Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
- यस्ता छन् आगामी बजेटको प्राथमिकता (पूर्ण पाठ)
- शोधनान्तर स्थिति सात खर्ब ३१ अर्बले बचतमा, नौ महिनामा साढे १६ खर्ब बढी विप्रेषण भित्रियो
- सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
- सरकारको नीति तथा कार्यक्रम: सीमारहित अर्थतन्त्र र तौलरहित व्यापार
- संघीय संसद्को बजेट अधिवेशन आजदेखि, नीति तथा कार्यक्रम पनि आजै प्रस्तुत हुने
- टर्किस एयरलाइन्समा आगलागीपछि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल खुल्यो
- इस्तानबुलबाट आएको टर्किस एयरको जहाजमा आगलागी, सबै यात्रु सुरक्षित
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: सरकारले चालू आर्थिक बर्षदेखि लागू हुने गरी सवारीसाधनको अन्तःशुल्क इन्जिन क्षमताअनुसार निर्धारण गरेपछि महँगाा सवारीसाधनको मूल्य उल्लेख्य रुपमा वृद्धि भएको छ । दुईपाङ्ग्रे सवारीमा २ हजारदेखि ४ लाख रुपैयाँसम्म वृद्धि भएको छ । भने चारपाङ्ग्रे सवारीमा ५० लाख रुपैयाँसम्म बढेको देखिन्छ । आजको कारोबारमा खबर छ । बजेटमार्फत चारपाङ्ग्रे तथा दुईपाङ्ग्रे सवारीमा इन्जिन क्षमताका आधारमा ५ प्रतिशत विन्दुदेखि ४० प्रतिशत विन्दुसम्म अन्तःशुल्क बढाइएको थियो । बजेटमार्फत १ हजार सीसी इन्जिन क्षमताभन्दा माथिका कार र १ सय ५० सीसीभन्दा बढी इन्जिन क्षमताका मोटरसाइकलको अन्तःशुल्क वृद्धि गरिएको हो । सवारीसाधनको मूल्य बढ्नुमा यो बर्षको बजेटमार्फत गरिएको अन्तःशुलक र सडक मर्मत दस्तुर…
काठमाडौँ: पहिलो पटक एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेको नेपाली क्रिकेट टोलिले नेदरल्यान्ड्ससामु ५५ रनको हार ब्येहोरेको छ । टप अडरका ब्याटिङ नचल्दा नेपालने नेपालल्याण्ड्सँग ५५ रनले पराजित हुन पुगेको हो । १९० रनको लक्ष्य पछ्याएको नेपालले ४१.५ ओभरमा सबै विकेट गुमाएर १३४ रन मात्र बनाउन सक्यो । नेपालको सुरुवात राम्रो थियो । उपकप्तान ज्ञानेन्द्र मल्ल र अनिलकुमार साहले पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरे । अनिल व्यक्तिगत २१ रनमा आउट भए । त्यसपछि नेपालले ठूलो साझेदारी नै गर्न सकेन । दोस्रो विकेटका रुपमा कप्तान पारस खड्का आउट भए । थप दुई रन जोड्दा ज्ञानेन्द्र मल्ल पनि पभेलियन फर्किए ।…
विराटनगर: श्रम ,रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले युवा उद्यमीले रोजगारीको सिर्जना गर्ने उद्यमस्थापना गर्नुपर्ने बताएका छन् । युवा तथा खेलकूद मन्त्रालय, युवा परिषद् मोरङ र नेपाल यूवा उद्यमी मञ्चद्वारा आज यहाँ आयोजित ‘युवा उद्यमशीलता र रोजगारीका अवसरहरु’ विषयक प्रदेश नं १ स्तरीय अन्तरक्रिया कार्यक्रममा मन्त्री विष्टले प्रत्येक वर्ष पाँच लाख युवाका लागि राजगारी सिर्जना गरेर विदेशिने क्रमलाई रोक्नुपर्नेमा जोड दिए । उनले उद्यमीलाई रोजगार र निर्यातमूलक उद्योग स्थापनाका आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न सरकार तयार रहेको बताउँदै विदेशी उत्पादनसँग प्रतिस्पर्धी गर्ने उत्पादनलाई सरकारले प्रोत्साहन गर्ने प्रस्ट परे । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले रोजगारी सिर्जना गर्ने…
