Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘आइडिपी एजुकेशन स्टुडेन्ट सर्भिस’लाई शैक्षिक परामर्श सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता बैकुण्ठ अर्यालले परामर्श सेवा सञ्चालनका लागि उक्त संस्थाले अनुमति नलिएकाले काम रोक्न निर्देशन दिइएको जानकारी दिए । संस्थाले केही दिनअघि पत्रकार सम्मेलन गरी शुक्रबारदेखि परामर्श सेवा सञ्चालन गर्ने जानकारी दिएको थियो । उनले परामर्श सेवा सञ्चालन अनुमतिविना नै सेवा सञ्चालन गर्न खोजेको उक्त संस्थाबाट सेवा नलिन सम्पूर्ण अभिभावक तथा विद्यार्थीलाई अनुरोध गरेका छन् । उनले बिनाअनुमति शैक्षिक परामर्श सेवा सञ्चालन गरेमा कानूनबमोजिम कारबाहीसमेत हुने बताए ।

Read More

काठमाडौँ: ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ माथि सांसदले संशोधन दर्ता गराएका छन् । प्रतिनिधिसभाको यही साउन १३ गतेको बैठकमा सो विधेयकमाथि सामान्य छलफल सम्पन्न भएको थियो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रस्तुत गरेको सो विधेयकमाथि बुधबार अपराह्न २ बजेसम्म संशोधनको समयसीमा छ । प्रतिनिधिसभा, विधेयक शाखाका अनुसार पहिलो संशोधन सांसद अनिलकुमार झाले दर्ता गराएका हुन् । यसैगरी संशोधन दर्ता गराउनेमा गंगा चौधरी, लक्ष्मी चौधरी र आशाकुमारी विक छन् । उनीहरु तीन जनाले संयुक्त रुपमा संशोधन दर्ता गराएका हुन् । यसैगरी भरतकुमार शाह, सञ्जयकुमार गौतम, दिलेन्द्रप्रसाद बडू र गगनकुमार थापाले पनि संशोधन दर्ता गराएका छन् छ । शाखाका अनुसार…

Read More

काठमाडौँ: सेयर बजार ओरालो लाग्नेक्रम आज मंगलबार पनि जारी रहेको छ । नेप्से परिसूचक दुई दशमलब ९१ अंकले घटेर १ हजार १९१ दशमलब ४७ अंकमा झरेको छ । हिजो सोमबार नेप्से परिसूचक शुन्य दशमलब ०७ अंकले घटेको थियो । आजको कारोबारमा सबैभन्दा बढी जीवन बिमा समुहको परिसूचक २७ दशमलब ६१ अंक र निर्जीवन बीमा २४ दशमलब ९५ अंक र होटल १७ दशमलब १८ अंकले घटेको छ । त्यसैगरी, पूँजी बजारको सबैभन्दा बढी हिस्सा ओगटेको बाणिज्य बैंक समूहको परिसूचक २ दशमलब २६ अंकले घटेको छ । यधपी, बित्त, जलबिधुत र विकास बैंक समूहको परिसूचक क्रमश: शुन्य दशमलब ७८ अंक, दुई दशमलब…

Read More

भक्तपुर: मध्यपुरथिमि नगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट विजयी भएका जनप्रतिनिधि विभाजित भई छुट्टाछुट्टै पत्रकार सम्मेलन गरेका छन् । नगरपालिकाले हालै सार्वजनिक गरेको नीति, कार्यक्रम तथा बजेटको विषयलाई लिएर काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि विभाजित भएपछि बहुमत पक्षले नीति, कार्यक्रम तथा बजेटको बचाऊ गरेको छ भने अर्को पक्षले विरोध गरेको छ । काँग्रेसबाट निर्वाचित बहुमत जनप्रतिनिधिले कौशलटारमा पत्रकार सम्मेलन गरी पार्टीको सिद्घान्त, मूल्य मान्यता र विधान अनुशरण गर्दै नगरको नीति, कार्यक्रम तथा बजेट निर्माण गरेको दाबी गरेका छन् । उपप्रमुख अञ्जनादेवी मधिकर्मीसहित वडा नं २ का अध्यक्ष एवं नगरपालिकाका प्रवक्ता राम थापामगर, वडा नं ३ का अध्यक्ष प्रेम कुटु, वडा नं ६ का अध्यक्ष…

