Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
- यस्ता छन् आगामी बजेटको प्राथमिकता (पूर्ण पाठ)
- शोधनान्तर स्थिति सात खर्ब ३१ अर्बले बचतमा, नौ महिनामा साढे १६ खर्ब बढी विप्रेषण भित्रियो
- सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
- सरकारको नीति तथा कार्यक्रम: सीमारहित अर्थतन्त्र र तौलरहित व्यापार
- संघीय संसद्को बजेट अधिवेशन आजदेखि, नीति तथा कार्यक्रम पनि आजै प्रस्तुत हुने
- टर्किस एयरलाइन्समा आगलागीपछि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल खुल्यो
- इस्तानबुलबाट आएको टर्किस एयरको जहाजमा आगलागी, सबै यात्रु सुरक्षित
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
महेन्द्रनगर, धनुषा: जनकपुर–जयनगरमा सञ्चालन गरिने रेलको बुधबार सफल परीक्षण गरिएको छ । विगत ४ वर्षदेखि पूर्णरुपमा बन्द रहेको देशको एकमात्र रेल सेवा पुनः सञ्चालनमा ल्याउने उद्देश्यले भारतीय पक्षले परीक्षण गरेको हो । भारतीय पक्षले नेपाल भू–खण्डको जयनगर रेलवे स्टेशनबाट खजुरीसम्म साढे आठ किलोमिटर लामो इन्जिन र बोगीसहित परीक्षण गरेको नेपाल रेल्वेका अभियन्ता विनोद ओझाले बताए । जयनगरबाट खजुरीसम्म इन्जिनसहित ५३ वटा बोगी गिट्टी (ब्लास्ट) बोकेर खजुरी स्टेशनसम्म पुगेको थियो । उक्त रेलले आवश्यक स्थानमा ब्लास्ट ओछ्याउने काम गर्नुका साथै सहज रूपमा आवत–जावत गरेको छ । सफल परीक्षणपछि रेल सञ्चालनमा अब द्विविधा नहुने उनले बताए । रेल हेर्न त्यस क्षेत्रका स्थानीयवासीको…
काठमाडौँ: सरकारले बर्खे धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले किसानको बर्खे धान भित्र्याउने बेला भएको र सरकारले समयमै समर्थन मूल्य तोक्नुपर्ने आवश्यकता बमोजिम आव २०७५/०७६ का लागि बर्खे धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । जसअनुसार मोटा धानको प्रतिक्विन्टल दुई हजार ३३१ रुपैयाँ २२ पैसा र मध्यम धानको दुई हजार ४६० रुपैयाँ ५७ पैसा कायम गरिएको छ । धान विज्ञ भोलामान सिंह बस्नेत बस्नेतका अनुसार सरकारले तोकेको बर्खे धानको न्यूनतम समर्थन मूल्य सान्दर्भिक छ तर यसको प्रभाकारी लागू गर्नुपर्छ । कृषि मन्त्रालयले धानको बजार भाउ, किसानको लागत तथा अन्य धेरै कुराहरुको मुल्यांकन गरि धानको न्यूनतम…
काठमाडौँ: सरकारले मौलिक हकअन्तर्गत विभिन्न विधेयक संघीय संसद्मा पेस गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आवासको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सामाजिक सुरक्षासम्बन्धी विधेयक र अपराधबाट पीडितको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसद्मा पेश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एव्म सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए । त्यसैगरी जातीय भेदभाव तथा छुवाछूत कसुर र सजाय ऐन, २०६८ लाई संशोधन गर्न बनेको विधेयक संसद्मा पेश गर्ने निर्णय बैठकले गरेको पनि उनले बताए । बैठकले प्रदेश नं ५ का कायममुकायम प्रमुख सचिव तीर्थराज ढकाल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव आनन्दराज ढकाल र गृहमन्त्रालयका सहसचिव केदार…
