Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीलाई संसदीय सुनुवाइ प्रक्रियाबाट अनुमोदन गर्ने कि नगर्ने भन्नेमा सत्तारूढ नेकपाभित्रै अलमल छ । नेकपा नेताहरू निष्कर्षमा नपुगेकाले संसदीय सुनुवाइ समितिको आइतबारको बैठक केही सदस्य अनुपस्थित भएको प्राविधिक कारण देखाउँदै सोमबार दिउँसोसम्मका लागि स्थगन भएको छ । १५ सदस्यीय समितिमा सत्तारूढ दलका १० सांसद छन् । उनीहरूले चाहे जोशीको नाम अस्वीकारसमेत गर्न सक्छन् । सांसदहरूको एकमत बनाउन र पार्टीको निष्कर्ष दिन प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली, अध्यक्ष पुष्पकमल दाहालसहितका शीर्ष नेताले संसदीय सुनुवाइका क्रममा जोशीमाथि उठेका प्रश्न र समितिमा रहेका दलका सांसदहरूको राय बुझिरहेका छन् । शैक्षिक प्रमाणपत्र र केही फैसलाहरूमा प्रश्न उठेको, समितिमा सांसदले सोधका…

Read More

इश्लामावाद: पाकिस्तानको केन्द्रीय संसदमा १६ बर्षपछि पहिलो गैरमुश्लिम सदस्य निर्वाचित बनेको छ । त्यस्तै पाकिस्तान पिपुल्स पार्टी (पीपीपी)का महेश मलानी पाकिस्तानको इतिहासमा संसदको तल्लो सदनको सांसद बन्ने पहिलो हिन्दू व्यक्ति बन्नुभएको छ । पाकिस्तानी निर्वाचन आयोगलाई उद्धृत गर्दै पाकिस्तानी पत्रिका डनले दिएको जानकारी अनुसार मलानीले सिन्ध प्रान्तको एनए–२२२ (थारपारकर–दोस्रो)बाट निर्वाचन लडी एक लाख छ हजार ६३० मत ल्याई संसदमा प्रतिनिधित्व गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी ग्रान्ड डेमोक्रेटिक गठबन्धनका अर्वाव जाकुल्लाहले ८७ हजार २५१ मत प्राप्त गर्नुभएको छ । मलानी खाद्यान्नका लागि सिन्ध सभाका स्थायी समिति प्रमुख हुनुहुन्छ । पाकिस्तानी पूर्व राष्ट्रपति प्रवेज मुशर्रफले सन् २००२ मा गैरमुशलमान समुदायबाट मतदान…

Read More

काठमाडौँ: बेलायतको लर्ड्स क्रिकेट मैदानमा आज भएको त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले मेरिलोबन क्रिकेट क्लब(एमसिसी)लाई नौ विकेटले पराजित गरेको छ । नेपालले टस जितेर फिल्डिङ रोजेपछि एमसीसीले ६ ओभरको खेलमा चार विकेटको क्षतिमा ४० रन बनायो । नेपालले ४१ रनको विजय लक्ष्य ४ दशमलव ४ ओभरमा एक विकेट गुमाउँदै पुरा ग¥यो । वर्षाका कारण २० ओभरको खेललाई ६ ओभरमा सीमित गरिएको थियो । नेपालका लागि सुवास खकुरेलले अविजित १६ रन बनाए । उनले १५ बल खेल्दै दुई चौका प्रहार गरे । उपकप्तान ज्ञानेन्द्र मल्लले अविजित १२ रन बनाए । उनले चार बल खेल्दै एक छक्का र एक चौका हाने । अनिलकुमार…

Read More

काठमाडौँ: प्रहरीले राजधानीबाट मकाउ पठाउछु भन्दै ठगी धन्दा चलाउने एक ब्यक्तीलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रिय अनुशन्धान ब्युरोले जिल्ला सुनसरी धरान घर हुने वर्ष ५० को बाल कृष्ण भण्डारीलाई ललितपुरस्थित थसिखेल कुसुन्तीबाट साउन ११ गते पक्राउ गरेको हो । प्रहरी उपरीक्षक कृष्णहरी शर्माका अनुसार मकाउमा राम्रो तलब सुविधा सहितको रोजगारीको अवसर छ भण्डारीले २३ जना व्यक्तिहरूवाट प्रति व्यक्ति २ लाख ७५ हजार रुपैयाँ उठाइ ठगी गरेको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो । भण्डारीमाथि थप अनुशन्धान गर्न ललितपुर जिल्ला अदालतबाट म्याद गरी अनुसन्धान भईरहेको पनि उनले बताए । साथै ठगीमा संलग्न अन्य व्यक्तिहरूको खोजतलास भईरहेको । प्रहरीले यस सम्बन्धमा…

Read More

काठमाडौँ: नेपाल विधुत् प्राधिकरणले स्थापना गरेका संरचना (टावर, पोल) आदिमा टेलिभिजन र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले प्राधिकारणकै पोलमा बाँधिएका र स्थापना गरेका संरचनाहरु यही साउन १५ गतेभित्र हटाइसक्न निर्देशन जारी गरेको छ । प्राधिकरणले अप्टिकल फाइबरमार्फत निजी केबुल तथा इन्टरनेट सेवाप्रदायक कम्पनीहरु सबैलाई उसले प्राधिकरणको खम्बा र कुनै पनि संरचनामा राखिएका तार तथा संचार उपकरण यदी राख्न चाहने हो भने प्राधिकरणले तोकेको मितिभित्र स्वीकृति लिईसक्नु पर्ने जनाएको छ । स्विकृती नलिई संचालन गरिएका त्यस्ता कुनै पनि संरचना प्राधिकरणले झिकिदिने र त्यसको जवादेहिता पनि नहुने प्राधिकरणले आइतबार एक बिज्ञप्ति जारी गर्दै सो सूचना जारी गरेको हो। प्राधिकरणले यही असार २५ गते…

