Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- नेपाललाई एडीबीको २५ अर्ब बढी सहुलियतपूर्ण ऋण
- ऊर्जामन्त्री श्रेष्ठका १०० दिन: नीतिगत सुधारदेखि ऊर्जा पूर्वाधार विस्तारसम्म
- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको १०० दिन: कानुनी सुधारदेखि डिजिटल सेवा र आर्थिक कूटनीतिमा पहल
- सिक्टा सिँचाइ आयोजना समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन, हालसम्म ५० प्रतिशत भौतिक प्रगति
- डोल्पाको १०६ मेगावाट जगदुल्ला जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सुरु
- पेट्रोलको मूल्य २०, डिजेलको ३० र ग्यासको १०० रूपैयाँले घट्यो
- ३ महिनापछि बढ्यो ग्लोबलको कारोबार र मूल्य, अन्य बैंकको के छ अवस्था?
- विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी) बीच कुल १६५ मिलियन अमेरिकी डलर (२५ अर्ब ८ करोड ६६ लाख रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा सोमबार (आज)आयोजित एक समारोहमा एकीकृत खानेपानी तथा ढल व्यवस्थापन (क्षेत्रीय) आयोजना र दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) तथा ढुवानी–आपूर्ति प्रणाली सुधार कार्यक्रम (दोस्रो उपकार्यक्रम) का लागि उक्त ऋण सम्झौतामा हस्ताक्षर गरिएको हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्दाको उपस्थितिमा सम्पन्न कार्यक्रममा नेपालको तर्फबाट अर्थसचिव डा. घनश्याम उपाध्याय तथा एडीबीको नेपालस्थित आवासीय नियोगका देशीय निर्देशक आर्नो कुश्वाले सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार…
काठमाडौँ: ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले पदभार सम्हालेको पहिलो सय दिनमा मन्त्रालयले नीतिगत सुधार, ऊर्जा पूर्वाधार विस्तार, सिँचाइ व्यवस्थापन, सेवा प्रवाहको आधुनिकीकरण तथा संस्थागत रूपान्तरणतर्फ केन्द्रित भई काम अघि बढाएको छ । मन्त्रालयले सय दिनमा तत्काल देखिने उपलब्धिसँगै दीर्घकालीन सुधारका आधार तयार पार्न विशेष जोड दिएको छ । यस अवधिमा जलस्रोत विधेयक तथा नवीकरणीय ऊर्जा एवं ऊर्जा दक्षतासम्बन्धी विधेयकको मस्यौदा तयार गरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सहमतिका लागि पठाएको छ । उक्त अवधिमा विद्युत् खरिद सम्झौता (पीपीए), जलविद्युत् आयोजनाको अनुमतिपत्र व्यवस्था, दीर्घकालीन वित्तीय स्रोत परिचालन, आन्तरिक विद्युत् खपत वृद्धि तथा विद्युत् निर्यात रणनीतिसम्बन्धी अध्ययन प्रतिवेदन…
काठमाडौं: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयको नेतृत्व सम्हालेपछि पहिलो एक सय दिनमा कानुनी तथा नीतिगत सुधार, सार्वजनिक सेवा प्रवाह, डिजिटल रूपान्तरण, वैदेशिक सहायता परिचालन, आर्थिक कूटनीति र सुशासनका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएको अर्थ मन्त्रालयले जनाएको छ। मन्त्रालयले सार्वजनिक गरेको १०० दिने कार्यसम्पादन विवरणअनुसार आर्थिक सुधारलाई संस्थागत गर्ने उद्देश्यका साथ विभिन्न कानुन तथा नीतिमा संशोधन गरिएको, नयाँ कानुनको मस्यौदा तयार गरिएको र आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत बृहत्तर आर्थिक सुधारका कार्यक्रम अघि सारिएको छ। मन्त्रालयका अनुसार आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली संशोधन, वैकल्पिक विकास वित्त परिचालन ऐनको तर्जुमा, नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयक संसदमा दर्ता तथा…
