Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

पोखरा: पोखरा महानगरपालिका–२८ माझथानाबाट कालिकातर्फ विद्यार्थी लिएर आउँदै गरेको बस दुर्घटना हुँदा चार विद्यार्थी र एक सर्वसाधारण गरी पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा १९ जना घाइते भएकोमा पाँच जनाको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । शुक्रबार बिहान पोखरा महानगरपालिका-२८ माझठानामा कालिका इङ्लिस बोर्डिङ स्कुलको ग २ ख १४१७ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेको थियो। मृत्यु हुने चार जना विद्यार्थी कक्षा ९ र १० मा अध्ययनरत रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइतेहरुलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइएको छ । प्रहरीको टोली पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुगेर घटनाको विवरण संकलन…

Read More

काठमाडौं: दसैंका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला भएको छ। टिकट लिनेहरूको अहिले नयाँ बसपार्क क्षेत्रमा भिडभाड देखिन्छ । कतिपय युवाहरू गएरातिदेखि नै नयाँबसपार्क क्षेत्रको टिकट काउन्टर अगाडि लाइन बसेका थिए । यातायात व्यवस्था विभाग, नेपाल प्रहरी र यातायात व्यवसायी तथा मजदुरबीच यही असोज २० गते मंगलबार विभागमा बसेको बैठकले असोज २३ गतेदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो । लामो तथा मध्यम दूरीका सवारी साधनलाई यात्रुको चापअनुसार रिजर्भमा सञ्चालन गर्न फूलपातीदेखि पूर्णिमासम्म रूट परमिटसमेत खुला गरिएको छ। दसैंको समयमा ढुवानीका सवारी साधनले फलफूल, तरकारी, औषधि, खसी–बोका तथा अत्यावश्यक खाद्यान्न र सामग्रीलाई प्राथमिकताका साथ ढुवानी गर्नेछन्।…

Read More

काठमाडौँ: ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँ उपत्यकाभित्रका आफ्ना सम्पूर्ण शाखाहरूबाट अमेरिकी डलर सटही सुविधा सहज रूपमा उपलब्ध गराएको छ। विदेश भ्रमण, अध्ययन तथा व्यापारिक प्रयोजनका लागि जाने यात्रुहरूलाई विदेशी मुद्रा व्यवस्थापनमा सहजता प्रदान गर्ने उद्देश्यले उपत्यकाभित्रका सबै शाखा कार्यालयमार्फत यो सेवा विस्तार गरिएको बैंकले जनाएको छ। बैंकका अनुसार डलर सटही गर्न चाहने सेवाग्राहीले सम्बन्धित देशको भिसा, हवाई टिकट तथा राहदानी (पासपोर्ट) सहित पायक पर्ने जुनसुकै शाखामा सम्पर्क गर्न सक्नेछन्। नेपाल राष्ट्र बैंकको प्रचलित विदेशी विनिमय व्यवस्था तथा नीतिअनुसार तोकिएको सीमासम्मको अमेरिकी डलर नगद वा कार्डमार्फत उपलब्ध गराइने छ। यसअघि सीमित मुख्य शाखाहरूबाट मात्र नगद विदेशी मुद्रा लिनुपर्ने बाध्यता रहेकामा अब…

Read More

काठमाडौं: असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएको राहुघाट जलविद्युत आयोजनाको मर्मतसम्भार ११ दिनमै सम्पन्न गरी विद्युत उत्पादन पुनः सुरु गरिएको छ । बाढीबाट विद्युतगृहमा डुबान हुनुका साथै महत्वपूर्ण संरचना र उपकरणमा क्षति पुगेको थियो । आवश्यक मर्मतसम्भार तथा प्राविधिक कार्य सम्पन्न गरी आयोजनाको एउटा युनिट -२० मेगावाट_ बिहीबारबाट सञ्चालनमा ल्याइएको हो । आयोजनाको विद्युतगृहबाट विद्युत उत्पादनपछि पानीलाई कालीगण्डकी नदीमा पठाउन प्रयोग हुने टेलरेस गेटमा बाढीले क्षति पुर्याएको थियो । त्यसपछि टेलरेसबाट विद्युतगृहभित्र पानी प्रवेश गरी डुबानमा परेको थियो । यसले गर्दा भरखरै निर्माण सम्पन्न भई परीक्षणका रुपमा विद्युत उत्पादन सुरु गरेको आयोजना बन्द भएको थियो । विद्युतगृहमा…

Read More

काठमाडौँ: ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न अपिल गर्नुभएको छ । अहिलेको डिजिटल युगमा अझै पनि ७३ प्रतिशत नागरिकले भौतिक रुपमा काउन्टरमा गएर महसुस तिर्ने गरेको तथ्यांक प्रस्तुत गर्नुहुँदै मन्त्री श्रेष्ठले यो अवस्थालाई सबै मिलेर परिवर्तन गर्नुपर्नेमा जोड दिनुभएको छ । यसका लागि सचेत नागरिकको सहयोगको खाँचो रहेको उहाँले बताउनुभएको छ । डिजिटल भुक्तानीले नागरिकको समय र आवतजावतको खर्च बचत हुने, नगद कारोबार घट्दा वित्तीय पारदर्शिता र सुरक्षा बढ्ने मन्त्री श्रेष्ठको भनाइ छ । साथै, काउन्टर सञ्चालनमा लाग्ने स्रोत र जनशक्तिलाई अन्य आवश्यक ग्राहक सेवामा सदुपयोग गर्न सकिने धारणा मन्त्री श्रेष्ठको छ ।…

