Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रियाका लागि पाँचबुँदे नियम बनाइएको छ। रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीद्वारा जारी सूचनाअनुसार निर्वाचनमा कुनै पनि उम्मेदवारका प्रस्तावक र समर्थक आफैँ उम्मेदवार बन्न पाउने छैनन्। पार्टीको निर्वाचन आयोगको यो नियमविपरीत मनोनयन फारम दर्ता गरिएमा उम्मेदवारी स्वतः अमान्य हुने रास्वपाले जनाएको छ। आयोगले विभिन्न पदका लागि प्रस्तावक र समर्थकको संख्या पनि तोकेको छ। जसअनुसार पार्टी सभापति पदको उम्मेदवारीका लागि १ जना प्रस्तावक र ५१ जना समर्थक अनिवार्य गरिएको छ भने अन्य केन्द्रीय सदस्यको हकमा १ जना प्रस्तावक र २१ जना समर्थक आवश्यक पर्नेछ। उम्मेदवारी दर्ता गर्दा प्रस्तावक र…

Read More

काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी छपाइ तथा पासपोर्ट खरिद प्रक्रियामा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमवार महानिर्देशक अर्यालसहित १८ जनाविरुद्ध विशेष अदालत मुद्दा दायर गरेको हो । विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानकाअनुसार आयोगले राहदानी विभाग महानिर्देशक अर्यालसहित १० कर्मचारी, दुई जर्मन कम्पनी, ती कम्पनीसँग आबद्ध चार विदेशी नागरिक तथा कम्पनीका दुई नेपाली प्रतिनिधिलाई प्रतिवादी बनाई मुद्दा पेश गरेको हो । उनले प्रतिवादीहरुसँग एकमुष्ट कुल १० अर्ब १३ करोड ४ लाख ६१ हजार ४७७ रुपैयाँ बिगो माग दाबी गरिएको जानकारी दिइन्…

Read More

काठमाडौँ: नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेका छन्। उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचार पछि प्रहरीले सुर्खेतबाट पक्राउ गरेको हो। पौडेललाई विभागको पत्र पछि पक्राउ गरिएको कर्णाली प्रदेशका प्रहरी प्रमुख एवं डिआइजी जयराज सापकोटाले जानकारी दिए। ‘सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धानका लागि विभागले पत्र पठाएको थियो। त्यही पत्र पछि हामीले राखेका छौं,’ उनले भने। उनी सुर्खेतस्थित एक होटलबाट साँझ साढे ५ बजेतिर पक्राउ परेका हुन्। पक्राउ परेका पौडेललाई बाँकेको नेपालगंजतर्फ लगिएको छ। त्यहाँबाट संभव भएसम्म प्लेनमार्फत् आजै बेलुकी काठमाडौं लगिने भएको छ। उनीविरूद्ध केकस्तो मुद्दा हो भन्ने खुलिसकेको छैन।

Read More

काठमाडौं: फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले नेपाललाई ‘ग्रे लिस्ट’ (जोखिमपूर्ण सूची) मा निरन्तरता दिएको छ । फ्रान्सको पेरिसमा आयोजित एफएटीएफको प्लेनरी तथा वर्किङ ग्रुप बैठकले नेपालको सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी सूचकहरूमा पर्याप्त सुधार नभएको भन्दै यो सूचीमा यथावत राख्ने निर्णय गरेको हो । नेपालको एफएटीएफ सूचीको इतिहास उतारचढावले भरिएको छ । यसअघि सन् २००८ मा नेपाल पहिलो पटक ग्रे–लिस्टमा परेको थियो भने लामो प्रयासपछि सन् २०१४ मा मात्रै यो सूचीबाट बाहिरिन सफल भएको थियो । यसले विशेषगरी अवैध तरिकाले कमाएको धनलाई वैध बनाउने कार्य (मनी लाउन्ड्रिङ), आतंकवादी क्रियाकलापमा हुने वित्तीय लगानी र सामूहिक विनाशका हतियार निर्माणमा हुने वित्तीय लगानी रोक्नका…

Read More

काठमाडौँ: विश्वकपको समूह ‘एफ’ को खेलमा जापानले ट्युनिसियामाथि ४–० को सानदार जित निकालेको छ । खेलको सुरुवातदेखि नै आक्रामक बनेको जापानका लागि ड्याची कामाडा, आयुसे उएडा र जे आइटोले गोल गरे । खेल सुरु भएको चौथो मिनेटमै कामाडाले गोल गर्दै जापानलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि उएडाले उत्कृष्ट ‘लो स्ट्राइक’ मार्फत ३१ र ८३ मिनेटमा गोल गरेका हुन् । थापानका लागि ६९ मिनेटमा जे आइटोले गोल गरेका हुन् । पहिलो हाफमा दुई गोल गरेको जापानले दोस्रो हाफमा थप दुई गोल गरेको हो । आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग २–२ को रोमाञ्चक बराबरी खेलेको जापान आजको खेलमा विजयी भएसँगै अन्तिम ३२…

