Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- कक्षा १२ को परीक्षाफल सार्वजनिक
- सुनको भाउ तोलामा १० हजार पाँचसय रुपैयाँले घट्यो
- प्रतिनिधि सभाबाट बजेट पारित
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ८८ करोडको बजेट, पूर्वाधार विकास क्षेत्रमा ६१ प्रतिशत बिनियोजन
- आज बजेट पारित हुँदै, अर्थमन्त्री वाग्लेसहित मन्त्रीहरुले जवाफ दिने
- लगानीकर्ताको मनोबल बढाउने वातावरणको खाँचो छ: नेपाल चेम्बर
- आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ ः चेम्बर अध्यक्ष अग्रवाल
- कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: महानगरीय प्रहरी परिसर काठमाडौँले हुण्डी कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ । परिसरअन्तर्गत महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले स्रोत नखुलेको रु २० लाख नगद र एक थान मोबाइलसहित काठमाडौँ तारकेश्वरका ७२ वर्षीय बालकृष्ण भण्डारीलाई आज दिउँसो सोह्रखुट्टेबाट पक्राउ गरेको हो । प्रहरीले हुण्डी कारोबारको रकम लिई आउँदै गरेको भन्ने विशेष सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिएको हो । पक्राउ भण्डारीलाई आवश्यक अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।
काठमाडौँ: सन् २०१४ को बिश्वकप फुटबलको डिफ़ेण्डिङ च्याम्पियन जर्मनी २०१८ को बिश्वकपबाट बाहिरएको छ । समूह एफ अन्तर्गतको पहिलो चरणको अन्तिम खेलमा आज जर्मनी दक्षिण एसियाली पावरहाउस दक्षिण कोरियासंग २-० गोल अन्तरले हर्न पुग्दा उ समूह चरणबाटै बाहिरिएको हो । उता आजै भएको सोहि समयको खेलमा स्विडेनले समूह तालिकाको अग्र स्थानमा रहेको मेक्सिकोलाई ३-० गोल अन्तरले हराउन पुग्दा पनि जर्मनीको जित्ने पर्ने खेलमा झन् हार्न पुग्दा जर्मनीको घर फिर्ती यात्रा झन् बलियो भयो र अन्तत: कोरियासंगै घर जानु पर्यो ।
बैंकक: अविरल वर्षा र बाढीका कारण उत्तरी थाइल्याण्डको एक खोला किनारमा फसिरहेका बालबालिकालाई बुधबार पनि निकाल्न सकिएको छैन । उनीहरु गएको शनिबारदेखि खोला किनारभन्दा केही माथि रहेको गुफामा फसेका छन् । फुटबल खेल्न गएका १२ जना बालबालिका भारी वर्षाका कारण खोला बढेपछि घर फर्किन सकेका छैनन् । निकै अप्ठेरो ठाउँमा उनीहरु फसिरहेका छन् । उनीहरुको उद्दार कार्य जारी नै रहेको छ तर अविरल वाढीका कारण यो सम्भव हुन सकिरहेको छैन । उद्दार कार्य बुधबार पनि जारी रहेको अधिकारीहरु बताउँछन् । तर परिणाम आज पनि निराशाजनक भएको उद्दारमा खटिएका अधिकारीहरुले बताएका छन् । अर्काे गाउँमा फुटबल हेर्न पुगेका ती बालबालिका साँझ…
वीरगञ्ज: क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय मकवानपुर हेटौँडाले चालू आर्थिक वर्षको जेठ मसान्तसम्म वीरगञ्जलगायत क्षेत्रमा सञ्चालित उद्योगमध्ये ११ वटा उद्योगमा शिलबन्दी गरी कारवाही गरेको छ । प्रदेश नं २ को आठ जिल्ला तथा प्रदेश नं ३ को सिन्धुली, हेटौँडा र चितवन कार्य क्षेत्र रहेको सो कार्यालयले ५७२ वटा उद्योगको नमूना संकलन गर्दा ५१५ उद्योगले गुणस्तरहीन सामान उत्पादन गरेको पाइएको वरिष्ठ खाद्य अनुसन्धान अधिकृत राजकुमार रिजालले जानकारी दिए । चालू आवको जेठ मसान्तसम्ममा घ्यू, तेल, दूध, पानीलगायतका सामग्री उत्पादन गर्ने ९८ उद्योगमाथि मुद्दा दायर गरेको छ भने २९ पटकसम्म अनुगमन गरेको छ । त्यसैगरी कार्यालयले सो अवधिमा हेटौँडा, चन्द्रनिगाहपुर…
काठमाडौं: प्रदेश ७ नम्बर का पहाडी जिल्लामा विद्युत आपूर्तिलाई नियमित र भरपर्दो बनाउन डडेलधुराको स्याउलेमा निर्माण गरिएको १३२/३३ केभी सब स्टेसन मंगलबारबाट संचालनमा आएको छ । सव स्टेसनलाई मंगलबारबाट चार्ज गरिएको हो । सब स्टेसन निर्माण सम्पन्न भएपछि ७ नम्बर प्रदेशका पहाडी जिल्लामा आगामी दिनमा निर्माण हुने जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत त्यहींमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गराउन पूर्वाधार पनि तयार भएको छ । सब स्टेसन सञ्चालनमा आएपछि दार्चुलास्थित ३० मेगावाटको चमेलिया जलविद्युत आयोजनाको विद्युत स्याउलेबाटै डडेल्धुरा, दार्जुला,डोटी, वैतडी र अछाममा बितरण हुने छ । नेपाल विद्युत प्राधिकरणले अहिले चमेलियाको विद्युत दार्चुलाको बलाँचबाट १३१ किलोमिटर १३२ केभी प्रसारण लाइनमार्फत कैलालीको…