काठमाडौँ: नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले उद्योग व्यवसायको विस्तारमा बाधक बनेका कानुनमा सुधार गर्ने गरी सरकारले गृहकार्य प्रारम्भ गरेको बताएका छन् । मन्त्री ढकालले नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माको नेतृत्वमा गएको प्रतिनिधि मण्डलसँग बुधबार भएको भेटवार्तामा सरकार अहिले मौलिकहक सम्बन्धी कानुनको सुधारलाई मुख्य प्राथमिकतामा राखी काम गरिरहेको बताए । उनले उद्योग–व्यवसायको प्रवद्र्धन र विस्तारमा जहाँ जे–जस्ता अप्ठ्यारा छन् त्यस सम्बन्धमा निजी क्षेत्रसँग समेत सुझाव लिई आवश्यक छलफल गरी कानुन सुधारको प्रकृयालाई अघि बढाइने आश्वसन समेत दिए । उक्त भेटवार्ताका अवसरमा परिसंघका अध्यक्ष हरिभक्त शर्माले कतिपय विद्यमान कानुन उद्योग–व्यवसायमैत्री नभएको, उद्योग–व्यवसायको विस्तारमा भन्दा आयात व्यवसायलाई सरल…
काठमाडौँ : प्रधानसेनापति राजेन्द्र क्षत्रीले आफ्नो कार्यकाल चुनौतीपूर्ण रहे पनि समग्रमा सकारात्मक र प्रभावकारी भएको बताएका छन् । सैनिक मुख्यालय जंगी अड्डामा सकल दर्जालाई सम्बोधन गर्दै उनले आफ्नो कार्यकालमा राष्ट्रिय सुरक्षा नीति तयार भई राजपत्रमा प्रकाशत भएको, तीन वटा पृतना, दुई वटा बाहिनी खडा भएको, विशेष फौज गुल्म, महिलाका लागि गोरखकाली गुल्म खडा भएको बताए । प्रधानसेनापति क्षत्रीले नेपाली सेनाको ४२ प्रधानसेनापतिका रुपमा आफ्नो कार्यकाल पूरा गरी बिहीबारदेखि बिदामा बस्न लागेका छन् । सेनाको नेतृत्व नियुक्ति भएलगत्तै १० बुँदे मार्ग निर्देशन विसं २०७२ जारी गरेको कामको थालनी गर्नुभएका प्रधानसेनापति क्षत्रीले ९२ वृद्धाको बिदाइ सम्बोधनमा आफ्नो कार्यकालमा संगठनमा भएका सुधार र…
काठमाडौँ : राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपछिको पुनःनिर्माण आर्थिक वर्ष २०७४/७५ मा आशालाग्दो भएको निष्कर्ष निकालेको छ । गत आवमा भएका प्रगतिको समीक्षा गर्न आज प्राधिकरणले आयोजना गरेको कार्यक्रममा सचिव अर्जुनकुमार कार्कीले पुनःनिर्माणको प्रगति राम्रोसँग अघि बढिरहेको बताए । “आव २०७४/७५ पुनःनिर्माणका लागि आशालाग्दो र आव २०७५/७६ मा अझ बढी प्रगति हुने विश्वास छ, चालु आवमा निजी आवास पुनःनिर्माण सम्पन्न गर्नुपर्ने लक्ष्य पूरा गर्न सबैले मेहनत गर्नुपर्छ”, उनले भने भ। पुनःनिर्माणलाई प्रभावकारी ढंगले अगाडि बढाउन र जनताको सुविधालाई प्राथमिकतामा राख्न स्थानीय सरकारलाई बढी जिम्मेवार एवं सहभागी गराइने सचिव कार्कीको प्रतिबद्धता थियो । प्राधिकरण कार्यकारी समिति सदस्य धु्रवप्रसाद शर्माले गत वर्षजस्तै यस…
