काठमाडौं: तीन वर्ष अघिगएको गोरखा भूकम्पले भात्त्किएको झन्डै ११० वर्ष पुरानो बसन्तपुरस्थित ऐतिहासिक गद्दी बैठकको पुनर्निर्माण कार्य सम्पन्न भई आजबाट भवनको उद्दघाटन गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार उक्त भवनको उद्दघाटन गरेका हुन् । भवन अमेरिकी प्राविधिकहरुले रेट्रोफिटिङको माध्यमद्वारा पुनर्निर्माण गरेका हुन् ।
गद्दी बैठक विक्रम संवत् १९६५ मा राजा पृथ्वी वीरविक्रम शाहको पालामा निर्माण गरिएको हो ।
गद्दी बैठक पुनर्निर्माणका लागि अमेरिकी सरकारले ७ लाख अमेरिकी डलर सहयोग गरेको थियो । यसमा अमेरिकी कन्सल्टेन्टले नै काम गरेको थियो ।
पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरका अनुसार भवन पुनर्निर्माण थालिएको डेढ वर्षमा काम सकिएको हो ।