Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

पहिलोक्लिक सम्वाददाता डोटी असार: डोटी चेम्वर अफ कमर्सको स्थापना गरिएको छ . जिल्ला प्रशासन कार्यालय डोटीमा डोटी चेम्वर अफ कमर्स दर्ता भईसकेको छ । चेम्वर अफ कमर्सको कार्यालयको प्रदेश सातका मुख्य मन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेका हुन् । युवा ब्यबसायी खगेन्द्र साउदको अध्यक्षतामा पाँच सदस्यिय कार्यसमिती गठन गरिएको छ । नवगठित कार्यसमितीको पदाधिकारीहरुमा उपाध्यक्षमा नविन क’मार श्रेष्ठ, महासचिवमा केशर सिंह कठायत, सचिवमा तेजबहाद’र ड’म्रेल र कोषाध्यक्षमा प’र्णबहाद’र शाह’ रहन’ भएको छ। डोटीको दिपायल सिलगढी नगरपालिका वडा नं. ४ स्थित पिपल्ला बजारमा चेम्वर्स अफ कर्मको कार्यालय स्थापना गरिएको छ। कार्यालय स्थापना गरी ब्यापार ब्यबसायीह?लाई सदस्य प्रदान गर्ने लगायतका कार्यह?को श’?वात गरिएको…

Read More

पहिलोक्लिक सम्वादाता पोखरा: कास्कीको रुपा गाउँपालिका कार्यालयले कृषि उत्पादन खाएर कृषकलाई दुःख दिएपछि बाँदर व्यवस्थापन गर्न भन्दै पहिलो गाउँसभाबाट १० लाख रुपियाँ बजेट छुट्याएको छ । रुपा गाउँपालिकाले आर्थिक बर्ष २०७५/०७६ को बजेटमा पनि निरन्तरता दिँदै पाँचलाख रुपियाँ विनियोजन गरेको छ । गत आवमा पनि यस गाउँपालिकाले पांच लाख छुट्याएको थियो । भारतबाट आएको बाँदर नियन्त्रण गर्ने टोलीले हालसम्म दुईपटक गरी ५०० वटा बाँदर छोपेर निकुञ्जमा पु¥याएको छ । गाउँपालिकाका विभिन्न वडामा रहेका बाँदर छोप्ने क्रम जारी रहेको गाउँपालिकाका प्रमुख नवराज ओझाले बताए । कास्की जिल्लाको पूर्वी भागमा अवस्थित सो गाउँपालिकाले यसै बर्षदेखि पहिलो पटक कृषि उत्पादन वृद्धिका साथै स्वरोजगार…

Read More

हरि बास्तोला पोखरा: उर्बर भएर पनि बाँझिएको जग्गालाई उत्पादनमूलक बनाउने लक्ष्यका साथ रुपा गाउँपालिकाले भूमि बैंक स्थापना गर्ने भएको छ । कास्की जिल्लाको पूर्वी भागमा अवस्थित सो गाउँपालिकाले यसै बर्षदेखि पहिलो पटक कृषि उत्पादन वृद्धिका साथै स्वरोजगार सिर्जना गर्ने अभिप्रायले भूमि बैंकको स्थापना गर्न लागेको हो । बाँझिएको जग्गा निश्चित समयको लागि बैंकमा राख्न सकिने र तोकिएको दर मूल्यसमेत पाउने व्यवस्था गरी उक्त कार्यक्रमलाई प्रभावकारी बनाउन गाउँसभाबाट बीउ पूँजीका रुपमा रु २५ लाख छुट्याइएको गाउँपालिकाका प्रमुख नवराज ओझाले जानकारी दिए । उनका अनुसार जग्गा बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्न सञ्चालित भूमि बैंकमा नराख्ने र खेती पनि नगरिएको जग्गालाई दोब्बर कर…

