Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
- यस्ता छन् आगामी बजेटको प्राथमिकता (पूर्ण पाठ)
- शोधनान्तर स्थिति सात खर्ब ३१ अर्बले बचतमा, नौ महिनामा साढे १६ खर्ब बढी विप्रेषण भित्रियो
- सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
- सरकारको नीति तथा कार्यक्रम: सीमारहित अर्थतन्त्र र तौलरहित व्यापार
- संघीय संसद्को बजेट अधिवेशन आजदेखि, नीति तथा कार्यक्रम पनि आजै प्रस्तुत हुने
- टर्किस एयरलाइन्समा आगलागीपछि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल खुल्यो
- इस्तानबुलबाट आएको टर्किस एयरको जहाजमा आगलागी, सबै यात्रु सुरक्षित
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएको बिषयलाई लिएर कानुनमन्त्री शेरबहादुर तामाङलाई राजीनामा दिनु पर्ने बाताबरण सिर्जना भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कानुनमन्त्री तामाङलाई राजीनामा दिन निर्देशन दिएको स्रोतले जनाएको छ । उनले आजै मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर राजीनामा दिएको घोषणा गर्ने बताईएको छ । बंगलादेशमा एमबिबिएस पढ्न जाने छात्राबारे उनले दिएको अभिव्यक्तिपछि उनको चौतर्फी आलोचना भएको छ। मन्त्री तामाङले शुक्रबार राजधानीको एक विद्यालयमा आयोजित कार्यक्रममा बंगलादेशमा एमबिबिएस पढ्न जाने छात्राले आफूलाई नसुम्पी सर्टिफिकेट नपाउने बताएका थिए। नेपालमा मेडिकल कलेज खोल्नपर्छ भन्ने आफ्नो मतलाई पुष्टि गर्न उनले मैले सुनेको छु भन्दै बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली…
काठमाडौँ: नेपालको संविधानले शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकारको ग्यारेन्टी गरेको छ । तर होटल तथा क्यासिनोमा कार्यरत मजदुरहरुले आगामी दिनमा आफ्नो अधिकार माग गरेर आवाजसमेत उठाउन नपाउने भएका छन् । मजदुर संगठनमा आबद्ध केही नेताको स्वार्थका कारण मजदुरको अधिकारमाथि नै बन्देज लगाउने सहमति गरेपछि मजदुर संगठनमा विवाद चुलिएको छ । मजदुरको हकहितका लागि खुलेका संगठनका केही नेताले होटल तथा क्यासिनो सञ्चालको प्रलोभनमा परेर मजदुरविरोधी सम्झौता गरेको आरोप सम्झौता गर्नेहरुमाथि लागेको छ । यो खबर आजकोनेपाल समाचारपत्र दैनिकमा छ ।, गत जेठ १८ गतेदेखि लागू हुने गरी मजदुर नेता र होटल सञ्चालकको बीच मजदुर अधिकारलाई असर हुने गरी सम्झौता भएको पाइएको…
काठमाडौँ: कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले छोराको बिहेको इन्गेजमेन्टमा मात्रै २० लाख र पूरा बिहेमा ९० लाख रुपैयाँ खर्च गरेको भन्दै उक्त रकमको स्रोतको खोजी भएको छ । प्रधानन्यायाधीश बन्ने प्रक्रियामा रहनुभएका जोशीविरुद्ध परेको उजुरीमा यो लगायत ५ वटा गम्भीर आरोप रहेको संघीय संसद् सचिवालय स्रोतले जनाएको छ । संघीय संसद् सचिबालयले संवैधानिक परिषद्को वैठकबाट प्रधानन्यायाधीशमा सिफारिस हुनुभएका जोशीविरुद्ध साउन ६ गतेसम्म उजुरी दिन आव्हान गरेको थियो । उहाँमाथि सबैभन्दा पछिल्लो समयमा सामाजिक सुधार ऐन बिपरीत छोराको बिहेमा कुस्तौँ खर्चेर भोज गरेको, राष्ट्रलाई क्षति पु¥याउने गरी अन्तरिम आदेश जारी गरेको, सरकारका नाममा श्रेष्ता कायम रहेको तनहुँको भिमाद नगरपालीकाको आठ सय रोपनी…