Read More

काठमाडौँ: नेपाली कांग्रेसका सभापति गगनकुमार थापा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन चितवन जाने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको निमन्त्रणामा थापा महाधिवेशनको उद्घाटनसत्रमा सहभागी हुँदै शुभकामना दिन चितवन जान लागेका हुन् । सभापति थापाले आज बिहान एक सन्देश जारी गर्दै महाधिवेशन सफलताको शुभकामनासमेत दिएका थिए । रास्वपा महाधिवेशनमा नेकपा एमालेबाट नेता प्रदीप ज्ञवाली, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट वर्षमान पुन, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट अध्यक्ष राजेन्द्र लिङ्देन सहभाही हुने बताइएको छ ।

Read More

काठमाडौँ: मनसुन भित्रिएसँगै बाढी पूर्वानुमान महाशाखाले बाढीसम्बन्धी चेतावनी जारी गर्न थालेको छ। यसै क्रममा बाढी महाशाखाले आज देशका विभिन्न जिल्लाका खोला तथा नदीमा बाढी बढ्न सक्ने जानकारी गराउँदै सतर्कता अपनाउन सुझाव दिएको छ। महाशाखाले आज बिहान जारी गरेको सूचनामा भनिएको छ, ‘आज सुनसरी, मोरङ, संखुवासभा र आसपासका जिल्ला भई बहने ससाना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहने पूर्वानुमान रहेकाले उक्त नदी तटीय क्षेत्रहरूमा सतर्कता अपनाउनुहुन अनुरोध छ।’ मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोसी प्रदशका केही स्थानमा मात्र मनसुनी वायुको प्रभाव छ। देशका बाँकी स्थानमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ। यस वर्ष मनसुन…

Read More

काठमाडौँ: फिफा विश्वकप-२०२६ अन्तर्गत आइतबार बिहान सकिएको समूह ‘ई’को खेलमा आइभरी कोस्टलाई २-१ गोल अन्तरले पराजित गर्दै जर्मनी नकआउट चरणमा प्रवेश गरेको छ। एक गोलले पछाडि परेको स्थितिलाई उल्ट्याउँदै जर्मनीले उत्कृष्ट पुनरागमन गरेको हो। जर्मनीका लागि डेनिज उन्डवले इन्जुरी समयमा गरेको गोल नै खेलमा निर्णायक बन्यो। फ्रान्क केसिईले खेलको ३० औँ मिनेटमा पहिलो गोल गर्दै आइभोरी कोस्टलाई अग्रता दिलाएका थिए। जर्मनीका डेनिज उन्डवले खेलको ६८ औँ मिनेटमा आइभरी कोस्टविरुद्ध गोल गर्दै खेललाई बराबरीको स्थितिमा ल्याए। उनी यामल मुसियलाको स्थानमा ६० औँ मिनेटमा मात्रै मैदान प्रवेश गरेका थिए। उनै डेनिज उन्डवले इन्जुरी समयको चौथो मिनेटमा दोस्रो गोल गरेर टिमलाई कनआउट चरणमा…

Read More

चितवन: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा सुरु हुँदैछ । भरतपुरको गेष्टहाउस चौरमा हुने महाधिवेशनको पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री एवं रास्वपाका वरिष्ठ नेता वालेन्द्र शाहले उद्घाटन गर्ने कार्यक्रम छ । तीन दिनसम्म चल्ने महाधिवेशनमा उद्घाटन सत्रपछि बन्दसत्र सुरु हुने छ । बन्दसत्रमा सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदन, महामन्त्री कविन्द्र बुर्लाकोटीको सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष लिमा अधिकारीको आर्थिक प्रतिवेदन र विधान मस्यौदा प्रतिवेदन पेश हुने छ । विधान मस्यौदा पारित भएपछि महाधिवेशन नयाँ नेतृत्व चयनमा प्रवेश गर्नेछ । महाधिवेशनको उद्घाटन समारोहमा संसदमा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेताहरुलाई पनि बोलाएको छ । महाधिवेशनमा तीन हजार ९१८ प्रतिनिधि…

Read More

काठमाडौँ: राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नियमित/आंशिक परीक्षार्थीहरूको परीक्षाफल प्रकाशन गरेको छ। आज असार ५ गते प्रकाशित नतिजाअनुसार सबै विषयमा ग्रेड प्राप्त परीक्षार्थीको संख्या २ लाख ६८ हजार १९० छ। तीमध्ये नियमिततर्फ २ लाख ३१ हजार ७७० र आंशिक तर्फ ३६ हजार ४२० छन्। जम्मा ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। यसमा नियमिततर्फ ६९.७५ र आंशिकतर्फ ४२.३८ प्रतिशत छन्। परीक्षाफल राष्ट्रिय परीक्षा बोर्डको website: result.neb.gov.np वा neb.gov.np तथा नेपाल टेलिकमको website: https://neb.ntc.net.np बाट हेर्न सकिनेछ।

Read More