Read More

चितवन: नारायणगढ मुग्लिन सडकखण्डको चारकिलो भन्ने ठाउँमा आज बिहान ६ः३० बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । नारायणगढ—मुग्लिन सडकखण्डका सूचना अधिकारी शिव खनालका अनुसार पहिरो ठूलो भएकाले पन्छाउन समय लाग्नेछ । पहिरो खसेलगत्तै पन्छाउने काम अघि बढेको भन्दै उनले थप पहिरो नखसेमा बिहान ११ बजेसम्ममा पन्छाउन सकिने बताए । सोही सडकमा मंगलबार बिहान पहिरो खसेपछि ११ घण्टा सवारी आवागमन अवरुद्ध बनेको थियो । बेलुका ४ बजे पहिरो पन्छाएपछि रातभर सवारीको लाम र जामका कारण यात्रुले हैरानी बेहोरेका थिए । आजबिहान पुनः पहिरो खसेपछि यात्रु रोकिएका छन् । सरकारले उच्च जोखिममा रहेका भनिएका सडकखण्डमध्ये यो एउटा सडकखण्ड पनि हो ।…

Read More

पहिलोक्लिक समाचारदाता काठमाडौँ: २८ दिनदेखि बीर अस्पतालमा आमरण अनशनमा रहेकी गंगामायाको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । अस्पतालका निर्देशक डा भूपेन्द्र बस्नेतका अनुसार गंगामायाले बीचबीचमा स्लाइन लिने गरे पनि खान नखाएकोले स्वास्थ्य निकै कस्किएको हो । गंगामायाले रगतलगायत परीक्षणसमेत गराउन नमानेको डा. बस्नेतले बताए । आफु पांच वर्षदेखि बस्दै आएको बीर अस्पतालको १७ नम्बर क्याबिनमा जेठ १६ गतेदेखि उनी अनशनमा छिन् । सर्वोच्च अदालतले जारी गरेको आदेश अनुसार छोरा कृष्ण प्रसादको हत्यामा संलग्न अभियुक्तलाई पक्राउ गरिनुपर्ने उनको माग छ । सोही बिषयको माग गर्दै उनका लोग्न नन्द प्रसाद पनि बीर अस्पतालमै सेप्टेम्बर २२, २०१४ मा अनशनरत अवस्थामै मृत्यु भएको…

Read More

पहिलोक्लिक समाचारदाता काठमाडौँ: चार सय ४६ मेगावाटको माथिल्लो तामाकोशीको आयोजनाको सेयर प्रभावित वासिन्दाका लागि दुई सातापछि खुल्ने भएको छ । प्रभावितलाई सेयर बाँडफाँट गरेपछि सर्वसाधारणका लागि खुला गरिने आयोजनाले जनाएको छ । माथिल्लो तामाकोशी २५ प्रतिशत सेयर प्रभावित क्षेत्रका वासिन्दा र सर्वसाधारणका लागि छुट्याइएको छ । १० प्रतिशत प्रभावित क्षेत्रका वासिन्दा र १५ प्रतिशत सेयर सर्वसाधारणका लागि जारी हुने आयोजनाले जनाएको हो । दोलखा प्रभावित क्षेत्रका वासिन्दालाई एक करोड पांच लाख ९० हजार कित्ता सेयर जारी गरिनेछ भने यस्तै सर्वसाधारणका लागि एक करोड ५८ लाख ८५ हजार कित्ता सेयर जारी हुनेछन् । आयोजना प्रभावित क्षेत्रका लागि वासिन्दाले न्यूनतम ३० कित्ता…

Read More

रत्ननगर, चितवन: नारायणगढ–¬मुग्लिन सडक कति बेला बन्द हुन्छ र कतिबेला खुल्छ पत्तै हुन्न । घरबाट साइत गरेर हिँडेको मान्छे नारायणगढबाट गाडी चढेपछि बाटो बन्द भएको थाहा पाउने अवस्था छ । कहिले पहिरो, कहिले दुर्घटना त कहिले गाडी बिग्रिएर सडक अवरुद्ध हुँदा सर्वसाधारणले सास्ती पाइरहेका बेला अब मुग्लिन सडकका सूचना एसएमएसबाटै प्राप्त गर्न सकिने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले स्थानीय कालिका टिभी र रेडियोसँगको सहकार्यमा आजदेखि एसएमएस सेवा शुरु गरेको ट्राफिक प्रमुख बेदप्रसाद गौतम बताउँछन् । उनका अनुसार यहाँबाट मुग्लिन, नारायणगढ क्षेत्रका हरेक सूचना उपलब्ध हुने बताए । यसअघि ट्राफिक प्रहरीले फेसबुकमार्फत सूचना प्रवाह गर्दै आएको थियो ।…

