Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ओली, आरजु, पूर्वमेयर शाक्य लगायतलाई अदालत झिकाउन पीडितहरुको निवेदन
- लगानी बोर्डको सीईओ पदका लागि आवेदन आह्वान
- इरान युद्ध अन्त्य भएको ट्रम्पको दाबी, कच्चा तेलको भाउ भारी घट्यो
- ‘आर्थिक विधेयक संशोधन कानुनी प्रक्रिया अनुसार भएको दाबी, ईभी घोटाला आरोप खण्डन’
- विदेशी मुद्रा सञ्चिति ३७ खर्ब रुपैयाँ नाघ्यो, २२.६ महिनाको आयात धान्ने
- सुधन र महावीरले लिए शपथ
- अख्तियारले थाल्यो ओलीका स्वकीय सचिव बज्राचार्यको सम्पत्ति अनुसन्धान
- सोमबार देखि निजामती कर्मचारीले प्रदेश अस्पतालमै पाउने छन्‘सिभिल अस्पताल’को स्वास्थ्य सेवा
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: सरकारले कुनै पनि प्रकारको एकाधिकार मान्य नहुने र फर्कने कुनै गुञ्जायस नै नरहेको स्पष्ट पारेको छ । लामो समयदेखि रोगका रूपमा रहेको एकाधिकारलाई अन्त्य गर्ने साहसिक निर्णयलाई कसैले पनि फिर्ता ल्याउन नसक्ने बताउँदै सरकारले यसबाट कुनै पनि हालतमा पछाडि नफर्कने जनाएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री रघुवीर महासेठले भने , “एकाधिकार कुनै पनि रूपमा रहन सक्दैन । सरकार निर्णयबाट पछाडि हट्ने र छुट दिने पक्षमा छैन ।” मन्त्री महासेठले यातायात सेवालाई व्यवस्थित र प्रभावकारी बनाउन यातायात व्यवस्थापन कार्यविधि निर्देशका, २०६० मा संशोधन गरी गत चैत १८ गतेदेखि एकाधिकार अन्त्य भएको जानकारी…
काठमाडौँ: महानगरीय प्रहरी परिसर काठमाडौँले अवैध रुपमा सुन तस्कर गरेको आरोपमा दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । परिसरको टोलीले वैदेशिक रोजगारीका सिलसिलामा भन्सार छलेर सुन ल्याउँदै गरेका अवस्थामा धनुषाका ५० वर्षीय रामसुगारत यादव र काभ्रेपलाञ्चोकका ३२ वर्षीय पाल्देन लामालाई आइतबार पक्राउ गरेको थियो । परिसरका प्रवक्ता मोहनकुमार थापाले अभियुक्त यादवसँग रु चार लाख ८७ हजार ९४५ बराबरको ९९.५ ग्राम सुन र लामासँग रु चार लाख ८८ हजार बराबरको १०० ग्राम सुन बरामद गरिएको जानकारी दिए । अभियुक्त दुवै जनालाई आवश्यक कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको प्रवक्ता थापाले बताए ।
काठमाडौँ : सरकारले गणतन्त्र भारतका लागि नेपाली राजदूतमा निर्वाचन आयोगका पूर्वप्रमुख नीलकण्ठ उप्रेतीलाई सिफारिस गरेको छ । यसैगरी मलेसियाका लागि नेपाली राजदूतमा पूर्वराजदूत उदयराज पाण्डेलाई सिफारिस गर्ने निणर्य गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले उनीहरुलाई ती देशका राजदूतमा सिफारिस गर्ने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । मन्त्रिपरिषद्को सो निर्णयलाई संसदीय सुनुवाई समितिले अनुमोदन गर्नुपर्नेछ । प्रस्तावित राजदूत उप्रेतीले भूटान र अफगानिस्तानका लागि तथा पाण्डेले इण्डोनेसिया र ब्रुनाई दारेसलामका लागि गैरआवासीय राजदूतका रुपमा पनि कामकाज हेर्नेछन । मन्त्रीपरिषदले सिफारीस गरेता पनि उप्रेतीलाई भने राजदूत बन्नका लागि संवैधानिक अड्चन खडा भएको छ ।…