काठमाडौँ: ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना निर्धारित समयसीमाभित्र सम्पन्न गर्न सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनुभएको छ। उहाँले आयोजनाको सफल कार्यान्वयनले बाँके जिल्लाको कृषि उत्पादन, खाद्य सुरक्षा तथा ग्रामीण अर्थतन्त्रमा दीर्घकालीन सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो। आयोजनाको स्थलगत निरीक्षणपछि कर्मचारी तथा लाभान्वित किसानहरूसँग भएको अन्तरक्रियामा मन्त्री श्रेष्ठले सरकारले आयोजनाका लागि आवश्यक बजेटको सुनिश्चित गर्न प्रतिबद्ध रहेको स्पष्ट पार्दै निर्माण कार्यलाई तीव्रता दिन सुझाव दिनुभयो। उहाँले राष्ट्रिय गौरवको यस आयोजनालाई समयमै सम्पन्न गर्न आवश्यक ऐन–कानुन तथा प्रशासनिक प्रक्रियामा देखिएका जटिलता समाधानका लागि आफूले आवश्यक पहल गर्ने बताउनुभयो। बहुवर्षीय ठेक्का तथा सहमतिसम्बन्धी प्रक्रियालाई…
काठमाडौँ: डोल्पामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण कार्य औपचारिक रूपमा सुरु भएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले बिहीबार मुड्केचुला गाउँपालिका–४ इलामा आयोजित कार्यक्रममा सुरुङ निर्माणको शुभारम्भ गर्नुभएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले संघ, प्रदेश र स्थानीय तहको संयुक्त स्वामित्व तथा लगानीमा अघि बढेको यो आयोजना डोल्पाको मात्र नभई समग्र कर्णाली प्रदेशको ऊर्जा तथा आर्थिक विकासका लागि कोशेढुंगा सावित हुने बताउनुभयो। आयोजना निर्धारित समयमै सम्पन्न हुने विश्वास व्यक्त गर्दै उहाँले यसको सफल कार्यान्वयनका लागि तीनै तहका सरकार, स्थानीय समुदाय तथा सरोकारवालाबीच निरन्तर सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो। त्यस्तै ऊर्जा मन्त्रालयका सचिव…
काठमाडौं: नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्यमन भारी गिरावट आएको छ । आजै मध्यराति देखि लागू हुने गरि नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर २० रूपैयाँ, डिजेल र मट्टीतेलको ३० रूपैयाँ र ग्यासको मूल्य प्रति सिलिन्डर १०० रूपैयाँले घटाएको हो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेपछि इन्डियन आयल कर्पोरेसनले मूल्य घटाएर पठाएपछि नेपालमा पनि भाउ घटेको हो । नयाँ मूल्यसूचीअनुसार पेट्रोलको भाउ प्रतिलिटर १९७ रूपैयाँ, डिजेल र मट्टीतेलको १९५ रूपैयाँ तथा ग्यासको मूल्य प्रतिसिलिन्डर २१६० रूपैयाँ पर्नेछ ।यस्तै, अन्तर्राष्ट्रिय हवाई इन्धनको काठमाडौंका लागि बिक्री मूल्य प्रति किलोलिटर २६५ अमेरिकी डलरले घटाइएको छ भने पोखरा र भैरहवाका लागि ब्रेकइभेन बिन्दुमा बिक्री…
