Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: प्रधानन्यायाधीशका लागि संसदीय सुनुवाइ सामना गरिसकेका दीपकराज जोशीका शैक्षिक प्रमाणपत्र थप शंकाको घेरामा परेका छन् । जोशी र निवर्तमान प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको ‘प्रोग्रेस रिपोर्ट’ का केही आधारभूत विवरण शंकास्पद भेटिएका हुन् । आजको कान्तिपुरले पृष्ठ ३ मा यो समाचार छापेको छ । ‘दुवै जनाले पेस गरेका ल क्याम्पसका प्रोग्रेस रिपोर्ट भिडाउने हो भने एउटा गलत निस्कन्छ,’ दुवै जनाको अभिलेख रहेको संवैधानिक परिषद सचिवालय स्रोतले भन्यो, ‘संसदीय सुनुवाइका क्रममा उठेको यस्तो गम्भीर प्रश्नको छानबिन हुनुपर्छ ।’ बिहीबारको संसदिय सुनुवाइमा सांसद योगेश भट्टराईलगायतले जोशीको शैक्षिक प्रमाणपत्रमा एउटै सिम्बोल नम्बर भेटिएको बारे प्रश्न उठाएका थिए । सचिवालय स्रोतले कान्तिपुरलाई उपलब्ध गराएको प्रतिलिपिअनुसार…

Read More

बुटवल: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भवन तथा शहरी बिकास कार्यालय रुपन्देहीका प्रमुख इन्जिनियर सुरेश ठाकुरलाई रु ३६ लाख घुससहित शनिवार पक्राउ गरेको छ । आयोगले इन्जिनियर ठाकुरलाई रु ३६ लाख ७२ हजार घुससहित रुपन्देहीको शिद्धार्थनगर नगरपालिका बर्मेलि टोलबाट सुराकीको आधारमा पक्राउ गरेको अख्तियार बुटवल शाखाका अधिकृत शुरेस भुसालले जानकारी दिए । नगद रु १२ लाख पचास हजार र रु २४ लाखको बैंक भौचरसहित प्रमुख ठाकुरलाई पक्राउ गरिएको अख्तियारको बुटवल कार्यालयले जनाएको छ । ठाकुरले घुसको नगदसँगै रु २४ लाखको भौचर श्रीमतीलाई राख्न दिएको र उनी ट्याक्सिमा जाँदै गर्दा हेटौडामा पक्राउ गरिएको अधिकृत भुसालले जानकारी दिए । भैरहवामा रहेको कार्यालयले रुपन्देही,…

Read More

क्यालिफोर्निया:  अमेरिकाको क्यालिफोर्निया राज्यमा कार फायर नाम दिइएको डढेलोका कारण दुई अग्निनियन्त्रकले ज्यान गुमाएका छन् भने हजारौँ मानिस विस्थापित बनेका छन् । डढेलोले पाँच सयभन्दा बढी संरचना ध्वस्त बनाएको छ भने हजारौँ घरहरू जोखिममा परेका छन् । वेगसाथ चलेको हावाहुरीका कारण त्यहाँ आगोका लप्काहरू आँधीजस्तो फैलिएको बताइएको छ । शास्टा क्षेत्रमा फैलिएको आगोलाई उच्च वेगको हावाले आँधीको स्वरूप दिएको छ जसले रुखहरू ढालिदिएको छ अनि गाडीहरूलाई सडक किनारामा लडाइदिएको छ । आगलागी नियन्त्रणका लागि अग्निनियन्त्रकहरू अनवरत खटिरहेका भएपनि आगोको प्रभाव खासै नियन्त्रणमा ल्याउन सकिएको छैन । सोमवार सुरु भएको डढेलो त्यो भनेको सान फ्रान्सिस्को शहरको क्षेत्रफल बराबर अर्थात् ४८ हजार…