काठमाडौँ: नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आमरण अनशनरत डा गोविन्द केसीका मागप्रति गम्भीर हुन सरकारलाई आग्रह गरेका छन् । सभापति देउवाले आज एक विज्ञप्तिमार्फत डा केसीको स्वास्थ्य स्थिति थप बिग्रंदै गएको खबरले आफूलाई गम्भीर बनाएको उल्लेख गर्दै यसमा सरकार वार्तामार्फत समाधानका लागि गम्भीर नहुनुलाई झनै गम्भीर विषयका रुपमा लिएको बताएका छन् । सभापति देउवाले चिकित्सा शिक्षामा सुधारका लागि अनशनरत डा केसीसँग वार्ता गरी उहाँका माग सम्बोधन गर्दै उनको जीवन रक्षाका लागि तत्कालै अग्रसरता लिनु सरकारको दायित्व रहेको स्मरण गराएका छन् । “मेरो नेतृत्वमा रहेको अघिल्लो सरकारले चिकित्सा शिक्षामा व्यापक सुधार गर्ने उद्देश्यका साथ चिकित्सा शिक्षा विधेयकलाई अध्यादेशमार्फत जारी गरेको थियो…
काठमाडौँ: एक्काइसौँ संस्करणको विश्वकप फुटबल प्रतियोगिता आइतबार राति सम्पन्न भएको छ । फाइनल खेलमा फ्रान्सले क्रोएसियालाई ४–२ गोलअन्तरले पराजित गर्दै उपाधि चुम्यो । फ्रान्सले दोस्रो पटक विश्वकपको उपाधि जितेको हो । सन् १९९८ मा फ्रान्सले आफ्नै भूमिमा ब्राजिललाई ३–० गोलअन्तरले हराउँदै पहिलो पटक विश्वकपको उपाधि हात पारेको थियो । बीस वर्षअघि क्रोएसिया विश्वकपको सेमिफाइनलमा आयोजक फ्रान्ससँग क्रोएसिया २–१ले पराजित भएको थियो । क्रोएसिया पहिलो पटक विश्वकपको फाइनलमा पुगेको हो । सन् १९९८ मा विश्वकपको सेमिफाइनलमा क्रोसियाको यात्रा डिडिएर डेसच्याम्प (हालका फ्रान्सेली प्रशिक्षक)को कप्तानीमा रहेको फ्रान्सले अन्त्य गरिदिएको थियो । सन् १९९८ विश्वकपमा फ्रान्सका कप्तान रहेका डेसच्याम्प दुई फरक भूमिकामा विश्वकप…
काठमाडौँ: प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले गरेको अवरोधका कारण प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगन गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकको शुरुवातमै काँग्रेसका सांसदहरुले आमरण अनशनरत डा गोविन्द केसीमा माग सम्बोधन गर्न सरकार गम्भीर नभएको भन्दै आसनबाट उठेर विरोध जनाएका थिए । सोही क्रममा काँग्रेसका सांसद मीनबहादुर विश्वकर्माले सरकारले माथेमा आयोगको भावना र मर्मविपरितको चिकित्सा शिक्षा विधेयक सदनमा प्रस्तुत गर्न लागेको आरोप लगाए । सांसद विश्वकर्माले विगतको सरकारले माथेमा आयोगको भावना र मर्मअनुसारका चिकित्सा शिक्षा आयोग अध्यादेशमार्फत जारी गरेको जानकारी गराए । उहाँले भन्नुभयो, “हामीले आमरण अनसनर डा केसीको माग सम्बोधन गरी उनको जीवन रक्षाका लागि पटक÷पटक आवाज उठाउँदा पनि…