Read More

काठमाडौँ : अबदेखि केही सरकारी निकायको सम्पत्ति विवरण बुझाउने स्थान परिवर्तन भएको छ । राष्ट्रिय सर्तकता केन्द्रले संघीय संरचनाअनुसार केही कार्यालय थप भएका र पुराना केहीको सम्पत्ति विवरण बुझाउने ठाउँ परिवर्तन गरिएको भन्दै नयाँ व्यवस्था लागू गरेको छ । केन्द्रका सूचना अधिकारी डालनाथ अर्यालका अनुसार राष्ट्रपति तथा उपराष्ट्रपति कार्यालय, विशेष अदालत, महान्याधिवक्ता कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीको सम्पत्ति विवरण बुझाउने ठाउँ परिवर्तन गरिएको हो । राष्ट्रपति र उपराष्ट्रपति कार्यालयमा नियुक्त कर्मचारीले सम्बन्धित आ–आफ्नो कार्यालयमा, महान्याधिवक्ताले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले राष्ट्रिय किताबखानामा सम्पत्ति विवरण बुझाउनु पर्नेछ । निजामती कर्मचारी र शिक्षकले समेत…

Read More

चितवन :प्राकृतिक रुपमा बाघलगायत वन्यजन्तुको मृत्युबारे संरक्षणकर्मीले चिन्ता प्रकट गरेका छन् । विश्व बाघ दिवसको अवसरमा आज बिहान चितवनको रत्ननगरमा भएको अन्तक्र्रिया तथा सचेतनामूलक कार्यक्रममा सहभागीले वन्यजन्तुको प्राकृतिक मृत्युबारे चिन्ता व्यक्त गर्दै त्यसको कारण पत्ता लगाउनुपर्नेमा जोड दिए । चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र, मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष वासु ढुंगानाले प्राकृतिक रुपमा वन्जयन्तुहरुको मृत्यु हुने क्रम बढेको भन्दै यसको अनुसन्धान जरुरी रहेको उल्लेख गरे। पछिल्लो ८–१० महिनाको अन्तरालमा वरण्डाभार क्षेत्रमा मात्रै तीन वटा बाघ मरेको चर्चा गर्दै सहभागीहरूले यसको खास कारण पत्ता लगाउन नसके सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर पार्ने योजना चुनौतीपूर्ण हुने बताए । चितवनमा गएको एक वर्षमा…

Read More

काठमाडौँ :नेपाली काँग्रेसले मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईंलार्ई कारबाहीको माग गर्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ । बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गरी फर्किएका र अध्ययनरत नेपाली छात्राका सम्बन्धमा प्रसाईँले अपमानपूर्ण अभिव्यक्ति दिएको भन्दै काँग्रेसले आज प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ७१ बमोजिम जरुरी सार्वजनिक महत्वको विषयमाथि छलफल गर्नका लागि संघीय संसद् सचिवालयमा सो प्रस्ताव दर्ता गराएको हो । काँग्रेसले झापास्थित बीएण्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक प्रसाईंले केही समयअघि बंगलादेशमा अध्ययनरत नेपाली छात्राका बारेमा दिएको अभिव्यक्तिले संविधान र कानूनको उल्लंघन भएको आरोप लगाएको छ । उनको अभिव्यक्तिले नेपाली छात्राको इज्जत, मान र प्रतिष्ठामाथि धावा बोल्ने काम भएको ठहर गर्दै काँग्रेसका…

Read More

काठमाडौँ: प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आइतबार संसदमा संबिधान विरोधी मुद्दा उठान गरेको छ। संसदको नियमित बैठकमा कांग्रेसकी एक सांसदले संसदमा मृत्युदण्ड दिने कानून बनाउन माग गरेसंगै संविधान विरोध्ही धारणा राखेकी हुन् । नेपालको संविधानमा मृत्युदण्डको कानून बनाउन नपाइने उल्लेख छ । यसमा स्वयंम नेपाली काँग्रेस र अन्य दलहरुले पनि संबिधान बनाउने बेलाको सो को निर्णय गरेका थिए । प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसकी सांसद उमा रेग्मीले बलात्कारीलाई कारवाहीका लागि मृत्युदण्डको कानून आवश्यक भएको बताएकी हुन् । तर संविधानको धारा १६ को उपधारा २ मा कसैलाई पनि मृत्युदण्डको सजाय दिने गरी कानून बनाइने छैन भनेर उल्लेख गरिएको छ । ‘७७…

Read More

काठमाडौँ: सभामुख कृष्णबहादुर महराले कञ्चनपुरमा किशोरी बलात्कारका विषयमा सदनलाई जानकारी दिन सरकारलाई निर्देश दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य र विशेष समयमा सांसदले कञ्चनपुरको भीमदत्त नगरपालिका–३ की १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको र शव उखुबारीमा फालिएको भन्दै दोषीलाई कडा कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । सांसदको मागपछि सभामुख महराले सो घटनाका बारेमा सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गाए । उनले सभामुख र उपसभामुखका विषयमा अदालतमा मुद्दा विचाराधीन रहेकाले सो विषयमा सदनमा छलफल हुन नसक्ने जानकारी दिए । सांसदले सभामुख र उपसभामुख एउटै दलको हुन नसक्ने भन्दै पटक पटक धारणा राखेपछि सभामुखले अदालतमा विचाराधीन मुद्दामाथि छलफल हुन…

Read More