Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ : सरकारले राजदूत नियुक्त गर्ने मापदण्ड २०७५ लाई स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले संयुक्त राष्ट्र संघका लागि न्यूयोर्कस्थित नेपाली राजदूत (स्थायी प्रतिनिधि) दुर्गाप्रसाद भट्टराईलाई आगामी साउन १५ गतेभित्र नेपाल फर्कन सूचना दिने निर्णय गरेको छ । बैठकले स्थानीय निकाय वित्त आयोग खारेजी गर्ने निर्णय गरेको बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए । यसैगरी बैठकले आयोगको सचिवालयमा रहेको विवरण, स्रोत र सम्पत्ति राष्ट्रिय प्राकृतिक तथा वित्त आयोगमा हस्तान्तरण गर्ने निर्णयसमेत गरेको छ । मन्त्रिपरिषद्को आजै बसेको बैठकले भारतीय सहयोगमा सञ्चालनमा रहको साना विकास परियोजनाको कार्यान्वयनका लागि…

Read More

काठमाडौँ: नेपालमा घर सजाउनका लागि महत्वपूर्ण मानिएको फर्निचरको वार्षिक कारोबार रु ३० अर्ब बराबरको हुने गरेको छ । पछिल्लो समयमा नेपाली उत्पादनबाटै आत्मनिर्भर हुने बाटोमा गएको भए पनि विदेशबाट आयात हुने फर्निचरको मात्रासमेत बढिरहेको छ । नेपाली मौलिक तथा परम्परागत फर्निचरका साथै आधुनिक शैलीका फर्निचरका उत्पादनका बारेमा जानकारी लिन चाहने उपभोक्तालाई नेपाल फर्नीचर तथा फर्निसिङ संघले मेलाको आयोजना गर्ने भएको छ । संघका अध्यक्ष राजेश अग्रवालले फर्निचरको उत्पादन तथा प्रयोगका बारेमा जानकारी दिन मेलाको आयोजना गरिएको जानकारी दिनुभयो । उनले नेपाली उत्पादनलाई प्राथमिकतामा राखिदिन आम उपभोक्तालाई आग्रह गरे । फर्निचर तथा फर्निसिङको बारेमा एकै छानामुनी जानकारी दिने उद्देश्यले आगामी भदौ…

Read More

काठमाडौँ: सर्वोच्च अदालतको आदेशको पालना गर्दै गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यामा दोषी ठहरिएका छविलाल पौडेल आज आफैँ अदालतमा उपस्थित भएका छन् । सर्वोच्च अदालतमा उपस्थित भएपछि अदालतले आजै पौडेललाई डिल्लीबजार कारागार चलान गरेको छ । द्वन्द्वकालमा चितवनको रत्रमा मामाघर जाने क्रममा २०६१ जेठ २४ गते कृष्णप्रसादको हत्या भएको थियो । हत्याको दोषी पौडेल ठहर भएका थिए । आफ्ना छोराको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै आमा गंगामाया अधिकारी लामो समयदेखि पटकपटक आमरण अनशनमा बस्दै आउनुभएको छ भने बाबु नन्दप्रसाद अधिकारीले अनशनका क्रममा २०७१ असोज ६ मा मृत्यु भएको थियो । विसं २०७२ पुस ६ गते तत्कालीन पुनरावेदन अदालत हेटाँैडाले पौडेललाई…

Read More

काठमाडौँ: राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संविधान संशोधनका लागि सरकारलाई दबाब दिने भएको छ । राजपा अध्यक्ष मण्डलको आज बसेको बैठकले संविधान संशोधनका लागि सरकारलाई दबाबस्वरुप प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ध्यानाकर्षण गर्ने निर्णय गरेको बुझिएको छ । यद्यपि, संविधान संशोधनबारे सरकारको ध्यानाकर्षणबारे आज छलफल भएपनि टुंगो नलागेको र भोलि सोमबार पुनः बस्ने अध्यक्ष मण्डलको बैठकले निर्णय गर्ने राजपा अध्यक्षमण्डलका सदस्य अनिल झाले जानकारी दिए । उनले भने, “संविधान संशोधनको विषयमा छलफल भयो तर भोलि विमान संसदीय दलको बैठक बस्ने र लगत्तै अध्यक्षमण्डलको बैठकबाट निर्णय हुनसक्छ ।” अध्यक्ष मण्डलका अर्का सदस्य राजेन्द्र महतोले पनि संशोधनको विषयबारे भोलिको बैठकले निर्णय लिने…

Read More

माए साय, थाइल्याण्ड: (एएफपी): थाइल्याण्डमा आएको बाढीपछि विगत १५ दिनभन्दा बढी गुफामा फसेका १२ जना बालकहरू तथा उनीहरूका खेल प्रशिक्षकमध्ये छ जनाको सकुशल उद्धार गरिएको अधिकारीले बताएका छन् । शुरूमा दुई बालक चार किलोमिटर लामो गुफालाई छिचोल्दै उद्धारकर्ताको सहयोगमा बाहिर आएका थिए । त्यसपछि अन्य चार जनालाई गुफाबाट बाहिर आउन सफल भएका थिए । उनीहरू सवैलाई उपचारका लागि अस्पताल पठाइएको छ । छ वालकको उद्धार गरिएको छ, उनीहरूको नाम तत्काल सार्वजनिक गर्दा बाँकी अभिभावकमा चिन्ता बढ्न सक्ने भन्दै सबैजनाको उद्धार भएपछि नाम सार्वजनिक गरिनेछ, रक्षा मन्त्रालयका एक अधिकारीले एएफपीलाई बताए । बाँकी बालक तथा प्रशिक्षकलाई पनि क्रमश उद्धार गरिने मन्त्रालयले…