Read More

काठमाडौँ: स्वेच्छिक अवकाश रोजेका ४६७ कर्मचारीले स्वेच्छिक अवकाशमा नजाने भन्दै निवेदन दर्ता गराएका छन् । सरकारले स्वेच्छिक अवकाश रोजेका कर्मचारीलाई निवेदन फिर्ता गर्न आग्रह गरेपछि अहिलेसम्म ४६७ जना कर्मचारीले निवेदन दर्ता गराएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेज अधिकारीले जानकारी दिए । सचिव डा सरोज पोखरेल र सन्तु कोइरालासहित छ सहसचिव, २२ उपसचिव, २५ शाखा अधिकृतले अवकाशका लागि दिएको निवेदन फिर्ता गरेका छन् । फिर्ताका लागि निवदेन दिनेमा सहसचिव चर्तुभुज ज्ञवाली, विष्णुसिंह विष्ट, विश्वप्रकाश सुवेदी, भरत ढुंगाना, मुक्तिसिंह ठकुरी र बलभद्र गिरी हुनुहुन्छ । प्रवक्ता अधिकारीले अवकाशको निवदेन फिर्ता गर्नका लागि समयसीमा नतोकिएकाले जहिलेसम्म पनि फिर्ता लिन सकिने…

Read More

काठमाडौँ: सर्बसाधारणका लागि जारी गरिएको थप सार्बजनिक निष्काशन ( एफपीओ) बिक्री नभएपछि नेपाल बैंकले मंगलबारबाट पुनः आफ्ना संस्थापक तथा सञ्चालकका लागि एफपीओ बिक्री खुला गरेको छ । यसअघि बिक्री खुला गरेको समयमा संस्थागत र सर्वसाधारण लगानीकर्ताले सबै कित्ता सेयरमा आवेदन नदिएपछि संस्थापक, सञ्चालक तथा तिनका परिवारले समेत भर्न पाउने गरी आजदेखि एफपीओ बिक्री खुला गरेको हो । यसमा साउन १७ गतेसम्म आवेदन दिन पाइनेछ । नेपाल बैंकमा सरकार संस्थापक सेयरधनी हो । सरकारकै हिस्सा घटाउन एफपीओ खुला गरिएको हो । यसर्थ, यसमा सरकारले फेरि लगानी गर्ने सम्भावना कम छ । यसबाहेक सञ्चालक समितिका पदाधिकारी, बैंक व्यवस्थापन, लेखापरीक्षक लगायतले पनि सेयर…

Read More

काठमाडौँ: सिटिजन्स बैंकले साउन १५ गतेदेखि चार लाख ६३ हजार ८२६ कित्ता थप सार्वजनिक निष्कासन ( एफपीओ) विक्री खुला गरेको छ । जारी सूचना अनुसार बैंकले अंकित मूल्य १०० रुपैयाँमा १०० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०० रुपैयाँका दरले एफपीओ बिक्री खुला गरेको हो । आवेदनको अन्तिम मिति साउन १८ गतेसम्म मात्रै राखिएको छ। तर आवश्यक एफपीओ विक्री हुन नसके बढीमा भदौ १४ गतेसम्म आवेदन खोल्ने बैंकले जनाएको छ । लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम २३०० कित्ताका लागि आवेदन दिन सक्नेछन् । यो एफपीओमा सी–आस्वाको माध्यमबाट आवेदन दिनुपर्नेछ । एफपीओको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल हो । बैंकले संस्थापक र…

