Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

थाइल्याण्ड:  थाइल्याण्डमा बाढीका कारण विगत दुई हप्तादेखि गुफामा थुनिएका सबै जनाको मङ्गलबारसम्ममा उद्धार गरिएको थाइल्याण्डको नौसैनिक एक एकाईले आफ्नो फेसबुक पेजमा जनाएको छ । फुटबलको तालिमका लागि गएका १२ बालक तथा उनीहरूका खेल प्रशिक्षक अठार दिनदेखि व्यापक वर्षापछि आएको बाढीका कारण गुफामा फसेका थिए । नौसैनिक स्रोतले दिएको जानकारी अनुसार फसेका सबैजनालाई सकुशल उद्धार गरीएको छ । यद्यपि लामो समयदेखि गुफामा रहँदा उनीहरूको स्वास्थ्यमा नकारात्मक तथा मनोवैज्ञानिक प्रभाव परेको हुँनसक्ने भन्दै अस्पताल भर्ना गरिएको हो । नौसेनाल भनेको छ, “सबैजना, १२ बालक र प्रशिक्षकलाई गुफाबाट सकुशल उद्धार गरिएको छ । उनीहरू सबै खतरामुक्त रहेका छन् ।” यद्यपि उद्धारका लागि गुफाभित्र…

Read More

काठमाडौँ: नेपाल निर्माण व्यवसायी महासंघले निर्माण व्यवसायीको समस्या स्थायी रुपमा समाधान गर्न यथाशीघ्र सार्वजनिक खरिद ऐन तथा नियमावली संशोधनका लागि पहल गर्न माग गरेको छ । महासंघ प्रतिनिधिमण्डलले आज कानूनमन्त्री शेरबहादुर तामाङलाई भेटी व्यवसायमैत्री ऐन कानून निर्माण हुनुपर्नेमा जोड दिएको हो । महासंघ अध्यक्ष विष्णुभाई श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलले मन्त्री तामाङलाई भेटी व्यवसायीले भोग्नु परेका समस्याका बारेमा जानकारी गराएको हो । महासंघको माग पत्र बुझ्दै मन्त्री तामाङले विकास निर्माणमा बाधा पु¥याउने खालका सार्वजनिक खरिद ऐन र नियमावलीका प्रावधान संशोधनका लागि प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाए । प्रतिनिधिमण्डलमा महासचिव रामशरण देउजा, सदस्य शिव चौलागाईं, महासंघका जनसम्पर्क अधिकृत रामचन्द्र गिरीलगायत सहभागी थिएय ।…

Read More

काठमाडौँ: सरकारले हरेक नेपाली नागरिकलाई सेयर दिने गरी केही महत्वपूर्ण आयोजना छनोट गर्ने भएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज भएको छलफलमा जनताले सेयर लगानी गर्न सक्ने गरी आयोजनाको क्षमता निर्धारण गरेको हो । जनताको सेयर लगानी रहने गरी ७२५ मेगावाटको माथिल्लो अरुण, ४०० मेगावाटको तल्लो अरुण, १०० मेगावाटको तामाकोसी पाँचौँ, ४८ मेगावाटको भेरी–बबई डाइभर्सन, २१० मेगावाटको सेती चैनपुर, ७० मेगावाटको सिम्बुवा, ७५ मेगावाटको ताप्लेजुङको घुन्सालगायत आयोजनालाई प्रारम्भिक चरणमा छनोट गरिएको छ । जलविद्युत्को विकासका लागि सबै प्रदेशमा जलविद्युत् आयोजना समेटिने हिसाबले आयोजनाको छनोटको प्रक्रिया शुरु भएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जानकारी दिए । मन्त्री पुनले…

Read More

काठमाडौ : नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा नुवाकोटमा रहेको त्रिशूली जलविद्युत केन्द्र (जडित क्षमता २४ मेगावाट)को विद्युत गृहको जेनेरेसनतर्फको ६.६ केभी साइट बे्रकरमा मंगलबार दिउसो करिब साढे एक बजे आगलागी भएको छ । सुरक्षाकर्मी, विद्युत गृहका कर्मचारी, स्थानीय बासिन्दा लगायतको करिव साढे एक घण्टाको प्रयासपछि आगोलाई नियन्त्रणमा लिइएको थियो । आगलागीपछि त्रिशूली जलविद्युत केन्द्र र त्यसको क्यासकेटकारुपमा रहेको देवीघाट जलविद्युत केन्द्र (जडित क्षमता १५ मेगावाट)बाट करिब २८ मेगावाट विद्युत उत्पादन विच्छेद भएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए । ‘तर, यसबाट नुवाकोटका केही स्थानबाहेक मुलुकभरको समग्र विद्युत आपूर्तिमा कुनै असर गरेको छैन,उनले भने, ‘आगलागीबाट भएको क्षतिको यकिन र मर्मतसंभार तत्काल सुरु गर्न…

Read More

काठमाडौँ : नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टी एकढिक्का भए काँग्रेसलाई कसैले पनि पराजित गर्न नसक्ने बताएका छन् । सुशील कोइराला सोसलिष्ट युथ सर्कलले आज यहाँ आयोजना गरेको विचार गोष्ठीमा उहाँले वर्तमान अवस्थामा पार्टीभित्र आन्तरिक एकताको खाँचो रहेको आवश्यकता औँल्याए । महामन्त्री डा कोइरालाले आफू सधँै गुटबन्दी अन्त्य गर्दै बलियो काँग्रेस बनाउने पक्षमा रहेको र त्यसका लागि प्रयास गरिरहेको बताए । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरु गुरुराज घिमिरे र शंकर भण्डारीले सरकारले अधिनायकवादतर्फ जाने संकेत देखाइरहेको भन्दै त्यसको प्रतिवाद गर्न सक्ने गरी काँग्रेसलाई सशक्त बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर, उपाध्यक्ष उर्मिला थपलिया, महामन्त्री आनन्द…