एजेन्सी: भारतको हरियाणा सरकारले अब सेल्फी खिचेर अपलोड गर्ने आफ्ना नागरिक जोकोहीलाई पनि प्रोत्साहन स्वरुप पैसा दिने घोषणा गरेको छ। सो योजना कक्षा ६ देखि १२ का विद्यार्थीहरुले यदी उनीहरुले विरुवा रोपेको सेल्फी खिचेर एपमा अपलोड गरी पठाएमा प्रत्येक ६ महिनामा ५० भारु प्रोत्साहनस्वरुप प्रदान गरिने समाचार इन्डियन एक्सप्रेसले लेखेको छ । त्यहाँका मुख्यमन्त्री मनोहर लाल खट्टरले सो योजना हरियाण राज्यलाई हरियाली बनाउने उद्देश्यसहित ‘पौधागिरी’ अभियान चलाएको घोषणा गरेका हुन् । मुख्यमन्त्री खट्टरले आइतबार गुरगाउँमा एक रुख रोपेर सो अभियानको थालनी गरेका थिए ।
काठमाडौं: नयाँ आव सुरु हुन एक दिन मात्रै बाँकी रहंदा पुंजी बजारमा यस आवमा १२ वटा नयाँ कम्पनीका साधारण सेयर (आइपीओ) एकको एफपीओ र आठवटा कम्पनीका हकप्रद सेयर जारीका लागि नेपाल धितोपत्र बोर्डमा अनुमतिको पर्खाइमा रहेका छन् । बोर्डका अनुसार पुँजी वृद्धि गर्नुपर्ने बाध्यतामा रहेका बैंक तथा वित्तीय संस्था र वीमा कम्पनीहरुले अधिक मात्रामा हकप्रद जारी गरिसकेका छन् भने सर्वसाधारणमा आइपीओ बिक्री गरेर नयाँ कम्पनीहरु थपिने क्रम पनि जारी छ। धितोपत्र बोर्डको अनुमति लिएर अझै कुल ३ अर्ब ३३ करोड २१ लाख ५९ हजार ६०० रुपैयाँ बराबरको आइपीओ र ३ अर्ब ५६ करोड ५९ लाख २ हजार ४८१ रुपैयाँ बजारमा…
काठमाडौँ: राष्ट्रिय गानका संगीतकार अम्बर गुरुङ्की पत्नी वीणा गुरुङको निधन भएको छ। आइतबार बेलुकी ग्रान्डी अस्पतालमा वीणाको निधन भएको हो। केही समयदेखि अस्वस्थ रहेकी वीणालाई उपचारको लागि ग्रान्डीमा भर्ना गरिएको थियो। वीणाको सोमबार बिहान १० बजे पशुपती आर्यघाटमा अन्तिम संस्कार गरिएको पारिवारिक श्रोतले जनाएको छ। उनको विसं २०११ सालमा अम्बर गुरुङसँग विवाह भएको थियो। संगीतकार अम्बर गुरुङको विसं ०७३ जेठमा निधन भएको थियो। पति अम्बर गुरुङको निधनपछि उनी छोरी अल्कासंँग बस्दै आएकी थिइन्। गुरुङका ३ छोरा र एक छोरी छन्।
भीमदत्तनगर: छ दिनदेखि परिवारको सम्र्पकमा नरहेकी कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ शान्तिपुरकी १७ वर्षीया कविता विष्टको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । कैलालीको गेटास्थित सरस्वती माविमा अध्ययनरत विष्ट गत मंगलबार अत्तरिया बजारमा किनमेलका लागि गएकी थिइन् । सामान किनमेलमा गएकी छोरी सम्र्पकमा नआएपछि आइतबार परिवारका अन्य सदस्यले गुलरिया प्रहरीमा खबर गरेका थिए । खबरपछि खोजीकार्यमा खटिएको प्रहरीले मध्यरातमा विष्टको हत्या गरी क्षतविक्षत अवस्थामा कृष्णपुर नगरपालिका–२ लालझाडी–महोना वन क्षेत्रको अम्खैया खोला नजिक फालेको लास भेटाएको छ । इलाका प्रहरी कार्यालय झलारीका प्रमुख रमेशप्रसाद अवस्थीले विष्टको हत्या गरी फालिएको आशंका व्यक्त गर्नुभयो । उहाँले घटनाको संलग्नताको आरोपमा आइतबार साँझनै कृष्णपुर नगरपालिका–२ वाणीका…