Read More

काठमाडौं: नेपाल विद्युत् प्राधिकरणले पहिलो चरणमा ५४०.४७ मेगावाट क्षमताका २७ जलविद्युत् आयोजनाको व्यावसायिक उत्पादन सुरु गर्ने मिति (आरसीओडी) थप गरेको छ । विद्युत् खरिद सम्झौता (पीपीए) गरिसकेका तर निर्धारित समयभित्र आयोजना सम्पन्न गर्न नसकेका आयोजनाको वास्तविक अवस्था मूल्याङ्कन गरी प्राधिकरणले आरसीओडी थप गरेको हो । मन्त्री श्रेष्ठले यसअघि जलविद्युत् प्रवद्र्धकहरूसँग सामूहिक छलफल गर्दै वास्तविक लगानीकर्तालाई सहजीकरण गर्ने सरकारको नीति रहेको बताउनुभएको थियो । प्राधिकरणले आयोजनाको भौतिक प्रगति, आरसीओडीको अवस्था र पीपीएअनुसार प्रवद्र्धकले पूरा गर्नुपर्ने दायित्वका आधारमा कुल २१८ आयोजनालाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ गरी चार समूहमा वर्गीकरण गरेको थियो । सोही आधारमा आवश्यक कागजात र प्रमाण पेश गरेका ‘क’…

Read More

काठमाडौँ: नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ । महाधिवेशन व्यवस्थापनले सार्वजनिक गरेको कार्यतालिका अनुसार बिहान सवा ९ बजेदेखि खुलामञ्चस्थित तीनवटा हलमा बन्दसत्र सुरु हुनेछ । बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षका प्रतिवेदन पेस गरिनुका साथै विधान संशोधन सम्बन्धी प्रस्ताव प्रस्तुत गरी विस्तृत छलफल अघि बढाइनेछ। सभापति गगन थापाले राजनीतिक प्रतिवेदन र महामन्त्रीले विधान संशोधन सम्बन्धी प्रस्ताव पेस गर्नेछन् बन्दसत्रमा करिब ७ हजार ५०० प्रतिनिधि सहभागी हुँदैछन् । सहभागीहरुलाई भूगोलका आधारमा तीन समूह (हिमाल, पहाड र तराई–मधेश) मा विभाजन गरी प्रतिवेदनमाथिको छलफलमा सहभागी गराउने कार्यक्रम छ । आजैबाट केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन कार्यक्रम पनि सुरु हुने भएको…

Read More

काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत महसुसको विद्युतीय भुक्तानीको प्रणालीलाई व्यवस्थित रुपमा विस्तार गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिनुभएको छ । सूचना प्रविधिको युगमा अझै पनि नागरिकहरु बिजुलीको बिल तिर्न विद्युत कार्यालयमा घण्टौ लाइन बसिरहने अवस्था अन्त्य गर्नुपर्नेमा जोड दिनुहुँदै मन्त्री श्रेष्ठले यसका लागि डिजिटल पेमेन्टलाई अझ बढी विस्तार गर्न विद्युत प्राधिकरणलाई निर्देशन दिनुभएको हो । उहाँले विद्युत प्राधिकरण सञ्चालक समितिबाट डिजिटल पेमेन्टलाई प्रभावकारीरुपमा विस्तार गर्ने योजना स्वीकृत भएको पनि जानकारी गराउनुभयो । त्यसलाई तलसम्मै प्रभावकारी कार्यान्वयनका लागि जनजागरण ल्याउनुपर्नेमा जोड दिनुभयो । हेटौ‌डामा विद्युत डिभिजन कार्यालय प्रमुखहरुसँगको छलफलमा मन्त्री श्रेष्ठले भने, ‘डिजिटल पेमेन्टलाई अझ बढी…

Read More

काठमाडौँ: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले मात्रै देश परिवर्तनको नेतृत्व गर्न सक्ने बताएका छन्। कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति थापाले महाधिवेशनलाई नेतृत्व चयन गर्ने प्रक्रियामा मात्र सीमित नगरी पार्टीको विगत, वर्तमान र आगामी बाटोबारे गम्भीर समीक्षा गर्ने अवसरका रूपमा लिनुपर्ने बताए। ‘बदलिएको कांग्रेसले यो देश पनि बदल्छ भन्ने विश्वास लिएर यो महाधिवेशनबाट जानुपर्ने छ। यो सफल पारेर ऊर्जा लिएर जानुपर्ने छ,’ उनले भने। देशको पछिल्लो अवस्थाका कारण महाधिवेशनलाई उत्सवका रूपमा मात्र लिन सक्ने अवस्था नरहेको उनले बताए। रसुवामा आएको बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएको स्मरण गर्दै थापाले यस्तो अवस्थामा महाधिवेशन गर्न आफूहरूलाई सहज नभएको बताए।…

Read More

काठमाडौँ: नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ । ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नाराका साथ महाधिवेशनको दिउँसो २ बजे खुलामञ्चमा औपचारिक उद्घाटन हुने पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए । उद्घाटन समारोहमा विभिन्न दलका शीर्ष नेताहरूलाई निमन्त्रणा गरिएको छ । प्रवक्ता चालिसेका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाललगायत विभिन्न दलका शीर्ष नेतृत्वलाई महाधिवेशनको उद्घाटन समारोहमा निमन्त्रणा गरिएको छ । असोज २२ गतेसम्म चल्ने महाधिवेशनमा सात हजार पाँच सयभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको सहभागिता रहने कांग्रेसले…

Read More