काठमाडौँ: पछिल्लो समय मन्त्रिपरिषद्मा भएका निर्णय अडकलेर मात्र सार्वजनिक गर्न थालिएको छ । मन्त्रिपरिषदको निर्णय सरकारका प्रवक्ताका रूपमा सञ्चार तथा प्रविधिमन्त्रीले तत्काल पत्रकारसमक्ष प्रस्तुत गर्दै आएका छन् । तर, कहिले आधा त कहिले सार्वजनिक गर्दा फाइदा हुने निर्णयमात्र भन्ने र बाँकी लुकाउन थालिएको छ । खासगरी आलोचना हुन सक्ने निर्णयबारे सरकारका प्रवक्ता मौन रहने गरेका छन् । नियुक्ति तथा सरकारले बाँड्ने खर्चजस्ता विषयको निर्णय बताउने गरिएको छैन । गत सोमबार मन्त्रिपरिषद्ले भारत र मलेसियामा राजदूत सिफारिसको निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सार्वजनिक गरे । तर, न्युयोर्कका लागि स्थायी प्रतिनिधि र यूएईमा राजदूत पनि सिफारिस गरिएकोबारे उनले केही बताएनन् । न्युयोर्कका…
काठमाडौँ: छोराको हत्यामा संलग्नलाई कारबाही माग राख्दै पटक–पटक आमरण अनशन बस्दै आएकी गोरखा फुजेलकी गंगामाया अधिकारीलाई राहतस्वरूप सरकारले एक करोड रुपैयाँ दिएको छ । अधिकारीसँग विगतमा गरेको सम्झौताबमोजिम सरकारले सोमबार उनको नाममा खाता खोली १ करोड रुपैयाँ जम्मा गरिदिएको हो ।२०७१ सालमा भएको सम्झौता बमोजिम सरकारले खाता खोलेर रकम राखिदिएको हो । गंगामायाका अधिवक्ता आषिकराम कार्कीका अनुसार कृषि विकास बैंकमा खोलिएको उनको खातामा सरकारले २०७१ सालमै दिने भनी सम्झौता गरेको १ करोड रुपैयाँ राखिदिएको हो ।,यो खबर आजको कान्तिपुर दैनिकमा छ । पत्रपत्रिकाबाट
काठमाडौँ: नेपाल खाद्य संस्थानले यो वर्ष २३ खाद्य संकट जिल्लामा एक लाख ४० हजार क्विन्टल चामल ढुवानी गर्ने भएको छ । खाद्य संस्थानले सरकारबाट प्राप्त ढुवानी अनुदानको आधारमा २३ खाद्य अपुग जिल्लामा एक लाख ४० हजार क्विन्टल चामल ढुवानी गर्ने योजना बनाएको संस्थानका प्रबक्ता शंकर सापकोटाले बताए । सरकारले दुर्गम तथा खाद्य संकट जिल्लामा चामल ढुवानीको लागि यो वर्ष ४४ करोड ढुवानी अनुदान उपलब्ध गराएको छ । सापकोटाले संस्थानले सरकारबाट उपलब्ध ढुवानी अनुदान तथा सम्बन्धित जिल्लाको वार्षिक खाद्य बस्तु मागको आधारमा कोटा निर्धारण गरेको बताए । खाद्य संस्थानले ताप्लेजुङ, संखुवासभा, भोजपुर, सोलुखुम्बु, ओखलढुङ्गा,खोटाङ, मनाङ, गोर्खा, मुस्ताङ, रुकुम, रोल्पा, दैलेख, जाजरकोट,…