काठमाडौँ :सङ्घीयता कार्यान्वयन, समावेशी विकास तथा वित्तीय क्षेत्र सुधार र सुदृढीकरणका निम्ति विश्व बैंकले नेपाल सरकारलाई १० अर्ब रुपैयाँ ऋण सहायता उपलब्ध गराउने भएको छ । नेपालको विकासमा बैंकको साझेदारी एवं सहायतामा केन्द्रित रहेर मंगलबारदेखि बैंकको प्रधान कार्यालय वासिङ्टन डिसीमा जारी बैंकको बोर्ड बैठकले वित्तीय क्षेत्रमा मध्यमकालीन सुधार कार्यक्रम कार्यान्वयन गर्न उक्त रकम ऋणस्वरुप नेपाल सरकारलाई प्रदान गर्न स्वीकृति दिएको हो । बैठकमा नेपालका आवश्यकता तथा पाँच वर्षे साझेदारी ढाँचा प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले नेपाली जनतालाई सुशासन, न्याय, सुरक्षा, आधाभूत सेवा प्रवाह गर्न तथा संघीयतातर्फको नेपालको यात्रालाई सघाउन साझेदारी रणनीति उपयोगी हुने बताउनुभएको विश्व बैंकले जनाएको छ ।…
काठमाडौँ: प्रहरीको इन्काउन्टरमा मारिएका दुई तामाङ परिवारका सदस्यहरुले आज राष्ट्रिय मनाव अधिकार आयोगमा उजुरी दिंदै आफ्नो छोराहरु निर्दोस रहेको बताएका छन्। काठमाडौं काँडाघारीका ११ वर्षीय बालक निशान खड्काको हत्यामा संलग्न रहेको आरोपमा प्रहरी इन्काउन्टरमा मारिएका सिन्धुपाल्चोकका गोपाल तामाङ र नुवाकोटका अजय तामाङको परिवारले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता गराएका छन् । करिव दुई दर्जन समर्थकरुसहित तामाङका परिवार आयोगको केन्द्रिय कार्यालय दिउसो १२ बजे पुगेका थिए। गोपालका बुवा शुकराम तामाङ र आमा छिन्दोम तामाङ तथा अजयका बुवा निमा तामाङले बुधवार ललितपुरको हरिहरभवनस्थित मानवअधिकार आयोगको कार्यालयमा पुगेर उजुरी दर्ता गराएका हुन् । उजुरी दर्ता गराउने क्रममा अजयका बुवा निमा तामाङले आफ्नो…
काठमाडौँ: साताको पहिलो दिन आइतबारदेखि निरन्तर घटिरहेको सेयर बजारमा आज पनि गिरावट आएको छ । नेप्से परिसूचक बुधबार शुन्य दशमलब ८९ अंकले घटेर १ हजार १८७ दशमलब ३२ अंक कायम भएको छ । आइतबार नेप्से आज एक दशमलब ४३ अंक, सोमबार शुन्य दशमलब २१ अंक, मंगलबार १ दशमलब ४६ अंकले घटेको थियो । आजको कारोबारमा जीवन बीमा २२ दशमलब ३६ अंक, उत्पादन मूलक समूह ९ दशमलब २३ अंक, निर्जीबन बीमा ४ दशमलब २१ अंक र बाणिज्य बैंक १ दशमलब ५७ अंकले घटेका छन् । यधपी, होटल, जलबिधुत र अन्य समूहको परिसूचक क्रमश: ३७ दशमलब ४६ अंक, २ दशमलब २८ अंक…
अमेरिका, वाशिङ्टन डिसी: अर्थमन्त्री डा युवराज खतिवडाले सन् २०२२ मा अति कम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न विभिन्न क्षेत्रमा थप सहयोगको आवश्यकता रहेको छन् । विश्व बैंकका कार्यकारी निर्देशकको संयुक्त बैठकलाई मङ्गलबार सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले स्थानीय निकायको क्षमता, नेपालको विकासको मार्गचित्र, प्राथमिकता, सुधारको निरन्तरता, राजश्वको दिगोपना र समग्र व्यावसायिक वातावरण सम्बन्धमा जानकारी गराए । उनले नेपालले आर्थिक विकासको लागि लिएको रणनीतिको बारेमा जानकारी गराउँदै ‘‘दिगो विकास लक्ष्य हासिल गर्न नेपाल प्रतिबद्ध छ’’ भने । विश्व बैंकसँग आगामी पाँच वर्षे लगानीको ढाँचा पारित गर्न अनुरोध गर्दै अर्थमन्त्री डा खतिवडाले विश्व बैँकसँगको सहकार्यले नेपालको आर्थिक–सामाजिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त…