Read More

काठमाडौँ : सरकारले भूमिगत जलभण्डार घट्दै गएकामा चिन्ता व्यक्त गर्दै त्यसलाई पुनःभरणको व्यवस्था गर्न प्रभावकारी एवं बाध्यकारी व्यवस्थासहितको नीतिगत व्यवस्था गर्न लागेको छ । प्रस्तावित जलस्रोत नीतिमा भूमिगत जलभण्डारमा पुनःभरण गर्ने भावर, शहरी तथा अन्य क्षेत्रको रेखाङ्कन गरी त्यस्ता क्षेत्रमा प्रदूषण गर्ने तथा पुनःभरण कार्यमा बाधा पु¥याउने कार्यको नियन्त्रण गर्ने कडा प्रावधान राखेको छ । भूमिगत जलभण्डार वृद्धिका लागि सिमेन्ट कङ्क्रिट कालोपत्रे सडक आदिजस्ता पुनःभरणमा बाधा पु¥याउनेसहितको निरन्तर वृद्धिलाई अनुगमन गर्ने भएको छ । पुनःभरण गरिएको जलमा औद्योगिक प्रदूषक मिसिन नदिन त्यस्ता उद्योगबाट आउने निकासलाई प्रशोधन गरी सहन सीमाभित्र ल्याएपछि मात्र खोलानाला, खाली जमिन आदिमा छोड्ने व्यवस्था मिलाइने जलस्रोत नीतिमा…

Read More

काठमाडौँ: त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन गृहमा आज भिषण आगलागी भएको छ । जलविद्युत् गृहबाट उत्पादन भएको विद्युत्लाई टान्सफर्मरसम्म पु¥याउन प्रयोग गरिने विद्युतीय तारमा जडान गरिएको बसबारमा आगलागी भएको हो । आगलागीबाट बसबार पूर्णरुपमा जलेर क्षति पुगेको छ भने अन्य स्थानमा समेत असर गरेको छ । क्षतिको विवरण प्राप्त हुन बाँकी रहेको उत्पादन गृहका प्रमुख तारादत्त भट्टले जानकारी दिए । उनका अनुसार आगो निभाउन फायर एक्सटिनगुइसर उपकरण प्रयोग गरे पनि त्यो पर्याप्त नभएपछि दमकलको सहयोगमा पानी प्रयोग गरेर निभाउँदा विद्युतीय उपकरणमा समेत थप क्षति पुगेको छ । आगो निभाउन नेपाली सेना, नेपाल प्रहरी, विद्युत् गृहका कर्मचारी, स्थानीयवासीलगायत परिचालन भएका छन् ।…

Read More

काठमाडौँ: नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घट्नेक्रम आज मंगलबार पनि रोकिएन । मंगलबार नेप्से परिसूचक शुन्य दशमलब ५० अंकले घटेर १ हजार २०५ दशमलब ९३ अंकमा पुगेको छ । साताको पहिलो दिन आइतबार नेप्से शुन्य दशमलब ०२ अंकले र सोमबार १७ दशमलब ९६ अंकले घटेको थियो । नेप्सेमा लगातार पहिरो जाँदा लगानीकर्ताहरु निराश भएका छन् । आज नेप्सेमा सामान्य गिरावट आएपनि कारोबाररकममा भने ठुलो मात्रामा कमि आएको छ । आजको कारोबारमा बाणिज्य बैंक, बित्त र बिमा बाहेक सबै समूहका नेप्से परिसूचकमा भारी गिरावट आएको छ । आज नेप्से परिसूचक सबैभन्दा बढी उत्पादनमूलक समुहको ७० दशमलब ५२ अंकले घटेको छ ।…

Read More

काठमाडौँ: संगठनात्मक संरचनाका विषयमा टुंगो लगाउन बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको बैठक आज साँझ पुनः बस्ने गरी स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा नेकपाका नेता वामदेव गौतम नेतृत्वको कार्यदलले पेश गरेको पार्टीको नियमावली एवं सांगठनिक संरचनाका बारेमा पेश गरेको प्रतिवेदनमाथि छलफल भएको हो । शनिबार बसेको सचिवालयको बैठकले नेता गौतमको नेतृत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलले प्रतिवेदन पेश गरेको र प्रतिवेदनमा छलफल भएपनि आज साँझ पुनः बस्ने गरी स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । पार्टी एकतापछि सांगठनिक संरचना, पार्टीका विभाग तथा अन्य नीतिगत विषयलाई टुंगो लगाउन बाँकी रहेको छ । बैठकमा…

Read More

काठमाडौँ: अलैंचीको उत्पादन बढेसंगै देशको कुल निर्यातमा यसको हिस्सा बढ्दै गएको छ । चालू आर्थिक वर्षको प्रथम दश महिनामा चार अर्ब २९ करोडको अलैंrचीको निर्यात भएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रारम्भिक तथ्याँक अनुसार समीक्षा अवधिमा अलैंचीको निर्यात गतवर्षको सोहि अवधिको तुलनामा २२ दशमलब ७ प्रतिशतको वृद्धि भएको छ । गतवर्षको दश महिनामा तीन अर्ब ३९ करोड बराबरको अलैंची निर्यात भएको थियो भने गत बर्ष ३ अर्ब ८७ करोडको अलैंची निर्यात भएको थियो । अलैंचीको उत्पादनमा वृद्धि हुँदा यसको निर्यातमा सुधार भएको अलैंची ब्यावसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले बताए । अलैंचीको मूल्य घट्य पनि उत्पादनमा वृद्धि हुँदा कुल…

Read More