काठमाडौँ: प्रहरीले राजधानीको दुई भिन्न स्थानबाट दुई वेवारिसे लासहरु बुधबार बिहान फेला पारेको छ । प्रहरीका अनुसार आज बिहान छ बजे ललितपुरको वडा नं.-२ टेकुबाट सानेपातर्फ जाने कालोपुलमुनी वाग्मती नदीको किनारमा अन्दाजी वर्ष२२/२५की युवतीकोमृतक लाश फेला परेको हो । मृतकलाई चिन्ने जोकोहीले पनि महानगरीय अपराध महाशाखाको मोवाईल नं. ९८५१२८३०३२ वा हटलाईन ११७७ मा तथा नजिकको प्रहरी कार्यालयमा सम्पर्क राखन प्रहरीले अनुरोध गरेको छ ।
काठमाडौं: तीन वर्ष अघिगएको गोरखा भूकम्पले भात्त्किएको झन्डै ११० वर्ष पुरानो बसन्तपुरस्थित ऐतिहासिक गद्दी बैठकको पुनर्निर्माण कार्य सम्पन्न भई आजबाट भवनको उद्दघाटन गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार उक्त भवनको उद्दघाटन गरेका हुन् । भवन अमेरिकी प्राविधिकहरुले रेट्रोफिटिङको माध्यमद्वारा पुनर्निर्माण गरेका हुन् । गद्दी बैठक विक्रम संवत् १९६५ मा राजा पृथ्वी वीरविक्रम शाहको पालामा निर्माण गरिएको हो । गद्दी बैठक पुनर्निर्माणका लागि अमेरिकी सरकारले ७ लाख अमेरिकी डलर सहयोग गरेको थियो । यसमा अमेरिकी कन्सल्टेन्टले नै काम गरेको थियो । पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरका अनुसार भवन पुनर्निर्माण थालिएको डेढ वर्षमा काम सकिएको हो ।
वासिङ्टन: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जोड गर्दै आएजस्तै मुस्लिम वाहुल्य देशसहित विभिन्न ८ देशका नागरिकलाई अमेरिका प्रवेशमा पूर्णकालीन रोकमा लागेको छ । राष्ट्रपति ट्रम्पले आफ्नो निर्वाचनको एजेण्डाका रुपमा यो एजेण्डा अघि सारेका थिए । यसअघि लगाइएको प्रतिबन्धलाई अमेरिकी सर्वोच्च अदालतले सदर गरिदिएको छ । राष्ट्रपति ट्रम्पले गत वर्ष नै यी आठ देश सिरिया, लिबिया, इरान, यमन, चाड, सोमालिया, उत्तर कोरिया र भेनेजुएलाका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाएको आदेशात्मक कानुन बनाएका थिए । त्यस कानुनलाई अमेरिकाका विभिन्न तहका अदालतले बदर गरिदिएका थिए । त्यसपछि ह्वाइट हाउस स्वयंकै यस मुद्धा सर्वाेच्च अदालत पुगेको थियो । विश्वका केही देश, मानवअधिकारवादी र अमेरिकी अधिकारवादीहरुले…
पहिलोक्लिक सम्वाददाता डोटी असार: डोटी चेम्वर अफ कमर्सको स्थापना गरिएको छ . जिल्ला प्रशासन कार्यालय डोटीमा डोटी चेम्वर अफ कमर्स दर्ता भईसकेको छ । चेम्वर अफ कमर्सको कार्यालयको प्रदेश सातका मुख्य मन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेका हुन् । युवा ब्यबसायी खगेन्द्र साउदको अध्यक्षतामा पाँच सदस्यिय कार्यसमिती गठन गरिएको छ । नवगठित कार्यसमितीको पदाधिकारीहरुमा उपाध्यक्षमा नविन क’मार श्रेष्ठ, महासचिवमा केशर सिंह कठायत, सचिवमा तेजबहाद’र ड’म्रेल र कोषाध्यक्षमा प’र्णबहाद’र शाह’ रहन’ भएको छ। डोटीको दिपायल सिलगढी नगरपालिका वडा नं. ४ स्थित पिपल्ला बजारमा चेम्वर्स अफ कर्मको कार्यालय स्थापना गरिएको छ। कार्यालय स्थापना गरी ब्यापार ब्यबसायीह?लाई सदस्य प्रदान गर्ने लगायतका कार्यह?को श’?वात गरिएको…
पहिलोक्लिक सम्वादाता पोखरा: कास्कीको रुपा गाउँपालिका कार्यालयले कृषि उत्पादन खाएर कृषकलाई दुःख दिएपछि बाँदर व्यवस्थापन गर्न भन्दै पहिलो गाउँसभाबाट १० लाख रुपियाँ बजेट छुट्याएको छ । रुपा गाउँपालिकाले आर्थिक बर्ष २०७५/०७६ को बजेटमा पनि निरन्तरता दिँदै पाँचलाख रुपियाँ विनियोजन गरेको छ । गत आवमा पनि यस गाउँपालिकाले पांच लाख छुट्याएको थियो । भारतबाट आएको बाँदर नियन्त्रण गर्ने टोलीले हालसम्म दुईपटक गरी ५०० वटा बाँदर छोपेर निकुञ्जमा पु¥याएको छ । गाउँपालिकाका विभिन्न वडामा रहेका बाँदर छोप्ने क्रम जारी रहेको गाउँपालिकाका प्रमुख नवराज ओझाले बताए । कास्की जिल्लाको पूर्वी भागमा अवस्थित सो गाउँपालिकाले यसै बर्षदेखि पहिलो पटक कृषि उत्पादन वृद्धिका साथै स्वरोजगार…