काठमाडौँ: तीन महिनापछि ग्लोबल आइएमई बैंकको सेयर कारोबार उच्चले बढेको छ। सोमबार बजारमा सबभन्दा धेरै कारोबार हुने कम्पनीमा यो शीर्ष स्थानमा रह्यो। सोमबार बजारमा कुल दुई अर्ब ६७ करोड रूपैयाँको सेयर कारोबार हुँदा ग्लोबलको मात्रै आठ करोड ८३ लाख रूपैयाँको सेयर कारोबार भयो। यो कुल कारोबार रकमको ३.३० प्रतिशत हो। ग्लोबलको यसअघि गत चैत १८ गते ९ करोड ३३ लाख रूपैयाँको कारोबार भएको थियो। सोमबार त्यसपछिको धेरै रकमको कारोबार हो। सोमबार कारोबार मात्रै होइन ग्लोबलको मूल्य पनि केही बढेको छ। सोमबार २७५ वटा कम्पनीको सेयर कारोबार भएकामा २९ कम्पनीको मात्रै मूल्य बढ्यो। यसमा ग्लोबल पनि पर्न सफल भयो। सोमबार ग्लोबलको…
काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलको बन्दीप्रत्यक्षीकरण रिट सुनुवाइका लागि पेसी तोकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र मेघराज पोखरेलको संयुक्त इजलासमा मंगलबार सुनुवाइ हुन लागेको हो । पौडेलकी श्रीमती दोमाया पौडेलले उनलाई गैरकानुनी रूपमा थुनामा राखिएको उल्लेख गर्दै गत असार १० गते अदालतमा बन्दीप्रत्यक्षीकरण निवेदन दिएकी थिइन् । उक्त रिटका सम्बन्धमा न्यायाधीश श्रीकान्त पौडेलको इजलासले असार १५ गते महान्यायाधिवक्ताको कार्यालयसँग लिखित जवाफ माग गर्ने र असार १६ गते सुनुवाइ गर्ने आदेश दिएको हो । उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा यही असार ८ गते सुर्खेतबाट पक्राउ गरी असार ९ गते विशेष अदालत काठमाडौंमा उपस्थित…
काठमाडौँ : जेनजी आन्दोलनमा सुरक्षाकर्मीलाई दोषी देखाउँदै गरिएको कारबाही सिफारिस आंशिक रूपमा मात्रै कार्यान्वयन हुने भएको छ। गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले सुरक्षाकर्मीलाई पनि फौजदारी कसुरमा कारबाही गर्न सिफारिस गरेको छ। तर, उक्त प्रतिवेदन सुरक्षाकर्मीको हकमा अध्ययन गरेर मात्रै कार्यान्वयन गर्ने भन्दै सरकारले प्रेमराज कार्कीको नेतृत्वमा तीन सदस्यीय अध्ययन समिति बनाएको छ। सरकारले वैशाख २ गते गठन गरेको समितिले जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गरेर सरोकारवालाहरूसँग छलफल समेत गरिसकेको छ। अहिले समितिले प्रतिवेदन लेखनको काम थालेको छ। समितिमा नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) टेकप्रसाद राई र सशस्त्र प्रहरीका पूर्वएआईजी सुबोध अधिकारी सदस्य छन्। समितिले प्रतिवेदन लेखनको चरणमा पुग्नुपहिले विभिन्न देशमा…
काठमाडौँ : पेनाल्टी सुट आउटमा नेदरल्यान्ड्सलाई पराजित गर्दै मोरक्को जारी विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। निर्धारित समयमा दुवै टोलीले १- १ गोलको बराबरी खेलेपछि खेलमा ३० मिनेट अतिरिक्त समय थप भएको थियो। तर अतिरिक्त समयमा पनि दुवै टोलीले गोल गर्न नसक्दा निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो। मेक्सिकोको मोन्टेरे स्टेडियममा भर्खरै सकिएको खेलमा नेदरल्यान्ड्सलाई ३-४ ले पराजित गर्दै मोरक्को विजयी भएको हो। पेनाल्टीसुटआउटमा मोरक्कोले ३ र नेदरल्यान्ड्सले २ गोल मात्रै गर्न सक्यो। मोरक्कोका गोलकिपर यासिन बोनोले नेदरल्यान्ड्सले प्रहार गरेको एक बल बचाउ गरे। उनी खेलमा नायक बने। दुवै टोलीका दुई-दुई खेलाडीले पेनाल्टीमा गोल गर्न सकेनन्। मोरक्कोका लागि…