Read More

काठमाडौँ: प्रजातान्त्रिक विचार समाजले सरकारले नागरिक स्वतन्त्रता कुण्ठित गर्ने र विधिको भन्दा व्यक्तिको शासन लाद्ने स्वेच्छाचारिता गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । लोकतन्त्रको आधारस्तभ मानिने स्वतन्त्रता र विधिको शासनप्रति सरकारी हस्तक्षेप बढ्नु बहुलवादी व्यवस्थामा किमार्थ स्वीकार्य नहुने समाजका अध्यक्ष डा केदारनरसिंह केसी र महासचिव गोकर्ण अर्यालद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । लोकतन्त्रको उपभोग गर्दै बहुलवादी व्यवस्थाबाट निर्वाचित सरकारले लोकतन्त्रको सिद्धान्तप्रति ख्याल नै नगरी स्वेच्छाचारिता बढाउनु खोज्नु लोकतन्त्र र लोकतान्त्रिक शासन पद्धतिको खिलापमा भएको समाजको ठहर छ । प्रजातान्त्रिक विचार समाजका आजीवन सदस्य एवं नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई कार्यालयकै कामको सिलसिलामा क्यानडा जाने क्रममा विमानस्थलबाट फर्काउनुले…

Read More

काठमाडौँ: नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारको तलब दोब्बर गराउन माग गरेको छ । नेपाल पत्रकार महासंघका सचिव तथा महासंघको श्रमजीवी हित प्रवद्र्धन समितिका संयोजक रामप्रसाद दाहालको नेतृत्वमा गएको टोलीले न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्यसचिव बालकृष्ण घिमिरेलाई आज ज्ञापनपत्र बुझाउँदै पत्रकारको न्यूनमत पारिश्रमिक रु ४० हजार निर्धारण गरिनुपर्ने माग गरेका हुन् । यसअघि श्रमजीवी पत्रकारको तलब न्यूनतम रु १९ हजार ५०० रहेको थियो । ज्ञापन पत्रमा महासंघले राष्ट्र बैंकको पारिवारिक बजेट सर्वेक्षण, औसत पोषण, मूल्यवृद्धि, तथा तत्कालीन न्यूनतम पारिश्रमिक समितिका अध्यक्ष खेम भण्डारी–समितिले प्रतिपादन गरेको सिद्धान्तलाई समेत ध्यानमा राखेर राष्ट्रिय सञ्चारमाध्यममा कार्यरत श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक ४० हजार रुपैयाँ हुनुपर्ने तथा…

Read More

काठमाडौँ: ‘फर्निचर तथा फर्निसिङ एक्स्पो’फर्नेक्स आगामी भदौ १४ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ । एक्स्पोको छैठौं संस्करण फर्नेक्स २०१८ लाई होम डेकोर विशेष बनाइने, आज पत्रकार सम्मेलन गरी एक्स्पोकोआयोजक संस्था नेपाल फर्निचर्स तथा फर्निसिङ संघले संघले जनाएको छ । बढ्दो आधुनिक जीवनशैलीसँगै बढ्दै गएको इन्टेरियर डिजाइनका लागि एक्स्पो उचित गन्तव्य हुने बताइएको छ । एक्स्पोको व्यवस्थापन इभेण्ट सोलुसन प्रालिले गर्ने बताइएको छ । किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्री प्रदर्शनीको मुख्य आकर्षण रहने आयोजकले बताएको छ । यसैगरि कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै वास्तुसँग…

Read More

काठमाडौँ : आगामी एक वर्षभित्र गौतमबुद्ध विमानस्थललाई सञ्चालनमा ल्याउने गरी सरकारले निर्माणलाई तीव्रता दिएको छ । वर्तमान सरकार गठन भएको पछिल्लो चार महिनामा विगतमा भन्दा दोब्बर बढी कार्यप्रगति भएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आयोजना, निर्माण व्यवसायी तथा सम्बद्ध पक्षलाई थप सशक्त तवरले परिचालन गरिरहेको छ । हाल सो विमानस्थलको करीब ५० प्रतिशतभन्दा बढी भौतिक प्रगति भएको छ । हाल विमानस्थलको धावन मार्गलगायत काम भइरहेको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७५ माथि मन्त्रालयसँग जोडिएका विषयमाथि सांसदले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री रवीन्द्रप्रसाद अधिकारीले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो विमानस्थल निर्माणमा उल्लेख्य प्रगति भएको र प्रगति…

Read More

काठमाडौँ: प्रहरीले काठमाडौँको डल्लु आवास क्षेत्रबाट ३१ लाख बराबरको धनमाल चोर्दै गर्दा दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । यस्तो थियो घटना विवरण: भारतको बिहार राज्यका मोतिहारी तथा समस्तिपुरजिल्ला बाट बिभिन्न चोरी गर्ने समुह बनाई नेपाल प्रवेश गरि उपत्यकाका बिभिन्न स्थानमा कवाडका सामानहरु संकलन गर्ने बहाना बनाई बिहान तथा दिउसोको समय पारी घरमा कोही नभएको मौका पारी घरको ढोका तथा झ्याल फोडी प्रबेश गरी कोठामा भएको नगद ,सुन चाँदीका गर गहना , बिभिन्न मोवाईल र अन्य ईलोक्ट्रोनिक्स सामानहरुसमेत चोरी गर्ने कार्यमा सम्लग्न रहेका निम्न मानिसहरुलाई खोजि गर्ने यस महाशाखाबाट बिशेष सुचनाको आधारमा डल्लु आवास क्षेत्रमा गस्ति निग्रानि गर्ने क्रममामिति २०७५।०३।२२…

Read More