पहिलोक्लिक समाचारदाता
काठमाडौँ: २८ दिनदेखि बीर अस्पतालमा आमरण अनशनमा रहेकी गंगामायाको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ ।
अस्पतालका निर्देशक डा भूपेन्द्र बस्नेतका अनुसार गंगामायाले बीचबीचमा स्लाइन लिने गरे पनि खान नखाएकोले स्वास्थ्य निकै कस्किएको हो ।
गंगामायाले रगतलगायत परीक्षणसमेत गराउन नमानेको डा. बस्नेतले बताए । आफु पांच वर्षदेखि बस्दै आएको बीर अस्पतालको १७ नम्बर क्याबिनमा जेठ १६ गतेदेखि उनी अनशनमा छिन् ।
सर्वोच्च अदालतले जारी गरेको आदेश अनुसार छोरा कृष्ण प्रसादको हत्यामा संलग्न अभियुक्तलाई पक्राउ गरिनुपर्ने उनको माग छ ।
सोही बिषयको माग गर्दै उनका लोग्न नन्द प्रसाद पनि बीर अस्पतालमै सेप्टेम्बर २२, २०१४ मा अनशनरत अवस्थामै मृत्यु भएको थियो भने उनको शव अझै त्रिवि शिक्षण अस्पतालमै रहेको छ ।