Read More

काठमाडौँ: नयाँ बसपार्क क्षेत्रका होटल व्यवसायीले गोँगबु, नयाँ बसपार्क क्षेत्रमा देखिएको विकृति, विसंगति हटाउन व्यवसायी एकजुट भएका छन् । नयाँ बसपार्क क्षेत्रमा हुने लुटपाट, लागुऔषध, तेस्रोलिङ्गी, यौन व्यवसाय, ट्याक्सीको मनोमानी, होटल गाइडलाई हटाउन व्यवसायी एकजुट भएका हुन् । नेपाली होटल व्यवसायी संघ, काठमाडौँ होटल व्यवसायी संघ, बालाजु होटल व्यवसायी संघ र संयुक्त होटल व्यवसायी संघले आज एक कार्यक्रमको आयोजना गरी गोँगबु क्षेत्रमा देखिएको विकृति हटाउन सबै क्षेत्र एकजुट हुनुपर्ने बताएका हुन् । कार्यक्रममा महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले समाज परिवर्तन र मुलुकको विकासका लागि आफैँ अगाडि बढ्नुपर्ने बताए । “सबै समस्या प्रहरीले चाहेरमात्र समाधान…

Read More

काठमाडौँ: धितोपत्र बजारमा यस साता एक अर्ब ६२ करोड ९१ हजार बराबरको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार यस साता कूल एक सय ७९ कम्पनीको ३९ लाख ४५ हजार सात सय ६० कित्ता सेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा २७ दशमलव ४१ प्रतिशतले कम हो । गत साता एक सय ८६ कम्पनीको रु एक अर्ब ४५ करोड ५१ लाख ५७ हजार बराबरका ४७ लाख ५४ हजार पाँच सय २० कित्ता सेयर खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ९ दशमलव ५४ अंकले बढेर अन्तिम दिन एक हजार ९१० अंकमा…

Read More

विराटनगर: “चोरको हजार दाउ” भने जस्तै विराटनगरमा एक जनालाई सुनको सिक्री निलेर चोरी गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । प्रदेश नं. १ प्रहरी कार्यालय विराटनगरले दिएको जानकारी अनुसार मोरङको विराटनगरस्थित एक सुन पसलबाट प्रहरीले शुक्रबार साँझ सुनको सिक्री निल्ने एक जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–९ स्थित अरुणकुमार राठीले सञ्चालन गरेको राठी सुन पसलमा सिक्री किन्ने बहाना बनाई सुन किन्न आएका इटहरी उपमहानगरपालिका–२ बस्ने ३१ वर्षीय सुरजकुमार नेपालले पसलमा गएर सुनको सिक्री खरीद गर्ने भन्दै ऐना हेरी गलामा लगाउने बहानामा सिक्री निलेर पाइन्टको गोजीमा आफूसँग भएको नक्कली सुन निकालेर पसलमा फिर्ता गरेको अवस्थामा पक्राउ गरिएको हो । निज…

Read More

काठमाडौँ: तत्काल वैकल्पिक फोहर व्यवस्थापन गर्ने स्थान तयार गर्न नसक्ने हो भने अबको तीन महिनामा काठमाडौँ उपत्यकाको फोहर पुनःसडकमा नै थुप्रिने खतरा बढेको छ । केही दिन अघि मात्र करीब एक महिनादेखि सडकमा थुप्रेको फोहर व्यवस्थापन गर्ने काम भएको छ । पछिल्लो समय उपत्यकामा फोहरको समस्या दिनानुदिन बढ्दै गएको छ । यसरी समस्या बढ्दै जाने हो र उपयुक्त व्यवस्थापनको पहल सम्बन्धीत निकायले नगर्ने हो उपत्यकावासीले फोहरको कारण ठूलो समस्या सामना गर्नुपर्नेमा शंका छैन । काठमाडौँ उपत्यकाबाट दैनिक एक हजार मेट्रिक टन र काठमाडौँ महानगरपालिकाबाट मात्र दैनिक ५०० मेट्रिक टन फोहर निस्कने गर्दछ । काठमाडौँ उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करीब…