काठमाडौँ: संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले आगामी दश महिनाभित्र भैरहवाबाट अन्तर्राष्ट्रिय उडान शुरु गरिने दावी गरेका छन्। फोटो पत्रकार क्लबद्वारा बबरमहलस्थित नेपाल कला परिषद्मा आयोजित तस्बीर प्रदर्शनीको उद्घाटन गर्दै उनले विमानस्थल निर्माणको करीब ६० प्रतिशत कार्य सम्पन्न भइसकेको र बाँकी काम चाँडो हुने जानकारी दिए । पर्यटन क्षेत्रको विकासमा फोटो पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउँदै उनले भनें, “ मठमन्दिर, मस्जिद, सम्पदा, प्राकृतिक सुन्दरताको पहिचान गरेर फोटामार्फत विश्वमा प्रचारप्रसार गर्न सकिनेछ ।” भिजिट नेपाल–२०२० लाई सफल पार्न फोटो पत्रकारको भूमिका महत्वपूर्ण रहने बताए । उनले फोटो पत्रकारले पछिल्लो पटक विकास भइरहेको प्रविधि र सामाजिक सञ्जालका बारे चनाखो हुनुपर्ने…
दोलखा: विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थानीय जनताको नागरिकता खरिद गरी तामाकोशी आयोजनाको शेयर हत्याउने गिरोह सक्रिय रहेकोभन्दै यसमा सजग रहन स्थानीयलाई आग्रह गरेका छन् । “हामीले थाहा पाए अनुसार यस आयोजनाको शेयर प्राप्तिका लागि केहि शेयरका माफियाहरु स्थानीयको नागरिकता खरिद गरी शेयर आफ्नो नाममा ल्याउन सक्रिय रहेका छन् यसमा सचेत हुनुहोस,” घिसिङले भने। जिल्लाका बासिन्दालाई छुट्याइएको १० प्रतिशत शेयर वितरणको आज चरिकोटमा शुभारम्भ कार्यक्रममा बोल्दै उनले सो कुरा ब्यक्त गरेका हुन् । कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले पैसा र पहुँच हुनेले स्रोत साधनमा लगानी गरेर नाफा बटुल्दै लैजाने र नहुनेले हेरेरै बस्ने प्रवृत्तिको अन्त्य तामाकोशी आयोजनाले…
दोलखा : ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले पैसा र पहुँच हुनेले स्रोत साधनमा लगानी गरेर नाफा बटुल्दै लैजाने र नहुनेले हेरेरै बस्ने प्रवृत्तिको अन्त्य तामाकोशी आयोजनाले गरेको बताएका छन् । जिल्लाका बासिन्दालाई छुट्याइएको १० प्रतिशत शेयर वितरणको आज चरिकोटमा शुभारम्भ गर्दै उनले देशकै उदाहरणीय तामाकोशी आयोजनाले अन्य जलविद्युत् आयोजना निर्माणका लागि हौसला प्रदान गरेको बताए । मन्त्री पुनले विकासमा सामाजिक न्यायको अवधारणा अपरिहार्य रहेको उल्लेख गर्दै मुलुकको समृद्धिका लागि विकास र सुशासन आवश्यक रहेको बताए । एक लाख मेगावाटभन्दा बढी विद्युत् उत्पादन हुनसक्ने नेपालमा तत्काललाई जनताकै लगानीमा तीन हजार मेगावाटका आयोजना सञ्चालन गर्ने योजना सरकारको छ भन्दै उनले सरकारले…
