ देखि नेपालमा खोप लगाउन सुरु गरिए पनि २०७३ देखि २०७५ सालसम्म विश्वभर आइपिभी खोपको अभाव हुँदा देशभरका बालबालिका खोपबाट वञ्चित…

Read More

वीरगन्ज : । जिल्ला अदालत धनुषाले प्रहरी हिरासतमा रहेका कैलाश सिरोहियालाई पुनः तीन दिनको म्याद थप गरेको छ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाको तर्फबाट शुक्रबार ७ जना वरिष्ठ अधिवक्ताहरूले बहस गरेका थिए । सिरोहिया पक्षका अधिवक्ताहरुको बहस सकेपछि जिल्ला अदालतका न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले दोस्रो पटक तीन दिनको म्याद थप गरेको हो । जिल्ला सरकारी वकिलको कार्यालयले सिरोहियालाई ५ दिनको म्याद थप गर्न सिफारिस गरेकोमा न्यायाधीश ज्ञवालीको इजलासले दोस्रो पटक ३ दिनको म्याद थप गरेको अदालतका श्रेस्तेदार कैलाश प्रसाद भट्टराइले जानकारी दिए । अनुसन्धान नसकिएको भन्दै प्रहरीले म्याद थपको अनुमति मागेपछि दोस्रो पटक म्याद थप भएको हो । किर्ते…

Read More

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको अभिव्यक्ति र कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहपयाको पक्राउबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएको छ । प्रमुख तीन दलका शीर्ष नेताहरूको शुक्रबार बसेको बैठकमा कांग्रेसले गृहमन्त्री रवि लामिछानेले ६ जेठमा संसद्‌मा दिएको अभिव्यक्ति र सिरोहियाको पक्राउबारे प्रधानमन्त्रीलाई प्रश्न उठाएको हो । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने, ‘गृहमन्त्रीजीले सदनभित्र रहेका माननीय र कांग्रेसलाई लाञ्छित गर्नुभएको छ, यसका बारेमा जवाफ चाहन्छौँ भनेका छौँ ।’ जवाफमा प्रधानमन्त्री गृहमन्त्रीको अभिव्यक्तले आफ्नो पनि गम्भीर ध्यानाकर्षण भएको बताएका थिए । लेखकका अनुसार सिरोहिया पक्राउलाई भने अदालतको आदेश कार्यान्वयन गरेको भन्दै बचाउ गरेका थिए । बैठकमा…

Read More

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा संसदको गतिरोध र सरकारले ल्याउन लागेको बजेटको तयारी लगायतका विषयमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिलाई जानकारी गराएका छन् । भेटमा राष्ट्रपति पौडेलले संसदको गतिरोधबारे चासो र चिन्ता व्यक्त गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेलले गतिरोध अन्त्यका लागि सहमतिको अधिकतम पहल गर्न सुझाव समेत दिएका थिए । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले आफू सहमतिमा समस्या समाधानको पक्षमा रहेको बताउँदै संसदमा जारी गतिरोध अन्त्यका लागि पहल गरिरहेको बताएका थिए

Read More

काठमाडौँ: सहकारीको रकम हिनामिना र अपचलन सम्बन्धी गठन गर्ने भनिएको संसदीय छानबिन समितिका लागि कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक निष्कर्षविहीन भएको छ । बिहीबार सिंहदरबारस्थित कानुन मन्त्रालयमा बसेको बैठकमा सहमति जुट्न नसकेपछि निष्कर्षविहीन भएको हो । बैठक शुक्रबार बिहान ८ः३० बजे फेरि बस्ने कार्यदल सदस्य महेश बर्तौलाले जानकारी दिए । शुक्रबार बिहान बस्ने बैठकमा सहमति गरेर ११ बजे संसद् बैठक खुलाउने प्रयास हुने उनले बताए । बैठकमा सत्ता पक्ष सहकारीको नाम राख्न सहमत भए पनि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाममा असहमति भएको बर्तौलाले बताए । कांग्रेस नेता जीवन परियारले सत्ता पक्षले नाम नराखी छानबिनको दायरालाई अगाडि बढाउन प्रस्ताव…

Read More

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता र प्रेस स्वतन्त्रता अलग विषय भएको बताएका छन् । बिहीबार मोरङमा पत्रकारहरूसँग कुराकानी गर्दै ओलीले नागरिकता छानबिन गर्दा प्रेस स्वतन्त्रता हनन नहुने बताएका हुन् । कान्तिपुर दैनिकका प्रकाशक कैलाश सिरोहिया पक्राउबारे पत्रकारहरूको प्रश्नमा उनले भने, ‘तपाईंरूलाई कस्तो लाग्छ । तपाईंले नक्कली नागरिकता बनाउनु भयो, भएन बेग्लै कुरा होला । तर त्यसबारे छानबिन गर्दा कसरी प्रेस स्वतन्त्रता हनन भयो ? कहाँबाट हनन भयो ? प्रेससँग यसको के सम्बन्ध छ ?’ गृहमन्त्रीले ‘इगो’को रूपमा लिनुभयो जस्तो छ नी ? भन्ने पत्रकारको प्रश्नमा ओलीले भने, ‘संयोग त्यस्तो पर्‍यो होला ।’ ओलीले अगाडि भने, ‘कांग्रेसका…

Read More