Read More

एजेन्सी: अमेरिकाको एउटा प्रतिष्ठित टेलिभिजन नेटवर्क सीबीएसका कार्यकारी प्रमुख लेज मून्भेसमाथि छ जना आफ्ना महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ। यो समाचार रोनान फारोले न्यू योर्कर म्यागजिनमा छ महिलाले दिएका बयानका आधारमा शुक्रबार प्रकाशित गरेको हो । अभिनेत्री इलियाना डग्लससहित चारजनाले विभिन्न बैठकहरुको बेलामा आफूहरूलाई मून्भेसले जबरजस्ती छोएको अथवा चुम्बन गरेको आरोप लगाएका छन् । यौन दुर्व्यवहारको आरोपबारे अनुसन्धान गर्ने सो संस्थाले जनाएको छ । एक लेखमा समाविष्ट एउटा विज्ञप्तिमा ६८ वर्षीय मून्भेसले आफ्नो कारणले केही महिलाहरूलाई असहज भएको स्वीकारेका छन् । तर यौन दुर्व्यवहार गरेको आरोप भने उनले अस्वीकार गरेका छन् । मून्भेसले यौन दुर्व्यवहार गरेको भनिएका…

Read More

इस्लामाबाद: पाकिस्तान चुनाव आयोगले आमनिर्वाचनको नतिजा आज सार्वजनिक गरेको छ । मतगणनाको परिणाम अनुसार पूर्व क्रिकेटर इमरान खानको पार्टी तेहरिक–ए–इन्साफले ११४ स्थान जितेको छ । यद्यपि, खानको पार्टीले सरकार गठनका लागि आवश्यक १३७ स्थान प्राप्त गर्न सकेन । बुधबार भएको निर्वाचनको मतगणनामा ढिलाई भएको भन्दै चौतर्फी आलोचना भइरहेको बेला निर्वाचन आयोगले अन्तिम परिणाम आज सार्वजनिक गरेको हो । प्राप्त विवरण अनुसार, प्रमुख तीन दल तेहरिक–ए–इन्साफले ११४, पूर्व प्रधानमन्त्री नवाज शरिफको पार्टी पाकिस्तान मुस्लिम लीगले ६३ र पाकिस्तान पिपुल्स पार्टीले ३९ स्थान जितेका छन् । कूल ३४२ स्थान रहेको पाकिस्तानी संसदमा २७२ स्थानका लागि प्रत्यक्ष निर्वाचन हुने गर्दछ । बाँकी सदस्यहरु…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल नगरपालिका संघले स्थानीय सरकार सञ्चालनका विद्यमान समस्याका बारेमा १६ बुँदे ध्यानाकर्षणपत्र बुझाई सातै प्रदेशमा मेगा र स्मार्ट सिटीको विकास गर्न माग गरेको छ । शुक्रबार संघका संयोजक अशोक ब्याञ्जुको नेतृत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर पठाएको ध्यानाकर्षणपत्रमा हरेक प्रदेशमा एक एक मेगा सिटी तथा देशभरिमा कम्तीमा ५० स्मार्ट सिटीको माग गरिएको छ । प्रधानमन्त्रीसमक्ष माग प्रस्तुत गर्ने क्रममा संयोजक ब्याञ्जुले कर्मचारी समायोजन ऐन २०७४ जारी भए पनि सरकारले कार्यान्वयन नगरेकाले स्थानीय तहलाई सेवा व्यवस्थापनमा कठिनाइ भएको जनाउँदै त्यसतर्फ सरकारको ध्यान जान आवश्यक रहेको बताए । ध्यानाकर्षणपत्रमा भनिएको छ, “गएको वर्ष चैत २८ गतेसम्ममा स्थानीय…

Read More