काठमाडौँ: सनम शाक्य हत्याकाण्ड र साढे ३३ किलोग्राम सुन तस्करीको छानबिनका लागि गठित समितिले सुन तस्करी र हत्याबारे तयार पारेको प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइएको छ । गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित छानबिन समितिले तयार पारेको प्रतिवेदन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को उपस्थितिमा प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ प्रधानमन्त्री ओलीलाई बुझाएको हो । सुन तस्करी र संगठित अपराधका विभिन्न पाटालाई केलाएर तयार पारिएको सो प्रतिवेदन ७५२ पृष्ठको छ । समितिले सुझाव, घटना विवरण, तथ्य र सम्भावनासहितका विषय समेटेर चार महिनासम्म गरेको अनुसन्धानलाई समेटेको छ । गत माघमा दुबईबाट नेपाल आएको साढे ३३ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट…
भक्तपुर: भक्तपुर नगरपालिकाका बजार अनुगमन समितिले आज मासु र खाद्यान्न पसल तथा होटलको अनुगमन गर्दा मासु पसल फोहर र खाद्यान्न एवं होटलमा म्याद गुज्रेको सामान बिक्री गरेको पाइएको छ । समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा भक्तपुरको ब्यासी, दूधपाटी नःपुखु इताछेंलगायतका स्थानमा सञ्चालित मासु पसलमा भएको अनुगमनमा अधिकांश मासु पसल दर्ता नगरी सञ्चालन भएको र न्यूनतम मापदण्डसमेत पूरा नगरेको पाइएको छ । टोलीले इन्द्रायणी मिटसप, सानो व्यासी मासु पसल र सरिता शाहीको राँगोको मासु पसल दर्ता नभएको, मासु खुल्ला राखेर बिक्री गरेको, एप्रोन नभएको, मूल्यसूची नभएको, ढक तराजुमा कैफियत भएको तथा नापतौल विभागमा दर्ता नगरेको अनुगमनका क्रममा पाइएको छ । त्यस्तै…
काठमाडौँ :प्रस्तावित प्रधानन्यायाधीशमा दीपकराज जोशीको संसदीय सुनुवाइबाट नाम अनुमोदन गर्ने कि नगर्ने भन्ने निर्णय आज पनि हुन सकेन । संसदीय सुनुवाइ समितिका संयोजक लक्ष्मणलाल कर्णले सहमति जुटाउनका लागि थप छलफल गर्नुपर्ने भएकाले शुक्रबार बिहान १० बजे बस्नेगरी बैठक स्थगित गरिएको जानकारी दिए । बुधबार दिउँसो ३ बजे बोलाइएको सुनुवाई समितिको बैठक निकै ढिला गरी सुरु भएको थियो । बैठकमा प्रमुख विपक्षी कांग्रेसले ‘संघीय कानुन बनेको छैन, अनुमोदन नगर्ने हो भने हामी मान्दैनौं’ भनेपछि सहमतिका लागि बैठक स्थगित भएको हो । समितिले १० गते नै सुनुवाई गरेको थियो । त्यसयता दुई बैठक बस्दै नबसी स्थगित भयो भने बुधबारसहित दुई वटा बैठक…
काठमाडौँ : पहिलो अन्तर्राष्टिय एक दिवसीय क्रिकेटमा नेदरल्यान्डसले नेपालसामू १९० रनको चुनौती प्रस्तुत गरेको छ । नेदरल्यान्ड्सस्थित भि आर ए खेलमैदानमा भइरहेको खेलमा टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीले ४७ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १ सय ८९ रन बनायो । नेपालका तर्फबाट व्याटिङमा चम्किएका कप्तान पारस खड्काले सबैभन्दा बढी ४ विकेट लिए । त्यस्तै सोमपाल कामीले तीन अनि सन्दीप लामिछाने, करण केसी र बसन्त रेग्मीले एक- एक विकेट लिए । घरेलु टोली नेदरल्यान्ड्सका लागि मिचेल रिप्पोनले सर्वाधिक ७६ बलमा ५१ रन जोडे । यस्तै स्टेफेन माइबर्गले २९, बास डे लिडेले ३०, बेन कुपरले २० र स्कट एडवाड्सले १८…