Read More

काठमाडौँ: गैरआवासीय नेपाली संघको ११ औं युरोपीय क्षेत्रीय बैठक तथा ९ औं युरोपीय महिला बैठक सम्पन्न भएको छ । बैठक यही जुलाई २९ र ३० मा लग्जेम्बर्गमा सम्पन्न भएको थियो । परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, लक्जेम्बर्ग सरकारका शिक्षा, युवा तथा बालबालिका मन्त्री कलाउडे मेइशले, संघीय संसदका माननीय सांसदद्वय रामकुमारी झाक्री र डा. सूर्य पाठक, पूर्व मन्त्री हिसिला यमी, बेल्जियम नेदरल्याण्ड र लग्जेम्बर्गका लागि नेपाली राजदुत महामहिम लोक बहारदुर थापा, गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट, संरक्षक जीवा लामिछाने, संरक्षक रामप्रताप थापा, अन्तराष्ट्रिय समन्वय परिषदका पदाधिकारीहरु, एसिया, अमेरिका, मध्यपूर्व र युरोपका २८ देशबाट करिव चार सय प्रतिनिधिहरुको…

Read More

काठमाडौं: आर्किटेक्ट मिस नेपाल वल्र्ड २०१८ श्रृंखला खतिवडा गोर्खा इको प्यानलको ब्राण्ड एम्वेसडर भएकी छिन् । व्युटी विथ व्रेन भनेर चिनिने श्रृंखला नेपालकै पहिलो आर्किटेक्ट मिस नेपाल हुन् । पेशाले आर्किटेक्ट इन्जिनियर श्रृखलाले इन्जिनियरिंग अध्ययन संस्थान, पुल्चोक इन्जिनियरिंग क्याम्पसबाट स्नातक गरेकी हुन् । आफू मिस नेपाल वल्र्ड २०१८ भएता पनि आफनो इन्जिनियरिंग पेशा अनुरुपको प्रोडक्टमा ब्राण्ड एम्वेसडर हुन पाएको उनले खुशी व्यक्त गरेकी छिन् । स्थायी तथा अस्थायी संरचनाको निर्माणमा बाहिरी तथा भित्री पार्टेशन वालको रुपमा प्रयोग हुने गोर्खा इको प्यानलको प्रयोगबाट भूकम्पपश्चातको पुननिर्माण तीव्र हुने सम्भावना भएकोले पनि आफू गोर्खा इको प्यानलको ब्राण्ड एम्वेसडर बनेको उनले सुनाइन् । वर्तमान…

Read More

काठमाडौँ: संबैधानिक परिषदद्वारा प्रधान्यायाधिशमा सिफारिस गरिएका दिपकराज जोशीलाई संसदीय सुनुवाईबाट अस्वीकृत गर्दा कानुनी र राजनीतिक प्रश्न एकै साथ् उठ्ने भएको छ। जोशी मा संसदीय सुनुवाई समितिले अस्विकार गर्न सक्छ कि सक्दैन भन्नेमा संविधान मौन छ। तर संघिय संसदको संयुक्त सिमितिको कार्य संचालन नियमावलीले प्रस्टसंग अस्वीकृत गर्न सक्ने व्यवस्था गरेको छ । अर्कातर्फ दुई तिहाइको बहुमतबाट जोशीको नाम अस्वीकृत गर्दा न्यायालयभित्र कार्यकारिणीको छायाँ पर्ने भन्दै प्रमुख प्रतिपक्षसहित बिपक्षी राजनीतिक दलले विरोध गरेका छन् । संबिधानविद विपिन अधिकारी संसदीय समितिले जोशीको नाम अस्वीकृत गर्दा त्यसको वैधतामाथि ठुलो प्रश्न उठ्ने बताउँछन् । समितिले तत्काल नियमावलीको कार्यविधिअनुसार अस्वीकृत गर्न सक्ने विशेषाधिकार रहे पनि पछि…

Read More