काठमाडौं: झन्डै डेढ महिनाअघि शिक्षकको कुटपिटबाट गम्भीर घाइते भएका चरिकोटस्थित गौरीशंकर इंग्लिस बोर्डिङ स्कुलमा अध्ययनरत ६ वर्षीय सुदीप बस्नेतको मृत्यु भएको छ । यूकेजीमा अध्ययनरत सुदीपको आइतबार उपचारका क्रममा काठमाडौं महाराजगञ्जस्थित शिक्षण अस्पतालमा मृत्यु भएको हो । आजको राजधानी दैनिकमा समाचार छापिएको छ । दोलखाको झ्याँकु निवासी सो स्कुलका शिक्षक दावा के शेर्पाले गत २९ जेठमा सुदीलाई कक्षा कोठामै गम्भीर घाइते हुने गरी कुटपिट गरेका थिए । कुटपिटका कारण उनको खुट्टा, हात र ढाडमा गम्भीर चोट लागेको थियो । उनको उपचारकै क्रममा आइतबार मृत्यु भएको हो ।
काठमाडौं: नेपाली कांग्रेसले प्रधानमन्त्री एवम् नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले सोमबार दिएको अभिव्यक्तिबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्ति जारी गर्दै चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग राख्दै अनसनरत डा.गोविन्द केसी र उनको मुद्धामा लासको राजनीति गरेको भन्ने नेताहरुको अभिव्यक्तिप्रति पार्टीको गम्भीर ध्यानकर्षण भएको जनाएका हुन् । विज्ञप्ति जारी गर्दै उनले भनेका छन्ः ‘हामी स्मरण गराउन चाहन्छौं, लोकतन्त्र भनेको लाख मानिसले जुलुश गर्न पाउने अधिकार मात्र होइन, केवल एकजना व्यक्ति मात्रैले पनि न्यायको लागि आवाज उठाउँछ भने राज्यले त्यसलाई सुनुवाई गर्नु वास्तविक लोकतन्त्र । त्यसमा पनि डा.गोविन्द केसी केवल एकजना व्यक्ति…
बैतडी: डा गोविन्द केसीको अनशनले जनताको स्वास्थ्य सेवा पाउने मौलिक हक हनन भएको भन्दै अनेरास्ववियू र युवा संघ नेपाल बैतडीले आज जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । अखिलका जिल्ला अध्यक्ष भुवन कार्की र युवा संघका जिल्ला अध्यक्ष राजेन्द्र चन्दले डा केसीको अनशनका कारण देशभरका स्वास्थ्य संस्थाका स्वास्थ्य सेवा अवरुद्ध भइरहेको भन्दै प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउनु भएको हो । ज्ञापनपत्रमा चिकित्सा क्षेत्रको सुधारका नाममा पटकपटक अनशन बस्दै आउनुभएका डा केसीका कारण नागरिकको स्वास्थ्य सेवा पाउने संवैधानिक हक हनन् भएको र स्वास्थ्य जस्तो अतिसंवेदनशील क्षेत्रमा राजनीतिकरण भएको आरोप लगाइएको छ । ज्ञापनपत्रमा अनशनकै…
काठमाडौँ: नेपाल वायु सेवा निगमको वाइडबडी जहाजले आज परीक्षण उडान गरेको छ । निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले आज अपराह्न उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँबाट भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलसम्मको परीक्षण उडान गरेको जानकारी दिए । सो उडानलाई निगमले ‘पुफिङ फ्लाइट’ को नाम दिएको छ । गत असार २४ गते काठमाडौँ आइपुगेको ‘अन्नपूर्ण’ नाम दिइएको सो जहाजलाई विदेशी चालक फ्रान्सिको र निगमका चालक श्रवण रिजालले उडाएको प्रवक्ता श्रेष्ठले बताए । निगमले वाइडबडी ए ३३०–२२० सिरिजको जहाजमार्फत अन्तर्राष्ट्रिय उडानमा आफ्नो हिस्सा बढाउने लक्ष्य राखेको छ । अन्तर्राष्ट्रिय हवाई उड्डयन संगठनको छाता संगठन (आइकाओ)ले व्यावसायिक उडान अघि परीक्षण उडान गर्नुपर्ने व्यवस्था गरेको…