Read More

पहिलोक्लिक सम्वाददाता तनहुँ: पृथ्वी राजमार्गको मुग्लिन–डुम्रे सडकखण्डमा पर्ने तनहुँको आँवुखैरेनी गाउँपालिका–१ बरादीमा मंगलबार बसले कार र मोटरसाइकललाई ठक्कर दिँदा चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वत कुस्माकी तीन वर्षीय ममता लामिछाने, सोही ठाउँका ३५ वर्षीय कमल लामिछाने, आँबुखैरेनी ४ बस्ने नुनबहादुर खवास र सोही ठाउँ बस्ने २६ वर्षीय मोटरसाइकल चालक दिलबहादुर मगर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । ममता र कमलको गण्डकी अस्पताल, नुनबहादुरको मणिपाल शिक्षण अस्पतालर मगरको मा दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । सोही दुर्घटनामा परी घाइते हुने पाँच जनाको दमौली र पोखराका अस्पतालहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । आँवुखैरेनीबाट डुम्रेतर्फ…

Read More

काठमाडौं: निकै संघर्षपुर्ण खेलमा गयराती भएको बिश्वकप फुटबल खेलमा दुईपटकको विश्वविजेता अर्जेन्टिना रसियामा जारी विश्वकप २०१८ को अन्तिम १६ मा प्रवेश गरेको छ । निर्णायक मानिएको समुह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले नाइजेरियालाई २–१ ले हरायो । अर्जेन्टिनाका लागि लियोनल मेसीले खेलको १४ औं मिनेटमा गोलको खाता खोलेका थिए । तर खेलको ५१ औं मिनेटमा पेनाल्टीमार्फत नाइजेरियाका भिक्टो मोसेसले बराबरी गोल फर्काए । त्यसपछि दबाबमा देखिएको अर्जेन्टिनाको उद्धार मार्कस रोजोले गरे । उनले गरेको दाहिने खुट्टाले गरेको भली प्रहारले गोलपोस्टको देब्रे कर्नर चुमेपछि अर्जेन्टिनाका समर्थकमाझ खुसीयाली छायो भने नाइजेरियाका समर्थक स्तब्ध बने । यही समयमा भएको समुह ‘डि’ को अर्को खेलमा…

Read More

प्रकाश सिलवाल काठमाडौँ: सरकारका कुनै मन्त्रालय/निकायको विनियोजित ‘शीर्षकको खर्च रकमलाई घटाई रु एक गरियोस् वा खर्च घटाइयोस्’ भनी संसद्मा सांसदहरुले राख्ने प्रस्तावको अर्थ के हो ? धेरैलाई अवगत नहुन सक्छ । संसदीय व्यवस्था र अभ्यासमा लागू हुँदै आएको यो प्रक्रिया र शब्दावली हेर्दा सामान्य र अनौठोजस्तो देखिए पनि यस प्रस्तावसँग सरकारको अस्तित्वसमेत जोडिएको हुन्छ । प्रतिनिधिसभामा “विनियोजन विधेयक, २०७५ अन्तर्गत विभिन्न मन्त्रालय÷निकायका लागि जारी विनियोजित रकममाथिको छलफलमा हरेक दिन खर्च कटौतीको प्रस्ताव आइरहेको छ । विपक्षी दल र सरकारमा सहभागी नभएका दलबाट यस्तो प्रस्ताव प्रस्तुत हुन्छ । प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १४३ को उपनियम (१) बमोजिम मन्त्रालय र निकायसम्बन्धी…

Read More